ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, October 30, 2026

नागरिकमैत्री सेवा प्रवाहमा प्रहरीले सम्झौता गर्दैन : डिआईजी रेग्मी


रसुवा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) दिपक रेग्मीले अपराध नियन्त्रण र नागरिक मैत्री सेवा प्रवाहमा प्रहरीले कुनै पनि बहानामा सम्झौता गर्न नहुने बताए । 

जिल्ला प्रहरी कार्यालय रसुवा र इलाका प्रहरी कार्यालय कालिकास्थानको विस्तृत अनुगमन तथा निरीक्षण गर्नुहुँदै डीआईजी रेग्मीले कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।  निरीक्षणका क्रममा उनले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति परिचालन र व्यवस्थापनको वस्तु स्थिति बारे जानकारी लिएका थिए । 

समसामयिक विषयमा निर्देशन दिँदै प्रदेश प्रहरी प्रमुख रेग्मीले प्रहरी कर्मचारीहरूको आचरण र व्यवहारमा सुधार ल्याउनु अनिवार्य रहेको उल्लेख गरे । प्रहरीको पहिलो पहिचान नै उसको आचरण र बोली (व्यवहार हो,उनले भने कानुन कार्यान्वयनमा दृढ र कठोर रहँदै सेवा प्रवाहमा भने पूर्ण रूपमा नागरिक मैत्री बन्नु पर्दछ। 

आम नागरिकले विना हिचकिचाहट प्रहरीको सहयोग लिन सक्ने वातावरण सिर्जना हुनुपर्ने बताउदै डिआईजी रेग्मीले कार्यक्षेत्रमा थप व्यावसायिक र चनाखो भएर खटिन प्रहरी टोलीलाई निर्देशन दिए । शान्ति सुरक्षा कायम गर्न, सम्भावित अपराधका घटनाहरूलाई निरुत्साहित गर्न र जनमानसमा सुरक्षाको बलियो अनूभूति गराउन प्रहरीको सक्रियता बढाइनुपर्नेमा उनले जोड् दिए । 

No comments:

Post a Comment