ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, October 23, 2026

बाढी प्रभावितलाई काठमाडौंका होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि दिन सुरू


रसुवा, जिल्ला प्रशासन कार्यालय रसुवाले भोटेकोशी नदीमा आएको बाढीका कारण कागजात गुमाएका प्रभावितहरूलाई काठमाडौ स्थित होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि दिन सुरू गरिएको छ ।

​गत २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको थियो। बाढीका क्रममा सर्वसाधारणका महत्वपूर्ण कागजात तथा नागरिकता समेत हराएका वा नष्ट भएका थिए । नागरिकता नहुँदा राहत, पुनस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले काठमाडौंमा रहेका बाढी प्रभवितहरूलाइ सम्बन्धित होल्डिङ सेन्टरहरूमा पुगेर प्रत्यक्ष सेवा दिन थालिएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय रसुवाले गोसाइकुण्ड गाउँपालिकाकाे विशेष पहलमा यो सेवा सुरु गरिएको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनूर्पु तामाङले बताए ।

​नागरिकहरूलाई सहज सेवा दिन होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपिकाे आवेदन फाराम सङ्कलन गर्ने, जिल्ला प्रशासन कार्यालय रसुवामा ल्याएर प्रमाणीकरण गर्ने, नागरिकता प्रिन्ट गर्ने र पुनः होल्डिङमै लगेर हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष तामाङले बताए ।

​पालिकाकाे अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ भने अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि क्रमशः उपलब्ध गराउँदै लगिनेछ। बाढी प्रभवितहरूले घर बाढीले बगउदा धेरैकाे शैक्षिक प्रमणपत्र तथा अति महत्वपूर्ण कागजात हरएकाेले समस्यमा परेका छन् ।

No comments:

Post a Comment