रसुवा, भाेटेकाेसीकाे बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–५ स्थित प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसी बजार खण्डहरमा परिणत भएको छ ।
गत भदौ १० गते लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीले पर्यटकीय तथा व्यापारिक केन्द्र स्याफ्रुबेँसी क्षेत्रको स्वरूप नै बदलिदिएको छ । उर्लेर आएको भोटेकोशी नदीले स्याफ्रुबेँसीको सिङ्गो बजार नै बगाएको छ । बाढीले यहाँका होटल, घर, पसल, सरकारी कार्यालय, जलविद्युत् आयोजना/केन्द्र, सुरक्षा निकायका कार्यालय तथा स्थानीय पूर्वाधारहरू क्षणभरमै ध्वस्त बनाएकाे छ ।
गोसाइँकुण्ड गाउँपालिका भवन, वडा नं –५ काे कार्यालय, स्वास्थ्य शाखा, स्वास्थ्य चाैकी लगायतका संरचना र बजारका अधिकांस हाेटल, लज तथा घरहरू ध्यस्त भएका थिए । यहाँ स्थानीय तथा स्वदेशी तथा विदेशी पर्यटकहरू बगाएर बेपत्ता पारेकाे छ भने गाउँपालिका उपाध्यक्ष , वडा अध्यक्ष, कर्मचारीहरू पनि बेपत्ता छन् ।
पर्यटकीय क्ष्रत्र लाङटाङ, तामाङ सम्पदा मार्गकाे रूट र कैलाश तथा मानसरोवर जाने पर्यटकीय प्रवेशद्वारका हाे भने उत्तरी क्षेत्रको मूख्य व्यापारिक केन्द्र रहेको यो बजार बाढीका कारण अहिले बगरमा परिणत भएको छ ।
बाढीले धनजनको ठूलो क्षति पुर्याउनुका साथै सयौँ स्थानीयलाई बेपत्ता र घरबारविहीन बनाएको छ । व्यापारिक चहलपहल र पर्यटकहरूको आगमनले स्थापित स्याफ्रुबेँसी बजार क्षेत्र अहिले सुनसान र कारुणिक बनेको छ। स्याफ्रुबेसी बजार भएर रसुवागढी नाका, आमाछोदिङमो गाउँपालिका जानु पर्दछ ।
तस्वीरहरू








No comments:
Post a Comment