ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, February 4, 2026

मृतकका परिवारलाई क्षतिपुर्ति दिने सहमति, बन्द फिर्ता

 


रसुवा, मृतक युवतीका पीडितका परिवारलाई १२ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने सहमतिपछि रसुवा बन्द फिर्ता भएको छ । 

पीडितका आफन्त, स्थानीय अगुवा सरकारी सुरक्षा निकाय, जिल्ला प्रहरी कार्यालयमा भएको छलफल पछि मृतकका परिवारलाई १२ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने सहमति पछि बन्द फिर्ता भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु शाहले बताए । 
 
मंगलबार साँझ मोटरसाइकललाई टिपरले ठक्कर दिँदा रसुवाको नौंकुण्ड गाउँपालिका–२ यार्सा निवासी २० वर्षीया युवती योमाया तामाङको मृत्यु भएको थियो । 

तामाङ सवार बा प्र ०२०५० प ८३१२ नम्बरको मोटरसाइकल पासाङल्हामु सडक खण्डको कालिका गाउँपालिका–२ को लामाटोलमा मंगलबार साँझ सोही दिशाबाट आउँदै गरेको ना ५ ख ६३३२ नम्बरको ट्रिपरको ठक्करबाट गम्भीर घाइते अवस्थामा त्रिशुली अस्पताल पठाइएको स्थानीय डिल्लीराज तामाङले बताए । 

पीडितका आफन्तले कालिकास्थान स्थित धुम्ती बजारमा क्षतिपुर्ति माग गर्दै प्रदर्शन गरी २ घण्टा पासाङल्हामु सडक तथा घुम्ती–जिवजिवे –नौकुण्ड सडकमा सवारी आवागमन बन्द गरेका थिए । 




चार सय १५ जना निर्वाचन प्रहरी छनोट


रसुवा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि रसुवाबाट ४  सय १५ जना निर्वाचन प्रहरी छनोट भएका छन्।

जिल्लामा नेपाल प्रहरीतर्फ ३ सय ६९ जना र सशस्त्र प्रहरीतर्फ ४६ जना गरी कुल ४ सय १५ जना निर्वाचन प्रहरी छनोट गरिएको हो। एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा छनोट भएका निर्वाचन प्रहरीलाई माघ १८ गतेदेखि १० दिनको तालिम प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तालिम सम्पन्न भएपछि उनीहरूलाई मतदान स्थल तथा मतदान केन्द्रहरूमा खटाइने प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रसुवा जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल मतदाता संख्या ४१ हजार ४ सय ७१ रहेको छ। जिल्लाभर ३६ वटा मतदान स्थल र ५७ वटा मतदान केन्द्र तोकिएका छन्। 

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी तीव्र पारिएको छ भने सुरक्षा रतर्कता अपनाइने  जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए । 

भूमि समस्या समाधानका लागि ध्यानाकर्षण पत्र पेस

 

रसुवा, जिल्ला भूमिअधिकार मञ्चले जिल्लाका भूमि समस्या समाधानका लागि सराेकारवाला समक्ष एक ध्यानाकर्षण पत्र पेस गरेकाे छ । 

जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष भवानीप्रसाद न्याैपानेकाे अगुवाइमा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला समन्वय समितिका प्रमुख अशाेक कुमार घिमिरे, मालपाेत अधिकृत गणेश श्रेष्ठ र नापी कार्यालयमार्फत नेपाल सरकारकाे माग पत्र पेस गरी जायज माग प्रति ध्यानाकर्षण गराएका हुन् । 



ध्यानाकर्षण पत्रमा जिल्लामा बिर्ता, गुठी, भूमिहीन, सुकुमवासी, अब्यवस्थित बसाेवासी र बिस्थापितका सवालहरू  समाधानका उपाय समेत समेटिएकाे छ । पीडितहरूमा जायज माग पुरा नगरे मालपोत धर्नालगायतका आन्दोलन गर्ने  जनाएकाे छ । 

जिल्ला भूमि अधिकार मञ्च रसुवाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालय पुगेर भूमि समस्या र समाधानबारे छलफल गरी ध्यानकर्षण पत्र पेश गरेको छ ।

२०८२ माघ २१ मा मञ्चका सदस्यहरुले बिर्ता, गुठी, भूमिहीन सुकुबासी, विस्थापित परिवारका जग्गा र आवाससँग सम्बन्धित समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयमार्फत पहल लिनको लागि पनि अनुरोध गरेका छन् । साथै जिल्लामा बिर्ता जग्गा किनबेचमा हुन खोजीरहेको कार्यहरु रोक लगाउन पनि ध्यानकर्षण गराइएको छ ।

पछिल्लो समय गाउँगाउँमा बिर्ता जग्गा किनबेचको लागि विचौलियाहरु पुगेर किसानलाई डर, त्रास र धम्की दिने एवं जवरजस्ती पैसा उठाउन खोज्ने र दबाब दिने जस्ता कार्य बढ्दै गएकाले यस्ता कार्यहरु बन्द गराउन समन्वयकारी भूमिका निर्वाह गरिदिन पनि जिल्लाका कार्यालयहरुलाई ध्यानकर्षण गराइएको जिल्ला मञ्चका पुर्व अध्यक्ष हेमनाथ खतिवडाले बताए ।

मुख्य मागहरू : 
मञ्चले बुझाएको ध्यानाकर्षण पत्रमा रसुवा जिल्लामा दशकौँदेखि बल्झिरहेका बिर्ता, गुठी, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासी र विस्थापितका समस्याहरूलाई मुख्य रूपमा उठाइएको छ।

१ बिर्ता र गुठी जग्गाको समस्यास् रसुवामा ठुलो क्षेत्रफलमा बिर्ता जग्गाको समस्या छ। जोताहा किसानहरूले वर्षौँदेखि भोगचलन गर्दै आए पनि जग्गाको लालपुर्जा नहुँदा उनीहरू राज्यको सेवा सुविधाबाट वञ्चित छन्। पत्रमा बिर्ता जग्गाको किनबेच र स्वामित्व हस्तान्तरणमा देखिएका कानुनी अड्चन फुकाउन माग गरिएको छ।

२ बिचौलियाको आतङ्क र डर(त्रासस् पछिल्लो समय गाउँ(गाउँमा बिर्ता जग्गा किनबेचको बहानामा बिचौलियाहरू सक्रिय भएको भन्दै मञ्चले गम्भीर चिन्ता व्यक्त गरेको छ। मञ्चका पूर्व अध्यक्ष हेमनाथ खतिवडाका अनुसार, बिचौलियाहरूले सोझा किसानलाई डर, त्रास र धम्की दिने, जबर्जस्ती पैसा असुल्न खोज्ने र दबाब दिने कार्य गरिरहेका छन्। ूविचौलियाको प्रवेशले किसानहरू असुरक्षित महसुस गरिरहेका छन्, प्रशासनले यसलाई तत्काल रोक्नुपर्छ,ू खतिवडाले भन्नुभयो।

३ सुकुम्वासी र विस्थापितका पीडास् विगतका प्राकृतिक प्रकोप र विकास निर्माणका क्रममा विस्थापित भएका परिवारले अझैसम्म उचित मुआब्जा र पुनर्स्थापनाको स्वामित्व पाउन सकेका छैनन्। अव्यवस्थित रूपमा बसोबास गरिरहेकाहरूलाई व्यवस्थित गरी उनीहरूको नाममा जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउनु पर्ने मञ्चको अडान छ।

आन्दोलनको चेतावनी :

भूमि अधिकार मञ्चले सरकारलाई बुझाएको यो ध्यानाकर्षण पत्र मात्र नभएर अन्तिम चेतावनी समेत भएको बताएको छ। पत्रमा भनिएको छ कि यदि किसानका जायज मागहरूलाई बेवास्ता गरिएमा रसुवाका सम्पूर्ण भूमिहीन र पीडित किसानहरू सडकमा उत्रिन बाध्य हुनेछन्। हामीले पटक(पटक वार्ता र संवाद मार्फत समस्या समाधानको प्रयास गर्यौँ। तर अब पनि सुनुवाइ नभए मालपोत कार्यालय घेराउ गर्ने, धर्ना दिने र जिल्ला ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउनेछौँ,अध्यक्ष न्यौपानेले चेतावनी दिनुभयो।

बिर्ता जग्गाको कारोबारमा रोक लगाउन माग :

मञ्चले विशेष गरी बिर्ता जग्गाको अवैध किनबेच भइरहेको सूचना पाएकाले त्यसलाई तत्काल रोक्न मालपोत र नापी कार्यालयलाई आग्रह गरेको छ। वास्तविक किसानको हक अधिकार सुनिश्चित नहुन्जेलसम्म यस्ता जग्गाको हक हस्तान्तरण रोकिनुपर्ने उनीहरूको माग छ।


सर्वदलीय बैठकमा निर्वाचन आचारसंहिता बारे छलफल

 

रसुवा, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न सर्वदलीय बैठक सम्पन्न भयाे । 

सहायक प्रमुख जिल्ला अधिकारी द्रुव अधिकारीका अनुसार  प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न एवम् निर्वाचन आचारसंहिता, २०८२ परिपालना लगायत निर्वाचन केन्द्रित छलफल गरी सर्वदलीय बैठक भएकाे हाे । बैठकमा उम्मेदवार, दलप्रतिनिधि, सुरक्षा प्रमुख तथा पत्रकारहरू सहभागी थिए । 

बैठकमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन आचारसंहिता परिपालना, शान्ति सुरक्षा व्यवस्थापन, मतदाता शिक्षाको अवस्था, निर्वाचन प्रचार–प्रसारको मर्यादा, सामाजिक सञ्जालको प्रयोग, आचारसंहिता उल्लङ्घनको रोकथाम तथा निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा युवतीको मृत्यु


रसुवा, मोटरसाइकललाई टिपरले ठक्कर दिँदा रसुवाको नौंकुण्ड गाउँपालिका–२ यार्सा निवासी २० वर्षीया युवती योमाया तामाङको मृत्यु भएको छ । 


राम्चे वाट कालिकास्थान तर्फ जाँदै गरेको तामाङ सवार बा प्र ०२०५० प ८३१२ नम्बरको मोटरसाइकल पासाङल्हामु सडक खण्डको कालिका गाउँपालिका–२ को लामाटोलमा गए साँझ सोही दिशाबाट आउँदै गरेको ना ५ ख ६३३२ नम्बरको ट्रिपरको ठक्करबाट गम्भीर घाइते अवस्थामा त्रिशुली अस्पताल पठाइएको थियो । 

घाइतेलाई एम्बुलेन्सबाट उपचारका लागि त्रिशुली अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकको जाँच लगतै उनको मृत्यु भएको घोषणा गरिएको हो । ट्रिपर चालक नुवाकोट तादी गाउँपालिका–६ गैरीगाउँका २९ वर्षीय कामीसिङ तामाङलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको छ । 


Tuesday, February 3, 2026

नक्कली सिमापास : केरूङ जाँदै गरेका एकजनालाई प्रहरीले पक्राउ


रसुवा, सरकारी छाप किर्ते गरी नक्कली सिमापास बनाइ नेपाल-चीन सिमानाको रसुवागढी नाकाहुँदै केरूङ जाँदै गरेका एकजनालाई  प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी नायव निरीक्षक राजु शाहका अनुसार ओखलढुङगा सिजिजेम्वा गाउँपालिक–८ का कर्मा साङगे शेर्पा पक्राउ परेका हुन्।

शेर्पाविरुद्ध मुद्दा चलाइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Monday, February 2, 2026

सामाजिक कुरीति विरुद्ध विद्यालयमा छलफल



रसुवा, कालिका गाउँपालिका वडा नं १ राम्चे स्थित श्री सेतीभूमे माध्यमिक विद्यालयमा सामाजिक कुरीति विरुद्ध विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न भयाे । 

कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत छात्र छात्राहरुलाई जिल्ला समन्वय समितिको कार्यालय रसुवाको आयोजनामा सामाजिक कुरीति विरुद्ध विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम २०८२ मा विद्यार्थीहरूका उपस्थितिमा शिक्षण र प्रशिक्षण कार्यक्रम गरी सम्पन्न भयो ।