ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, June 15, 2024

विपद् व्यवस्थापन तथा पूर्वतयारी बारे छलफल

विपद् व्यवस्थापन तथा पूर्वतयारी बारे छलफल


रसुवा, जिल्ला समन्वय समिति रसुवा मनसुन भित्रिनु भन्दा पहिले नै विपद्बाट नागरिक बचाउने र राहत उद्धारको कामलाई चुस्त बनाउने तयारीमा जुटेको छ । 

जिल्लाको पाँचवटै गाँउपालिकामा विपद् व्यवस्थापन तथा पूर्वतयारीमा जिल्ला समन्वय समिति सक्रिय देखिएको हो । 

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी तथा प्रतिनिधि सभा सदस्य मोहन आचार्यले जिल्लाको विकास तथा विपद् व्यवस्थापनका लागि रसुवाको कुनै पनि कार्यालयमा राजनीतिक दलको दबाब नरहेकोले इमान्दर भएर काम गर्न सवै कर्मचारीलाई अनुराेध गरे । 

कार्यक्रममा रसुवाको धेरै स्थान तथा वनजंगलमा आगलागी भए पनि आगलागी पश्चात कुनै निकायले आगलागी बारे गम्भीर नभएको र समस्यको समाधान र कारर्वाहीका लागि ध्यान नदिएको, सडक निर्माण तथा अन्य भौतिक विकास निर्माणका क्रममा रुख काटे पनि अर्को रुख रोप्ने विषयमा ध्यान दिनपर्ने बताइएकाे थियाे । 

जलविद्युत निर्माण आयोजनाहरुले सुरुङबाट निस्केको माकिङ खोलामै फ्याकिएको र त्यसबाट हुन सक्ने पछि हुन सकिने जोखिममा ध्यान नदिएको विषयमा छलफल गरिएको थियो ।

 मनसुन र त्यसले गर्न सक्ने क्षतिलाई मध्यनजर गर्दै विपद् पूर्वतयारीलाई मजबुद बनाउन जिल्ला बिपत ब्यबस्थापन समिति, सबैगाँउपालिका,सुरक्षा निकाय जिल्लाका सबैकार्यालयहरु संघ सस्थ जलबिद्युत आयोजनाहरुले विपद् पुर्ब तयारीमा एक जुट भै आ(आफ्नोक्षेत्र बाट सहयोग गर्ने बताएका छन । 

रसुवामा अभिभावक संघ गठन

 


रसुवा, नेपाल राष्ट्रिय अभिभावक संघ जिल्ला तदर्थ समिति रसुवा गठन भएकाे छ । 

कालिकास्थानमा भएकाे भेलाबाट गठन भएकाे  समितिकाे अध्यक्षमा हरिप्रसाद ढकाल,  उपाध्यक्ष विष्णुप्रसाद न्याैपाने, सचिव मानसिंङ बुलुन, काेषाध्यक्ष गीता न्याैपाने, सदस्यहरूमा चित्रप्रसाद देवकाेटा, किप्पछिरिङ तामाङ, निमादर्के तामाङ, तारा कार्की र माेहनप्रसाद नेपाल रहेका छन् । 

समितिले पहिलाे जिल्ला अधिबेशन यसै महिना भित्रमा सम्पन्न गर्ने निर्णय भएकाे नेपाल राष्ट्रिय अभिभावक संघका बागमती प्रदेश उपाध्यक्ष झंकनाथ न्याैपानेले बताए । 

Friday, June 14, 2024

फलफुलकाे जुस उत्पादन सिप तथा प्रबिधि हस्तान्तरण

फलफुलकाे जुस उत्पादन सिप तथा प्रबिधि हस्तान्तरण

रसुवा, स्थानीय स्रोतको सदुपयोग गरी गाउँमा आयआर्जन गराउने उद्देश्यले उत्तरगया गाउँपालिका-२ मा  फलफुलको जुस तथा जाम उत्पादनका लागि सिप तथा प्रबिधि हस्तान्तरण तालिम सम्पन्न भयो । 

उत्तगया गाउँपालिका शिक्षा विकास तथा खेलकुद शाखाको सहयोगमा डाँडागाउँ सामुदायिक सिकाइ केन्द्रको आयोजनामा भएको स्थानीय फलफुल तथा जडिबुटीबाट जुस र जाम उत्पादन तथा प्रबिधि हस्तान्तरण कार्यक्रम शुक्रबार समापन भयो ।  तालिममा प्रशिक्षक बाबुराम नेवारले सहजिकरण गरेका थिए । 

स्थानीय अभिभावक तथा विद्यार्थी गरी तालिममा २३ सहभागीलाइ प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले प्रमाणपत्र प्रदान गरे । 

गाउँपालिकाकाे सहयाेगमा  विद्यार्थीलाइ पढ्दै कमाउदै गर्नका लागि साे तालिम सञ्चालन गरिएकाे वडा अध्यक्ष टुकुप्रसाद सुवेदीले बताए । आफ्नै करेसा बरLमा उत्पादन हुने फलफुल तथा लालीगुराँस, चुत्रो जस्तो बनस्पतीबाटजुस उत्पादन गर्ने सीप र प्राबिधी विद्यालय र समुदायमा भएकाे उनले बताए ।

फलफुलकाे जुस उत्पादन सिप तथा प्रबिधि हस्तान्तरण




Wednesday, June 12, 2024

स्वास्थ्य आमा समूहलाई मौरीघार बितरण

स्वास्थ्य आमा समूहलाई मौरीघार बितरण

रसुवा, आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखाले ५ वटै वडा भित्र रहेका स्वास्थ्य आमा समूहलाई पोषण तथा जिबिकोपार्जनमा सुधार गर्नको लागि मौरीघार बितरण गरेको छ । 

स्वास्थ्य आमा समुहको छलफलमा भएको माग अनुसार स्वास्थ्य संस्थामार्फत हाकु स्वास्थ्यचौकीमा १४, थाम्बुचेत स्वास्थ्यचौकी २१, गोल्जुङ स्वास्थ्यचौकी ११ र गतलाङ स्वास्थ्यचौकीमा २० वटा गरी ६६ वटा मौरी समेतको घार वितरण गरिएको आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमानुर्पू तामाङले बताए ।




 

Sunday, June 9, 2024

आमाछोदिङमोका महिलालाइ कुक तालीममा

कुक तालिममा महिला

रसुवा, सीप सिकेर आत्मनिर्भर बन्नका लागि आमाछोदिङमो गाउँपालिका–५ का महिलाहहरू कुक तालीममा लागेका छन् । 

गाउँमै प्रशिक्षक आएर तालीम दिने भएपछि कुक तालिममा सहभागी भएकी एक सहभागी प्रमिला तामाङले भनिन् धेरै प्रकारका सुप, मम, चाउमेन, बर्गर, तरकारीका परिकार तथा बिभिन्न देशका परिकारको खाना बनाउन सक्ने आँट बढेको छ । बागमती प्रदेश युवा परिषदले दिएको तालीमबाट धेरैले रुचिका साथ सिकेको प्रशिक्षक सुजन श्रेष्ठले बताए । 

पर्यटकीय क्षेत्र आमाछोदिङमो गाउँपालिका -५ को थाम्बुचेत बजारमा धेरै होटल खुलेका छन् । पर्यटकीय स्थल भएकाेले सीप सिकेर खेर नजाने तामाङले बताइन् । जेठ १३ गतेदेखि सुरु भएको तालीम १ महिना चल्ने र सहभागीहरूले ध्यान दिएर सिकेको ब्यवस्थापक सुजिता तामाङले बताइन् । 

कुक तालिममा महिला


Tuesday, June 4, 2024

स्केटिङ्ग तथा स्केट संघमा : इञ्जिनियर प्रकाश श्रेष्ठ

स्केटिङ्ग तथा स्केट संघमा : इञ्जिनियर प्रकाश श्रेष्ठ

रसुवा, नेपाल स्केटिङ्ग तथा स्केट बोर्डिङ संघ, बाग्मती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनमा प्रदेश खेलकुद विकास परिषद, बाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य र सदस्य धन कुमार मैनालीको आतिथ्य रहेको थियो। संघका केन्द्रीय अध्यक्ष अच्युत खनाल, सचिव दिनेश बजगाईंलगायतकाे उपस्थिती रहेको थियो।

अधिवेशनले रसुवाका इञ्जिनियर प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ। इञ्जिनियर प्रकाश श्रेष्ठ अब बाग्मती प्रदेश स्केटिङ्ग तथा स्केट बोर्डिङ संघका अध्यक्षको रूपमा कार्यभार सम्हाल्नेछन्। समितिमा वरिष्ठ उपाध्यक्ष समन घिमिरे, उपाध्यक्षहरू सुमन कट्टेल, सन्तोष सापकोटा, र विकास लामा रहेका छन्। महासचिवमा साजन देउजा, सचिवमा बिमल कार्की, सह-सचिवमा माइकल प्रजा, र कोषाध्यक्षमा अनिश बानियाँ चयन भएका छन्।

सदस्यहरूमा राम दाहाल, सफल तामाङ, शंकर तिवारी, आरती लामा, बिपिन कुइकेल, रमेश कुमार कार्की, बिनोद महर्जन, रिमा रसाइली, बिभुशा बजगाईं, र सन्जिब भट्टराई रहेका छन्।

केन्द्रीय सचिव दिनेश बजगाईंका अनुसार, समिति अब प्रादेशिक संरचनामा विस्तार भइसकेको छ र प्रत्येक जिल्लामा यसको विस्तार गर्ने योजना सहित खेल मैदान निर्माणमा जुट्नेछ। स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसमा अग्रसरता लिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

नेपालमा यो खेल नयाँ भएकाले केही चुनौतीहरू भए तापनि यसको आकर्षण र फाइदाका कारण यसको सम्भाव्यता र विकासमा लाग्नुपर्नेमा विशेष जोड् दिइएको थियो।

सचिव बजगाईंले हालसम्म ५ वटा प्रदेश र ४४ वटा जिल्लामा प्रादेशिक संरचना निर्माण भइसकेको जानकारी गराए। उनले आगामी दिनमा हरेक जिल्लामा स्केटिङ्ग र स्केट बोर्डिङका लागि खेल मैदानहरूको निर्माण गर्ने योजना रहेको बताए। यस अधिवेशनले स्केटिङ्ग र स्केट बोर्डिङ खेलको विकास र प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

अध्यक्ष श्रेष्ठले गोसाइकुण्ड क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय आइस स्केटिङ प्रतियोगिता आयोजना गर्ने आफ्नो रुचि र योजना रहेको बताए। उनका अनुसार, गोसाइकुण्डको प्राकृतिक सुन्दरता र चिसो वातावरणले यस्तो प्रतियोगिता आयोजना गर्न उपयुक्त स्थान प्रदान गर्दछ, जसले पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याउनेछ।

महिलाका लागि सीप विकास, स्वास्थ्य र सामुदायिक भवन माग

सार्वजनिक सुनुवाइमा महिलाका लागि सीप विकास, स्वास्थ्य  र सामुदायिक भवन माग


रसुवा,  महिलाका लागि आय मुलक ,सीप विकास, स्वास्थ्य  र सामुदायिक भवन बारे महिलाहरूले आवाज उठाएका छन् ।

उत्तरगया–५ कैदलेटारमा भएकाे सार्वजनिक सुनुवाइमा सहभागी महिलाहरूले साे कुरा उठाएका हुन् । 

उत्तरगया–५ की इश्वरी थापाले संस्थाहरूले तालिम गोष्ठीमा मात्र ध्यान नदिइ महिलाको सीप विकास तथा उपलब्धि मुलक काममा ध्यान दिनुपर्ने बताइन् । 

स्थानीय चन्द्रमाया थापामगरले स्थानीय अस्पताल निर्माण चाँढैहुनुपर्ने बताउँदै गाउँमा हिंसात्मक घटना न्युन गर्न मदिराकाे प्रयोग कम गर्नुपर्ने बताइन् । 

अहिले धेरैले बोल्न सक्ने भए तर सवैजना बोल्न सक्ने गरी तालीम दिनुपर्ने स्थानीय रामकुमारी ढकालले बताइन् । 

सहभागीहरुले स्थानीय सरकारले दुःध संकलन थालनी गर्न ढिलाइ गरेको , स्थानीय अस्पताल निर्माणमा ढिलाइ भएको गाउँले बैठक तथा भेलाका लागि आवश्यक सामुदायिक भवन निर्माण हुनुपर्ने जस्ता विषय उठान गरेका थिए । 

सामाजिक सुरक्षा जालोको महिलावादी आन्दाेलन सुदृढिकरण अन्तर्गत टेवा नेपाल र स्वयकसकाे आयोजनामा भएको सार्वजनिक सुनुवाइमा बेत्रावती प्रहरी चाैकीका प्रहरी हवल्दार यमबहादुर गुरुङले सामान्य भै–झगडा बाहेक प्रहरीमा उजुरी नपरेको बताए । अतिथी उत्तरगया–५ का वडा अध्यक्ष यमनाथ आचार्यले महिलाका लागि आत्मनिर्भर बानाउने आयमुलक तथा सीप तथा क्षमत विकासका कार्यक्रम भइरहेकाे तथा थप कार्यक्रम बनाउन आवश्यक रहेको बताए । 

सार्वजनिक सुनुवाइमा महिलाका लागि सीप विकास, स्वास्थ्य  र सामुदायिक भवन माग

प्रमुख अतिथी उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले उत्तरगया धाम धार्मिक क्षेत्र सरसफाइ गरेर तथा सुन्दर बनाउनुपर्ने बताइन् । उनले पालिकाले लैसस नीति पास भएको र पशु तथा कृषिमा महिलाका लागि फोकस कार्यक्रम रहेकोले १ हजार ७ सय महिला समुहमा आवद्ध भएर क्रमश सवैले लाभ पाउने बताइन् ।

 उनले संबिधानले व्यवस्था गरेको कारण आफु उपाध्यक्ष भएको बताउदै सीप तथा नेतृत्व विकासमा जोड्दिनुपर्ने बताइन् । जग्गा अभावने पालिका भवन अस्पताल तथा सामुदायिक भवन निर्माण हुन नसकेको बताउँदै उनले आगामी बजेटमा महिलाको शसक्तिकरणमा जोड्दिने बताइन् । 

महिलाका लागि सीप विकास तथा शसक्तिकरणका कार्यक्रम रहेकाे तथा सहज स्वास्थ्य उपचार सवाका लागि टेलिमेडिसिन सेवा सञ्चारलन गरिएकाे तथा छिट्टै फिजियाे थेरापी सेन्टर सुरूहुने पनि उहाँले बताउनुभयाे । 

कार्यक्रममा स्यएकस रसुवाका गायत्री रिमाल, टेवा नेपालकी निर्मला पुर्काेटी र कविता भण्डारीलगायत पत्रकार र स्थानीयकाे सहभागी थिए । 

सार्वजनिक सुनुवाइमा महिलाका लागि सीप विकास, स्वास्थ्य  र सामुदायिक भवन माग