रसुवा, जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय एवम् जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको सहकार्यमा आगलागी नियन्त्रण तथा उद्धार सम्बन्धी कृतिम अभ्यास रसुवाको सदरमुकाम धुन्चेमा सम्पन्न भएको छ।
आगलागीजस्ता विपद्को समयमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न, उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षा निकायहरूबीचको समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यका साथ उक्त अभ्यास सञ्चालन गरिएको हाे ।
अभ्यासका क्रममा आगलागी हुँदा अपनाउनुपर्ने सावधानी, उद्धारका उपायहरू र तत्काल पुर्याउनुपर्ने आपतकालीन सेवाहरूको व्यवहारिक प्रदर्शन गरिएको थियो ।


No comments:
Post a Comment