ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, July 10, 2025

बाढीकाे प्रभाब : जलविद्युत् आयोजनामा क्षति


रसुवा, नेपाल चीन सिमानामा लेन्दे खोलाको बाढीले धेरै जलविद्त आयोजनामा क्षति भएको छ । 


सिमानामा १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको बाँधका छ वटा मध्ये तीन वटा गेट बाढीले बगाएको छ । यस बाहेक बाँध क्षेत्र बाढीले ल्याएको लेदो , ढुङ्गाले भरिएर क्षति पुगेकाे छ ।

त्यस्तै ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को एउटा गेट पनि बाढीले बगाएको छ । यसको पनि उत्पादन बन्द भएको छ । नुवाकोटको पहरेबेँसीमा रहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पनि बाढीको कटानका कारण ठूलो क्षति भएको छ । 

सबस्टेसनको एउटा टावर बगेको छ भने १३२ केभी संरचना क्षेत्रमा बाढी पसेका कारण ठूलो कटान भइरहेको छ । १३२ केभी प्रसारण लाइन बन्द हुँदा १४ मेगावाटको मैलुङ खोला र पाँच मेगावाटको बुद्धभूमि विद्युत् उत्पादन पनि बन्द गरिएको छ । सवैभन्दा धेरै रसुवागढी आयोजनामा क्षति भएकाे जनाइएकाे छ । 


२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिर्दा त्यहाँको पनि विद्युत् उत्पादन बन्द हुन पुगेको छ । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पनि लेदो तथा गेग्रान थुप्रिएकाले उत्पादन अवरुद्ध भएको छ । 

बाढी प्रभावित क्षेत्रमा सञ्चार र विद्युत सेवा सुचारू


रसुवा संचार तथा विद्युत विच्छेद भएकाे बाढी प्रभावित क्षेत्रमा  सञ्चार र विद्युत सेवा सुचारू भएकाे छ । 

बाढीका कारण अवरुद्ध भएको सञ्चार र विद्युत सेवा असार २६ गते बिहान ११ बजेबाट पुनः सुचारु भएको हो। त्यस्तै, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड मर्मतका लागि सडक विभाग, विभिन्न जलविद्युत आयोजनाहरू र स्थानीय तहबीच समन्वय गरी हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक पुनःनिर्माणको कार्य तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकाे छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले "व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सशासन" नारासहित उद्धार र पुनःस्थापना कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

Wednesday, July 9, 2025

लेन्देखाेलामा आएकाे बाढीले २० जना बेपत्ता


रसुवा, मंगलबार रसुवा स्थित नेपाल चीन सिमानाकाे लेन्देखाेलामा आएको बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले दिएको जानकारी अनुसार थप दुई जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुना ठाकुर र लोकेन्द्र बोहोरा रहेका छन् । 

यसैगरी बर्दियाका जिपन चौधरी, सन्तोष दइद,बुद्धिराम राम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, चालक गोविन्द मोक्तान, चालक लोकमान तामाङ, गोरखाको पालुङ्टार नगरपालिका-६ का डिलबहादुर तामाङ, गोरखाको पालुङ्टार नगरपालिका ६ का धनबहादुर तामाङ रहेका छन्। 

यसैगरी चिनियाँ नागरिक यू युए, लि ख्वाछिङ, याङ छ्वान, हाई हाङ, यौ स्याओ छ्यौ र चौ युङ बेपत्ता छन्। हालसम्म ५५ जनाको उद्धार गरिएको छ। 

रसुवागढीकाे बाढी : एक सय पचास जनाकाे उद्दार ५ जनाकाे लास प्राप्त



रसुवा, मंगलबार विहान चीनकाे लेन्दे खाेलामा बाढीमा बेपत्ता ५ जनाकाे लास भेटिएकाे र १ सय ५० जनाकाे हवाइ उद्दार गरिएकाे छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेलका स्वदेशी तथा विदेशी गरी १ सय ५० जनाकाे उद्दार गरिएकाे छ । भेटिएका लास एकीन भने हुन सकेकाे छैन ।

बाढीले मतेरी पुल भन्सार याड लगायत कन्टेनर विधुतिय गाडी स्याफ्रुवेसी रसुवागढी सडक खण्ड तहसनहस भएकाे विषयमा विधुत, टेलिफोनसेवा बन्द भएकाे छ ।

याडबाट धेरै गाडीहरू बगाएकाे छ भने स्याफ्रुवेसी रसुवागढी सडक अवरूद्द भएकाे छ । टिमुरे क्षेत्रमा केही दिनमा खाद्यान्न अभाव हुन सक्ने देखिएकाे छ ।



Tuesday, July 8, 2025

जलवायु उत्थानशीलताका लागि रसुवालीले गरे साझा प्रतिवद्दता

असार २२, धुन्चे । जलवायु उत्थानशीलता र प्रकृतिमैत्री विकासका  लागि रसुवालीले साझा प्रतिवद्दता गरेका छन् । धुन्चेमा सञ्चालित जलवायु उत्थानशीलताका लागि क्षमता अभिबृद्दि कार्यशाला गोष्ठीमा सहभागीहरूले उक्त प्रतिवद्दता गरेका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, समुदायमा आधारित वन सहजकर्ता सञ्जाल (कफ्सन)  नेपाल, ग्रीन क्लाईमेट फण्ड, आइसीयुएनको साझा प्रयासमा सञ्चालित गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत पहिलो चरणमा प्रभावितहरूलाई अभिमुखीकरण गरिएको कफ्सन नेपालका केन्द्रीय अध्यक्ष विना श्रेष्ठले जानकारी  दिए । 



असार २० देखि २२ सम्म कफ्सन नेपालका संस्थापक अध्यक्ष भोला खतिवडा, वर्तमान केन्द्रीय कोषाध्यक्ष सुदिल गोपाल गुरूवाचार्य, डिभिजन वन कार्यलय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङले अभिमुखीकरण गरेका थिए । 


अभिमुखीकरणमा जलवायु परिवर्तनको अवधारणा, प्रभाव न्यूनीकरण तथा उत्थानशीलता र प्रकृतिमैत्री विकासका लागि गर्नुपर्ने कदमका विषयमा छलफल गरिएको छ । वन संवर्दन प्रणाली, जलवायुमैत्री कृषिवन प्रणाली, चरिचरन, सिमसार, वन सम्पदा संरक्षण, जलवायु परिवर्तनका कारण मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण तथा फोहोरमैला व्यवस्थापन, अजैविक फोहोर न्यून उत्पादन वा पुनर्प्रयोग सम्बन्धि अवधारणालाई साझा रूपमा कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल गरिएको बताइएको छ ।


अभिमुखीकरणमा सहभागी तथा साझा प्रतिवद्दता व्यक्त गर्नेहरूमा कफ्सन नेपाल रसुवा शाखाका पदाधिकारीहरू, गैससका प्रतिनिधिहरू, स्थानीय निकायका जनप्रतिनिधिहरू, जिल्लास्थित डिभिजन वन कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारीहरू, फेकाेफाेन, सामुदायिक वन सहजकर्ताहरू, कृषक, उद्यमीहरू रहेका थिए ।  



प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारी टोलीले स्थलगत अवलोकन गरे


रसुवा, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सरकारी टोलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

जिल्ला स्थित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले पनि अवलाेकन गरेकाे गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । 



Monday, July 7, 2025

प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन


रसुवा,  उत्तरगया गाउँपालिकामा प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । 

“प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन कार्यविधि, २०८०” अनुरूप उत्तरगया गाउँपालिकामा स्थानीय स्वयंसेवक ब्यूरो गठन तथा अभिमुखीकरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हाे । 

उत्तरगया गाउँपालिकाको हलमा आयोजित सो कार्यक्रम गाउँपालिकाको आयोजनामा तथा Community Self-Reliance Centre (CSRC) को प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो। कार्यक्रमको संयोजन गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले गरेका थिए । 

कार्यक्रममा जम्मा ५० जनाको सहभागिता रहेको थियो, जसअन्तर्गत २३ सदस्यीय स्थानीय स्वयंसेवक ब्यूरो समिति गठन गरिएको छ।

ब्युराे माधव प्रसाद अर्यालकाे  संयोजकत्वमा २३ सदस्य रहेकाे समितिमा  गठन भएकाे हाे । सवै वडामा वडा अध्यक्षहरूकाे संयोजकत्वमा वडा समिति पनि गठन भएकाे छ । यी समितिहरूले विपद्को समयमा समस्या पहिचान, समन्वय, उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। विशेषतः बर्षातयाममा सम्भावित जोखिमहरूको पूर्वतयारीका लागि समितिहरू गठन गरिएको हो।

कार्यक्रमको अभिमुखीकरण सत्रमा  विपद्  जोखिम ब्यबस्थापन अधिकृत  विजया तिवारीले सहजीकरण गर्नुभएको थियो। विपदको क्षेत्रमा उत्तरगया गाउँपलिकामा , सामुदायिक आत्मनिर्भर सेवा केन्द्र संस्थाले निरन्तर प्राविधिक र सहायक भूमिका प्रदान गरेकाे छ । 

वडा समितिहरूकाे बिबरण

  • वडा नं. १
    • अध्यक्ष: मर्सिङ तामाङ
    • सहभागी: ३२ जना
    • गठन: १६ महिला, ६ पुरुष — जम्मा २२ सदस्य
  • वडा नं. २
    • अध्यक्ष: टुकु प्रसाद सुबेदी
    • सहभागी: २९ जना
    • गठन: १० महिला, २० पुरुष — जम्मा ३० सदस्य
  • वडा नं. ३
    • अध्यक्ष: लालबहादुर तामाङ लामा
    • गठन: १९ सदस्यीय समिति
  • वडा नं. ४
    • अध्यक्ष: अमर बहादुर बुलुना
    • सहभागी: ३० जना
    • गठन: ४ महिला, १२ पुरुष — जम्मा १६ सदस्य
  • वडा नं. ५
    • अध्यक्ष: यमनाथ आचार्य
    • सहभागी: ३० जना
    • गठन: ३ महिला, १३ पुरुष — जम्मा १६ सदस्य