ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, March 15, 2025

रसुवाबाट एसइइमा ५ सय ३१ जना विद्यार्थी सहभागी हुने


रसुवा, आगामी चैत्र ७ देखि १९ गतेसम्म सञ्चालन हुने एसईई (सेकन्डरी एजुकेशन एग्जामिनेशन) परीक्षा २०८१ मा रसुवा जिल्लाबाट ५ सय ३१ जना विद्यार्थी सहभागी हुने भएका छन्। 

यस परीक्षाको सञ्चालनका लागि जिल्लाभरका ५ वटा स्थानीय तहमा रहेका ६ वटा माध्यमिक विद्यालयहरू परीक्षा केन्द्रको रूपमा तोकिएका छन्। शिक्षा विकास तथा समन्वय एकाई रसुवाका इकाई प्रमुख दिपेश सिलवालले जानकारी दिए ।

गोसाईकुण्ड गाउँपालिकामा रसुवा मावि धुन्चे, कोमिन स्यामेवाङफेल मावि, हाकु मावि, नमुना इभरग्रिन बोर्डिङ स्कुल, हाईल्याण्ड आवासिय मावि, कालिका गाउँपालिका, निलकण्ठ नमुना मावि जिवजिवे, गौतमबुद्ध मावि, कालिका हिमालयन मावि, नर्थ पोल इङ्लिस बोर्डिङ स्कुल,उत्तरगया गाउँपालिका, निलकण्ठ मावि बोगटीटार, सेतिदेवी मावि, डाडागाउँ मावि, भूमेदेवी मावि, सुन्धरा मावि, नवविजयी महेन्द्र मावि नौकुण्ड गौतमबुद्ध मावि, निर्कुभुमे मावि, नारायण मावि, वागेश्वरी मावि विद्यार्थीहरूको विवरण नियमित साधारण धार ४ सय १० जना, ग्रेड वृद्धि साधारण धार ६५ जना, प्राविधिक धारमा २ जना रहेका छन् ।

जिल्लामा दुई विद्यालयहरू ९ निलकण्ठ मावि बोगटिटार र नौकुण्ड ६ मा रहेको गोसाईकुण्ड मावि ९ प्राविधिक धाराका विद्यार्थीहरूको लागि परीक्षा केन्द्रको रूपमा रहेका छन्। निलकण्ठ माविबाट १६ जना र गोसाईकुण्ड माविबाट ३८ जना विद्यार्थीहरूले प्राविधिक धाराको परीक्षा दिनेछन्। 

यस वर्षको एसईई परीक्षा सफलतापूर्वक सम्पन्न गर्न जिल्ला शिक्षा कार्यालय र सम्बन्धित स्थानीय तहले आवश्यक तयारी गरेको छ। परीक्षार्थीहरूले निर्धारित मितिमा समयमै परीक्षा केन्द्रमा उपस्थित हुन आग्रह गरिएको छ।

Sunday, March 9, 2025

जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण सम्पन्न


रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम फागुन २३ गते उत्तरगया गाउँपालिकामा सम्पन्न भयो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ रसुवाले जनाएको छ ।

सहभागीहरूले जलवायु परिवर्तनले अहिले नै पानीको मूल सुक्दै गएकोले पानीको समस्या देखा गर्न थालेको बताए । कार्यक्रमबाट गाउँ कार्यपालिका सदस्य ज्ञानु बिकले जलवायु परिवर्तन बारे नयाँ कुरा थाहा भएको बताइन् । 

गाउँपालिका उपाध्यक्षा चमेली गुरुङ, वडा अध्यक्ष मारसिङ तामाङ, गैसस महासंघ रसुवाका पुर्व अध्यक्ष बिनोद लामिछाने, वडा सदस्य बेन्जु मगर, सहभागी इश्वरी थापा मगरलगायत सहभागीले कार्यक्रममा आफ््नो धारणा राख्दै अहिलेको निकै नै जल्दो बल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने र सरकारले योजना बनाएर काम गर्नुपर्ने बताए । स्थानीय सरकारले विकास निर्माण तथा अन्य काममा सचेत भएर मात्र निर्णय लिएर अघि बढ्नुपर्ने समेत सहभागीहरुले जोड्दिएका थिए । 

जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा समेत छलफल भएको थियो । 

जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताए ।  अध्यक्ष  घलेले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन कोष, मध्यवर्ती तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो । 

जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास , क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा गैसस महासंघ नेपाल जिल्ला शाखा, रसुवाको आयोजनामा भएको कार्यक्रममा सहजकर्ता हेमनाथ खतिवडा र गायत्री लामिछाने रिमालले सहजिकरण गरेका थिए । 




Saturday, March 8, 2025

एमाले रसुवा अध्यक्ष जनार्दन ढकालले पार्टीबाट अलग भएको घोषणा


रसुवा, नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

शनिबार हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिँदै ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताएका हुन् । 

ढकालले पार्टीको समस्याबारे पार्टी केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरूलाई जानकारी गराउँदा पनि समस्या सम्बोधनमा चासो नदेखाएपछि पार्टीबाट अलग हुनुपरेको प्रस्टीकरण दिएका छन् । ढकाल २०७० को संविधान सभा सदस्य समेत हुन् । 

पछिल्लो पटक पार्टीको जरा अभियानको नाममा रसुवामा हरेक कार्यक्रममा विवाद उत्पन्न भएपछि अभियान नै स्थगित गरिएको थियो । रसुवाको पार्टीमा देखिएको विवादका बारेमा एमाले बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले मध्यरातमा प्रधानमन्त्री निवासमै पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर जानकारी गराएका थिए । जिल्लामा घेराबन्दी भएकाे र पार्टीकाे केन्द्रबाट समस्या समाधान नभएपछि उनले राजिनामा दिएका हुन् ।  


बालबिबाह गर्न लागेकाे सूचना दिनेलाइ रू ५ हजार पुरस्कार दिने घाेषणा


रसुवा, उत्तरगया गाउँपालिका २ मा बालबिबाह गर्न लागेकाे वा भएकाे सूचना दिनेलाइ रू ५ हजार पुरस्कार दिने वडा अध्यक्षबाट घाेषणा भएकाे छ । 

गाउँपालिकामा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाद्वारा बालविवाह अन्त्यको लागि बालक्लब समुदाय र विद्यालयको भूमिका सम्बन्धी १ दिन जनचेतना मूलक अभिमुखीकरण कार्यक्रम डाडागाउँ माविमा सम्पन्न कार्यक्रममा साे घाेषणा भएकाे हाे ।  

गाउँगाउँमा हुने बालबिबाह अन्त्यका लागि घर तथा समुदायमा जागरण ल्याउनु पर्ने कार्यक्रममा सहभागीहरूले बताए । गाउँपालिका गाउँपालिकामा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा  प्रमुख  अमृता पन्तकाे एक   प्रस्तुतीपछि कार्यक्रममा वडा अध्यक्ष टुकु सुवेदी  बालबिबाह गर्नलागेकाे सूचना दिनेलाइ रू ५ हजार पुरस्कार दिने घाेषणा गरेका थिए । 

प्रधानाध्यपक नबराज घिमिरेका अनुसार बाल बिबाह गरे कानुनी कारबाही के हुने र के कस्ता नीतिगत ब्यवस्था रहेकाे बारे जानकारी समेत दिइएकाे थियाे । कार्यक्रममा डाडागाउँ माविका शिक्षकहरू, अभिभावक, विद्यार्थी सहभागी थिए ।

बालविवाह गर्ने बालबालिकाको स्वयम् स्वास्थ्य, शिक्षादेखि समग्र जीवन पद्धतिमा प्रत्यक्ष नकरात्मक असर पर्ने भएकाले समाजबाट बालविवाह गर्ने कार्य पूर्णरुपमा अन्त्य गर्ने उद्देश्यका साथ बालबालिकाहरु र समुदाय नै लाग्नु पर्ने देखिन्छ । 

बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ लगायत धेरै कानुनी ब्यवस्था भएपनि समुदायमा बालबिबाह हुने गरेका छन् । मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बाल विवाह गर्दा हुने कानुनी सजाय निम्न अनुसार रहेको छ । उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुने छ । साथै कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था छ । 





होटल तथा पर्यटन व्यवसायी संघ रसुवाकाे अध्यक्षमा विशाल



रसुवा, नेपाल होटल तथा पर्यटन व्यवसायी संघ रसुवाकाे अध्यक्षमा विशाल घले निर्वाचित भएका छन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष श्री दामोदर नेपालकाे प्रमुख आतिथ्यमा भएकाे होटल तथा पर्यटक व्यवसायी संघ रसुवाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले विशाल घलेलाई अध्यक्ष पदमा निर्वाचित गरी संघको नयाँ नेतृत्व चयन भएकाे हाे ।

अधिवेशनको उद्घाटन समारोहमा बागमती प्रदेश होटल तथा व्यवसायी संघका अध्यक्ष दामोदर नेपाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। नवनिर्वाचित अध्यक्ष घलेले आफ्नो कार्यकालमा रसुवाको पर्यटन क्षेत्रलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै, होटल व्यवसायी तथा पर्यटन उद्योगसँग सम्बन्धित समस्याहरू समाधान गर्न सक्रिय पहल गरिने बताए।

संघको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष फुर्पूसिङगी तामाङ , उपाध्यक्ष धन कुमारी तामाङ, रिन्जेन निमा तामाङ,सचिव सञ्जिव उप्रेती,सहसचिव छोवाङ नुर्पु तामाङ र कोषाध्यक्ष बुद्ध लक्ष्मी तामाङ र वासिंगी घले चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि दामोदर नेपालले स्थानीय पर्यटन प्रवर्द्धन, आधारभूत संरचना सुधार तथा होटल व्यवसायको गुणस्तर वृद्धिमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, अधिवेशनले रसुवाको पर्यटन क्षेत्रको दीर्घकालीन विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्। अध्यक्ष रामशरण गजुरेलकाे अध्यक्षतामा भएकाे अधिवेशनमा गजुरेलले जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरूको हकहितका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।


उत्तरगयामा सार्वजनिक सुनुवाइ सम्पन्न


रसुवा, सामुदायिक सुरक्षा जालाे तथा महिलावादी आन्दोलनको सुदृढीकरण कार्यक्रम अन्तर्गत दोस्रो चरणको सार्वजनिक सुनुवाइ उत्तरगया गाउँपालिकामा ०८१ फागुन २३ गते  सम्पन्न भयो । 

गाउँपालिकाबाट सम्पादन भएका कार्यक्रम र महिलाहरूमा पारेकाे प्रभाव बारेमा सामुदायिक सुरक्षा जालाेमा  आवद्द स्थानीयकाे सहभागीतामा भएकाे सार्वजनिक सुनुवाइमा गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ दाहाल, जनप्रतिनिधिहरू सहभागी थिए । 

सामुदायिक सुरक्षा जालाेका बारेमा स्थानीय संस्था सामाजिक कल्याण तथा वातावरण साेसाइटी रसुवाकी अध्यक्ष गायत्री लामिछानेले जानकारी दिइन् । 

कार्यक्रममा टेवा नेपालीकी सरस्वती श्रेष्ठले महिला सुरक्षा, क्षमता विकास, सुशासन तथा पारदर्शीताकाे अभ्यासका सहयाेग गर्ने बताइन् । 

युएन विमेनकाे सहयाेगमा टेवा नेपाल अन्तर्गत सामुदायिक सुरक्षा जालाेमा आवद्ध उत्तरगया गाउँपालिका क्षेत्रका महलिाहरु तथा सरोकारवालाहरू सहभागी थिए  । सहभागीहरूले स्वास्थ्य, शिक्षा तथा विषयगत शाखाकाे सेवा प्रबाह र महिला तथा बालबालिकाहरूकाे क्षेत्रमा परेकाे प्रभाव बारे प्रश्न गरेका थिए । 

पत्रकार विजया तिवारीले एक युवाले नागरिकता पाउन नसकेकाे विषयमा प्रश्न गरिन भने स्थानीय इश्वरी थापामगरले महिलाकाे क्षमता विकास तथा स्वास्थ्य क्षेत्रमा यस वर्ष के कस्ताे कार्यक्रम रहेकाे छ बारे प्रश्न गरिन् । स्थानीय अप्सरा फुयाँलले महिला, कमला थापा मगर, गैसस महासंघ रसुवाका पुर्व अध्यक्ष बिनाेद लामिछाने, गैसस महासंघ रसुवाका सचिव रितमान वाइवा लगायतले बिपन्न र अपाङ्ता भएकाहरूकाे क्षेत्रमा के कस्ताे कार्यक्रम रहेकाे बारे प्रश्न गरिन् । 

गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले स्वास्थ्य र विपद व्यवस्थापन तथा महिलाकाे सीप तथा क्षमता विवकासमा गरेका कामकाे परिणाम देखिन थालेकाे र अझै प्रभावकारी कार्यकम तय भएकाेले गाउँपालिकामा सूचना लिन र सुझाव दिन पनि अनुराेध गरिन् । उनले सहभागीहरूकाे जिज्ञासामा प्रष्ट पार्दै महिलाकाे नेतृत्व विकासमा गाउँपालिकाले ध्यान दिएकाे बताउँदै दिर्घकालीन साेचका साथ लागि अगाडि बढ्नु पर्ने बताइन् । 

वडा अध्यक्षा मारसिं तामाङ, शिक्षा शाखा प्रमुख सुनिता खतिवडा, स्वास्थ्य शाखा प्रमुख बलराम न्याैपानेलगायतले सहभागीहरूले प्रश्नको जिज्ञासा मेटाउँदै आफ्नो धारणा राखेका थिए । 



परम्परा संरक्षणका लागि मारूनी नाच प्रतियाेगिता


रसुवा, परम्परागत रैथाने संस्कृतिकाे संरक्षणका लागि मारूनी नाच प्रतियाेगिता दोस्रो बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगितामा नुवाकोटको सामरी नृत्य समूह प्रथम भएको छ ।

विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको आयोजनामा भएको प्रतियोगितामा म्यागङ गाउँपालिका वडा नम्बर–५ सामरीको मारूनी नाच समूह प्रथम भएको संस्थाका सचिव गीता न्यौपानेले जानकारी दिईन् ।

प्रतियोगितामा रसुवा र नुवाकोट जिल्लाका पाँच समुहले सहभागिता जनाएको उनले जानकारी दिईन् । प्रतियोगितामा किस्पाङको सरस्वती देवी महिला समुह दोस्रो र रसुवाको कालिका भजन कृतन समाज तृतीय भएको छ ।


प्रतियोगिताका विजेताले क्रमशः प्रथमले २५ हजार रूपैयाँ, द्वितीयले २० हजार रूपैयाँ र तृतीयले १५ हजार रूपैयाँ नगदसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेका थिए । 

जिल्लामा नै दोस्रोपटक भएको मारूनी नाच प्रतियोगितामा मौलिक बाजागाजा तथा लोक संस्कृतिलाई जर्गेना गरी परम्परागत आस्थाको संस्कृतिलाई जिवन्त राख्न भावी पुस्ताले पनि सिकुन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष सोहम सुवेदीले बताए । कार्यक्रमकाे उद्घाटन नेपाल सरकारका रक्षामन्त्री मानवीर राईले गर्नुभएको थियो । 




अध्यक्ष सोहम सुवेदी,  जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, उत्तरगया गाउँपालिका अध्यक्ष , माधब अर्याल उपाध्यक्ष, चमेली गुरूङ, बागमती प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी, समन्वय अधिकारी शारदा चालिसे, उत्तरगया गापा प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, जनस्वास्थ्य प्रमुख झंप्रसाद आचार्य, नेपाल मगर संघका टेकबहादुर मगर लगायत सहभागी थिए ।