ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, March 8, 2025

एमाले रसुवा अध्यक्ष जनार्दन ढकालले पार्टीबाट अलग भएको घोषणा


रसुवा, नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

शनिबार हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिँदै ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताएका हुन् । 

ढकालले पार्टीको समस्याबारे पार्टी केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरूलाई जानकारी गराउँदा पनि समस्या सम्बोधनमा चासो नदेखाएपछि पार्टीबाट अलग हुनुपरेको प्रस्टीकरण दिएका छन् । ढकाल २०७० को संविधान सभा सदस्य समेत हुन् । 

पछिल्लो पटक पार्टीको जरा अभियानको नाममा रसुवामा हरेक कार्यक्रममा विवाद उत्पन्न भएपछि अभियान नै स्थगित गरिएको थियो । रसुवाको पार्टीमा देखिएको विवादका बारेमा एमाले बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले मध्यरातमा प्रधानमन्त्री निवासमै पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर जानकारी गराएका थिए । जिल्लामा घेराबन्दी भएकाे र पार्टीकाे केन्द्रबाट समस्या समाधान नभएपछि उनले राजिनामा दिएका हुन् ।  


No comments:

Post a Comment