ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, February 26, 2025

अचार बनाउने तालिम समापन



रसुवा, रसुवाको नौकुण्ड गाउँपालिकाले ०८१ फागुन ९ गतेदेखि  सुरू गरेका विविध अचार बनाउने तालिम  समापन भएको छ। । 

नौकुण्ड गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागारिक शाखा तथा  उद्यम शाखाको आयोजनामा सञ्चालन भएको उक्त  ७ दिने तालिम समापन भएकाे आयोजकले जनाएको छ। 

तालिममा ३६ जना उद्यमीहरूको सहभागितामा संविधानसभा सदस्य तथा सफल युवा उघमी प्रशिक्षक शान्ता चौधरीले तालिम दिएकी थिइन् । 



नौकुण्ड उद्यम शाखाका कृष्ण न्यौपानेका अनुसार नौकुण्ड भरी छरिएर रहेका उद्यमहरूलाई स्वरोजगार बनाई गाउँ मै आर्यआर्जन बनाउने उदेश्यले तालिम सञ्चालन गरेकाे बताए । 

नाैकुण्डमा सन्चालित विविध प्रकारका अचार बनाउने सीप विकास तालिमले महत्त्वपूर्ण  उपलब्धि हुने विश्वास लिइएको प्रशिक्षक शान्ता चौघरिले जानकारी दिइन् ।

तालिमको अवसरमा नौकुण्ड गापाका उपाध्यक्ष चन्द्रबहादुर गलान,वडा नम्बर ६ का वडा अध्यक्ष यो नुर्पु तामाङ लगायत समभागी थिए  । 



Monday, February 24, 2025

रसुवामा वन अतिक्रमण हुन नदिन नियमित अनुगमन


रसुवा, जिल्लाका विभिन्न क्षेत्रमा भएको वन अतिक्रमण हुन नदिन नियमित अनुगम गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । 

डिभिजन वन कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङका अनुसार वन अतिक्रमण नियन्त्रण समितिको बैठकमा जिल्लाभर ३६ दशमलव २७ हेक्टर वन अतिक्रमणमा परेको तथ्यांक सार्वजनिक गरी पुरानो अतिक्रमण क्षेत्र विस्तार हुन नदिने तथा नयाँ वन अतिक्रमण हुन नदिन नियमित अनुगमन तथा गस्ती गर्ने बताए । 

रसुवाको गोसाइकुण्ड गाउँपालिका १ नागथलीमा ६, आमाछोदिङमो गाउँपालिका ३ मा २२, वडा नं ४ मा ५ , वडा नं ५ मा ४८ र उत्तरगया गाउँपालिका–१ बौंसेमा ९० घरधुरी गरी कुल १७१ घरधुरीले वन अतिक्रमण गरेर बसेका छन् । जिल्लाभर कुल ३६ दसमलव २७ हेक्टर वन अतिक्रमण गरी घर बनाएर बसोबास गरेका छन् ।  पछिल्लो अतिक्रमणको तथ्याङ भने लिएको छैन । 

०५१ सालदेखि अतिक्रमण वन ऐन २०४९ र नियामावली ०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइदैन । वन ऐन २०७६ अनुसार राष्ट्रिय वन भित्रको जग्गा कसैले पनि दर्ता गर्र वा गराउन हुँदैन भन्ने कानुनी व्यवस्था छ ।

वन ऐनको दफा ७ (२) दर्ता स्वत बदर हुने– कसैले राष्ट्रिय वन भित्रको जग्गा दर्ता गराएको भएमा त्यसरी दर्ता भएको आधारमा त्यस्तो जग्गामा दावी लाग्ने छैन र त्यस्तो दर्ता स्वतः बदर भएको मानिने उल्लेख छ ।

ऐनकाे दफा ७ (३) यो ऐन प्रारम्भ हुनु भन्दा अघि कसैले राष्ट्रियको कुनै भाग गैरकानुनी रुपले दर्ता गराएको रहेछ भने त्यस्तो दर्ता समेत यो ऐन प्रारम्भ भएपछि स्वतः बरद हुने व्यवस्था छ ।

दफा ४२(१) वनक्षेत्रको प्रयोग– यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि राष्ट्रिय प्राथमिकता आयोजना, लगानी बोर्डबाट लगानी स्वीकृत भएको योजना, राष्ट्रिय गौरबका आयोजना सञ्चालन गर्न वनक्षेत्रको प्रयोग गर्नु बाहेक अन्य कुनै पनि विकल्प नभएमा र प्रचलित कानुन बमोजिमको वातावरणीय परिक्षणबाट त्यस्तो योजना सञ्चालन गर्दा वातावरणमा उल्लेखनीय असर नपर्ने देखिएमा नेपाल सरकारले राष्ट्रिय वनको कुनै भाग तोकिए बमोजिम स्वीकृति दिन सक्ने प्रावधान रहेको छ ।  

राष्ट्रिय वन फाँड्ने वा वनक्षेत्रको जोत्ने, खन्ने, खनिजकार्य उत्खनन गर्ने, आवाद गर्ने, सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने वा अतिक्रमण गर्ने काम गरे वा गराएमा दफा ५० (३) मा सजायः दफा ४९ को खण्ड ग अन्तर्गतको कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुबै सजाय गरी त्यस्तो जग्गा राष्ट्रिय वनमा समावेश गरी सो जग्गामा बनाएको घर वा छाप्रो र प्रयोग भएका मेशिनरी औजार, साधन समेत जफत हुने। त्यस्तो कसुर गर्दा वन पैदावार हटाएको भए निजलाई सो बापत हुने सजाय समेत हुने प्रावधान छ । 

वन अतिक्रमण नियन्त्रण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेल, नेपाली काँग्रेसका िजल्ला सभापति पेम्बाछिरिङ तामाङ, नेकपा एमाले जिल्ला नेता विजय लामा, सामुदायिव वन उपभाेक्त महासंघ रसुवा, प्रहरी प्रमुखहरू तथा सराेकारवालाहरू सहभागी थिए । 




Saturday, February 22, 2025

नौकुण्डमा अचार बनाउने तालिम सुरू


रसुवा, रसुवाको नौकुण्ड गाउँपालिकाले ०८१ फागुन ९ गतेदेखि  विविध अचार बनाउने तालिम सुरु गरेकाे छ ।  

महिला बालबालिका तथा ज्येष्ठ नागारिक शाखा तथा उद्यम शाखाको आयोजनामा सञ्चालन भएको उक्त ७ दिने तालिम १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। 

तालिममा ४५ जना उद्यमीहरूको सहभागितामा संविधान सभासदस्य तथा सफल युवा उघमी प्रशिक्षक शान्ता चौधरीले तालिम प्रदान गरिरहेकी छन् ।

नौकुण्ड उद्यम शाखाले नौकुण्ड भरी छरिएर रहेका उद्यमहरूलाई स्वरोजगार बनाई गाउँ मै आर्यआर्जन बनाउने उदेश्यले सन्चालित विविध प्रकारका अचार बनाउने सीप विकास तालिमले महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको प्रशिक्षक शान्ता चौघरिले जानकारी दिइन् ।


तालिमको अवसरमा नौकुण्ड गापाका उपाध्यक्ष चन्द्रबहादुर गलान,वडा नम्बर ६ का वडा अध्यक्ष यो नुर्पु तामाङ,युवा उघमी तथा समाजसेवी जयराम घले,वडा सदस्य लवाङनुर्पु तामाङ,शान्ति विक,पूर्व वडाअध्यक्ष तथा भोर्ले जिवजिवे साना किसान सहकारी संस्थाका अध्यक्ष रामहरी देवकोटाको उपस्थितिमा तालिम शुभारम्भ गरिएको हाे ।  तालिम फागुन ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उघम विकास सहजकर्ता न्यौपानेले जानकारी दिए ।

आदिवासी जनजाति युवा महासंघमा धर्म


रसुवा, आदिवासी जनजाति युवा महासंघ नेपाल रसुवा जिल्ला समन्वय परिषदको अध्यक्षमा धर्म थोकर चयन भएका छन् ।

शुक्रबार आदिवासी जनजाति युवा महासंघ नेपाल बामती प्रदेश अध्यक्ष बिलाम मुक्तानको प्रमुख आतिथ्यता तथा प्रदेश कोषाध्यक्ष तुलाराम मगरको अध्यक्षतामा भएको भेलाले सो ११ सदस्यीय समिति चयन गरेका हुन् । जनजाति युवालाई नेतृत्व, अधिकार र समावेशी सहभागिता सहित उत्तरदायि एवम् जिम्मेवार नेतृत्व बनाउन महासंघले काम गर्दै आएको छ ।

शिक्षक संगठन अध्यक्षमा गुरुङ काे काे रहेका छन् समितिमा ?



सुवा, नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवाको १२ औं जिल्ला अधिवेशनबाट  श्याम कुमार गुरुङकाे अध्यक्षमा नयाँ नेतृत्व चयन भएकाे छ ।  

देशभरका शिक्षकहरू एकजुट हाेऔं ,गाैरवशाली विगत, चुनाैतीपूर्ण वर्तमान लगानी वृद्धि गराै सार्वजनिक शिक्षाकाे उन्नयन राष्ट्रिय शिक्षा ऐन र सवै तहमा सशक्त संगठन भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रसुवाको १२ औं जिल्ला अधिवेशनकाे उद्वघाटन भएकाे थियाे ।

राति सम्पन्न भएकाे बन्द सत्रबाट जिल्ला समितिकाे उपाध्यक्ष नबराज घिमिरे र सुभद्रा लामा, सचिब लानाम घले, कोषाध्यक्ष सुरज बि क, सह कोषाध्यक्ष भीमप्यारी तामाङ, सह सचिब सुम्निमा तामाङ रहेका छन् ।

सदस्यहरूमा पदमराज भट्ट, संगीता तामाङ,प्रतिभा गुरूङ, मेदनदत्त देवकाेटा, कार्पाे तामाङ, रमेश गलान रहेका छन् । संस्थागत सदस्य राजु लामा, समावेशी संगीता तामाङ, बृजलाल भट्टराइ रहेका छन् । केन्द्रीय प्रतिनिधिमा आङमाया शेर्पा, पार्वती खनाल र सुरेन्द्रराज गुरूङ रहेका छन् ।




नसर्ने रोग रोकथाम र न्यूनिकरण बारे छलफल


रसुवा, जनस्वास्थ्य कार्यालय,रसुवाद्वारा आयोजित नसर्ने रोग रोकथाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रबर्द्धन,जिल्ला स्तरिय समन्वय समिति गठन कार्यक्रम धुन्चेमा भयाे ।

जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेकाे अध्यक्षतामा जिसस उपप्रमुख बिजय लामा ,गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ ,प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल ,उत्तरगया गापा उपाध्यक्ष चमेली गुरुङ ,गोसाइँकुण्ड गापा उपाध्यक्ष प्रतिमा तामाङ ,आमाछोदिङ्मो गापा उपाध्यक्ष चन्डिका तामाङ ,जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाही ,नौकुन्ड गापा वडा-१ का वडा अध्यक्ष कान्छा तामाङ ,जनस्वास्थ्य कार्यालय प्रमुख झमप्रसाद आचार्य लगायतको आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।


नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवाको १२ औं जिल्ला अधिवेशन उद्घाटन


रसुवा, नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवाको १२ औं जिल्ला अधिवेशन धुन्चेमा उद्घाटन सम्पन्न भएकाे छ । 

देशभरका शिक्षकहरू एकजुट होऔं, गाैरवशाली विगत, चुनाैति पूर्ण वर्तमान लगानी वृद्धि गराैं सार्वजनिक शिक्षाकाे उन्नयन राष्ट्रिय शिक्षा ऐन र सवै तहमा सशक्त संगठन भन्ने नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रसुवाको १२ औं जिल्ला अधिवेशनकाे उद्वघाटन केन्द्रीय महासचिव हंसबहादुर शाहीले उद्घाटन गर्नुभएकाे थियाे ।

प्रमुख अथिति शाही, प्रमुख बक्ता नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, केन्द्रीय परिषद् सदस्य तथा जिल्ला समन्वय प्रमुख अशाेक घिमिरे, नेकपा एमाले रसुवाका उपाध्यक्ष कैसाङनुर्पु तामाङ, संगठनका इन्चार्ज कमलनाथ आचार्य, बुद्धिजिवी परिषद्का अध्यक्ष विष्णु पाैडेललगायतले शुभकामना दिएका थिए ।

अधिवेशनमा जनप्रतिनिधि, पत्रकार, बिभिन्न पेशाकर्मीहरू सहभागी थिए ।