ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, September 13, 2026

बाढीमा ज्यान गुमाएकाको आत्माको शान्तिको कामना गरी डोङ्जी पूजा



रसुवा,  बाढीमा ज्यान गुमाएकाको आत्माको शान्तिको कामना गर्दै मंगलबार काठमाडौँमा डोङ्जी पूजा गरिएको छ। मृतकको आत्मालाई शान्ति र राम्रो पुनर्जन्मको कामना गर्दै काठमाडौँको स्वयम्भूस्थित साङ्गेछोलिङ विहारमा घटनाको १४ औँ दिनमा उक्त पूजा गरिएको हो।

बौद्ध धर्ममा मृत्यु भएका व्यक्तिको सम्झना र सद्गतिका लागि गरिने विशेष संस्कार वा पूजालाई डोङ्जी पूजा भनिन्छ । गुम्बा वा घरमा लामाहरू आमन्त्रित गरी पोवा (आत्मा पठाउने विधि), बुद्ध र बोधिसत्वहरूको मन्त्र जप, शान्ति पाठ गरिन्छ।

बौद्ध परम्पराअनुसार मृत्यु भएपछि आत्मा अर्को जन्म लिनुअघि बारदो (मृत्यु र पुनर्जन्म बिचको अवस्था) मा रहन्छ। त्यसैले मृत्यु भएको तेस्रो, सातौँ, चौधौँ, एक्काइसौँ र मुख्य रूपमा ४९ औँ दिनमा यो पूजा गर्ने परम्परा रहेको गाेसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । 




No comments:

Post a Comment