ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, August 22, 2026

ठाडे–धुन्चेको _बोकेझुण्डामा सडक अवरुद्ध



रसुवा,  ठाडे–धुन्चेको बीच बोकेझुण्डा क्षेत्रको सडकमा ठूलो पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज बिहान ९स्३० बजेतिर माथिबाट पहिरो खसेका कारण सवारी तथा मानिसहरूको आवतजावतसमेत बन्द भएको जानकारी जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको छ।


सडक अवरुद्ध हुँदा गोसाइँकुण्ड जाने तीर्थयात्री तथा मानसरोवरतर्फ जाने यात्रुहरू निर्धारित समयमा गन्तव्यमा पुग्न नसक्ने अवस्था सिर्जना भएको छ। सम्बन्धित निकायले तत्काल आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने देखिन्छ।


ठूलो रुख ढलेको र अरू रुख पनि ढल्न लागेकाले घटनास्थलमा प्रहरी पुगेको तथा आवश्यक उपकरण ल्याएर चाँडै अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

No comments:

Post a Comment