रसुवा, प्रसिद्ध एवं पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलाको अवसरमा गुरु गोरखनाथको पात्र देवता यात्रा टोली सोमबार सदरमुकाम धुन्चे आइपुगेको छ ।
पात्रलाई गोसाइँकुण्ड लग्दा पहिलो रात धुन्चे‚ त्यसपछि चन्दनबारी र अन्त्यमा गोसाइकुण्डको स्नान एवम् दर्शन गराई सोही मार्ग काठमाडौं ल्याइने र पिरपाटीमा राखिनेछ ।
परापूर्वकालदेखि चल्दै आएको धार्मिक परम्पराअनुसार गुरु गोरखनाथको पात्र देवतालाई गोसाइँकुण्डमा स्नान गराउनका लागि यो टोली धुन्चे आइपुगेको हो।
पात्र देवता यात्रा टोलीको आगमनले हिमाली जिल्ला रसुवा र पवित्र गोसाइँकुण्ड क्षेत्रमा जनैपूर्णिमा मेलाको धार्मिक रौनकता अझ बढाएको छ। काठमाडौँबाट सुरु भएको यात्रा टोलीको पहिलो बास सदरमुकाम धुन्चेमा हुनेछ। दोस्रो दिन उकालो चढ्दै टोली मनमोहक चन्दनबारी पुगेर बास बस्नेछ।
तेस्रो दिन टोली प्रसिद्ध गोसाइँकुण्ड पुग्नेछ, जहाँ पवित्र कुण्डमा पात्र देवतालाई स्नान गराइनेछ र विशेष पूजाआजा तथा दर्शन सम्पन्न गरिनेछ। धार्मिक विधिपूर्वक स्नान र दर्शन सकिएपछि टोली सोही मार्ग हुँदै काठमाडौँ फर्किनेछ र पात्र देवतालाई पुनः पिरपाटीमा लगेर प्रतिस्थापन गरिनेछ।
काठमाडौं लगेपछि गोरक्ष पात्रलाई माता दक्षिणकालीको दर्शन गराई पिरपाटीमै राखी झम्केश्वरी रथयात्राको दिन विधिपूर्वक गुरु गोरखनाथको मन्दिरमा पात्रलाई विराजमान गराइसकेपछि विधिवत रुपमा गोरक्ष पात्र देवता यात्रा समापन हुने परम्परा रहिआएको छ ।
शताब्दियौँदेखि चलिआएको यो परम्परामा राजा सहभागी हुने चलन रहेतापनि हाल त्यो चलन हटेको छ ।
हरेक वर्ष जनैपूर्णिमाका अवसरमा देशका विभिन्न भागबाट हजारौँ श्रद्धालुहरू गोसाइँकुण्ड पुग्ने गर्छन्। गुरु गोरखनाथको पात्र देवताको यो वार्षिक यात्रालाई गोसाइँकुण्ड मेलाको मुख्य धार्मिक आकर्षण र पवित्र परम्पराका रूपमा लिइन्छ।
परम्पराका अनुसार निम्न कार्य गरिने छ

No comments:
Post a Comment