'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

कार्यसम्पादन मूल्यांकनकाे नतिजा : जिल्ला प्रशासन कार्यालय रसुवा देशभरमा दोस्रो स्थानमा


रसुवा, गृह मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय रसुवाले देशभर कै दोस्रो स्थानमा परेकाे छ । 

मन्त्रालयले सार्वजनिक गरेको मूल्यांकन नतिजाअनुसार कुल २९.२५ मध्ये २८.६८७५ अंक प्राप्त गर्दै रसुवा  जिल्ला प्रशासन कार्यालय नेपालकै दोस्रो स्थानमा परेको हो। मूल्यांकनमा पहिलो स्थान मनाङ र तेस्रो स्थानमा तेह्रथुम जिल्ला प्रशासन कार्यालय परेको छ।

हाल जिल्ला प्रशासन कार्यालय रसुवाको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गरिरहेका छन्। गृह मन्त्रालयमा कार्यरत उपसचिव पन्थीले गत भदौ महिनादेखि रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन्। 

हिमाली तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने रसुवाले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय मध्ये दोस्रो स्थान हासिल गर्नु उल्लेखनीय उपलब्धि भएको सरोकारवालाहरूले बताएका छन् । सीमित स्रोत साधनका बाबजुत सेवा प्रवाह, प्रशासनिक अनुशासन, सुरक्षा व्यवस्थापन, अन्तरनिकाय समन्वय तथा सार्वजनिक सेवाको प्रभावकारितामा रसुवा प्रशासन कार्यालयले देखाएको सक्रियता मूल्यांकनमा  भएको जनाइएको छ।


Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music