Wednesday, May 28, 2025
राम्चेमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
Wednesday, May 21, 2025
जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यशाला
रसुवा, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तरगत जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यशाला धुन्चेमा सम्पन्न भयाे ।
डिभिजन वन कार्यालयकाे आयोजना तथा सामुदायिक वन उपभाेक्ता महसंघसँगकाे समन्वय तथा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना राष्ट्रिय प्रकृती संरक्षण कोषकाे सहयाेगमा भएकाे हाे । कार्यक्रमा डिभिजनल वन अधिकृत शम्भु तामाङले सहजिकरण गरेका थिए ।
कार्याशालामा राष्ट्रिय प्रकृति संरक्षण कोषका जलवायु विज्ञ डा अनिता श्रेष्ठले स्वागत गरिन् । समुदाय तथा सुरक्षा निकायबाट सहभागीहरूले वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि मानिसले नै गम्भीर हुनुपर्ने , वन्य जन्तुकाे बासस्थान तथा आहारमा समस्या हुन नदिने वन्यजन्तुका विषयमा सचेत प्राणी भएका नाताले मानिसकै जिम्मेवारी रहने बताए ।
योजना तर्जुमा तथा सरोकारवालासँग अन्तरक्रिया
रसुवा, उधाेग तथा वाणिाज्य कार्यालय रसुवाकाे आयाेजनामा आ व ०८२/८३ को योजना तर्जुमा तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सम्पन्न भयाे ।
उक्त कार्यालयका कार्यालय प्रमुख वृहस्पती तामाङको अध्यक्षता, जिल्ला समन्वय समिति उप प्रमुख विजय लामाको प्रमुख आतिथ्यमा, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङकाे विशिष्ट आतिथ्यताका साथै जिल्ला स्थित कार्यालयका प्रमुखहरु, सरोकारवालाहरु र गाउँपालिकाको उद्योग शाखामा कार्यरत कर्मचारी (उद्यम विकास सहजकर्ता ) सन्चारकर्मीहरूकाे उपस्थितीमा सम्पन्न भएकाे छ ।
Tuesday, May 20, 2025
मिचाहा प्रजाति व्यवस्थापन कार्याशाला सम्पन्न
रसुवा, राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहयोग तथा डिभिजन वन कार्यालको समन्वयमा मिचाहा प्रजाति व्यवस्थापन कार्याशाला धुन्चेमा सम्पन्न भयो ।
जिल्ला भरका सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, दलित, अपाङ्ता भएका, जनजाति, जनप्रतिनिधिहरू सहभागी थिए । कार्याशालामा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले सहजिकरण गरेका थिए । कार्याशालामा राष्ट्रिय प्रकृति संरक्षण कोषका लक्ष्मण कुँवरले सञ्चालन गरेका थिए भने जलवायु विज्ञ डा अनिता श्रेष्ठले स्वागत गरिन् ।
सहभागीहरूले स्थानीय मिचाहा प्रजातिको पहिचान तथा मिचाहा प्रजाति व्यवस्थापन त्यसको असर र प्रभाव बारे छलफल गरेका थिए ।
नेपालमा वाह्य मिचाहा प्रजातिको तीव्र फैलावट अहिले एक गम्भीर पर्यावरणीय चुनौती बनिरहेको र यसको व्यवस्थापनको अभावले कृषि, वन र वातावरणमा व्यापक असर पुर्याएको छ। सडक छेउ र आवास क्षेत्रबाट यी झारहरू कृषि क्षेत्रसम्म फैलिन थालेका छन्, जसले उत्पादनमा ठूलो नकरात्मक प्रभाव पार्न सक्छ। अझ, प्रभावकारी क्वारेन्टाइन निरीक्षणको अभावले नयाँ मिचाहा प्रजातिहरू भित्रिरहेको बताइएकाे थियाे ।
विभिन्न वैज्ञानिक र अन्तर्राष्ट्रिय अनुभवहरूको आधारमा, नेपालका धेरै मिचाहा प्रजातिहरूको नियन्त्रण सम्भव रहेको कुरा सबैलाई जानकारी गराइएको छ। यस कार्यशालामा, सामुदायिक वन र स्थानीय तहका प्रतिनिधिहरूलाई मिचाहा प्रजातिको पहिचान र व्यवस्थापनमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।
कार्यशालामा प्रस्तुत गरिएको सुझावहरू अनुसार, मिचाहा प्रजातिको व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्न आवश्यक रहेको छ, जसबाट यसको फैलावट र वातावरणीय नोक्सानलाई रोक्न सकिने समेत छलफल भयाे।
Monday, May 19, 2025
गोसाइँकुण्ड स्तुति
डा अनिता श्रेष्ठ
कविता
जय होस गोसाइँकुण्ड महाराज,
शिवको ध्यान जहाँ सधैं विराज।
हिमालको काख, शान्त स्वरूप,
तपस्वी हृदयको तिमी प्रिय रूप।
त्रिशूलले फोरेको पावन भूमि,
बगेको जलमा छ अमृत रुचि।
कालकुट विष पिएर शिवले,
तिमीमा शरण पाए प्रकृतिको हृदयले।
ओम् नमः शिवाय गुन्जिन्छ यहाँ,
भक्तजनको मन शुद्ध हुन्छ जहाँ।
अष्ट चिरञ्जीवीका वरदान स्वरूप,
तिमी शुद्धि, मुक्ति र ध्यानको रूप।
१०८ कुण्डको माला जस्तै,
तिमी रह्यौ पर्वतराज बीच सन्देश जस्तै।
धर्म, प्रकृति र श्रद्धाको मेल,
गोसाइँकुण्ड तिमी पवित्र स्थल बेलाबेल।
जय गोसाइँकुण्ड !
जय शिव शंकर!
जय शान्ति, तपस्या, मुक्तिको आधार !
Sunday, May 18, 2025
सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे दाेस्राे परिषद सम्पन्न
रसुवा, सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे दाेस्राे जिल्ला परिषद भेला सम्पन्न भयाे ।
भेलामा जिल्ला महासंघको आयोजनामा भएको परिषद् भेलामा प्रमुख अतिथि बागमती प्रदेश महासंघ उपाध्यक्ष लीलानाथ न्यौपानेले महासंघले गरेको अभियान बारे जानकारी गराउँदै सामुदायिक वन उपभोक्ता महासंघले उपभोक्ताहरुको अधिकार सुरक्षितका लागि लढेको बताउँदै वन समुहहरुले सक्रियताका साथ वन उद्यम तथा आयआर्जनका कामहरु गर्नुपर्ने बताए ।
न समुहमा छ न कार्यालयको अभिलेखमा छ उनले भने यो समस्या भो । सवै समुहको बिधान र कार्ययोजना बनाउनु छ । भेलामा सामुदायिक वन उपभाेक्ता समुह तथा स्थानीय महासंघबाट सहभागीहरूले समुहका समस्या तथा चुनाैतीहरू बारे छलफल गरेका थिए ।
भेलामा जिल्ला महासंघले गरेका कामहरूकाे समीक्षा गरी समुहकाे बिधान, कार्ययाेजना तथा लेखापरिक्षणकाे कामलाइ महत्व दिनुपर्ने बताए ।
साढे सात किलो सुन बरामद
रसुवा, रसुवागढी नाकाबाट साढे सात किलोभन्दा बढी सुन बरामद गरिएको छ। चीनको सीमावर्ती बजार केरुङबाट ल्याउँदै गरिएको उक्त सुन भन्सार नाकामा जाँचको क्रममा प्रहरीले बरामद गरेको हो।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बरामद गरिएको सुन सात वटा बिस्कुट र केही साना टुक्राहरूमा रहेको छ। प्रारम्भीक अनुमान अनुसार सुनको तौल साढे सात किलोभन्दा केही बढी हुन सक्ने जनाइएको छ। सुनको परीक्षणको काम हाल जारी रहेको छ।
बा ४ ख ६२०१ नम्बरकाे स्याउ बोकेको कन्टेनरभित्र सुन लुकाइएको अवस्थामा भेटिएको हो। चालकको सिट नजिकै फल्स बटन बनाएर सुन लुकाइएको फेला परेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
चीनबाट अवैध सुन आइरहेको भन्ने सुराकीका आधारमा विशेष निगरानी राखिएको थियो। सोही आधारमा चेकजाँच गर्दा कन्टेनरभित्र लुकाइ राखिएको सुन फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ। बरामद गरिएको सुन भन्सार कार्यालयमा बुझाइएको छ भने घटनासँग सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएकाे छ।












