ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, June 3, 2024

दृष्टिविहीन सावित्रीकाे अब्बल क्षमता

दृष्टिविहीन सावित्री अब्बल क्षमता

रसुवा, समाजमा बिभिन्न प्रतिभाहरू हुन्छन् । यस्तै एक भिन्न क्षमता भएकी शिक्षिका हुन् सावित्री पौडेल । दृष्टिविहीन  मान्छेले के सक्छ र ? भन्ने सोचलाइ चुनौती दिएकी छिन् । 

धादिङ जिल्लाकाे थाक्रे -१० मा जन्मेकी सावित्रीले ०७४ सालमा रसुवाकाे सेती भूमे विद्यालय राम्चेमा राहत दरबन्दीमा पढाउन थालेकी उनले  ०८० चैत २५ गतेसम्म त्यहाँ पढाइन् । 

उनले शिक्षा सेवा आयोगमा  परीक्षामा  ०८० असोज १३ गते परीक्षा दिएकी थिइन् । परीक्षामा  ‘एक नम्बरमा नाम निस्कयो, अब छानेको विद्यालयमा पढाउने हो,’  जहाँ रोज्यो त्यहीं पाउनुहुन्छ ।’ उनले कालिका हिमालय माध्यमिक विद्यालय रोजिन् । तर कोटा नभएको भन्दै रोजेको ठाउँ पाइनन् । 

शिक्षा विकास तथा समन्वय इकाईले कालिका गाउँपालिका पठायो । कालिका गाउँपालिकाले पहिलेकै विद्यालयमा पढाउन भन्यो । वडाध्यक्ष, अभिभावक, विद्यार्थीले रुचाएका छन् भन्दै कालिका गाउँपालिकाले आफ्नो मान्छे राख्ने गरी उतै बस्न भनेको उनको आरोप छ । ‘आफ्ना–आफ्ना मान्छे राख्न कोटा राखिन्छ, म उनीहरूको मान्छे परिनँ । 

कालिका हिमालय मावि र नीलकण्ठ मावि जिवजिवे राेजाइमा परेकाे थियाे ।  म अपांगलाई वडा २ र ५ ले राख्न नमानेको कुरा सुनें,’ उनी भन्छिन्, ‘गाउँपालिकाले राम्चेमै बस्न भनेपछि म शिक्षा मन्त्रालय धाएँ, शिक्षा मन्त्री सुमना श्रेष्ठले तपाईंको पक्षमा कार्यविधि बन्छ । भोलि फेरि तपाईंको जागिर माथि प्रश्न चिह्न आउन सक्छ, त्यसैले यस्तो नगर्नू, गएर नियुक्ति बुझेर काम गर्नू भनेपछि फर्किएँ ।’

अहिले कालिका गाउँपालिका -३ काे मनकामना प्राविमा पढाउदै छिन् । अब्बल क्षमता प्रस्तुत गरेकी सावित्रीलाइ स्थानीय सरकारले गरेकाे व्यबहार चित्त बुझेकाे छैन । उनले यस्ताे असमान ब्यबहारकाे बिरूद्ध लड्ने बताउछिन् ।

उनलाइ न्याय नभएकाे विषयमा बिभिन्न संचार माध्यममा खबर पाए पछि रसुवामा अहिले याे विषयकाे निकै चर्चा चलेकाे छ । समाजमा अपाङ्गता भएका मानिसलाइ सरकार किन यस्ताे ब्यवहार गरिरहेकाे छ ? स्थानीयले अचम्म मानेका छन् । 

Saturday, June 1, 2024

सूचना प्रविधिको विकासमा नकारात्मक असर रोक्न सामर्थ्य राख्नुपर्छ : पत्रकार नेपाल

सूचना प्रबिधिको विकासमा सचेत हुन आवश्यक

रसुवा, प्रविधिले समाजमा ब्यापक परिवर्तन ल्याएको तर त्यसको भरपुर उपयोग गर्न सक्नुपर्ने पत्रकार किशोर नेपालले बताए । सूचना प्रविधिको विकासका लागि स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

नेपालमा सूचना प्रविधिको नकारात्मक असर रोक्न सरकारले सामर्थ्य राख्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ रसुवाको आयोजनामा भएको छलफलमा उनले सामाजिक संजालले कसै बिरुद्ध आलोचना मात्र गर्ने वा प्रोत्साहन गर्ने खालको सूचना दिने काम भएको तर पत्रकारले व्यवसायीकता निर्वाह गर्नुपर्ने बताए । 

महासंघका पूर्व सभापति समेत रहेका नेपालले पत्रकार महासंघ यो संरचनाबाट नचल्ने बताए । 

व्यवसायिक पत्रकारिता संजालका अध्यक्ष रुची श्रेष्ठले प्रबिधिको विकासको समस्या बुझ्न जरुरी रहेको बताए । लोकतन्त्रमा सूचनामा ठूलो शक्ति भएकोले राज्य व्यवस्थाले कन्ट्रोल गर्नुपर्ने बताइन् । उनले सामाजिक सञ्जालले निम्त्याएको समस्या समाधानमा मुख्य भूमिका पत्रकारकाे हुने बताइन् । 

कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले सामाजिक संजालमा आउने फेक सूचनाले कन्फ्युज हुने गरेको तर नयाँ टेक्नोलोजीको प्रयोग गरेर आय आर्जन गर्न सकिने बताए । 

नयाँ प्रविधिले सामाजिक संजालमार्फत उपचार खर्च जुटेर मानिसको ज्यान बचान सहज भएको समेत सरकोरवालाहरूले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रसुवाका पुर्व अध्यक्षहरू तथा  जनप्रतिनिधिहरू समेत सहभागी थिए । 


नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेश ताेकिएकाे समयमा गर्न माग

रसुवा, नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनबाट तोकिएको मिति जेठ २६ गते सम्पन्न गर्न पत्रकारका ६ वटा संगठनले संयुक्त रूपमा माग गरेका छन् । 

महासंघकाे केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशियटको निर्वाचन सम्पन्न गर्न तत्काल आवश्यक वातावरण बनाउन विज्ञप्ति मार्फत माग गरिएको छ । नेपाल पत्रकार महासंघका अद्यावधिक सदस्यहरूको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाउन पनि माग गरेका हुन् । 

रसुवा, नुवाकाेटलगायत धेरै जिल्लामा शुद्धिकरणका नाममा क्रियाशील पत्रकारकाे नाम हटाउने कार्य भएकाे भन्दै कार्यालयमा ताला बन्द समेत भएकाे सूचना छ । 

महासंघको २७ औँ महाधिवेशनबाट जेठ २६ गते  निर्वाचनको मिति तोकिएकोले सोही मितिमा निर्वाचन गर्न ती सङ्गठनहरूले माग गरेका हुन् ।  निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावलीको विवाद देखाएर चुनाव नगर्ने षडयन्त्र भइरहेको ती संगठनकहरुको साझा निष्कर्ष छ । 

तत्काल सदस्यता टुङ्ग्याइ मतदाताको टुङ्गो लगाएर सार्वजनिक गर्न उहाँहरूले माग गर्नुभएको छ । ‘निर्वाचन प्रयोजनका लागि बैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, ६ वटा संगठनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


२४औँ विश्व दूध दिवस मनाइयाे


२४औँ  विश्व दूध दिवस मनाइयाे

रसुवा, कालिकास्थानमा पनि २४औँ  विश्व दूध दिवस मनाईएको छ । 
पशु सेवा कार्यालय रसुवा र नुवाकोटको आयोजना र कालिका गाउँपालिकाको सहआयोजनामा दिवस मनाईएको हो । 

पशु सेवा कार्यालय नुवाकोटले वार्षिक कार्यक्रम अनुसार विश्व दुध दिवस २०८१ कालिका गाउँपालिकाको कालिका हिमालय माद्यमिक विद्यालय र कालिका गाँउपालिका जनप्रतिनिधि कर्मचारी र विद्यार्थीहरूलाई दही खुवाएर सुरु गरेको थियाे । 

दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरेको पशु सेवा कार्यालयको प्रमुख डा. राम प्रकाश प्रधानले बताए । 

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न दूध दिवस मनाउन थालेको हो । सन् २००१ को जुन १ तारिखका दिन विश्व दूध दिवस मनाउने गरिएको बताए । 

मान्छेले दूध तथा दुग्धजन्य पदार्थ नियमित रुपमा प्रयोग गर्नुपर्ने भन्दै उनले एक जनाले एक दिनमा २५० मिलिलिटर दुध पिउनुपर्ने बताए । ‘एउटा मान्छेले वर्षमा ९१ लिटर दूध खानुपर्छ’, उनको दावी गरे । आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालिएको हो । 

मानिसले जन्मेदेखि खाएकोले यसको महत्व छ हामीले अवको वार्षिक कार्यक्रममा यसलाई प्रथमिकता दिएर अघि वढ्ने कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले बताए । २४औँ  विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी नुवाकोट र रसुवामा मनाइँदैछ ।

२४औँ  विश्व दूध दिवस मनाइयाे


Thursday, May 30, 2024

लेखापढी कानुन व्यवसायी एसोसिएसनमा पाण्डे


लेखापढी कानुन व्यवसायी एसोसिएसनमा पाण्डे


रसुवा, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रसुवाको धुन्चेमा सम्पन्न चौथो अधिवेशनले तोयानाथ पाण्डे अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।


अधिवेशनबाट उपाध्यक्षमा सञ्जय तामाङ, सचिवमा सितेम्पा तामाङ, सहसचिवमा राज थोक्रा तामाङ, कोषाध्यक्षमा बुद्ध श्रेष्ठ र सदस्यमा राहुल झा, प्राप्ति तामाङ, गोरमेन तामाङ, दावादोर्जे तामाङ चुनिएका छन् । एसाेसिएसनकाे  प्रथम अधिवेशनबाट बलबहादुर नगरकोटी, दोस्रो अधिवेशनबाट ज्ञानेन्द्रनाथ न्यौपाने र तेस्रो अधिवेशनबाट सितेम्पा तामाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

जिल्ला अदालत रसुवाबाट एक सय ५० जनाभन्दा बढीले लेखापढीकाे काम गर्ने इजाजतपत्र लिए पनि १३ जनाले  नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रसुवामा आबद्ध भई काम गरिरहेका छन् । 

जिल्ला अधिवेशनमा केन्द्रीय अध्यक्ष सीताराम दाहाल, महासचिव सूर्यबहादुर थापासहित केन्द्रीय सदस्य र जिल्लाका सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति थिए । 

लेखापढी कानुन व्यवसायी एसोसिएसनमा पाण्डे


कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाइयाे

कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाइयाे


रसुवा, गोसाईकुण्ड गाउँपालिकामा घर पालुवा तथा छाडा कुकुरको बन्ध्याकरण सहित रेविज विरुद्धको खोप लगाइएको छ ।

जिल्लाका सदरमुकाम समेत रहेको गोसाईकुण्ड गाउँपालिका-६ धुञ्चे, सोले र ठाडेका १ सय २ घर पालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिएको हो ।

नेपाल एनिमल वेलफेयर एण्ड रिसर्ज सेन्टरको प्राविधिक सहयोगमा गोसाईकुण्ड गाउँपालिका पशु सेवा शाखाको आयोजनामा घरपालुवा तथा छाडा भुस्याहा कुकुरहरू नियन्त्रणका लागि ३ दिने कुकुर बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर सञ्चालन गरिएको गोसाईकुण्ड गाउँपालिका पशुसेवा शाखा प्रमुख अनोज बास्काेटाले बताए  ।

जिल्लाको सदरमुकाम स्थित धुञ्चेमा छाडा कुकुर धेरै देखिएको र राती सडकमा हिड्ने यात्रुहरूलाई समय समयमा टोक्ने जनगुनासो आए पछि अनाधिकृत रुपमा हिडडुल गर्ने भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरुको नियन्त्रण तथा व्यवस्थापन गर्न अभियान थालेकाे हाृ । 

कुकुरको टोकाईबाट लाग्ने रबिज रोगबाट नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर सञ्चालन गरिएको गोसाईकुण्ड गाउँपालिका पशु सेवा शाखा प्रमुख बास्कोटाले जानकारी दिए । 

नेपाल एनिमल वेलफेयर एण्ड रिसर्ज सेन्टरको प्राविधिक सहयोगमा ५ जनाको पशु विशेषज्ञ टोलीले गोसाईकुण्ड -६ मा छरिएर रहेका १ सय २ वटा छाडा भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरुलाई नियन्त्रणमा लिई छाडा कुकुर तथा घरपालुवा कुकुरलाई बन्ध्याकरण गरी रेजिज भ्याक्सिनलगाएको  शाखा प्रमुख बास्कोटाले जानकारी दिए । 

१ सय २ वटा छाडा भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरूलाई नियन्त्रणमा लिएको मध्ये भाले कुकुर ५४ र पोथी कुकुर ४८ वटालाई बन्ध्याकरण सहित रेबिज भ्याक्सिन लगाइएको हो ।

Wednesday, May 29, 2024

स्वास्थ्य शिविरबाट ९ सयको उपचार

स्वास्थ्य शिविरबाट ९ सयको उपचार

रसुवा, घरदैलामै स्वास्थ्य सेवा दिने उद्देश्यले नौकुण्ड गाउँपालिकाको ठूलो भोर्लेमा सञ्चालित निःशुल्क स्वास्थ्य शिवरबाट नौ सय २२ जनाले उपचार पाएका छन् । सेवा पाउनेमा भोर्ले, चित्ती,बडरेलगायत आसपास गाउँका बासिन्दा छन् । 

डा.केदारनरसिंह केसीको अगुवाइमा यशोदादेवी–भगवानसिंह मेमोरियल ट्रस्ट काठमाडौंको आयोजना र रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने तथा स्थानीय रुद्रादेवी स्वास्थ्य आमा समूहको सहयोगमा नौकुण्ड– ५ स्थित ठूलोभोर्ले गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

शिविरमा दुई सयको अल्ट्रासाउन्ड,९२ लाई स्त्रीसम्बन्धी रोग उपचार, एक सय १० जनालाई दाँत एवम् ५० जनालाई प्रसूतिसम्बन्धी उपचारका साथै दुई सय ७१ जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष न्यौपानेले बताए । निःशुल्क प्रदान गरिएको औषधि मध्ये ५० प्रतिशत स्थानीय तह र ५० प्रतिशत डा. केसीले व्यवस्था गरेका थिए ।

उपचारमा आएका अधिकांश सेवाग्राहीमा गानोगोला, दम, अमलपित्त, टाउको दुखाइ, नसा तथा हाडजोर्नीजस्ता विविध समस्या थियो । 

स्थानीय बहादुरसिंह तामाङले कमजोर आर्थिक अवस्थाका कारण टाढा जान नसकेका बासिन्दालाई उपचारमा ठूलो राहत मिलेको बताए । शिविरमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि डा. केसीको नेतृत्वमा डा. विनोद अर्याल, डा. दीपेश पौडेल, डा. जसपाल यादव, डा. पूजा महतो, डा. सामना कोइराला, डा. अमर श्रेष्ठ र वरिष्ठ दन्त सहायक राजेन्द्र राना मगर संलग्न थिए ।