Find us on Facebook

Responsive Advertisement
यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

Pages

चाडपर्व लक्षित गरी बजार अनुगमन

Tuesday, October 29, 2024


रसुवा, संयुक्त बजार अनुगमन टोलिले चाडपर्व लक्षित गरी बजार अनुगमन गर्दा ५ वटा पसललाई कारवाही गरेको छ ।चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव,कालोबजारी,मूल्यवृद्धि र न्यून गुणस्तरको खाद्यान्न बिक्री गर्ने पसलहरुलाई नियन्त्रण गर्न , अनुगमन गरिएको हो। 

बजार टोलिले खाद्यान्न पसलहरुलाई संयुक्त बजार अनुगमन टोलिले संयुक्त बजार अनुगमन टोलीद्धारा रसुवाको कालिका गाउँपालिकाका १४  वटा पसलको अनुगमन क्रममा ५ वटा पसललाई कारवाही गरेको हो ।

अनुगमनको क्रममा कालिका गाउँपालिकाका वडा नम्वर २ र ५ वडाको  १४ वटा पसलहरुमा अनुगमन हुँदा ५ वटा पसलहरुलाई कैफियत देखिएकोले २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

उक्त जरिवाना उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गरिएको तथा अखाद्य वस्तुहरुलाई नष्ट गरिएको अनुगमन टोलिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीको नेतृत्वमा बजार अनुगमन भएको थियाे ।

धेरै मुनाफा लिने,लेबल नभएका तथा केरमेट गरेको खाद्यान्न वस्तु बिक्री गर्ने र विल विजक एवम दर्ता प्रमाण पत्र देखाउन नसक्ने पसलहरुलाई समेत कारवाही गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले जानकारी दिए । 

अनुगमनको क्रममा कारवाई र जरिवाना गरिएको पसलहरु ढकाल किराना पसल ५०००, उजित किराना पसल ५०००, भोर्ले जिवजिवे साना किसान सहकारी संस्था ५०००, कृष्ण एग्रो कन्सर्न ५०००, रविन्द्र किराना पसल ५०००, 

संयुक्त बजार अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय रसुवा, कालिका गाउँपालिकाका उपाध्यक्ष मिरा तामाङ, उद्योग तथा वाणिज्य कार्यालय रसुवाका प्रतिनिधि,उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिहरु एवं सन्चारकर्मीलगायतको सहभागिता रहेको थियोे ।

कानूनले निधेष गरेका गतिविधि नगर्न आग्रह




रसुवा,  जिल्ला प्रशासन कार्यालय रसुवाले नेपालीको महान् चाड तिहार, नेपाल संवत् ११४५ तथा छठ पर्व २०८१ मनाउँदा कानूनले निधेष गरेका गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ । 

समाजमा हुन सक्ने बिकृति राेकेर शान्ति सुरक्षा प्रदान गर्न प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आइतबार सूचना प्रकाशन गरेर चाडपर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न सूचना जारी गरेको बताए ।

जिल्ला प्रशासनले चाडपर्वमा शान्तिसुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानुनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने–खेलाउने,भुइँचम्पा, पटाका, आतसबाजीजस्ता विपत् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री–वितरण गर्नेजस्ता

कार्य नगर्न–नगराउन अनुरोध गरेको छ । 

कानुनले निषेध गरेका गतिविधि गरे–गराएमा कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सूचनामा उल्लेख छ । साथै, देउसीभैलोलगायत सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न र गराउन सबै सरोकारवालालाई अनुरोध गर्दै कोही, कसैले कुनै नराम्रो गतिविधि गरे–गराइएको पाइएमा नजिकैको प्रहरीचौकी वा टेलिफोन नम्बर १०० मा जानकारी दिन प्रशासनले अनुरोध गरेको छ ।


एकमहिना पछि रसवागढी नाका खुल्याे


 

रसुवा,  एक महिनादेखि बन्द भएकाे रसुवागढी नाका करिब एक महिनापछि सञ्चालनमा आएको छ। 

गत असोज १२ गते रसुवागढी–केरुङ खण्डअन्तर्गत ठोङ्सा नजिकै पहिरो जाँदा सडकमा पहिरोले  क्षति भएपछि सवारी साधनको आवतजावत बन्द भएको थियो। 

अहिले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सानो तथा ठूला गाडीहरू आवतजावत गर्न मिल्ने गरी सुचारु भएको छ। अब गाडी चल्ने गरी सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले हिजो टेलिफोनमार्फत् जानकारी दिएका रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

यसैगरी अविरल वर्षाको कारण पहिरोले अवरुद्ध भएकोमा पहिरो हटाई स्याफ्रुवेशी-टिमुरे सडकखण्ड अन्तर्गत विभिन्न स्थानहरूमा एकतर्फी रूपमा सवारी सुचारु रहेको कार्यालयले जनाएको छ। 

सामुदायिक वनमा स्वतन्त्र पूर्व सूचित सहमति बारे छलफल


 

रसुवा, रेडप्लस अन्तर्रगत लिफ उत्सर्जन न्युनिकरण का लागि सामुदायिक वनमा स्वतन्त्र पूर्व सूचित सहमति बारे छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयाे । 

कार्यक्रममा रसुवाकाे पाँचवटै गाउँपािलकाबाट मध्यवर्ती तथा सामुदायिक वन सउभाेक्ता समुहरूहरू, स्थानीय महासंङ्घ र जिल्ला महासंङ्घकाे सहागित रहेकाे थियाे । 

कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङ, सामुदायिक वन उपभाेक्ता महासंङ बागमती प्रदेश समिति अध्यक्ष बिनाेद सापकाेटालगायतले मन्तब्य दिएका थिए ।  

जिल्लाका सामुदायिक वन उपभाेक्ता समुहका प्रतिनिधिहरूले सूचित सहमति बारे निर्णय  समेत भयाे । 


वन डढेलाे व्यवस्थापन बारे छलफल

Thursday, October 24, 2024

 

रसुवा, वन डढेलाे व्यवस्थापन तालिम पुस्तिकामा पृष्ठपाेषण संकलन तथा छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयाे । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना र फरेष्ट एक्सन नेपालकाे समन्वयमा सामुदाियक वन उपभाेता समुहहरूकाे सहभागीहरूले सुझाव दिएका थिए । 

प्राधिकरणका लक्ष्मण बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्राधिकरणका वातावरण निरिक्षक िरना चाैधरी, अष्ट्रेलियाका २ नागरिकले सहजिकरण गरेका थिए । 

सामुदाियक वन उपभाेता समुहहरूका सहभागीहरू , सामुदायिक वन उपभाेक्ता महासंङघ, नेपाली सेना , नेपाल प्रहरी लगायत सुरक्षा निकाय सहभागी थिए । डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङ, लाङटाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मिलन सापकाेटा लगायतका सराेकारवालाहरूले सुझाव दिएका थिए । 






रसुवाकाे बिर्ता सवालबारे छलफल

रसुवा,  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीको उपस्थितिमा भूमिघर कालिकास्थानमा विर्ता पीडित किसान एवं सरोकारवालाबीच बिर्ता समाधानबारे छलफल भयो । छलफलमा ११५ जना सहभागी भएका थिए । 

तत्कालिन राजा पृथ्वी नारायण शाहले वि.सं. १८०१ मा नुवाकोट जितेपछि आफुसँगै गएका सहयोगीलाई किसानकै जग्गा विवरण गरी सुरुवात भएको विर्ता प्रथा अहिलेसम्म पनि बाँकी रहँदा किसानहरुले दुःख पाइरहेका छन् । 

रसुवाको तीन वटा गाउँपालिकाको ७ वडाका ७१८ परिवारले जोतभोग गरेका करिव २३८९ रोपनी जग्गा विर्ता अन्तर्गत छ । लामो समयदेखि लालपुर्जा लिनको लागि सङ्घर्ष गरिररहेका किसानहरुले जोतभोगको आधारमा लालपुर्जा दिन माग राखेका छन् । किसानका समस्या यथासक्य समाधान गरिदिन जिल्लास्थित राजनीतिक दल, स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरूले पनि माननीय मन्त्रीलाई अनुरोध गरेका छन् । 

किसानहरुसँग छलफल गर्दै माननीय मन्त्री बलराम अधिकारीले भन्नुभयो, वर्तमान कानुनले रसुवा र नुवाकोटमा बाँकी रहेको विर्ता समस्या समाधान विर्तासम्बन्धी कानुन संशोधन वा निर्माण गरेरै भएपनि किसानलाई यो समस्याबाट छुट्कारा दिलाइ छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।





मजदुरीकाे पारिश्रमिक घटाएपछि हाइड्रोपावरको कार्यालयमा तोडफोड

Sunday, September 22, 2024


रसुवा, उत्तरगया गाउँपालिका–१ मैलुङ्ग स्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत मजदुरहरूले पाउँदै आएको सेवा सुविधा कटौती गरेपछि सो को विरोधमा मजदुरहरू भदौ २७ गतेदेखि हड्ताल गरी कार्यालयमा तोडफोड भएसँगै निर्माण कार्य अवरुद्ध भएको छ । 

मजदुरीकाे पारिश्रमिक घटाएपछि विषयलाई लिएर रसुवामा निर्माणाधीन २ सय १६ मेगावाटको अपर त्रिशुली(वान हाइड्रोपावरको काम ठप्प भएकाे हाे । 

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीले रसुवाको मैलुङमा बनाइरहेको यो जलविद्युत कम्पनीमा कार्यरत श्रमिकले मजदुरी र पारिश्रमिकको विषयलाई लिएर शुक्रवार साँझ कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माणका काम रोकिएको हो । यहाँ १ हजार २ सय बढि मजदुर कार्यरत छन् । 

कोरियन साझेदार कम्पनी कोरिया ईनर्जी सहित ९० प्रतिशत विदेशी लगानी रहेको आयोजनामा ठेकेदार तथा निर्माण कम्पनी पावर चाइनाले मजदुरको पारिश्रमिक अनपेक्षितरुपमा घटाएको भन्दै तोडफोड भएको हो । आधारभूत तलब १५ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गर्दै आइरहेको पावर चाइनाले त्यसलाई घटाएर १२ हजार ८ सयका दरले भुक्तानी गरेपछि असन्तुष्ट मजदुरहरू आक्रमणमा उत्रिएका हुन् । 

त्यसक्रममा कार्यालयको प्रशासनिक भवनसँगै एकदर्जन गाडी तोडफोड भएको कम्पनीको दाबी छ । घटनापछि निर्माण कार्य ठप्प पारेका श्रमिकहरु घर फर्किएका छन् ।

२ सय १६ मेगावाटको उक्त जलविद्युत आयोजना अन्तर्राष्टिय मुद्राकोष तथा एसियाली विकास बैंकसहित ९ वटा दातृ संस्थाको ऋण तथा लगानीमा निर्माण भइरहेको हो ।

नेपाल वाटर एण्ड इनर्जि डेभेलपमेन्ट कम्पनीले निर्माण सुरु गर्न लागेको आयोजनामा नेपाल र कोरियाको संयुक्त लगानी हुनेछ ।

सर्वपक्षिय बैठक बसेर छलफल गरी सहमतिकाे प्रयास भैरहेकाेछ आयोजनाले जनाएकाे छ । 



हिमालकाे पानी डलरकाे खानी

Thursday, September 19, 2024

 




रसुवा ,  पृथ्वीको गर्भबाट आउने पानी आफैंमा शुद्ध हुन्छ। भूगर्भबाट बाहिर आउने क्रममा वा मूलबाट निस्केपछि 
मानिस तथा अन्य कारण पानी अशुद्ध हुने गर्छ तर हिमाली क्षेत्रमा रहेको दुर्लभ पानी प्राकृतिक रूपमै सधैं  द्धहुन्छ। 


यहाँको पानीलाई शुद्ध बनाउन कुनै उपचार गर्नु पर्दैन। आफैंमा शुद्ध भएकाले कम्पनीले फिल्टर गरेर राम्रोसँग प्याकिङ गर्छ। यही पानी अमेरिक, जापान, कोरिया, मलेसियालगायतका धेरै मुलुकमा पुग्छ। यसबाट विदेशी मुद्रा आर्जन गरी मनग्य कमाउने लक्ष्यका साथ रसुवामा स्थापना भयो हिमालयाज अनटप नामको मिनरलबाटर कम्पनी। यो मात्र होइन, यहाँ रहेका ३ वटै पानी कम्पनीले विदेशका बजारमा बेच्ने लक्ष्य राखेका छन्। यहाँको पानी चिनियाँँ बजारमा लोकप्रिय हुँदै आएको छ। 


धुन्चेस्थित हिमालयन स्प्रिङ वाटर प्रालिका प्रमोदकुमार देव भन्छन्, ‘हिमालयाज अनटप नामक बोतल छन्। कोरियाली लगानीमा स्थापित यस कम्पनीले हिमालयाज अन टप ब्रान्डको पानी उत्पादन गर्नेछ। ४० करोड रुपैयाँको लगानी रहेको यस कम्पनीको पानी उत्पादन तयारी अन्तिम चरणमा पुगेको छ।’ यसले प्रयोग गर्ने पानीको मुहान लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने उनले बताए। 


कम्पनीद्वारा उत्पादित विश्वव्यापी मान्यता प्राप्त पानी रासायनिक पदार्थ विना नै शुद्ध पारिएको हो। हिमाली क्षेत्र डाडेखर्कको शुद्ध मूलको पानी कारखानामा ल्याइएको हो। 


सात किलोमिटरभन्दा माथिबाट पानी ल्याइ घले दरबार छेउमा निर्मित पानी प्रशोधन कारखानामा जडित अत्याधुनिक मेसिनमार्फत बोतल प्याकिङ गरी पानी उत्पादन भइरहेको छ। सबै कार्य स्वचालित मेसिनद्वारा हुने भएकोले उपकरण चलाउने प्राविधिक र पानीको बाक्सा भण्डारणमा राख्न मात्र सहयोगी कामदारको आवश्यक पर्ने कम्पनीले जनाएको छ। कारखानामा पानी फिल्टर हुँदै बोतल भरिएपछि बिर्को बन्द भई मेशिनले बक्स प्याकिङ गर्छ। त्यसपछि मात्र मानिसले भण्डारण गर्नुपर्ने हुन्छ। समुद्री सतहबाट २ हजार मिटर उचाइमा रहेको बलियो भू–संरचनामा रहेको कारखाना भवन भूकम्प प्रतिरोधी छ। ८ रेक्टर स्केलसम्मको भूकम्पले कुनै असर नगर्ने कम्पनीले जनाएको छ। राष्ट्रिय निकुञ्ज विभागले हिमालय स्प्रिङ वाटर प्रालिलाई २०५२ सालमा अनुमति दिएपछि निर्माण कार्य गरिएको हो। २०५७ सालमा भवन निर्माण तथा उपकरण जडान गरिएको थियो। 


केही समयदेखि उत्पादन कम गरेको उद्योगलाई पुन सञ्चालनमा ल्याउने तयारी छ। केही मेसिन मर्मत तथा नयाँ मेसिन जडानको काम भइरहेकोले अब व्यापक उत्पादन गर्ने तयारी रहेको उनले बताए।


सुरुमा दैनिक ५० हजार बोटल स्प्रिङ वाटर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। दैनिक उत्पादन क्षमता एक लाख बोटल रहेको कम्पनीले परीक्षणका रूपमा थोेरै उत्पादन गर्न लागेको हो।


सन् १९९८ मा कोरियाको नारा इन्टरनेशनल हिमालयन स्प्रिङ वाटर र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा कम्पनी स्थापना भएको थियो। राष्ट्रिय वाणिज्य बैंकको ऋणमा स्थापना भएको कम्पनीले सन् २००० देखि उत्पादन सुरु गरेको थियो। रसुवा नामको मिनरल वाटर उत्पादन गर्दै आएको रुद्रगंगा नेचुरल वाटर प्रालिले पनि १ लिटर, ५०० एमएल र ३३० एमएल बोतलमा पानी भरेरी जापान, चीन, कतार, अष्ट्रेलिया र साउदी अर्बमा निर्यात गरिरहेको छ। 

हाल मासिक ३ लाख लिटर बिक्री हुने गर्छ। २०७६ वैशाखमा स्थापित उद्योगमा १० करोड रूपैयाँ लगानी भएको र बजारीकरणको क्रममा थप ५ करोड रूपैयाँ लगानी गर्न लागिएको कम्पनीले जनाएको छ। काठमाडौंंबाट १ सय ७० किलोमिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्ने गर्छ। उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ७० जनाले रोजगार पाएका छन्। 

कम्पनीका प्रमुख संजीव डिएम भन्छन्, ‘रसुवाको पानी व्यापक रूपमा देश विदेशमा बिक्री गर्ने सोचका साथ अघि बढाउने योजना छ। माग अनुसार हामीले उत्पादन गरिरहेका छौं। पानी छिमेकी मुलुक चीनबाट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराइएको हो।’ कम्पनीले सन् २०२१ फेब्रुवरीमा पहिलोपटक निर्यात गरेको थियो । 

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड गाउँपालिका- ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको छ । 

रुद्रगंगा नेचुरल वाटर प्रालिको प्रशोधन कारखाना धुन्चेमा छ। कम्पनीले ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ नाममा प्रशोधित पानी विदेश निर्यात गर्छ। कम्पनीले यसलाई संक्षेपमा ‘रसुवा ब्रान्ड’ भनेको छ। चीन, भारत, जापान र जर्मनीबाट नयाँ प्रविधिका मेसिन ल्याएर एक घण्टामा १८ हजार लिटर पानी प्याकेजिङ गर्ने मेसिन राख्ने कम्पनीको योजना छ। 

यहाँको प्राकृतिक रूपमै शुद्ध पानी विश्व बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउन सके  हिमालबाट बगेर खेर गइरहेको पानीले देशलाइ धनी बनाउन सकिने देखिन्छ । 




शब्द तथा तस्वीर हेमनाथ खतिवडा 

संविधान दिवस २०८१ मा दिपावली


रसुवा, संविधान दिवस तथा राष्ट्रिय  दिवस २०८१ को अवसरमा अनेरास्ववियु,अनेरास्ववियु क्रान्तिकारी र नेपाल विध्यार्थी संघ संयुक्त रुपमा कालिकास्थानमा दिपावली तथा काेण सभा गरे । 

संविधान दिवसका अवसरमा असाेज ३ गते साँझ दिपावली तथा सभामा अवसरमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उद्द्ब रिजाल, नेपाली काङ्ग्रेस कालिका गाउँपालिका सभापति ज्ञानु तमाङलगायत विद्यार्थी नेताहरूले आफ्नो बिचार राखेका थिए । 


सन्दर्भ संविधान दिवस : रसुवामा सत्तरी जनाले गरे रक्तदान



रसुवा, संविधान दिवस ०८१ काे अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरे । 

कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपलिका उपाध्यक्ष मिरा तामाङ, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय काेषाध्यक्ष तथा रसुवा जिल्ला अध्यक्ष प्रमिला लामा, कालिका शाखाका अध्यक्ष तारा कार्कीलगायत सहभागी थिए । 

प्रमुख अतिथि तामाङले ब्लड ब्याग हस्तान्तरण तथा कार्यक्रम सञ्चालक नेपाल स्वयंसेवी रक्तदाता समाजका सचिव हेमनाथ खतिवडाले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे रचना रसुवा कविता वाचन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।  कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको थियो ।


 “रसुवा” शीर्षककाे कबिता 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा ७० जनले रक्तदान गरेका थिए । रगतकाे अभाव हुन नदिन दुवै संस्थाले संविधान दिवस असाेज ३ र प्रजातन्त्र दिवस फागुन ७ गते नियमित रक्तदान गर्ने जनाएकाे छ । 




कविता “रसुवा”

उत्प्रेरणा कार्यक्रम पश्चात् उत्साहित रसुवा !
स्वयंसेवी रक्तदाताहरूको उर्वरभूमि रसुवा !
रगतको मर्म बुझ्दै नित्य रक्तदान गर्ने रसुवा !
हिमाली भेगमा रक्तदान अब्बल गर्ने रसुवा !
रक्तदान कार्य मार्फत पुनर्जीवन दिने रसुवा !
जीवनकाे पर्याय रगत,रक्तदान बुझ्ने रसुवा !
रक्तदानलाई नै सदासर्वदा धर्म ठान्ने रसुवा !
रक्तदान गर्दै मानव सेवा गर्ने यहि हो रसुवा !
स्वयंसेवी रक्तदाताबाट रगत पूर्ति गर्ने रसुवा !


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. यही हो हाम्रो रसुवा - All Rights Reserved
Template Created by Creating Website Inspired by Sportapolis Shape5.com
Proudly powered by Blogger