कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित
Monday, May 12, 2025
कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै
Sunday, May 4, 2025
रसुवा, रसुवाको कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउने भएको छ। विद्यालयले स्थापनाकाे ५० वर्षकाे अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सवका रूपमा मनाउने घोषणा गरेको हो।
कालिका हिमालय माध्यमिक विद्यालय २९ वैशाख २०३२ मा स्थापना भएको थियो र यसले ५० वर्षको यात्रामा शिक्षा र समूदायका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको प्रअ राधा पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार यो सबै कार्यगर्न आर्थिक सहयोगको लागि सहयाेगी, सराेकारवाला तथा पूर्वविद्यार्थीलाई अनुरोध गनुभएको छ ।
जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण
Friday, May 2, 2025
रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम कालिका गाउँपालिकामा सम्पन्न भयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ रसुवाले जनाएको छ ।
जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा समेत छलफल भएको थियो ।
जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताए । सहभागीहरूले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन कोष, मध्यवर्ती तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो ।
कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले मानवले प्रदुषण गरेको कारण जीव जीवात्मा समेत असर पारेको बताए । उनले रैथाने बाली उत्पादन घटेकोले हाइब्रीड बीउले रैथाने बीउ नै मासिएको बताए । जलवायु परिवर्तनका कारण वनजंगल बढेपनि पानीको स्रोत कम भएको बताए ।
सहभागीहरुले यसवर्ष वर्षात बढी हुने प्रक्षपण भएकोले पहिरोको जोखिम बढ्ने बताए । कार्यक्रममा उपाध्यक्ष मिरा लामा, वडा फाणिन्द्रप्रसाद न्यौपानेलगायतले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताइन् । कार्यक्रममा गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, जनजाति, विपद् ब्यवस्थापन कोष, आदिवासी जनजाति तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो। सहभागीहरूले पिउनेपानी दुषित भएकाे, पशुमा बाँझाेपन र कृषिमा हेपाहा प्रजाती बढेकाे बताए ।
यस्तै छलफल गाेसाइकुण्ड गाउँपालिकामा पनि भएकाे छ । हालसम्म ५ वटै गाउँपालिकामा जनप्रतिनिधिहरू तथा सराेकारवालाहरू सहभागी गराइ जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण गरेकाे महासंघका काेषाध्यक्ष गायत्री लामिछानेले बताइन् ।
आमाछोदङिमो गाउँपालिकामा जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण सम्पन्न
रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम चैत २५ गते आमाछोदङिमो गाउँपालिकामा सम्पन्न भयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ रसुवाले जनाएको छ ।
सहभागीहरूले जलवायु परिवर्तनले अहिले नै पानीको मूल सुक्दै गएकोले पानीको समस्या देखा गर्न थालेको बताए । कार्यक्रमबाट गाउँ कार्यपालिका सदस्य ज्ञानु बिकले जलवायु परिवर्तन बारे नयाँ कुरा थाहा भएको बताइन् ।
जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा समेत छलफल भएको थियो ।
जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताए । अध्यक्ष घलेले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन कोष, मध्यवर्ती तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो ।
जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास , क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा गैसस महासंघ नेपाल जिल्ला शाखा, रसुवाको आयोजनामा भएको कार्यक्रममा सहजकर्ता हेमनाथ खतिवडा र गायत्री रिमालले सहजिकरण गरेका थिए ।
कृत्रिम बौद्धिक (एआई) प्रविधिबाट छातीको एक्स-रे सेवा सुरु
Thursday, May 1, 2025
रसुवा, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले जिल्लामै पहिलोपटक क्षयरोग (टीबी) पहिचानका लागि कृत्रिम बौद्धिक (एआई) प्रविधिबाट छातीको एक्स-रे परीक्षण सेवा सुरु गरेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, थिमी, भक्तपुरको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको उक्त अभियान दुई चरणमा सम्पन्न भएको हो।
पहिलो चरणमा वैशाख १६ गते वडा नं ५ स्याफ्रुबेँसी स्वास्थ्य चौकीमा आयोजित १ दिने शिविरमा १४४ जनाको छाती परीक्षण गरिएको थियो, जसमा १५ जनामा सम्भावित क्षयरोग देखिएको छ। दोस्रो चरणमा वैशाख १७ गते वडा नं ६ धुन्चे स्वास्थ्य चौकीमा १८६ जनाको परीक्षण गर्दा २८ जनामा सम्भावित संक्रमण देखिएको गाेसाइकुणड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए दुई दिनको अवधिमा जम्मा ३३० जनाको छाती परीक्षण हुँदा ४३ जनामा क्षयरोगको सम्भावना देखिएको गाउँपालिकाले जनाइएको छ।
गोसाइँकुण्ड स्वास्थ्य शाखाका प्रमुख विमल घिमिरेका अनुसार, प्रारम्भिक परीक्षणमा सम्भावित देखिएका बिरामीहरूलाई जिन–स्पट परीक्षणमार्फत थप पुष्टि गरिनेछ। संकलित नमुना त्रिशूली र भक्तपुरस्थित राष्ट्रिय क्षयरोग परीक्षण प्रयोगशालामा पठाइनेछ। पुष्टि भएपछि ती बिरामीलाई निःशुल्क औषधि तथा उपचार सेवामा समावेश गरिनेछ।
घिमिरेका अनुसार, एआई एक्स-रे प्रविधिको प्रयोगले समुदायमा लुकेका संभावित बिरामीहरूलाई छिटो र प्रभावकारी रूपमा पहिचान गर्न मद्दत पुगेको छ।
स्वास्थ्य क्षेत्रमा प्रविधिको उपयोग गर्दै समुदाय स्तरमै क्षयरोग नियन्त्रणमा टेवा पुर्याउने यो पहल रसुवा जिल्लाको लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।
कफी खेतीबाट वार्षिक ३ लाख आम्दानी
सरस्वती न्याैपाने
रसुवा, जीवनभर कृषिको सेवा गर्ने प्रतिवद्धता राख्ने ७६ वर्षीय निमावाङदी तामाङले कफी खेतीबाट वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्।
नौकुण्ड गाउँपालिका -४ दनुस्वाराका बासिन्दा तामाङले २०४५ सालदेखि नै कफी खेती गर्दै आएका हुन्। पाल्पाकाे तानसेनबाट कफी खेतीको तालिम लिएर आएपछि उनले तानसेन, दोलखा लगायतका ठाउँबाट कफीका बिरुवा ल्याएर यहाँ रोपेका थिए। आज उनको प्रयासले रसुवा र नुवाकोटका धेरै ठाउँमा कफी खेती फैलिएको छ।
आफ्नै ८ रोपनी भिरालो जमिनमा उनले एक हजार कफीका बोट रोपेका छन् । लिची, आँप, सुन्तला लगायतका फलफूल पनि लगाएका छन्। ‘जीवन रहुन्जेल कृषि पेसामै लागि रहन्छु’‚ उनी भन्छन्, ‘२०४५ देखि २०८२ सम्ममा धेरै रोपे, धेरै मरे, तर अहिले एक हजार बोट कफी छन् ।
उनले सुरु गर्दा कसैले कफी खेती गरेका थिएनन्, तर आज धेरै युवा उनको प्रेरणाले यसलाई आम्दानीको श्रोत बनाएका छन्। लामाे समयदेखिकाे निरन्तरताले सफलता मिल्ने रहेछ तामाङले भने ।
७६ वर्षको उमेरमा पनि उनी जोससाथ काम गर्छन्। ‘मैले धेरै पढेको छैन, तर अनुभवले नै सबैले मलाई ‘ज्येष्ठ अगुवा कृषक’ भनेर सम्मान गर्छन्,’ उनले भने। उनको लगनशीलताले युवापुस्तालाई पनि गाउँमै रोजगारी सिर्जना गर्न प्रेरित गरेको छ।
वैदेशिक रोजगार र सहरिया जीवनतिर धानिएका युवालाई गाउँमै आर्थिक अवसर छ भन्ने देखाउन उनी सफल भएका छन्। कफी खेतीबाट खर्च कटाएर वार्षिक ३ लाख कमाउने उनको उदाहरणले अरूलाई पनि प्रेरित गरिरहेको छ।
नौकुण्ड गाउँपालिकाका वडा अध्यक्ष ज्ञानी वाइबाले ‘गाउँपालिकाको अग्रज कृषक’ भनेर सम्मान गरेका छन् । उपाध्यक्ष चन्द्रबहादुर ग्लानले उनको ईमान्दारी र परिश्रमलाई सलाम गरेका छन्। उनको ‘गोसाईंकुण्ड कफी उद्योग’ लघु उद्योग समूहबाट उत्पादन र विक्री हुँदै आएको छ।
उमेर वा अवस्थाले सफलताको बाटो रोक्न सक्दैन। कफी खेतीलाई आफ्नो जीवनको मिसन बनाएर उनले गाउँमै आत्मनिर्भरताको उदाहरण कायम गरेका छन्।
उत्तरगयामा महिलाका लागि क्षमता विकास तालिम सम्पन्न
Sunday, April 27, 2025

तालिम स्थानीय तहको योजना तर्जुमा, १६ औँ पञ्चवर्षीय योजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि रणनीति, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कला, उद्घोषण कला, नागरिक बडापत्र, नेपालकाे संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य कानुनमा महिला अधिकार सम्बन्धी व्यवस्थाहरू, स्थानीय तहमा प्रदान गर्ने सेवा सुविधाहरू र त्यसलाई प्राप्त गर्नको लागि आवश्यक प्रक्रियाहरू विषयमा प्रशिक्षण गरिएकाे थियाे ।
१६ औँ योजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवाल, चुनौतीहरू र त्यसका त्यसलाई सामना गर्नका लागि व्यवस्था गरेको कार्यक्रम तथा याेजना बारे छलफल भएकाे थियाे ।
समापन कार्यक्रममा उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल , उपाध्यक्ष चमेली गुरूङ, टेवाका अनुगमन अधिकृत मुना पोखरेल, सहभागी तर्फबाट ईश्वरी थापा मगर र कमला थापा तथा सहजकर्ता पुष्कर शर्मा रिमालले मन्तब्य दिएका थिए । समापन कार्यक्रम प्रशिक्षार्थी तथा लालीगुराँस महिला सहकारीका अध्यक्ष सीता न्यौपानेले सञ्चालन गरेकी थिइन् ।
विनाशकारी भूकम्पकाे १० वर्ष, बिस्थािपत बस्ती स्थानान्तरण अझै भएन
Friday, April 25, 2025
रसुवा, ०७२ साल बैशाखमा गएकाे विनाशकारी भूकम्पका्र १० वर्ष बितेकाे छ । भूकम्पका कारण बिस्थापित परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थयी टहरामै बस्न बाध्य भएका छन् ।
नेपालको संबिधानले आवासको हक नागरिकको मौलिक हकका रुपमा समेटिएपनि ०७२ वैशाखको भूकम्पका कारण बिस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थयी टहरामै बस्न बाध्य भएका छन् ।
बिस्थापित क्याम्पका बृद्धबृद्धा, महिला, वालवालिकाहरू अहिले गर्मीले कष्ठकर जीवन बिताउछन् । बिस्थापित क्याम्पका बृद्धबृद्धा, वालवालिकाहरु अहिले गर्मीले कठिन भएको छ उत्तरगया गाउँपालिका–५ खाल्टे स्थित क्याम्पका पूर्ण घलेले ईन्सेक प्रतिनिधीसँग भने “अवासको हक कसरी सुरक्षित हुन्छ मानवअधिकारकर्मीहरुले हाम्रो आवाज उठाईदिनु प¥यो ।”
क्याम्पका अगुवा छेकु लामाले भने तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल आएर खाल्टेको सार्वजनिक स्थान बस्न भनेपछि आफुहरु त्यहाँ बसेको तर पछि प्राधिकारणले नै यहाँबाट उठाउन खोजिएको र हाम्रो समस्या समाधान नभइ प्राधिकरण बिघठन नै भयो ।
विनाशकारी भूकम्पका आठवर्ष बित्दा पनि निजी आवास पुनर्निर्माणको हुन नसक्दा बिस्थापित समूदायको बस्ती स्थानान्तरण हुन नसक्दा अहिले गर्मीका कारण निकै कष्ठकर जीवन बिताउन बाध्य छन् । गर्मीका कारण यहाँका बृद्धहरुमा स्वस्थ्यमा समेत समस्या देखिन थालेको छ । कुन गर्मी, कुन जाडो, कुन वर्षातको भेल, “वर्खा त त्रिशूली नदिमा आउने बाढीले बस्ती बगाउने त्रासमा हुन्छौं स्थानीय बुटी तामाङले भनिन् सधैं त्रासमा कति बस्नु यहाँ महिला, बालबालिका, जेष्ठ नागरिक कहिलेसम्म जोखिममा बस्ने हो नागरिक अधिकारको प्रत्यभूति गर्न सकिएन ।
सरकारले आफ्नो सुरक्षित घडेरी नभएका परिवारलाई २ लख रुपैयाँ दिने नीति अनुरुप अनुदान दिएर बस्ती स्थानान्तरण सुरु भएपनि त्यसले गति लिन सकेको छैन । बस्ती स्थानान्तरणमा ढिलाई हुनाले यो बर्षातपनि बिस्थापितहरु टिनको छाप्रामै बस्न बाध्य छन् ।
आफ्नो स्वामित्वमा रहेको जग्गा आवास निर्माणका लागि असुरक्षित भएका परिवारलाई सरकारले जग्गा ३ वर्षअघि तल्लो पैरेमा जग्गा अधिग्रहण गरेपछि अझै आवास निर्माण थालनी भएको छैन । त्यहाँ खाल्टेमा बसेका सवै बिस्थापित परिवारलाइ पुग्ने गरी जग्गा स्थानीय पर्मा लामाले भने छैन ।
आफू बसिरहेको घरसँगै सर्वस्व गुमाएर २०७२ वैशाख १२ पछि विस्थापित भएका साविक हाकु गाविस–८ र ९, डाँडागाउँ गाविस वडा नं ८ र ९ का भूकम्प पीडित अहिले पनि उत्तरगया गाँउपलिका –५ को खाल्डे बगरमा बसोबास गरिरहेका छन् ।
तत्कालिन समयमा जनप्रतिनिधिहरू, संबिधान सभा सदस्य जनार्दन ढकाललगायत अगुवाहरूले भूकम्प पछिकाे अथक प्रयास लामो सङ्घर्षपछि खाल्डेमा बसोबास गर्नेमध्ये १२८ परिवारलाई पुनर्वास गराउने भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ सालमा नजिकै तल्लोपैरेमा ३८ रोपनी जग्गा खरिद गर्यो । पछि विस्थापितलाई पुर्जा वितरण गर्ने भनी प्राधिकरणकै नाममा जग्गा खरिद गरिएको पनि ५ वर्ष बित्यो तर विस्थापितका लागि निजी आवास निर्माण हुन सकेको छैन । उता उत्तरगया गाउँपालिका १ काे तिरूमा एकीकृत बस्तीमा घर बनेपनि बिस्थािपत बस्न पाएका छैनन् । बनेका घर थाेत्रा हुन लागे तर उनीहरूले बस्न पाएका छैनन् ।
एक दशकदेखि यसरी कष्टसाथ बस्दै आएका विस्थापित परिवारलाई न्याय हुने गरी सरकारले पुनर्निर्माण र पुनर्वासमा सहयोग गर्नु आजको आबश्यकता हो, तसर्थ उनीहरूको कष्टकर जीविकाबाट मुक्ति दिलाउन सीप र क्षमता अनुसारको जीविकोपार्जनमूलक कार्यक्रम, बालबालिकाको शिक्षा, अस्वस्थ र ज्येष्ठ नागरिक लगायतलाई स्वास्थ्यको विषयमा पनि ध्यान दिनु आवस्यक देखिन्छ ।
नेकपाकाे ७६ औं स्थापना दिवसमा ५ जना अगुवालाइ सम्मान
Tuesday, April 22, 2025
रसुवा, नेकपा एमाले जिल्ला कमिटीद्वारा आयोजित ७६ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम ९ वैशाख गते कालिकास्थानमा सम्पन्न भयाे ।
कार्यक्रममा पार्टीमा निरन्तर योगदान गर्नुभएका अगुवाहरू उत्तरगया गाउँपालिका ३ का नरबहादुर गुरुङ, कालिका गाउँपालिका ३ का पदमबहादुर झारीमगर, नौकुण्ड गाउँपालिका ३ का टिकानाथ नेउपाने, गोसाईकुण्ड गाउँपालिकाबाट कामी याङजेन तामाङ र आमाछोदिङमो गाउँपालिका १ वाट गोण्डा तामाङलाइ सम्मानीत गरिएको छ, साथै राष्ट्रिय युवा संघ, नेपाल रसुवा जिल्ला कमिटीले गरेको राजनीतिक, सांगठनीक र रचनात्मक गतिविधिहरूकाे मूल्याङ्कन सहित प्रशंसा पत्र प्रदान गरिएकाे जनाइएकाे छ । उनिहरूलाइ सम्मानपत्र तथा खादा लगाएर प्रमुख अतिथी पार्टी केन्द्रीय नेता इश्वरी रिजालले सम्मान गरेका हुन् ।
छलफलमा उर्केन लामा, रामशरण कुइकेल, लाक्पा तामाङ, बलराम घिमिरे, गाैतम तामाङ लागयत ५ जनाले जिज्ञासा राखेका थिए ।
स्थापना दिवसकाे अवसरमा केक काटेर सुरू भएकाे अन्तक्रिया कार्यक्रममा नेकपा एमालेका नेताहरूले धारणा राखेका थिए । केन्द्रिय नेताहरू अशेक घिमिरे, प्रेम तामाङ, इश्वरी रिजाललगायतले नेकपा स्थापनामा अग्रजहरूले ठूलाे भूमिका खेलेकाे र त्यसकाे जगमा एमालेले मुलुकमा समृद्धि ल्याउने बताए ।
ग्रामीण क्षेत्रमा संचारकाे विकास हुन्छ : संचार मन्त्री गुरूङ
Monday, April 21, 2025
रसुवा, सूचना सञ्चार तथा प्रविधि मन्त्री तथा नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरूङले ग्रामीण क्षेत्रमा संचारकाे विकास तथा पर्वावरणीय संरक्षणमा जाेड्दिनु पर्ने बताए । ३० औं वन्यजन्तु सप्ताह, रेडपाण्डा ट्रफी तथा चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ समापनमा उनले यस्ताे कुरा बताएका हुन् ।
सदरमुकाम धुन्चेमा बैसाख ३ देखि ६ गतेसम्म ३० औं वन्यजन्तु सप्ताह, रेडपाण्डा ट्रफी तथा चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ भएको कार्यक्रममा सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले रसुवाका २७ वडामा टेलिफोन सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आजको युग सञ्चारको भएकोले रसुवाका दुर्गम ग्रामीण बस्तीहरूमा सञ्चारको पहुँच पुर्याउन आफूले भरपुर सहयोग गर्ने पनि बताएको छ ।
मन्त्री गुरूङले टेलिफोन सेवा विस्तारमा विशेष जोड् दिनु र दुर्गम क्षेत्रहरूमा डिजिटल पहुँच पुर्याउने योजना अघि सार्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमको उद्घाटन गोसाईकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय र लाङटाङ क्षेत्र सरोकार समाजको संयुक्त आयोजनामा भएको थियो । वन तथा वातावरण राज्य मन्त्री रूपा विकबाट उद्घाटन गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा जैविक विविधता संरक्षण, वन्यजन्तु संरक्षण, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु रहेको जनाइएकाे छ ।
रसुवा जिल्ला कला, संस्कृति र भेषभुषामा धनी रहेकोले यसको जगेर्ना र प्रचारप्रसार गर्न गोसाईकुण्ड गाउँपालिकाभित्र आफ्नो परम्परागत सांस्कृतिक नाच समेत प्रस्तुत गरिएको थियो। यसले स्थानीय सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने काम गरेको छ ।
यसैगरी, रसुवा जिल्लामा भएको उक्त महोत्सवले ग्रामीण चलचित्रमार्फत स्थानीय कथाहरूलाई प्रवर्द्धन गर्ने र पर्यटन विकासमा पनि योगदान पुर्याउने लक्ष्य राखेको छ। महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली चलचित्रहरू प्रदर्शन गरिएको थियो र विभिन्न अन्तरक्रिया, कार्यशाला तथा सेमिनारहरू पनि आयोजना गरिएको थियो ।
यसरी, रसुवामा सम्पन्न उक्त कार्यक्रमले वन्यजन्तु र जैविक विविधता संरक्षणसँगै सञ्चार सेवा विस्तार र सांस्कृतिक संरक्षणमा सरकार र स्थानीय तहको प्रतिबद्धता देखाएको छ।
साे अवसरमा ३० औं वन्यजन्तु सप्ताह, रेडपाण्डा ट्रफी प्रतियाेगिताका लागि याेगदान गर्ने संचार तथा बिभिन्न सराेकारवालाहरूलाइ सम्मान गरिएकाे थियाे ।


















.jpg)
.jpg)





