रसुवा, इलाका प्रहरी कार्यालय कालिकास्थान रसुवाबाट खटिएको प्रहरी टोलीले जिल्ला रसुवाको कालिका -२ कालिकास्थानमा अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेकाे छ ।
सवारी साधनहरू रोकि चेक जाँच गर्दा लुकाई छिपाई राखेको १२ ओटा ग्यालिन करिब २ सय ४० लिटर अबैध घरेलु मदिरा बरामद गरी आवश्यक कानुनी प्रकृया पूरा गरी नष्ट गरिएको प्रहरीले जनाएकाे छ।
तामाङ संस्कारमा चाहिने रक्सी बनाउन झन्झट लाग्नेहरूले किनेर संस्कृति धान्ने तथा रक्सी बनाएर केहीले घरखर्च चलाउने पनि गर्दछन् । यसरी विदेशी मदिरा ब्यापार गर्न दिने र घरेलु मदिरा बिक्री बितरण गर्न राेक्न नहुने स्थानीयकाे गुनासाे छ ।

0 Comments :
Post a Comment