ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, June 7, 2025

विश्व वातावरण दिवसमा सरसफाइ तथा बृक्षाराेपण


रसुवा, प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसमा सरसफाइ तथा बृक्षाराेपण सम्पन्न भयाे । 

डिभिजन वन कार्यालयकाे संयाेजनमा सामुदायिक वन उपभाेक्ता समुह, सामुदायिव वन जिल्ला महासंघलगायत सराेकारवालाहरूकाे सहभागीतामा ५३ औं विश्व वातावरण दिवस मनाइएकाे हाे । साे अवसरमा २१ गते उत्तरगया गाउँपालिकासँगको सहकार्यमा उत्तरगया-५ स्थित  कैदलेटारदेखि नयाँपुलसम्मको सडक किनाराको दायाँ बायाँ गुल्मोहर १२५, ज्याकराण्डा १२५, करबिर ५०, असारे ५०, सिता अशोक३०, राजवृक्ष ५०, कल्की १५ सहित ४४५ वटा विरुवा रोपण भयाे । 



जेठ २२ गते विहान गोसाईकुण्ड गाउँपालिकासँगको सहकार्यमा प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेलकाे प्रमुख आतिथ्यता र जिल्ला स्थित सबै कार्यालय, सुरक्षा निकाय, रसुवा माविका शिक्षक शिक्षिका र विद्यार्थी, नागरिक समाजलगायतकाे  सहभागितामा धुन्चे बजार सरसफाई तथा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको डिभिजनल वन अधिकृत शम्भु तामाङले जताए । धुन्बचे जार सरसफाई पश्चात लगत्तै श्री श्रीनाथ गण, धुन्चेको परिसरमा ओखर, लप्सी, किम्बु, कल्की, ज्याकरण्डा सहित ७५ वटा विरुवा रोपण भयाे । 



डिभिजन वन कार्यालयले रसुवा मावि धुन्चेलाई डष्टविन वितरण गरेकाे थियाे । त्यसैगरी आमाछोदिङ्मो गापा वडा नं ४ का वडाध्यक्ष धर्म तामाङको अध्यक्षता र  डिभिजनल वन अधिकृत शम्भु तामङकाे प्रमुख आतिथ्यता, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हेमनाथ खतिवडा विशेष आतिथ्यतामा सव डिभिजनका कर्मचारीहरू, सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि , विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा स्थानीयहरुको उत्साह जनक सहभागितामा गाउँघर तथा बाटाे सरसफाई, वृक्षारोपण र अन्तरकृया कार्यक्रम सम्पन्न भयाे । साे  कार्यक्रम पश्चात पार्वतीकुण्ड सरसफाई कार्यको अनुगमन समेत भयाे । 

त्यसैगरी हाकु, नाैकुण्डलगायतका ठाउँमा स्थानीयले सरसफाइ तथा बृक्षराेपणगरेका छन् । 

कालिका गाउँपालिका १ राम्चे मध्वर्ती क्षेत्र उपभोक्ता समितिकाे समन्वयमा  ११५०, सेती भूमि मावि राम्चेमा ३०, श्री श्रीनाथ गणले समेत गरी २ हजार विरुवा वितरण तथा राेपण भएकाे थियाे । 








पर्यटन प्रवर्दन गर्न लाङटाङ ट्रेल रन २०२५


रसुवा, पर्यटन प्रवर्दन गर्ने उद्देश्यले  नेपालको तेस्रो पर्यटकीय गन्तब्य लाङटाङमा प्रथम लाङटाङ ट्रेल रन २०२५ प्रतियाेगिता  सम्पन्न  भयाे । 

बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीद्वारा  प्रथम लाङटाङ ट्रेल रन २०२५ काे शुभारम्भ भयाे भने धावकहरू क्यान्जिन गुम्बादेखि ३२ किलोमिटर दौडिएर स्याफ्रुबेसी पुगेपछि समापन भएकाे हाे ।

स्याफ्रुबेसीमा भएकाे समापन कार्यक्रम रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्याैपानेको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य राधिका तामाङ, अतिथिहरू इन्द्र गाैतम,  बागमती प्रदेश सभा सदस्य  जिल्ला समन्वय समिति नुवाकाेटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी,  जिल्ला समन्वय समिति रसुवाका प्रमुख आयोजनामा अशाेक कुमार घिमिरे, गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ,कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटा, भूमि समस्या समाधान आयोगका अध्ययक्ष जनकराज उपाध्याय, वडा अध्यक्ष दावा मिङमर तामाङलगायतका अतिथिहरूले खेल तथा बिभिन्र माध्यमबाट पर्यटकीय क्षेत्रकाे विकासमा जाेड्दिन अनुराेध गरे । 

कार्यक्रममा टानका केन्द्रीय सदस्य अम्बिर गुरूङ, नेपाल पर्वताराेहण संघका पुर्व महासचिव कुलबहादुर गुरूङ, नेपाली काँग्रेसमा सभापति पेम्बा तामाङ, पर्यटन व्यवसायी शिब लामिछाने, आमाछोदिङमो गाउँपालिका अध्यक्ष चण्डिका तामाङ, जिल्ला खेलकुद विकास समिति अध्यक्ष बिराज लाेप्चनलगायत अतिथिहरू, पत्रकार, सामाजिक संघ संस्थाका प्रनिनिधिहरू सहभागी थिए । 

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग तथा गोसाइँकुण्ड गाउँपालिकालगायत रसुवा नुवाकाेटका स्थानीय तहसँगको सहकार्यमा र सराेकारवालाकाे सहयाेगमा भएकाे थियाे । 


प्रथम लाङटाङ ट्रेल रन २०२५ मा १०१ जनाले भाग लिएका थिए । तीन हजार ८५० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रनको दूरी ३२ किलोमिटर २ घण्टा १४ मी को छ। 

बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्य र नेपालको तेस्रो गन्तव्य हो, लाङटाङ। हिमालै हिमालको बीचमा रहेको क्यान्जिन भ्याली अर्थात क्यान्जिन गुम्बाबाट लाङटाङ ट्रेल रन सुरु गरिएको हो। 

समापन कार्यक्रममा प्रथम हुने साेलुखुम्बुका मिलन कुलुङ र महिलातर्फ सुनसरी राेकायलाइ १ लाख रूपैयाँका दरले नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्रदान गरियाे । 


दितीय हुने पाचथरका बिशाल राइ र महिला तर्फ लाक्पा निमा शाेर्पालाइ नगद ७५ हजार रूपैयाँका दरले नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्रदान गरियाे । तृतीय हुने किरण बाेगटी र महिला तर्फका निर्मला राइ र सान्त्वना आङफुर्पा शेर्पा, गाेपाल तामाङ, किदन कुलुङ राइ, प्रिया राइलाइ पनि नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्रदान गरिएकाे थियाे । 

समापनमा रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्याैपानेले रसुवा , नुवाकाेट लगायतका ठाउँमा खुलेर रहेका धेरै ठाउँहरूमा खेल पर्यटनकाे तथा बिभिन्न माध्यमबाट विकास गरी प्रचार गरेर पर्यटन विकास गर्दै विश्वसामु चिनाउनु पर्ने बताए । 




Sunday, June 1, 2025

सामुदायिक वन उपभाेक्ता महासंघकाे स्थापना दिवसमा छलफल तथा तालिम समापन


रसुवा, सामुदायिक वन उपभोक्ता महासंघ  नेपालको ३०औं स्थापना दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका- ३ ठूलाेगाउँमा छलफल तथा तालिम समापन भएकाे छ । 

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको र गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा उत्तरगया गाउँपालिका-३ को ठूलोगाउँ स्थित भूमेस्थान सामुदायिक वन उपभोक्ता समूहमा जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणाली स्थापनाको लागि कृषक पाठशाला समापन भयो । 

दैनिक ३ घण्टा १८ दिनसम्म सञ्चालन भएको पाठशालामा स्थानीय सहजकर्ता सुजन गुरुङले सहजिकरण गरेका थिए । महिला १६, पुरुष ५ गरी २१ जना  सहभागी रहेको तालिम २०८२ जेठ १८ गते समापन भयो । समापन कार्यक्रममा स्थानीय भूमेस्थान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अमर गुरुङको अध्यक्षतामा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा सहभागीहरुलाइ प्रमाण-पत्र बितरण गरियो । 

कार्यक्रममा सहजकर्ता सुजन गुरुङद्धारा सञ्चालित कार्यक्रममा सहभागी शारदा गुरुङले वनमा धेरै खाले मिचाहा प्रजाति रहेको बारे थापा पाएको बताइन् । डुण्डु तामाङले हामीले धेरै मात्रामा वन पैदावर उपभोग गरेको र वनमा वनजन्य उद्यम गरेर आम्दानी लिन सकिने बताए । 



स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रभाव र अनुकुलनको बारेमा जागरूक बनाउनु र जलवायु उत्थानशीलताको लागी स्थानीय समुदायहरुको क्षमता वृद्दि गर्ने उद्देश्यले तालिम आयोजना भएको बताउँदै उनले चरिचरण तथा घासे मैदान व्यवस्थापन, जलवायु परिवर्तन न्युनिकरण र अनुकुलन, कार्ययोजना र विधान, सामुदायिक वन र वनको दिगो व्यवस्थापनमा जोड् दिनु पर्ने बताए । पर्या पर्यटन विकास तथा सामुदायिक वनमा हुने डँढेलो नियन्त्रण गरी जडिबुटी खेती तथा वनजन्य उद्योग स्थापनामा जोड्दिन पनि उनले अनुरोध गरे । 


सहभागी यामाकुमारी गुरुङले तालिमबाट पहिलो पटक जलवायु परिवर्तन बारे सुन्न पाएको र चरिचरण, बृक्षारोपण तथा वन डँढेलो नियन्त्रण गरेर सामुदायिक वन संरक्षण गर्नुपर्ने बताए । सहभागी अक्कल बहादुर गुरुङले १८ दिनमा धेरै कुरा सिक्न पाएको र धेरै नयाँ कुराको जानकारी भएको बताए । 

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको३०औं स्थापना दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका- ३ ठूलाेगाउँमा छलफल तथा तालिम समापनमा सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले समूदायले वनमा आधारित उद्याेग स्थपना गरी  आयआर्जन गर्न र तालिममा सिकेका सीप तथा समुदायमा भएका परम्परागत ज्ञानकाे प्रयाेग गरी वन व्यवस्थापन तथा प्रकृतिकाे संरक्षण गर्न सवैले लाग्नु पर्ने बताए । आयोजनामा 

Friday, May 30, 2025

बोझोले ढाकिन लागेको पार्वतीकुण्डकाे सफाइ सुरु


रसुवा, आमाछोदिङमो गाउँपालिका–३ गत्लाङ गाउँमाथि अवस्थित पार्वतीकुण्डमा बोझाे नामक जडिबुडीले ढकिएर अस्तित्व नै समाप्त हुन लागेपछि कुण्डकाे सफाइ थालिएको छ । 

स्थानीय सामुदायिक वनका उपभोक्ता तथा पार्वतीकुण्ड ब्यवस्थापन समितिले डिभिजन वन कार्यालयको साहयोगमा परम्परागत पाठपुजा गरी कुण्डको सरसफाइ सुरुवात गरेको गरिएको स्थानीय चिदाेङ लामाले बताए । 

कुण्डको वरिपरि फैलिएको बोझो नामक जडिबुटीलाइ हटाएर कुण्डको सफाइ थाएिको  डिभिजन वन कार्यालयले जनाएको छ । यस कुण्डमा १०८ वटा धारा निर्माण गरिएको छ । 

यहाँ जनै पूर्णिमामा पाठपुजा गर्ने र नुहाउनेहरूको यात्रीको ठूलो भिड लाग्दछ । २ हजार ६ सय मिटरको उचाईमा रहेको यो कुण्डको संरक्षण र कुण्ड वरिपरि बनाइएका संरचनाहरूले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत आर्कषण बढ्दै जान थालेको स्थानीय गतलाङ गेष्टहाउसका सञ्चालक फुर्पुसिङ्गी तामाङले बताए । बोझोले ढाक्न थालेपछि वर्षेनी बोझो हटाएर सफा गर्नुपर्छ तामाङले भने । 


धार्मिक तथा पर्यटकीय महत्व बोकेको कुण्डको संरक्षणलाई धार्मिक महत्व दिँदैे पार्वतीकुण्डमा विभिन्न अवसरमा श्रद्धालुको भीड लाग्ने गर्दछ । यस क्षेत्रमा पछिल्लो समय वनभोजका लागि समेत रोजाइमा पर्न थालेको छ । पाल्दोपिक, गणेश र साङजेन हिमाल तथा समथर घाँसेमैदान सोमदाङ उपत्यका, एवं धार्मिकस्थल जागेश्वर कुण्ड जस्ता क्षेत्रहरूमा यहाँबाट पदयात्रा गर्न सकिने भएकाले यसको संरक्षणमा स्थानीयहरू जुटेका हुन् ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले एक कार्यक्रमका बीच स्थानीय चलन अनुसार पुजापाठ गरेर प्रसिद्ध धार्मिक स्थल पार्वती कुण्डको सरसफाइ गर्ने कार्यको शुभारम्भ भएको छ । 

सरसफाई कार्यमा कुण्डमा रहेको बोझो हटाउने, भरिएर रहेका माटो बालुवा हटाउने र वरपर झाडी सरसफाइ गर्ने जस्ता कार्य गरिने कुरा सब डिभिजन वन कार्यालय थाम्बुचेतका रेञ्जर सन्तोष तिम्सिनाले बताए । 

बोङजोमाने सामुदायिक वन उपभोक्ता समूह, ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समूह, आमाछोदिङ्मो–३ का वडा अध्यक्ष सुरेन्द्र तामाङ सहभागी थिए । 


तामाङ सम्पदा मार्गमा पर्ने पार्वतीकुण्डलाई पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास गर्न थालिएको छ । कुण्ड भित्र रहेको बोझोको कारण कुण्डको आकार घटेको र त्यहाँ रहेको मन्दिर समेत जीर्ण भएपछि गतवर्ष बागमती प्रदेशले सौन्दर्यमा समेत असर परेपछि स्थानीयले सरसफाइ थालेका हुन् । 

धार्मिक पर्यटनको लागि प्रसिद्ध पार्वतीकुण्डको सरसफाई कार्यका लागि नेपाली सेनाकाे श्री श्रीनाथ गण अन्तर्गत  मानचेत व्यारेकका जवानहरु, बोङ्जोमाने र  जार्सा गाेठेन सामुदायिक वन, थाम्बुचेत सव डिभिजन र स्थानीय समुदायको सहभागितामा सरसफाई रहेकाे थियाे । 



विद्यार्थी सुबिताको कृषि यात्रास् पढ्दै, कमाउँदै, रमाउँदै अकबरे खेतीमा


किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन

रसुवा, उत्तरगया गाउँपालिका, सानागाउँकी सुबिता गुरुङ विद्यार्थी जीवनसँगै कृषि कर्ममा होमिएकी एक प्रेरणादायी उदाहरण बनेकी छिन्। स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुबिताले आफ्नो पढाइलाई निरन्तरता दिँदै व्यावसायिक अकबरे खुर्सानी खेतीबाट आफूलाई एक सफल युवा किसानको रुपमा स्थापित गर्ने लक्ष्य राखेकी छिन्।

गाउँमा २/३ जना आमाहरुले अकबरे खुर्सानी खेती सुरु गर्नुभएको थियो, त्यही देखेर मलाई पनि प्रेरणा मिल्यो,ू सुबिताले आफ्नो कृषि यात्राको सुरुवातबारे बताइन्। कृषिमा लाग्नुअघि उनले थ्री जी कटिङ्गु सम्बन्धी तालिम पनि लिएकी थिइन्, जसले उनलाई बिरुवाको उत्पादन बढाउन थप मद्दत पुर्‍याएको छ। हाल उनले करिब ७०० अकबरे खुर्सानीका बिरुवाबाट आफ्नो खेती सुरु गरेकी छिन्।

सुबिताको खेती प्रणाली पूर्णतया जैविक छ। लाही किराहरुले कहिलेकाहीँ दुःख दिने गर्छन्, त्यसको लागि जैविक झोल मलहरु प्रयोग गर्छु। हाम्रो बारीमा रासायनिक विषादीको प्रयोग हुँदैन, उनी भन्छिन् मलको लागि पनि उनले गाईवस्तुको गोबरमललाई नै प्राथमिकता दिएकी छिन्, जसले माटोको उर्वराशक्ति बढाउनुका साथै उत्पादनलाई स्वस्थ राख्न मद्दत गर्दछ।

पढ्दै गरेकी युवतीलाई कृषि पेसा रोज्नुको कारणबारे सोध्दा उनी भन्छिन्, पढ्दा पढ्दै के गर्ने, आफूलाई खर्च जोहो गर्न पनि सजिलो होस् र परिवारलाई पनि केही सहयोग गर्न सकिन्छ कि भनेर कृषि पेसामा लागेको हुँ। उनको यो सोचले युवाहरुमा उद्यमशीलता र आत्मनिर्भरताको भावना जगाउँछ।

उत्तरगया गाउँपालिकाले निःशुल्क बिरुवा उपलब्ध गराएर सहयोग गरेपछि सुबितालाई थप हौसला मिलेको छ। गाउँपालिकाले हामीलाई बिरुवा निःशुल्क दिनुभएको छ, यसले केही गरौं भन्ने भाव पैदा गरेको छ,उनले कृतज्ञता व्यक्त गरिन्।

आफूलाई किसान भनेर चिनाउन पाउँदा सुबिता गर्व महसुस गर्छिन्। किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन, उनको यो भनाइले कृषि पेसाप्रतिको सम्मान र आत्मविश्वास झल्काउँछ। भविष्यमा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुनेमा उनी आशावादी छिन् र बजारको खासै चिन्ता नभएको बताउँछिन्। सुबिताको यो प्रयासले अन्य युवाहरुलाई पनि कृषिमा लाग्न र आत्मनिर्भर बन्न प्रेरित गर्ने देखिन्छ।

स्राेत : कृषि सूचना 

Thursday, May 29, 2025

बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्डमा रसुवाबाट ७६ जना सहभागी हुँदै



रसुवा, बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रसुवाबाट बिभिन्न खेलमा भागलिन ६४ जना छनाेट भएका छन् । 

दाेलखाकाे चरिकोटमा जेठ १७ गतेदेखि १९ गतेसम्म हुने बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रसुवाबाट १६ गते बिहान प्रस्थान गर्ने भएको छ। प्रतियोगिताका लागि भलिबल तर्फ  पुरुष ९, महिला ९, तेक्वान्दाेका लागि महिला ६, ६ पुरुष ,एथ्लेटिक्स ११ पुरुष, ११ महिला र कराँतेका तर्फ महिला  ६ जना, ६ पुरुष गरी ६४ खेलाडी र अफिसियल ११ र स्वास्थ्यकर्मी १ गरि जम्मा ७६ जना सहभागी  हुने जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष बिराज लाेप्चनले जानकारी दिए । 


Wednesday, May 28, 2025

निःशुल्क सिप विकास तालिम सन्चालन


रसुवा, महिलाहरुलाई सिप सिकाएर स्वरोजगार वनाउने उद्धेश्यले नुवाकोटमा युवा सिपमुलक कार्यक्रम सन्चालन गरिएको छ । सो कार्यक्रममा ८० प्रतिशत प्रयोगात्मक प्रशिक्षण दिइएको छ ।

वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषदले नुवाकोटका विभिन्न स्थानका युवा महिलाहरुलाई निःशुल्क सिप विकास तालिम सन्चालन गरेको हो । सो ६५ दिने प्रशिक्षण विदुर नगरपालिका -९ को लोनीमा सन्चालन भइरहेको छ ।

सहभागी २० जना युवा महिलाहरुलाई प्रशिक्षक शिला सुनुवारले सो कार्यक्रम  सिलाइकटाइका विभिन्न सिप सिकाइरहेकी छन् । याे तालिमले वेरोजगार युवा महिलाहरु स्वरोजगारमा क्रियाशील हुने अपेक्षा गरिएको छ ।