Find us on Facebook

Responsive Advertisement
यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

Pages

नेसिङ र ग्रे गाउँमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Monday, March 31, 2025


रसुवा, आमाछोदिङमो गाउँपालिका - २ अन्तर्गत नेसिङ र ग्रे गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको छ। 

दोबो तेम्बा फुर्पु आधारभूत अस्पतालको आयोजनामा पहिलो पटक सञ्चालन गरिएको यस शिविरमा १ सय  ५० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। दुर्गम क्षेत्र र यातायात असुविधाका बाबजुद स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको उक्त शिविरमा मधुमेह, दम, उच्च रक्तचाप, भाइरल ज्वरोजस्ता रोगहरूको परीक्षण गरिएको थियो। ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाको स्वास्थ्य जाँचसमेत गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा ११ जना दम, ४ जना मधुमेह र ८ जना उच्च रक्तचापका बिरामी फेला परेका छन् भने ४ जना गर्भवती महिलाको पनि स्वास्थ्य परीक्षण गरिएको अस्पतालका डाक्टर सरोज श्रेष्ठले जानकारी बताए ।  

डा श्रेष्ठका अनुसार गाउँघरमा प्रयोग गरिने तमाखु, धूम्रपान तथा खाना पकाउँदा निस्कने धुवाँका कारण दमको समस्या बढ्ने भएकाले सचेत रहन आवश्यक छ। साथै, उच्च रक्तचाप नियन्त्रण गर्न नुनको मात्रा सीमित ९ प्रति दिन ५ ग्राम राख्न र नियमित शारीरिक व्यायाम गर्न सुझाव दिए । 

स्थानीयबासीले यस शिविरलाई उपयोगी भएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर आयोजना गर्नुपर्ने बताएका छन्।

धैबुङ्ग कालिका साना किसान सहकारीद्वारा वित्तिय शाक्षारता सञ्चालन

Saturday, March 29, 2025


रसुवा, धैबुङ्ग कालिका साना किसान सहकारी संस्था लि काे आयोजनामा सहकारीले वित्तिय शाक्षारता कार्यक्रम भूमिघर कालिकास्थानमा सञ्चालन भयाे । 

कालिका गाउँपालिकाभरबाट सहभागीहरूलाइ साना किसान सहकारीका ९४ जना सहभागी सेयर सदस्यहरूलाइ वित्तिय शाक्षारता कार्यक्रम बारे जानकारी दिदैं साना किसान विकास बैक गजुरीका सूर्य अधिकारीले सहजिकरण गरेका थिए । 

कार्यक्रममा सहजकर्ताले समुह गठन, कार्यबिभाजन, बैठक सञ्चालन, समुह तथा अन्तर समुहकाे काम, कर्तब्य र अधिकार , सञ्चालक समिति, लेखा समिति र कर्मचारीकाे काम , कर्तब्य, सहकारी सम्बन्धि विद्यमान नियम कानुन , कसुर र दण्ड सजायकाे बारेमा प्रस्तुती गरेका थिए । 

सहकारीले वित्तिय शाक्षारता कार्यक्रम सवै अन्तर समुहसम्म लैजाने जनाएकाे छ । 




धुन्चेमा गणतन्त्र पक्षमा जागरण सभा हुने

 


रसुवा, नेकपा एमाले रसुवाकाे आयोजनामा लोकतान्त्रिक गणतन्त्रको पक्षमा र प्रतिगामी हिंसात्मक प्रवृत्तिको विरुद्ध  चैत १८ गते धुन्चेमा जनजागरण सभा हुने भएकाे छ । 

लोकतान्त्रिक गणतन्त्र पक्षहरुमा हुने जागरणा सभामा पार्टी नेताहरू सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । पाँचवटै गाउँपालिका कमिटीकाे बैठक बसेर १८ गते सदरमुकाममा हुने सभामा  उपस्थितिको लागि सवै कार्यकर्तामा हार्दिक अनुरोध गरिएकाे नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उद्धव प्रसाद रिजालले बताए । 

जागरण सभामा केन्द्रीय नेताहरू तथा प्रदेश कमिटी नेताहरू र जिल्ला नेताहरूले सम्बाेधन गर्ने पार्टी जिल्ला कमिटी रसुवाका उपाध्यक्ष कैसाङनुर्पु ताामाङले जानकारी दिए  । जागरण सभाका लागि सवै गाउँपालिकाबाट पार्टी कार्यकर्ताहरूकाे सहभागिता रहने बताइएकाे छ । 



चोरी कार्यमा संलग्न व्यक्तिहरू पक्राउ

Thursday, March 27, 2025



रसुवा, चैत १२ गते राति  गोसाइँकुण्ड गाउँपालिका-३ स्थित रसुवा भोटेकोशी जलविद्युत् परियोजनाको ड्याम साइटमा रहेको स्टोरबाट फलामका डण्डी तथा रडहरू चोरी भएको छ।

सिनाे हाइड्राे कम्पनीकाे समानहरू झण्डै  ३ हजार ७ सय केजी बराबरको फलामका डण्डी तथा रडका टुक्राहरू चोरी गरी बा ३ ख ३७६६ नम्बरको टिपर गाडीमा लुकाइ छिपाइ लैजाने क्रममा फेला परेका हुन्। ती सामग्रीहरू गाडीको पछाडिको भागमा बालुवाले छोपेर लैजाने प्रयास गरिएको थियो।

उक्त चोरी कार्यमा संलग्न टिपर चालक सुजन वाइबा, कुमार तामाङ र राजेन्द्र घले लाई प्रहरीले नियन्त्रणमा लिई रसुवा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । 

लाङटाङ राष्ट्रिय निकुञ्जकाे पर्यटक बढे

Monday, March 24, 2025



रसुवा,  लाङटाङ राष्ट्रिय निकुञ्जले साउनदेखि माघमसान्तसम्म २८ हजार ७ सय ८५ जना पर्यटकहरूले भ्रमण गरेको र २ करोड ९५ लाख ९ हजार २ सय ८५ रूपैयाँ राजश्व संकलन गरेको छ। 

यस अवधिमा नेपाली, सार्क राष्ट्र, तथा अन्य विदेशी पर्यटकहरूले यस निकुञ्जलाई आफ्नो गन्तव्य बनाएका छन्। निकुञ्ज प्रशासनका अनुसार, यस अवधिमा नेपाली पर्यटकहरूको संख्या २१ हजार २ सय १८ जना, सार्क राष्ट्रका ३ हजार ९२ जना, र अन्य विदेशी पर्यटकहरूको संख्या ७ हजार १ सय ७६ जना रहेको छ। यो निकुञ्ज नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज हो भने पदयात्राका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र पछिको तेस्रो लोकप्रिय गन्तव्य हो।

लाङटाङ राष्ट्रिय निकुञ्ज संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको राष्ट्रिय निकुञ्ज हो। यसले रसुवा जिल्लाको ५७ प्रतिशत, नुवाकोटको ३६ प्रतिशत, र सिन्धुपाल्चोकको ७ प्रतिशत भूभाग ओगटेको छ। यो निकुञ्ज १ हजार ७ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

वन्यजन्तु तथा वनस्पतिको प्रचुरताको आधारमा यो निकुञ्ज धेरै नै महत्त्वपूर्ण मानिन्छ। यहाँ १ हजार भन्दा बढी प्रजातिका वनस्पति तथा अति महत्त्वपूर्ण र दुर्लभ वन्यजन्तु पाइन्छन्। यसका साथै यहाँबाट हिमालहरूको मनोरम दृश्य हेर्न पाइन्छ भने हाईकिङ गर्न पनि सकिन्छ।

यसरी पर्यटकहरूको संख्या बढ्दै गएकोले लाङटाङ राष्ट्रिय निकुञ्जले स्थानीय पर्यटन क्षेत्रमा ठूलो योगदान दिइरहेको छ। साथै, यसले निकुञ्जको संरक्षण र विकासका लागि राजश्व संकलनमा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

वन डढेलो नियन्त्रण तथा क्षमता अभिवृद्धिका लागि तालिम सम्पन्न

 


रसुवा, डिभिजन वन कार्यालय रसुवाले आयोजनामा वन डढेलो नियन्त्रण तथा क्षमता अभिवृद्धि तालिम चैत १० र ११ गते धुन्चेमा सम्पन्न भएको छ  । 


नेपाली सेनाको श्रीनाथ गण, जनपथ तथा शसस्त्र प्रहरी बल र सामुदायिवक वन उपभोक्ता महासंघको सहभागितामा भएको तालिम सहजिकरण गर्दै डिभिजन वन कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङले आगोको श्रोत (ताप), ज्वलनशील वस्तु (ईन्धन) र  हावा (प्राणवायु) तीन तत्वहरुको संयोजनबाट आगो लाग्ने , प्राकृतिक कारण १ प्रतिसत भन्दा कम, मानविय वा कृतिम कारण  (९६ %) जसमा  जानीजानी वा इच्छित वन डढेलो (६४ %)  र  अन्जानमा वा दुर्घटनात्मक (३२ %) कारण वन डढेलो लाग्ने गरेकाे बताए । 

सामान्यतया भूँई घास उमार्ने,  लघु वन पैदावार संकलन गर्ने, शिकार खेल्ने, सुकेको काठ दाउरा निकाल्न, रिसिवी साँध्ने, खेती बारी मलिलो बनाउन, दशी प्रमाण नष्ट गर्ने, वन्यजन्तु भगाउने जस्ता कारण वन डढेलो लाग्ने गरेकाे बताए । 

तामाङले वन ऐन २०७६ मा  वनमा डढेलो लगाउनेलाइ हदैसम्वम कारवाही गरिने बताउँदै वन जङलको संरक्षण र सुव्यवस्था गर्न बनेको वन ऐन २०७६ को परिच्छेद १५, दफा ४९ (घ) अनुसार राष्ट्रिय वनमा आगो लगाउन वा आगलागी हुन जाने कुनै कार्य गरेमा वा गराएमा वा सोको उद्योग गरेमा यस ऐन बमोजिमको कसुर गरेको मानिने छ भनी उल्लेख गरिएको जानकारी दिए । 


यदी कसैले माथि उल्लेखित प्रकारको कसूर गरेमा सोही ऐनको दफा ५० को खण्ड (घ)  बमोजिम क्षति भएको कसुरको बिगो असुल गरी ३ वर्ष सम्म कैद वा ६० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट कानूनी व्यवस्था समेत गरिएको जानकारी दिइएकाे थियाे । 

वनमा डढेलो लगाउने व्यक्तिलाई कानुनी कारवाही गर्न सुचना दिने र सूचना दिने व्यक्तिलाई पुरस्कार दिने कानुनी व्यवस्था रहेको पनि कार्यालयले जनाएकाे छ । वन डढेलोबाट वातावरण तथा धनजनकाे धेरै क्षती हुने, वन डढेलो रोकथामका रणनीतिहरू र वन डढेलोको नियन्त्रणका लागि कानुनी प्रावधान बारे डिभिजनल वन अधिकृत तामाङले सहजिकरण गरेका थिए । 

शुरक्षाकर्मी, सामुदायिक वन तथा वन कार्यालयका कर्मचारीहरू सहभागी तालिमले वनमा हुने डढेलो नियन्त्रणका लागि सहयाेग पुग्ने विस्वास लिएकाे फोकल पर्सन बिर बहादुर बोम्जनले जानकारी दिए। 


डिभिजनल वन अधिकृत शम्भु तामाङको अध्यक्षता सुरू भएकाे तालिममा श्रीनाथ गणको प्रमुख सेनानी  प्रधुन्न प्रसाद गौतमको प्रमुख अतिथि र सामुदायिक वन महासंघको अध्यक्ष हेमनाथ खतिवडा तथा समापन कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको उपस्थितीमा भएकाे थियाे । 

तालिम समापनमा प्रमुख अतिथी प्रजिअ पाैडेलले वन कार्यालउले जनचेतना मुलक सडक नाटक तथा वन डढेलोको नियन्त्रणका तालिम सञ्चालन गरेकाे र जाेखिमका क्षेत्रहरू पहिचान गरेर उपभाेक्ता तथा सुरक्षा निकाय र सराेकारवाला सवैले वन डढेलोको नियन्त्रणका लागि जुट्नुपर्ने बताए । समापनमा सहभागीहरूले वन डढेलो नियन्त्रण तथा क्षमता अभिवृद्धि तालिम प्रभावकारी रहेकाे र यस्ताे कार्यक्रम समुदाय तहमा पनि गर्नु पर्ने शुझाव दिएका थिए । 

वन डढेलोको नियन्त्रण कसरी गर्ने बारे उपकरणहरूकाे प्रयाेग गरी प्रयाेगात्मक अभ्यास समेत भएकाे थियाे । तालिम पछि Rapid Response Team समेत गठन भएकाे छ । वन डढेलोको नियन्त्रणका लागि चाहिने सामग्रीहरू वन कार्यालय तथा सव डिभिजन कार्यालयमा रहेकाे र सामग्री समुदायका लागि हस्तान्तारण समेत भएकाे थियाे । 



 


१२ अ‍ौ राष्ट्रपति रनिङ शिल्ड २०८१ को उद्वघाटनमा मुख्य मन्त्री र समापनमा पूर्व राष्टपति आउने


रसुवा, १२ अ‍ौ राष्ट्रपति रनिङ शिल्ड २०८१ को उद्वघाटनमा प्रमुख अतिथीका रूपमा बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने छन् । 

यहि चैत  २६ देखि २८ गतेसम्म धुन्चेमा हुन गईरहेको १२ अ‍ौ राष्ट्रपति रनिङशिल्ड २०८१ को उद्वघाटन र समापनको अवसरमा  रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विराज लोप्चनद्वारा  प्रतियोगिता  २०८१ को उद्घाटन समारोहका लागि बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई प्रमुख अतिथिका रूपमा उपस्थित हुन निमन्त्रणा प्रदान गरेका छन् । 

चैत्र २६ गतेदेखि रसुवाको धुन्चेमा  आयोजना हुने तय भएपछि उद्वधाटनमा मुख्यमन्त्री वहादुर सिंह लामा आउने भएका छन् । अध्यक्ष लोप्चन र गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष  कैसाङनुर्पु तामाङद्वारा प्रतियोगिताको समापनमा चैत्र २८ गते का लागि सम्माननीय पूर्व राष्ट्रपति  विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिको निमन्त्रणा प्रदान गरेका छन् । 

वित्तीय पहुँच र जानकारी अभिवृद्धि गर्न प्रभात फेरी


रसुवा, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा देशभर ग्लोबल मनी विक २०२५ मनाइँदैछ । 

“Think Before You Follow, Wise Money Tomorrow” भन्ने नाराका साथ यो अभियान मार्च १७ देखि २३, २०२५ सम्म सञ्चालन भइरहेको छ । जिल्लाकाे कालिकास्थानमा सहकारी, माइक्राेफाइनान्स र बैकहरूका शाखा कर्मचारीहरूले बिहान प्रभातफेरी कार्यक्रम गरे । 

स्याफ्रुबेशीमा पनि वित्तीय साक्षरतासम्बन्धी जनचेतना अभियान अन्तर्गत आइतबार  विहान प्रभातफेरी तथा विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् । स्याफ्रुबेशीमा रहेका वाणिज्य बैंक र वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुको सहभागितामा स्याफ्रुबेशी  वजारबाट प्रभातफेरी गरिएको हो । 



बैकबाट मात्र काराेबार गरौ । माेवाइल बैङ्किङ प्रयोग गरौ । कर्जा लिएर सहि सदुपयोग गरौ जस्ता नाराका साथ भएकाे प्रभातफेरी कार्यक्रमकाे मुख्य उद्देश्य सर्वसाधारणलाई वित्तीय ज्ञान प्रदान गर्दै सुरक्षित, दिगो र योजनाबद्ध वित्तीय व्यवस्थापनबारे जागरुक बनाउनु रहेको छ । वित्तीय प्रणाली, डिजिटल बैंकिङ, कर्जाका सही उपयोग, बचतको महत्व तथा वित्तीय ठगीबाट कसरी जोगिने भन्ने विषयमा सचेतना फैलाउन वित्तीय संस्थाका कर्मचारीहरुको सहभागितामा कार्यक्रमहरू सम्पन्न भएका छन् ।

नेपालभर सञ्चालन भइरहेको अभियानले वित्तीय पहुँच र जानकारी अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाल राष्ट्र बैंकको पहलमा हरेक वर्ष मनाइने ग्लोबल मनी विक ले वित्तीय अनुशासन र समावेशीकरणलाई प्रबर्धन गर्ने लक्ष्य राखेको छ ।

पत्रकार, समाजसेवी, वित्तीय संस्थाका कर्मचारीहरु सहभागी भइ घुम्तीबाट कालिकास्थान पेट्राेल पम्पसम्म प्रभात फेरी गरी Global Money Week 2025 गरी वित्तिय सचेतना तता प्रभात फेरि कार्यक्रम ०८१ चैत ८ कालिकास्थानमा भएकाे थियाे ।



भिमलीमा बाख्रापालनबाट मनग्य आम्दानी

विजया तिबारी 

रसुवा, रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका - ६ भिमली गाउँमा बाख्रापालनले गाउँलेहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ। 

यहाँका २५ घरधुरीमध्ये १२ घरधुरीले बाख्रापालन गरेर आफ्नो आर्थिक अवस्था सुधारेका छन्। यसले गाउँलाई अरू गाउँभन्दा धेरै बाख्रा पाल्ने गाउँको रूपमा परिचित बनाएको छ। 

भिमली गाउँ पासाङल्हामु राजमार्गभन्दा तल अवस्थित छ। यहाँका बासिन्दाहरूले बाख्रापालनका साथै भैसी, कुखुरा र बंगुर पालन गर्छन् भने अर्गानिक खेती पनि गर्छन्। गाउँकी सरस्वती तामाङले आफ्नो अर्गानिक कृषि तथा पशुपन्छी फर्मबाट बाख्रापालन र अर्गानिक खेती गरेर आफ्नो आम्दानी बढाएकी छिन्। उनकै गाउँकी लाचिन तामाङले १६ वटा बाख्रा पालेकी छन् भने कामी ल्हामो तामाङले ४० वटा बाख्रा पालेर राम्रो आम्दानी गर्दै आएका छन्।

यसैगरी, मिङमार डोल्मा तामाङले २३ वटा बाख्रा पालेर जीविकोपार्जन गर्दै आएकी छिन् भने श्री लाल तामाङले १४ वटा बाख्रा पालेर आफ्नो आम्दानीको मुख्य स्रोत बनाएका छन्। उनले भने, “हामी कृषक बाख्रा पालेर नै आम्दानीको स्रोत बनाएका छौं।” दाम्जि तामाङले १५ वटा, शान्ति तामाङले १२ वटा, मिङमार तामाङले ९० वटा, सुम्वा गोलेले १५ वटा, नुर्पु ग्लानले १० वटा र जेभ ल्हामो तामाङले १५ वटा बाख्रा पालेका छन्। उनीहरूले एकमुष्ठ स्वरमा भनेका छन्, “गरे के हुँदैन । काम गरेका छौं र राम्रो आम्दानी भएको छ।”

गोसाईकुण्ड गाउँपालिकाको पशुशाखा अनुसार यस गाउँमा धेरै घरधुरिले व्यक्तिगत रूपमा बाख्रापालन गरेका छन्। यसले गाउँलेहरूको आर्थिक अवस्थामा ठूलो सुधार भएको छ। बाख्रापालनबाट गाउँलेहरूले निरन्तरता दिएर आफ्नो जीवनस्तर उकास्दै आएका छन्। भिमली गाउँले बाख्रापालनलाई आफ्नो आम्दानीको मुख्य स्रोत बनाएर गाउँको पहिचान र आर्थिक स्थिति सुधारेको छ।

कालिका हिमालय माविकाे स्वर्ण जयन्ती मनाउने अध्यक्षकाे नेतृत्वमा मूल समिति गठन

Saturday, March 22, 2025

 

रसुवा, कालिका हिमालय माध्यमिक विधालयकाे स्वर्ण जयन्ती कसरी मनाउने बिषयमा छलफल गरी कालिका गाउँपालिका अध्यक्षकाे संयाेजकत्यमा १५१ सदय रहेकाे समिति गठन भएकाे छ ।

छलफलमा कसरी स्वर्ण जयन्ती मनाउने बारेमा अभिभावक तथा पुर्व अध्यक्षहरूले धारणा राखेका थिए । भेलाकाे बागमती प्रदेश सभा सदस्य इन्द्र गाैतम प्रमुख अतिथी रहेका थिए ।

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. यही हो हाम्रो रसुवा - All Rights Reserved
Template Created by Creating Website Inspired by Sportapolis Shape5.com
Proudly powered by Blogger