ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, May 10, 2024

राम्चे स्वास्थ्यचौकी भवन निर्माण कार्य अलपत्र, स्वास्थ्य सेवा प्रवाहमा समस्या

राम्चे स्वास्थ्यचौकी भवन निर्माण कार्य अलपत्र,  स्वास्थ्य सेवा प्रवाहमा समस्या

रसुवा, कालिका गाउँपालिका –१ मा निर्माणाधीन राम्चे स्वास्थ्य चौकी भवन निर्माण कार्य अलपत्र भएका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।

तीन वर्षदेखि निर्माण थालेको राम्चे स्वास्थ्य चौकी भवन प्लाष्टर, झ्याल, ढोका, रङ्ग, शौचालय निर्माण लगायतको काम बाँकी रहेको छ ।

तीन वर्ष अघि सम्झौता भएको भए पनि दुई वर्षदेखि काम नगरेको स्वास्थ्य संस्थाका प्रमुख सिअहेव रामप्रसाद ढकालले बताए । 

स्वास्थ्य संस्था सञ्चालनका लागि केही कोठा भाँडामा लिएर सेवा प्रवाह रहेको र भवन समयमा सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको ढकालले बताए । 

काम सम्पन्न गर्न भवन निर्माण कम्पनीलाई ताकेता गरेको भए पनि काम समयमा नगरेको सघन शहरी तथा भवन कार्यालय, जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख बुद्धजित लामाले बताए । 

उक्त विषयमा निर्माणको जिम्मा पाएको ओम बुद्ध इन्टरनेशनल कन्ट्रक्सनका प्रालिका दिपेश लामासँग फाेनमा सम्पर्कमा हुन सकेन । निर्माण कम्पनीले ढिलाइ गरेको तर एक पटक नियमानुसार म्याद थप्दा पनि काम नगरे ठेक्का तोडेर कालो सूचिमा राखिने लामाले बताए ।

No comments:

Post a Comment