Posts

यही हो हाम्रो रसुवा

Image
'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा' ले चिनिएको छ ।   नेपालका १६ हिमाली जिल्लामध्ये एक हिमाली जिल्लाको रूपमा रहेको यो जिल्लाको पूर्वमा नुवाकोट र सिन्धुपाल्चोक, पश्चिममा नुवाकोट र धादिङ, उत्तरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत (केरूङ नाका), र दक्षिणमा छिमेकी जिल्ला नुवाकोट (फलाँखु खोला) चारकिल्लामा रहेका छन् । नेपालको संविधान २०७२ अनुसार राज्य पुनर्संरचना हुँदा रसुवामा १ निर्वाचन क्षेत्र, २ प्रदेश सभा, ५ गाउँपालिका र २७ वडामा विभाजन गरिएको छ । जसमा नौकुण्ड , गोसाइँकुण्ड गाउँपालिका ६ / ६ तथा कालिका , उत्तरगया र आमाछोदिङ्‌मो गाउँपालिका ५ / ५ वडामा विभाजन गरिएको छ । प्रादेशिक संरचना अन्तर्गत नौकुण्ड र गोसाइँकुण्ड गाउँपालिका का सबै वडा र कालिका गाउँपालिका को ४ र ५ वडाहरू प्रदेश सभा 'क' अन्तर्गत पर्दछन् भने कालिका गाउँपालिका १,२,३, उत्तरगया गाउँपालिका र आमाछोदिङ्‌मो गाउँपालिका का सबै वडाहरू प्रदेश ...