'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

कपाल मुण्डन बाबुको काजकिरिया गर्दै योगमाया


रसुवा, हिन्दू संस्कारअनुसार छोराले मात्रै बाबु आमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै कालिका गाउँपालिका–२ की ४९ वर्षीया योगमाया ढकाल इश्वरीले बाबुको किरिया बसेकी छिन् । 

ब्राम्हण समुदायमा छोराले मात्रै बाबु आमाको काज–किरिया गर्ने परम्परा छ । याेगमाया ब्रम्हणकी जेठी छाेरी अबिबाहित हुन् । लामाे समयदेखि दमको समस्याबाट ग्रसित रोहिणीप्रसाद ढकालको माघ ६ गते ८१ वर्षको उमेरमा मृत्यू भयो । मृतक ढकालका सन्तान ३ छाेरीहरू याेगमाया, सरस्वती र गायत्री  मात्र हुन्। 

आफुलाइ जन्मदिने बाबु आमाको सेवा गर्ने र अन्त्यष्ठि कर्म पनि आफ्नै जिम्मेवारी हो योगमायाले भनिन् ‘छाेरा जत्तिकै छोरीको पनि भूमिका हुनुपर्ने र यस्ता लैङ्गिक असमानता हटाउन पनि बाबुको किरिया थालेकी हुँ ।’

उनकाे इच्छा अनुसार कपाल मुण्डन गरेर उनले काका टंकप्रसाद र अरू आफन्तको सहयाेगमा अन्त्यष्ठि कर्म गरिरहेकी छिन् । छोरा नहुँनेका परिवारमा छोरीले यसरी कपाल मुण्डन गरेर बाबुको काजक्रिया गर्न सुरूवात गरेको यो पहिलो कार्य हो ।

‘इश्वरी दिदीले नै दागबत्ती दिइन् नियमित काजक्रिया पनि सुरु गरिन् अब समाजमा संस्कार सुधारको थालनी भयो, यो सकरात्मक कुरा हो ।’ स्थानीय समाजसेवी शंकर न्यौपानेले भने ।



Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music