Find us on Facebook

Responsive Advertisement
यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

Pages

विद्यार्थी सुबिताको कृषि यात्रास् पढ्दै, कमाउँदै, रमाउँदै अकबरे खेतीमा

Friday, May 30, 2025


किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन

रसुवा, उत्तरगया गाउँपालिका, सानागाउँकी सुबिता गुरुङ विद्यार्थी जीवनसँगै कृषि कर्ममा होमिएकी एक प्रेरणादायी उदाहरण बनेकी छिन्। स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुबिताले आफ्नो पढाइलाई निरन्तरता दिँदै व्यावसायिक अकबरे खुर्सानी खेतीबाट आफूलाई एक सफल युवा किसानको रुपमा स्थापित गर्ने लक्ष्य राखेकी छिन्।

गाउँमा २/३ जना आमाहरुले अकबरे खुर्सानी खेती सुरु गर्नुभएको थियो, त्यही देखेर मलाई पनि प्रेरणा मिल्यो,ू सुबिताले आफ्नो कृषि यात्राको सुरुवातबारे बताइन्। कृषिमा लाग्नुअघि उनले थ्री जी कटिङ्गु सम्बन्धी तालिम पनि लिएकी थिइन्, जसले उनलाई बिरुवाको उत्पादन बढाउन थप मद्दत पुर्‍याएको छ। हाल उनले करिब ७०० अकबरे खुर्सानीका बिरुवाबाट आफ्नो खेती सुरु गरेकी छिन्।

सुबिताको खेती प्रणाली पूर्णतया जैविक छ। लाही किराहरुले कहिलेकाहीँ दुःख दिने गर्छन्, त्यसको लागि जैविक झोल मलहरु प्रयोग गर्छु। हाम्रो बारीमा रासायनिक विषादीको प्रयोग हुँदैन, उनी भन्छिन् मलको लागि पनि उनले गाईवस्तुको गोबरमललाई नै प्राथमिकता दिएकी छिन्, जसले माटोको उर्वराशक्ति बढाउनुका साथै उत्पादनलाई स्वस्थ राख्न मद्दत गर्दछ।

पढ्दै गरेकी युवतीलाई कृषि पेसा रोज्नुको कारणबारे सोध्दा उनी भन्छिन्, पढ्दा पढ्दै के गर्ने, आफूलाई खर्च जोहो गर्न पनि सजिलो होस् र परिवारलाई पनि केही सहयोग गर्न सकिन्छ कि भनेर कृषि पेसामा लागेको हुँ। उनको यो सोचले युवाहरुमा उद्यमशीलता र आत्मनिर्भरताको भावना जगाउँछ।

उत्तरगया गाउँपालिकाले निःशुल्क बिरुवा उपलब्ध गराएर सहयोग गरेपछि सुबितालाई थप हौसला मिलेको छ। गाउँपालिकाले हामीलाई बिरुवा निःशुल्क दिनुभएको छ, यसले केही गरौं भन्ने भाव पैदा गरेको छ,उनले कृतज्ञता व्यक्त गरिन्।

आफूलाई किसान भनेर चिनाउन पाउँदा सुबिता गर्व महसुस गर्छिन्। किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन, उनको यो भनाइले कृषि पेसाप्रतिको सम्मान र आत्मविश्वास झल्काउँछ। भविष्यमा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुनेमा उनी आशावादी छिन् र बजारको खासै चिन्ता नभएको बताउँछिन्। सुबिताको यो प्रयासले अन्य युवाहरुलाई पनि कृषिमा लाग्न र आत्मनिर्भर बन्न प्रेरित गर्ने देखिन्छ।

स्राेत : कृषि सूचना 

बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्डमा रसुवाबाट ७६ जना सहभागी हुँदै

Thursday, May 29, 2025



रसुवा, बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रसुवाबाट बिभिन्न खेलमा भागलिन ६४ जना छनाेट भएका छन् । 

दाेलखाकाे चरिकोटमा जेठ १७ गतेदेखि १९ गतेसम्म हुने बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रसुवाबाट १६ गते बिहान प्रस्थान गर्ने भएको छ। प्रतियोगिताका लागि भलिबल तर्फ  पुरुष ९, महिला ९, तेक्वान्दाेका लागि महिला ६, ६ पुरुष ,एथ्लेटिक्स ११ पुरुष, ११ महिला र कराँतेका तर्फ महिला  ६ जना, ६ पुरुष गरी ६४ खेलाडी र अफिसियल ११ र स्वास्थ्यकर्मी १ गरि जम्मा ७६ जना सहभागी  हुने जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष बिराज लाेप्चनले जानकारी दिए । 


निःशुल्क सिप विकास तालिम सन्चालन

Wednesday, May 28, 2025


रसुवा, महिलाहरुलाई सिप सिकाएर स्वरोजगार वनाउने उद्धेश्यले नुवाकोटमा युवा सिपमुलक कार्यक्रम सन्चालन गरिएको छ । सो कार्यक्रममा ८० प्रतिशत प्रयोगात्मक प्रशिक्षण दिइएको छ ।

वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषदले नुवाकोटका विभिन्न स्थानका युवा महिलाहरुलाई निःशुल्क सिप विकास तालिम सन्चालन गरेको हो । सो ६५ दिने प्रशिक्षण विदुर नगरपालिका -९ को लोनीमा सन्चालन भइरहेको छ ।

सहभागी २० जना युवा महिलाहरुलाई प्रशिक्षक शिला सुनुवारले सो कार्यक्रम  सिलाइकटाइका विभिन्न सिप सिकाइरहेकी छन् । याे तालिमले वेरोजगार युवा महिलाहरु स्वरोजगारमा क्रियाशील हुने अपेक्षा गरिएको छ ।

राम्चेमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न


रसुवा, कालिका गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा महिनावारी मैत्री समाजका लागि सहकार्य भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता  दिवसको अवसरमा महिनावारी स्वस्थ्य तथा व्यवस्थापन विषयक वक्तृत्वकला प्रतियोगिता राम्चेमा सम्पन्न भयो । 

कालिका-१ स्थित सेतीभूमे माविका भएको सो कार्यक्रम ५१ जना विद्यार्थीले भाग लिएका थिए । जसमा सञ्जीला तामाङ  प्रथम, पुष्प तामाङ द्वितीय , चमेली तामाङ तृतीय, सागुना तामाङ र सोनाम बुट्टी तामाङले सान्त्वना पुरस्कार हात परेका थिए ।  

सेतीभूमे माविका प्रधानाध्यपक शिला मगरको अध्यक्षतामा स्वास्थ्यकर्मी रामप्रसाद ढकालद्वारा सञ्चालित कार्यक्रममा विशेष अतिथि का बा वडा अध्यक्ष कल्पना तामाङ र राम्चे स्वास्थ्य चौकी प्रमुख सबिना माझी लगायत सहभागी रहेका थिए ।  






जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यशाला

Wednesday, May 21, 2025


रसुवा, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तरगत जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यशाला धुन्चेमा सम्पन्न भयाे । 

डिभिजन वन कार्यालयकाे आयोजना तथा सामुदायिक वन उपभाेक्ता महसंघसँगकाे समन्वय तथा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना राष्ट्रिय प्रकृती संरक्षण कोषकाे सहयाेगमा भएकाे हाे । कार्यक्रमा डिभिजनल वन अधिकृत शम्भु तामाङले सहजिकरण गरेका थिए । 

कार्याशालामा राष्ट्रिय प्रकृति संरक्षण कोषका जलवायु विज्ञ डा अनिता श्रेष्ठले स्वागत गरिन् । समुदाय तथा सुरक्षा निकायबाट सहभागीहरूले वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि मानिसले नै गम्भीर हुनुपर्ने , वन्य जन्तुकाे बासस्थान तथा आहारमा समस्या हुन नदिने वन्यजन्तुका विषयमा सचेत प्राणी भएका नाताले मानिसकै जिम्मेवारी रहने बताए । 



योजना तर्जुमा तथा सरोकारवालासँग अन्तरक्रिया


रसुवा, उधाेग तथा वाणिाज्य कार्यालय रसुवाकाे आयाेजनामा आ व ०८२/८३ को योजना तर्जुमा तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सम्पन्न भयाे ।

उक्त कार्यालयका कार्यालय प्रमुख वृहस्पती तामाङको अध्यक्षता, जिल्ला समन्वय समिति उप प्रमुख विजय लामाको प्रमुख आतिथ्यमा, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङकाे विशिष्ट आतिथ्यताका साथै जिल्ला स्थित कार्यालयका प्रमुखहरु, सरोकारवालाहरु र गाउँपालिकाको उद्योग शाखामा कार्यरत कर्मचारी (उद्यम विकास सहजकर्ता ) सन्चारकर्मीहरूकाे उपस्थितीमा सम्पन्न भएकाे छ ।

मिचाहा प्रजाति व्यवस्थापन कार्याशाला सम्पन्न

Tuesday, May 20, 2025


रसुवा,  राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहयोग तथा  डिभिजन वन कार्यालको समन्वयमा  मिचाहा प्रजाति व्यवस्थापन कार्याशाला  धुन्चेमा सम्पन्न भयो ।

जिल्ला भरका सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, दलित, अपाङ्ता भएका, जनजाति, जनप्रतिनिधिहरू सहभागी थिए । कार्याशालामा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले सहजिकरण गरेका थिए ।  कार्याशालामा राष्ट्रिय प्रकृति संरक्षण कोषका लक्ष्मण कुँवरले सञ्चालन गरेका थिए भने जलवायु विज्ञ डा अनिता श्रेष्ठले स्वागत गरिन् । 

सहभागीहरूले स्थानीय मिचाहा प्रजातिको पहिचान तथा मिचाहा प्रजाति व्यवस्थापन त्यसको असर र प्रभाव बारे छलफल गरेका थिए । 


नेपालमा वाह्य मिचाहा प्रजातिको तीव्र फैलावट अहिले एक गम्भीर पर्यावरणीय चुनौती बनिरहेको र  यसको व्यवस्थापनको अभावले कृषि, वन र वातावरणमा व्यापक असर पुर्‍याएको छ। सडक छेउ र आवास क्षेत्रबाट यी झारहरू कृषि क्षेत्रसम्म फैलिन थालेका छन्, जसले उत्पादनमा ठूलो नकरात्मक प्रभाव पार्न सक्छ। अझ, प्रभावकारी क्वारेन्टाइन निरीक्षणको अभावले नयाँ मिचाहा प्रजातिहरू  भित्रिरहेको बताइएकाे थियाे । 

विभिन्न वैज्ञानिक र अन्तर्राष्ट्रिय अनुभवहरूको आधारमा, नेपालका धेरै मिचाहा प्रजातिहरूको नियन्त्रण सम्भव रहेको कुरा सबैलाई जानकारी गराइएको छ। यस कार्यशालामा, सामुदायिक वन र स्थानीय तहका प्रतिनिधिहरूलाई मिचाहा प्रजातिको पहिचान र व्यवस्थापनमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।

कार्यशालामा प्रस्तुत गरिएको सुझावहरू अनुसार, मिचाहा प्रजातिको व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्न आवश्यक रहेको छ, जसबाट यसको फैलावट र वातावरणीय नोक्सानलाई रोक्न सकिने समेत छलफल भयाे।



गोसाइँकुण्ड स्तुति

Monday, May 19, 2025


 

डा अनिता श्रेष्ठ

कविता


जय होस गोसाइँकुण्ड महाराज,
शिवको ध्यान जहाँ सधैं विराज।
हिमालको काख, शान्त स्वरूप,
तपस्वी हृदयको तिमी प्रिय रूप।

त्रिशूलले फोरेको पावन भूमि,
बगेको जलमा छ अमृत रुचि।
कालकुट विष पिएर शिवले,
तिमीमा शरण पाए प्रकृतिको हृदयले।

ओम् नमः शिवाय गुन्जिन्छ यहाँ,
भक्तजनको मन शुद्ध हुन्छ जहाँ।
अष्ट चिरञ्जीवीका वरदान स्वरूप,
तिमी शुद्धि, मुक्ति र ध्यानको रूप।

१०८ कुण्डको माला जस्तै,
तिमी रह्यौ पर्वतराज बीच सन्देश जस्तै।
धर्म, प्रकृति र श्रद्धाको मेल,
गोसाइँकुण्ड तिमी पवित्र स्थल बेलाबेल।

जय गोसाइँकुण्ड !
जय शिव शंकर!
जय शान्ति, तपस्या, मुक्तिको आधार !

दाेलखा

सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे दाेस्राे परिषद सम्पन्न

Sunday, May 18, 2025


 

रसुवा, सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे दाेस्राे जिल्ला  परिषद भेला सम्पन्न भयाे । 

भेलामा जिल्ला महासंघको आयोजनामा भएको परिषद् भेलामा प्रमुख अतिथि बागमती प्रदेश महासंघ उपाध्यक्ष लीलानाथ न्यौपानेले महासंघले गरेको अभियान बारे जानकारी गराउँदै सामुदायिक वन उपभोक्ता महासंघले उपभोक्ताहरुको अधिकार सुरक्षितका लागि लढेको बताउँदै वन समुहहरुले सक्रियताका साथ वन उद्यम तथा आयआर्जनका कामहरु गर्नुपर्ने बताए । 


बिशेष अतिथि डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले जिल्लाभर ७२ वटा हस्तान्तरित सामुदायिक वन भनिएपनि घटेर (गाभिएर) ६९ वटा भएको बताए । उनले ५६ वटा समुहका बिधान नभेटिएको, ५ वटा मात्र समुहले हालसम्म प्यान लिएको, कार्ययोजना समाप्त भएका ११, कार्ययोजना नभेटिएका २ समुह रहेको बताए । कतिपयले सिफारिस कति प्माण्पत्र, बिधान, कार्ययोजना अभावले प्यान लिन नसकेको बताए । 

न समुहमा छ न कार्यालयको अभिलेखमा छ उनले भने यो समस्या भो । सवै समुहको बिधान र कार्ययोजना बनाउनु छ । भेलामा सामुदायिक वन उपभाेक्ता समुह तथा स्थानीय महासंघबाट सहभागीहरूले समुहका समस्या तथा चुनाैतीहरू बारे छलफल गरेका थिए । 

भेलामा जिल्ला महासंघले गरेका कामहरूकाे समीक्षा गरी समुहकाे बिधान, कार्ययाेजना तथा लेखापरिक्षणकाे कामलाइ महत्व दिनुपर्ने बताए । 





साढे सात किलो सुन बरामद


रसुवा, रसुवागढी नाकाबाट साढे सात किलोभन्दा बढी सुन बरामद गरिएको छ। चीनको सीमावर्ती बजार केरुङबाट ल्याउँदै गरिएको उक्त सुन भन्सार नाकामा जाँचको क्रममा प्रहरीले बरामद गरेको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बरामद गरिएको सुन सात वटा बिस्कुट र केही साना टुक्राहरूमा रहेको छ। प्रारम्भीक अनुमान अनुसार सुनको तौल साढे सात किलोभन्दा केही बढी हुन सक्ने जनाइएको छ। सुनको परीक्षणको काम हाल जारी रहेको छ।


बा ४ ख ६२०१ नम्बरकाे स्याउ बोकेको कन्टेनरभित्र सुन लुकाइएको अवस्थामा भेटिएको हो। चालकको सिट नजिकै फल्स बटन बनाएर सुन लुकाइएको फेला परेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । 

चीनबाट अवैध सुन आइरहेको भन्ने सुराकीका आधारमा विशेष निगरानी राखिएको थियो। सोही आधारमा चेकजाँच गर्दा कन्टेनरभित्र लुकाइ राखिएको सुन फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। बरामद गरिएको सुन भन्सार कार्यालयमा बुझाइएको छ भने घटनासँग सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएकाे छ। 



 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. यही हो हाम्रो रसुवा - All Rights Reserved
Template Created by Creating Website Inspired by Sportapolis Shape5.com
Proudly powered by Blogger