Find us on Facebook

Responsive Advertisement
यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

Pages

रसुवा पूर्ण खोप तथा दिगोपना जिल्ला घोषाण

Tuesday, July 15, 2025



कालिकास्थान ,रसुवा 

जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । कालिकास्थानमा आयोजित एक कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो ।


रसुवाका पाँच वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा , नौकुण्ड गापा अध्यक्ष नुर्बु साङ्बो घले, उत्तरगया गाउँपलिकाको उपाध्याक्ष चमेली गुरुङ पत्रकार, नागरिक समाजका अध्यक्षलगायतको उपस्थितीमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले रसुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरी जिल्ला स्थित जनस्वास्थ्य कार्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरे । 

समारोहमा जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यले जिल्लाको समर्पण, खोप पहुँचको विस्तार, सेवा सुधार, तथा स्थानीय सरोकारवालाको भूमिकालाई उजागर गर्दै यस सफलतालाई दिगो स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे । 

कार्यक्रममा जिल्लाका पाँचवटै गाउँपालिका तथा खोप सुनिश्चित घोषणामा योगदान पुर्‍याउने संघसंस्थाहरूलाई सम्मान गरिनुका साथै उत्कृष्ट खोपकर्तहरूलाई पनि प्रशंसा गरिएको थियो। 

जिल्ला समन्वय समिति रसुवाका प्रमुख घिमिरेले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

जिल्लाका १६ देखि २३ महिनासम्म उमेर समूहका १२६७ बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप १५ महिनाको उमेरभित्र लगाएको प्रमाणित भएपछि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेको हो । यसअघि जिल्लाका सबै ५ वटा स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा भएको जनस्वास्थ्य कार्यालय प्रमुख झम प्रसाद आचार्यले बताए । 


कार्यालयका अनुसार खोप सुनिश्चितता गर्न स्थानीय स्वास्थ्य स्वयंसेविकाका र स्वास्थ्यकर्मीले घरदैलो गरेका थिए । कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता तथा जनस्वास्थ्यकर्मीलाई सम्मानसमेत गरियो । सो अवसरमा पूर्णखोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो । 











प्रधानमन्त्री ओली समेतकाे टाेली बाढी प्रभावित क्षेत्रको अवलोकनमा

Thursday, July 10, 2025


रसुवा, प्रधानमन्त्री केपी शर्मा ओली समेतकाे सरकारी टाेलीले रसुवा स्थित लेन्देखाेलामा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन् ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालवाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । 

साे विपद्बाट बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् ।  सरकारकाे तर्फबाट प्रधानमन्त्री ओली समेतकाे मन्त्री मण्डककाे टाली नै बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगेकाेले सरकारले उद्दार तथा पुनस्थापनामा तदारूकता देखाउने पीडितहरूले बताएका छन् ।

तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ , डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका छन् । बाढीले ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र र २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र प्रभावित भएको छ । बाढीले ल्हेन्दे खोलाको मितेरी पुल बगउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए ।

बाढीकाे प्रभाब : जलविद्युत् आयोजनामा क्षति


रसुवा, नेपाल चीन सिमानामा लेन्दे खोलाको बाढीले धेरै जलविद्त आयोजनामा क्षति भएको छ । 


सिमानामा १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको बाँधका छ वटा मध्ये तीन वटा गेट बाढीले बगाएको छ । यस बाहेक बाँध क्षेत्र बाढीले ल्याएको लेदो , ढुङ्गाले भरिएर क्षति पुगेकाे छ ।

त्यस्तै ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को एउटा गेट पनि बाढीले बगाएको छ । यसको पनि उत्पादन बन्द भएको छ । नुवाकोटको पहरेबेँसीमा रहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पनि बाढीको कटानका कारण ठूलो क्षति भएको छ । 

सबस्टेसनको एउटा टावर बगेको छ भने १३२ केभी संरचना क्षेत्रमा बाढी पसेका कारण ठूलो कटान भइरहेको छ । १३२ केभी प्रसारण लाइन बन्द हुँदा १४ मेगावाटको मैलुङ खोला र पाँच मेगावाटको बुद्धभूमि विद्युत् उत्पादन पनि बन्द गरिएको छ । सवैभन्दा धेरै रसुवागढी आयोजनामा क्षति भएकाे जनाइएकाे छ । 


२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिर्दा त्यहाँको पनि विद्युत् उत्पादन बन्द हुन पुगेको छ । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पनि लेदो तथा गेग्रान थुप्रिएकाले उत्पादन अवरुद्ध भएको छ । 

बाढी प्रभावित क्षेत्रमा सञ्चार र विद्युत सेवा सुचारू


रसुवा संचार तथा विद्युत विच्छेद भएकाे बाढी प्रभावित क्षेत्रमा  सञ्चार र विद्युत सेवा सुचारू भएकाे छ । 

बाढीका कारण अवरुद्ध भएको सञ्चार र विद्युत सेवा असार २६ गते बिहान ११ बजेबाट पुनः सुचारु भएको हो। त्यस्तै, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड मर्मतका लागि सडक विभाग, विभिन्न जलविद्युत आयोजनाहरू र स्थानीय तहबीच समन्वय गरी हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक पुनःनिर्माणको कार्य तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकाे छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले "व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सशासन" नारासहित उद्धार र पुनःस्थापना कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

लेन्देखाेलामा आएकाे बाढीले २० जना बेपत्ता

Wednesday, July 9, 2025


रसुवा, मंगलबार रसुवा स्थित नेपाल चीन सिमानाकाे लेन्देखाेलामा आएको बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले दिएको जानकारी अनुसार थप दुई जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुना ठाकुर र लोकेन्द्र बोहोरा रहेका छन् । 

यसैगरी बर्दियाका जिपन चौधरी, सन्तोष दइद,बुद्धिराम राम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, चालक गोविन्द मोक्तान, चालक लोकमान तामाङ, गोरखाको पालुङ्टार नगरपालिका-६ का डिलबहादुर तामाङ, गोरखाको पालुङ्टार नगरपालिका ६ का धनबहादुर तामाङ रहेका छन्। 

यसैगरी चिनियाँ नागरिक यू युए, लि ख्वाछिङ, याङ छ्वान, हाई हाङ, यौ स्याओ छ्यौ र चौ युङ बेपत्ता छन्। हालसम्म ५५ जनाको उद्धार गरिएको छ। 

रसुवागढीकाे बाढी : एक सय पचास जनाकाे उद्दार ५ जनाकाे लास प्राप्त



रसुवा, मंगलबार विहान चीनकाे लेन्दे खाेलामा बाढीमा बेपत्ता ५ जनाकाे लास भेटिएकाे र १ सय ५० जनाकाे हवाइ उद्दार गरिएकाे छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेलका स्वदेशी तथा विदेशी गरी १ सय ५० जनाकाे उद्दार गरिएकाे छ । भेटिएका लास एकीन भने हुन सकेकाे छैन ।

बाढीले मतेरी पुल भन्सार याड लगायत कन्टेनर विधुतिय गाडी स्याफ्रुवेसी रसुवागढी सडक खण्ड तहसनहस भएकाे विषयमा विधुत, टेलिफोनसेवा बन्द भएकाे छ ।

याडबाट धेरै गाडीहरू बगाएकाे छ भने स्याफ्रुवेसी रसुवागढी सडक अवरूद्द भएकाे छ । टिमुरे क्षेत्रमा केही दिनमा खाद्यान्न अभाव हुन सक्ने देखिएकाे छ ।



जलवायु उत्थानशीलताका लागि रसुवालीले गरे साझा प्रतिवद्दता

Tuesday, July 8, 2025

असार २२, धुन्चे । जलवायु उत्थानशीलता र प्रकृतिमैत्री विकासका  लागि रसुवालीले साझा प्रतिवद्दता गरेका छन् । धुन्चेमा सञ्चालित जलवायु उत्थानशीलताका लागि क्षमता अभिबृद्दि कार्यशाला गोष्ठीमा सहभागीहरूले उक्त प्रतिवद्दता गरेका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, समुदायमा आधारित वन सहजकर्ता सञ्जाल (कफ्सन)  नेपाल, ग्रीन क्लाईमेट फण्ड, आइसीयुएनको साझा प्रयासमा सञ्चालित गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत पहिलो चरणमा प्रभावितहरूलाई अभिमुखीकरण गरिएको कफ्सन नेपालका केन्द्रीय अध्यक्ष विना श्रेष्ठले जानकारी  दिए । 



असार २० देखि २२ सम्म कफ्सन नेपालका संस्थापक अध्यक्ष भोला खतिवडा, वर्तमान केन्द्रीय कोषाध्यक्ष सुदिल गोपाल गुरूवाचार्य, डिभिजन वन कार्यलय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङले अभिमुखीकरण गरेका थिए । 


अभिमुखीकरणमा जलवायु परिवर्तनको अवधारणा, प्रभाव न्यूनीकरण तथा उत्थानशीलता र प्रकृतिमैत्री विकासका लागि गर्नुपर्ने कदमका विषयमा छलफल गरिएको छ । वन संवर्दन प्रणाली, जलवायुमैत्री कृषिवन प्रणाली, चरिचरन, सिमसार, वन सम्पदा संरक्षण, जलवायु परिवर्तनका कारण मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण तथा फोहोरमैला व्यवस्थापन, अजैविक फोहोर न्यून उत्पादन वा पुनर्प्रयोग सम्बन्धि अवधारणालाई साझा रूपमा कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल गरिएको बताइएको छ ।


अभिमुखीकरणमा सहभागी तथा साझा प्रतिवद्दता व्यक्त गर्नेहरूमा कफ्सन नेपाल रसुवा शाखाका पदाधिकारीहरू, गैससका प्रतिनिधिहरू, स्थानीय निकायका जनप्रतिनिधिहरू, जिल्लास्थित डिभिजन वन कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारीहरू, फेकाेफाेन, सामुदायिक वन सहजकर्ताहरू, कृषक, उद्यमीहरू रहेका थिए ।  



प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारी टोलीले स्थलगत अवलोकन गरे


रसुवा, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सरकारी टोलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

जिल्ला स्थित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले पनि अवलाेकन गरेकाे गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । 



प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन

Monday, July 7, 2025


रसुवा,  उत्तरगया गाउँपालिकामा प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । 

“प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन कार्यविधि, २०८०” अनुरूप उत्तरगया गाउँपालिकामा स्थानीय स्वयंसेवक ब्यूरो गठन तथा अभिमुखीकरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हाे । 

उत्तरगया गाउँपालिकाको हलमा आयोजित सो कार्यक्रम गाउँपालिकाको आयोजनामा तथा Community Self-Reliance Centre (CSRC) को प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो। कार्यक्रमको संयोजन गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले गरेका थिए । 

कार्यक्रममा जम्मा ५० जनाको सहभागिता रहेको थियो, जसअन्तर्गत २३ सदस्यीय स्थानीय स्वयंसेवक ब्यूरो समिति गठन गरिएको छ।

ब्युराे माधव प्रसाद अर्यालकाे  संयोजकत्वमा २३ सदस्य रहेकाे समितिमा  गठन भएकाे हाे । सवै वडामा वडा अध्यक्षहरूकाे संयोजकत्वमा वडा समिति पनि गठन भएकाे छ । यी समितिहरूले विपद्को समयमा समस्या पहिचान, समन्वय, उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। विशेषतः बर्षातयाममा सम्भावित जोखिमहरूको पूर्वतयारीका लागि समितिहरू गठन गरिएको हो।

कार्यक्रमको अभिमुखीकरण सत्रमा  विपद्  जोखिम ब्यबस्थापन अधिकृत  विजया तिवारीले सहजीकरण गर्नुभएको थियो। विपदको क्षेत्रमा उत्तरगया गाउँपलिकामा , सामुदायिक आत्मनिर्भर सेवा केन्द्र संस्थाले निरन्तर प्राविधिक र सहायक भूमिका प्रदान गरेकाे छ । 

वडा समितिहरूकाे बिबरण

  • वडा नं. १
    • अध्यक्ष: मर्सिङ तामाङ
    • सहभागी: ३२ जना
    • गठन: १६ महिला, ६ पुरुष — जम्मा २२ सदस्य
  • वडा नं. २
    • अध्यक्ष: टुकु प्रसाद सुबेदी
    • सहभागी: २९ जना
    • गठन: १० महिला, २० पुरुष — जम्मा ३० सदस्य
  • वडा नं. ३
    • अध्यक्ष: लालबहादुर तामाङ लामा
    • गठन: १९ सदस्यीय समिति
  • वडा नं. ४
    • अध्यक्ष: अमर बहादुर बुलुना
    • सहभागी: ३० जना
    • गठन: ४ महिला, १२ पुरुष — जम्मा १६ सदस्य
  • वडा नं. ५
    • अध्यक्ष: यमनाथ आचार्य
    • सहभागी: ३० जना
    • गठन: ३ महिला, १३ पुरुष — जम्मा १६ सदस्य



२२ औ राष्ट्रिय धान दिवस : रसुवाकाे रोपाइँ (शब्द तस्वीर )

Sunday, June 29, 2025

 रसुवा , कालिका गाउँपालिका -५ जिवजिवेमा भएकाे २२ औ राष्ट्रिय धान दिवस अवसरमा सामुहिक राेपाइँ सम्पन्न भयाे । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्य, जिल्ला समन्वय समिति प्रमुख अशाेक कुमार घिमिरे, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटालगायत जनप्रतिनिधिहरू, सरकारी र्कमचारी, विदेशी पर्यटक,  किसान, समाजसेवीहरू तथा सामाजिक संस्थाहरूकाे सहभागिता रहेकाे थियाे । 

 मेलाका तस्वीरहरू ः 













 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. यही हो हाम्रो रसुवा - All Rights Reserved
Template Created by Creating Website Inspired by Sportapolis Shape5.com
Proudly powered by Blogger