ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Uttargaya News. Show all posts
Showing posts with label Uttargaya News. Show all posts

Monday, January 26, 2026

एउटै गाउँपालिकाबाट ६ जना उम्मेदवार



रसुवा,  आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लाभर १२ जना उम्मेदवारमध्ये ६ जना उत्तरगया गाउँपालिकाबाट रहेका छन्। 

उत्तरगया गाउँपालिकाबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वसन्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का हरिप्रसाद घिमिरे, मंगोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, कम्युनिस्ट पार्टी ९माओवादी०का होमप्रसाद आचार्य रहेका छन्।  

नौकुण्ड गाउँपालिकाबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका दाबासाङ्बो तामाङ, स्वतन्त्र सागर लामा र दावामिङमर तामाङ छन् भने आमाछोदिङमो गाउँपालिकाबाट मानबहादुर तामाङ उज्यालो नेपालका उम्मेदवार हुन्। 

कालिका गाउँपालिकाबाट नेकपा एमालेका केन्द्रीय सदस्य प्रेमबहादुर तामाङ  र स्वतन्त्र उम्मेदवार चित्रकुमारी देवकोटाले उम्मेदवार छन्। उम्मेदवारहरू पार्टीका कार्यकर्ता तथा समर्थकसहित नारा जुलुससहित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका थिए।



Thursday, January 15, 2026

बेत्रावतीमा उपहार चिठ्ठाको नतिजा सार्वजनिक

रसुवा,  गोसाइँकुण्ड युवा क्लब बेत्रावतीकाे सहयाेगार्थ उपहार चिठ्ठाको नतिजा सार्वजनिक भएकाे छ । ११ जनालाइ बिजेता घाेषणा गरी १ सात भित्र पुरस्कार लिन सूचना गरिएकाे छ ।



गोसाइँकुण्ड युवा क्लब बेत्रावतीले जारी गरेकाे सूचना :

१) प्रथम पुरस्कार : स्कुटर चिट्ठा नं-१८२८
सत्य पौडेल कालिकास्थान ,रसुवा !

२) दोश्रो पुरस्कार : वासिङ मेसिन चिठ्ठा नं-२७०४
दिपेश रिजाल !

३) तेस्रो पुरस्कार : हाते ट्याक्टर चिठ्ठा नं-१३७१
राजकुमार आचार्य बिदुर-८ माझिगाउ, नुवाकोट !

४) चौथो पुरस्कार :स्मार्ट टिभि : चिठ्ठा नं-१६४०
लाक्पा वाङ्मो थिङ- कालिका -२ रसुवा !

५) पाँचौ पुरस्कार -फ्रीज : चिट्ठा नं-१५३८
जोन श्रेष्ठ ,उतरगया-५ बेत्रावती,रसुवा !
हाल- अष्ट्रेलिया

६) छैठो पुरस्कार -भ्याकुम क्लिनर चिट्ठा नं-२०५५
सन्तोष लम्साल ,उतरगया-५ बोगटीटार,रसुवा !

७) सान्त्वना : मिक्स्चर-०८४६
सुप्रीया गजुरेल,बटार नुवाकोट !

८) सान्त्वना :मिक्स्चर-१६८५
ज्ञानु देबकोटा,कालिका-५ रसुवा !

९) सान्त्वना - राइस कुकर-१६३३
सिता आचार्य -कालिका -३ रसुवा !

१०) सान्त्वना : राइस कुकर-१९७२
लमोमाया तामाङ ,उतरग्या -२ डाडागाउं,रसुवा !

११) सान्त्वना :हटपर्ट-११८९
अर्पन अर्याल , काठमाडौ !

१२) सान्त्वना : हटपर्ट- ११४५
सुमित्रा डङोल, बेत्रावतीबजार

जम्मा चिठ्ठाको टिकट बिक्रि संख्या :-२७०६
पुरस्कार बिजेता सम्पुर्णमा हार्दिक बधाई !
पुरस्कार लिन आजको मितिबाट १ हप्ताभित्र चिट्ठा रसिदको अधिकट्टी लिएर आउनुहोस् ।



Wednesday, January 14, 2026

अचार उत्पादन सम्बन्धी ७ दिने सीप मूलक तालिममा महिला


रसुवा,  उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा अचार उत्पादन सम्बन्धी ७ दिने सीप मूलक तालिम सम्पन्न भएको छ। 

उत्तरगया गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा मंसिर ४ गतेदेखि १० गतेसम्म सञ्चालन गरिएको तालिममा विभिन्न प्रकारका अचार उत्पादन गर्ने सीप सिकाइएको थियो।

प्रशिक्षक सिर्जना चापागाईं प्याकुरेलका अनुसार तालिममा टिमुर, अकबरे खुर्सानी, लप्सी, अमला, स्कुस, कागती, मसौरा, चिकेन, मुलालगायतका रैथाने सामग्रीबाट अचार बनाउने तरिका सिकाइयो।  डाँडागाउँका १४ जना महिलाहरू तालिममा सहभागी भएका थिए।

‘सधैं भान्सामा मात्र सीमित नभई आयआर्जनको बाटो पनि पहिल्याउनुपर्छ भन्ने उद्देश्य राखिएको थियो। तालिमले हामीलाई आत्मविश्वास बढाएको छ,’ प्रशिक्षणार्थी जानुका सापकोटा घिमिरेले भनिन्। यस्तै अर्की सहभागी अनिता गुरुङले ‘अचार उत्पादनको तालिम लिएपछि यसलाई निरन्तरता दिनेछौं’ बताइन्।

उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले गाउँपालिकाले यस्ता खाले सीपमूलक तालिमहरू नियमित रूपमा आयोजना गर्दै आएको  बताए । उनले भने, ‘सफलतापूर्वक सहभागी भई सीप प्राप्त गर्नेहरू बढिरहेका छन्, तालिम कहिले हुने भनेर सोध्नेहरूको संख्या पनि बढ्दो छ,’।


Saturday, January 10, 2026

पृथ्वी जयन्तीकाे अवसरमा रसुवामा ५० जनाले गरे रक्तदान


रसुवा, पृथ्वी जयन्तीको अवसरमा उत्तरगया गाउँपालिकाद्वारा बेत्रावतीमा आयोजना भएकाे  खुला रक्तदान कार्यक्रममा ७ महिला सहित ५० जनाले रक्तदान गरेका छन् । 


नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याज सह आयोज रहेको कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन् । 


पहिलाे रक्तदाता गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललाइ नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेलले ब्लड ब्याग हस्तान्तरण गरी सुरू भएकाे कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ दाहाललगायत जनप्रतिनिधि तथा कर्मचारी र स्थानीयले रक्तदानमा भाग लिएका थिए । 



Saturday, December 20, 2025

कालिका बहुउद्देश्यीय सहकारीको ३१ लाख नाफामा

रसुवा, जिल्लाको उत्तरगया गाउँपालिका–५ बनुवाछापमा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०८१र०८२ मा ३१ लाख २७ हजार २ सय ३० रुपैयाँ खुद नाफा कमाएकाे छ । शनिबार सम्पन्न संस्थाको ३१ औँ वार्षिक साधारणसभामा संस्थाले आर्थिक वर्ष २०८१र०८२ मा १ करोड ६९ लाख ३३ हजार ८ सय ८ रुपैयाँ आम्दानी गरेको सहकारीका व्यवस्थापक गोविन्द घिमिरेले बताए । कुल आम्दानीबाट खर्च कटौती गर्दा ३१ लाख २७ हजार २ सय ३० रुपैयाँ खुद नाफा आर्जन कायम भएको हो । सहकारीका सचिव टंकप्रसाद पौडेलका अनुसार खुद नाफामध्ये १७ लाख २२ हजार रुपैयाँ शेयर सदस्यहरूलाई लाभांशका रूपमा वितरण गरिएको छ । हाल संस्थामा २ हजार १ सय ९७ जना शेयर सदस्य आबद्ध छन् । सभाले शेयर सदस्यहरूलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ ।
सहकारी संस्थाको वार्षिक कारोबार ११ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ । कुल बचत रकम ६ करोड ५९ लाख ७० हजार रुपैयाँ र शेयर पूँजी १ करोड ३१ लाख २९ हजार ३ सय रुपैयाँ पुगेको छ । जिल्लामा सहकारी संस्थाहरू बन्द हुने क्रम बढिरहेका बेला कालिका बहुउद्देश्यीय सहकारी भने निरन्तर नाफामा रहँदै आएको छ । २०५३ सालमा आलुवाली समूहका रूपमा सुरु भएको यो संस्था ग्रामीण क्षेत्रमा छरिएर रहेको पूँजीलाई एकीकृत गर्दै कारोबार विस्तार गरेपछि बहुउद्देश्यीय सहकारीका रूपमा रूपान्तरण भएको हो। ससभामा संस्थाका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आर्थिक वर्ष २०८२र०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कोषाध्यक्ष यमनाथ आचार्यले आर्थिक प्रतिवेदन र लेखा संयोजक लक्ष्मण घिमिरेले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले सहकारीले जनजीविकामा सहजता ल्याएकाे र राम्रो आम्दानी गर्दै शेयर सदस्यलाई लाभांश वितरण गर्न सफल भएकोमा प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगति गर्न शुभकामना दिएका थिए । साधारणसभामा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याएका शेयर सदस्यहरूलाई सम्मान समेत गरिएको थियो।

Friday, December 19, 2025

उत्तरगयाधाममा ६ हजार भक्तजनलाइ नि:शुल्क भाेजन



रसुवा , पञ्चधाम सेवा केन्द्र नेपालले ६ हजार श्राद्ध गर्न आउने भक्तजनहरुलाइ यस वर्ष निःशुल्क भोजन गराएको जनाएको छ । 

त्रिशूली र फलाखु खोलाको संगमस्थल उत्तरगयाधाममा पुसे औँसीका दिन प्रत्येक वर्ष हजारौँ श्रद्धालुहरूले दिवंगत आफ्ना पितृको नाममा श्राद्ध, दान तथा तर्पण गर्ने परम्परा छ ।

पितृ उद्दारका लागि उत्तरगया गाउँपालिका, बिदुर नगरपालिकालगायतकाे सहयाेगमा केन्द्रले गतर्ष पनि नि:शुल्क भाेजन गराए पञ्चधाम सेवा केन्द्र नेपालका सचिव झंकनाथ न्याैपानेले जानकारी दिए। 

श्रद्धालु भक्तजनहरूका लागि निःशुल्क भोजन गराउनने व्यवस्था पञ्चधाम सेवा केन्द्र नेपाल काठमाडौं, उत्तरगया गाउँपालिका, विदुर नगरपालिका तथा विदुर नगरपालिकाका वडा नम्बर १ र ७ ले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं स्वयम्भू, लायन्स क्लब अफ काठमाडौं ब्लड सोसियल सर्कल नर्थ, लायन्स क्लब अफ काठमाडौं शुभकामना, उत्तरगया क्षेत्र विकास कोष तथा नेपाल स्काउट रसुवाले सहयोग गरेका थिए ।
र यो पनि हेर्नुहोस्

🔥 तपाईले छुटाउनै नहुने - बेत्रगंगाको बारेमा नालीबेली 🔥

Highlight Post

बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम

बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्‍वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । पुरा नालीबेली ...




यस वर्ष पनि टाढा–टाढाबाट आएका भक्तजनहरूले नदी किनारमा बाबु–आमा तथा आफन्तको स्मरणमा श्राद्ध गरिरहेका छन् । पितृ श्राद्ध गर्ने श्रद्धालुहरूको संख्या वर्षेनी बढ्दै गएको छ ।













उत्तरगयाधाममा १० हजारले श्राद्द गरे


बेत्रावती (रसुवा),  पौष ४ गते । पवित्र तीर्थस्थल त्रिशूली, रूद्रगंगा र बेत्रगंगाको संगमस्थल उत्तरगया धाममा श्राद्ध १० हजारभन्दा बढी श्रद्दालुले श्राद्द र तर्पण गरेका छन् । धार्मिक एवंम ऐतिहासिक क्षेत्र उत्तरगया धाममा पौषे औसीको दिन हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूले मृतक आफन्तको संझना गर्दै श्रद्धा गरेका हुन् । 

बिहान सबेरैदेखि पुसको चिसोमा नदिको चिसो पानीमा नुहाएर पितृहरूको नाममा श्राद्ध गर्नेहरूको ठूलै भीड् लाग्यो । हिन्दुधर्मावलम्बीहरूले आफ्ना परम्परा धान्न उत्तरगयामा आई श्राद्ध गरी मोक्ष प्राप्ति गरेको बताए । 

नुवाकोट र रसुवाको सिमानामा रहेको बेत्रावतीको उत्तरगयामा १० हजार भन्दा बढि भक्तजनहरूले श्राद्ध गरी आफ्ना आफन्त जनको लागि पिण्ड दान गरेका छन् । उत्तरगयामा श्राद्ध गर्नेहरुको निकै ठूलो भीड् लागेको थियो । 

र यो पनि हेर्नुहोस्

उत्तरगया क्षेत्रमा आएर वर्षेनी हजारौ भक्तजनहरूले परलोक भएका आफ्ना आफन्त तथा बाबु आमाको नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्दछन । तप्तनदी अर्थात उत्तरगया क्षेत्रमा आई श्राद्ध गरेमा २० पुस्ता अघिका पितृहरू मोक्ष्य प्राप्ति भई स्वर्ग जाने जन विश्वास रहिआएकाले पनि यहाँ टाढा टाढाबाट भक्तजनहरू आई श्राद्ध गरेका छन् । उत्तरगयामा क्षेत्रमा टाढा टाढादेखि श्राद्ध गर्न आएका भक्तजनहरूको ठूलो भिड् लागेको थियो ।

उत्तरगया क्षेत्रको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन पितृहरूलाई पिण्ड दिएर श्राद्ध गर्नाले सबै पितृहरू मोक्ष हुन्छन् भन्ने विश्वासका साथ मानिसहरूको यहाँ श्राद्ध गर्ने भीड् लागेको हो । भारत वर्षका चार गया मध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक मात्र गया उत्तरगया हो । धार्मिक क्षेत्रकै नामले यस क्षेत्रमा गाँ पालिकाको नाम पनि उत्तरगया नै रहन गयो । बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एक मानिने कालिका गाउँपालिका निवासी खेमराज देवकोटा बताउछन्  ।  

🔥 तपाईले छुटाउनै नहुने - बेत्रगंगाको बारेमा नालीबेली 🔥

Highlight Post

बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम

बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्‍वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । पुरा नालीबेली ...



पञ्चधाम सेवा केन्द्र नेपालले  श्राद्ध गर्न आउने ६ हजार बढि भक्तजनहरूलाइ निःशुल्क भोजन गराएको जनाएको छ । श्रद्धालुहरूका लागि निःशुल्क भोजन गराउनने व्यवस्था पञ्चधाम सेवा केन्द्र नेपाल काठमाडौं, उत्तरगया गाउँपालिका, विदुर नगरपालिका तथा विदुर नगरपालिकाका वडा नम्बर १ र ७ ले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं स्वयम्भू, लायन्स क्लब अफ काठमाडौं ब्लड सोसियल सर्कल नर्थ, लायन्स क्लब अफ काठमाडौं शुभकामना, उत्तरगया क्षेत्र विकास कोष तथा नेपाल स्काउट रसुवाले सहयोग गरेका थिए ।

भारत गया, बद्री केदारनाथ,लगायतका धार्मिक स्थालमा पुग्नु अघि नै उत्तरगयामा श्राद्ध गर्नु पर्ने प्रचलन छ । स्कन्ध पुराणको हिमवत् खण्डमा उल्लेख भए अनुसार उत्तरगया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकोले उक्त पवित्र पानी भएका फलाखु र त्रिशूली नदी बगेको ठाउलाई बेत्रागंगा भनेर मानिएको छ ।  

हालको बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर यहां पितृको नाममा हिन्दू धर्मालम्वीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमाग्रीहरूले मृत्यु भएका आफ्ना आफन्तका नाममा लामाहरूले पनि मन्त्र पढ्ने र बत्ति बाल्ने गर्छन् । पुस्तौदेखिका पितृहरुको संझनामा पिण्डदान गरिन्छ । धार्मिक किवदन्ती अनुसार सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान महादेवले कालकुट नामक विष पिएर विषको डाहा मार्न यही ठाउमा लौरोले खोस्री तप्त नदी उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाँइकुण्ड गएको विश्वास गरिन्छ ।


आफ्ना आफन्त जनको नाममा यहाँ आएर श्राद्ध गर्दा पितृ मोक्ष हुने र पहिलेदेखी नै चलिआएको परम्परालाई धान्नको लागि र आफ्नो धर्म संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मान्यताले गर्दा उत्तरगयामा श्राद्ध गर्न आएको भक्तजनहरू बताउछन् । 


ईतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाईन्छ । यहाँ वालाचर्तुदशी, पौषे औषी, रामनवमी, हरिवोधनी एकादशी, दशहरा, ऋषितर्पणी, कुशे औशी आदी पर्वमा भक्तजनहरूको भव्य मेला लाग्दछ । टाढा टाढाबाट भक्तजनहरू आएर पुजा अर्चना गर्छन् ।  नेपाल –तिव्वत बीच लडाई हुँदा वि सं १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको स्थल पनि यही क्षेत्र भएकोले यस क्षेत्रको महत्व अझ बढेको छ । 

यसवर्ष लेन्देखोलादेखि आएको बाढीले बिगारेको संरचना सम्याउने पार्ने काम गरेर यहाँ आउने हजारौं भक्तजनहरुलाइ सहज रुपमा श्राद्ध गर्ने ठाउँ तयार गरेको स्थानीय दिलकृष्ण श्रेष्ठले बताए । 

यो क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा  उत्तरगया पवित्र धार्मिक क्षेत्रमा पितृ मोक्षको कामना गर्दै तिथी छुटेकाहरूले पनि श्राद्ध तथा पुजा आजा गर्न हजारौं तीर्थ यात्रीहरू आउने गरेको यसको पहिचान मर्न नदिन युवा पुस्ताले योगदान गर्नु पर्ने धारण स्थानीय बुद्धिजिवी गणेश श्रेष्ठले वताउछन् । 

श्राद्ध गर्न टाढा टाढा भक्तजनहरु आएपनि यहाँ पुरोहीतहरुको अभावमा धेरैजसोले सामूहिक रुपमा एउटै स्थलमा बसेर समेत श्राद्ध गरी पिण्डदान गरेका  छन् । 




Tuesday, December 9, 2025

जन्मदिनमा विद्यालयलाई एक थान कम्प्युटर प्रदान



रसुवा, उत्तरगया गाउँपालिका– ५ बोगटीटारका एक समाजसेवीले गाउँको विद्यालयलाई कम्प्युटर प्रदान गरेका छन्।

स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा उत्तरगया गाउँपालिका–५ लहरेमा रहेको शिवालय आधारभूत विद्यालयलाई एक थान कम्प्युटर उपलब्ध गराएका हुन् ।

गत वर्ष विद्यालयलाई स्टेशनरी सामग्री सहयोग गरेका श्रेष्ठले यस वर्ष शैक्षिक क्रियाकलापमा टेवा पुग्ने उद्देश्यसहित कम्प्युटर उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक भरत पौडेलले बताए । कम्प्युटर प्राप्तसँगै प्रविधिमूलक शिक्षामा थप सहजता आउने र विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा विद्यालयले राखेको छ ।

श्रेष्ठले आफूहरुले खाजा खाने खर्च कटाएर जम्मा गरेको पैसाले कम्प्युटरका सामग्री विद्यालयलाई प्रदान गरेको बताउनुभयो ।