रसुवा, गोसाइँकुण्ड युवा क्लब बेत्रावतीकाे सहयाेगार्थ उपहार चिठ्ठाको नतिजा सार्वजनिक भएकाे छ । ११ जनालाइ बिजेता घाेषणा गरी १ सात भित्र पुरस्कार लिन सूचना गरिएकाे छ ।
Thursday, January 15, 2026
बेत्रावतीमा उपहार चिठ्ठाको नतिजा सार्वजनिक
Wednesday, January 14, 2026
अचार उत्पादन सम्बन्धी ७ दिने सीप मूलक तालिममा महिला
रसुवा, उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा अचार उत्पादन सम्बन्धी ७ दिने सीप मूलक तालिम सम्पन्न भएको छ।
उत्तरगया गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा मंसिर ४ गतेदेखि १० गतेसम्म सञ्चालन गरिएको तालिममा विभिन्न प्रकारका अचार उत्पादन गर्ने सीप सिकाइएको थियो।
प्रशिक्षक सिर्जना चापागाईं प्याकुरेलका अनुसार तालिममा टिमुर, अकबरे खुर्सानी, लप्सी, अमला, स्कुस, कागती, मसौरा, चिकेन, मुलालगायतका रैथाने सामग्रीबाट अचार बनाउने तरिका सिकाइयो। डाँडागाउँका १४ जना महिलाहरू तालिममा सहभागी भएका थिए।
‘सधैं भान्सामा मात्र सीमित नभई आयआर्जनको बाटो पनि पहिल्याउनुपर्छ भन्ने उद्देश्य राखिएको थियो। तालिमले हामीलाई आत्मविश्वास बढाएको छ,’ प्रशिक्षणार्थी जानुका सापकोटा घिमिरेले भनिन्। यस्तै अर्की सहभागी अनिता गुरुङले ‘अचार उत्पादनको तालिम लिएपछि यसलाई निरन्तरता दिनेछौं’ बताइन्।
उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले गाउँपालिकाले यस्ता खाले सीपमूलक तालिमहरू नियमित रूपमा आयोजना गर्दै आएको बताए । उनले भने, ‘सफलतापूर्वक सहभागी भई सीप प्राप्त गर्नेहरू बढिरहेका छन्, तालिम कहिले हुने भनेर सोध्नेहरूको संख्या पनि बढ्दो छ,’।
Saturday, January 10, 2026
पृथ्वी जयन्तीकाे अवसरमा रसुवामा ५० जनाले गरे रक्तदान
रसुवा, पृथ्वी जयन्तीको अवसरमा उत्तरगया गाउँपालिकाद्वारा बेत्रावतीमा आयोजना भएकाे खुला रक्तदान कार्यक्रममा ७ महिला सहित ५० जनाले रक्तदान गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याज सह आयोज रहेको कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन् ।
पहिलाे रक्तदाता गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललाइ नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेलले ब्लड ब्याग हस्तान्तरण गरी सुरू भएकाे कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ दाहाललगायत जनप्रतिनिधि तथा कर्मचारी र स्थानीयले रक्तदानमा भाग लिएका थिए ।
Saturday, December 20, 2025
कालिका बहुउद्देश्यीय सहकारीको ३१ लाख नाफामा
Friday, December 19, 2025
उत्तरगयाधाममा ६ हजार भक्तजनलाइ नि:शुल्क भाेजन
🔥 तपाईले छुटाउनै नहुने - बेत्रगंगाको बारेमा नालीबेली 🔥
बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम
बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । पुरा नालीबेली ...
उत्तरगयाधाममा १० हजारले श्राद्द गरे
बेत्रावती (रसुवा), पौष ४ गते । पवित्र तीर्थस्थल त्रिशूली, रूद्रगंगा र बेत्रगंगाको संगमस्थल उत्तरगया धाममा श्राद्ध १० हजारभन्दा बढी श्रद्दालुले श्राद्द र तर्पण गरेका छन् । धार्मिक एवंम ऐतिहासिक क्षेत्र उत्तरगया धाममा पौषे औसीको दिन हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूले मृतक आफन्तको संझना गर्दै श्रद्धा गरेका हुन् ।
बिहान सबेरैदेखि पुसको चिसोमा नदिको चिसो पानीमा नुहाएर पितृहरूको नाममा श्राद्ध गर्नेहरूको ठूलै भीड् लाग्यो । हिन्दुधर्मावलम्बीहरूले आफ्ना परम्परा धान्न उत्तरगयामा आई श्राद्ध गरी मोक्ष प्राप्ति गरेको बताए ।
नुवाकोट र रसुवाको सिमानामा रहेको बेत्रावतीको उत्तरगयामा १० हजार भन्दा बढि भक्तजनहरूले श्राद्ध गरी आफ्ना आफन्त जनको लागि पिण्ड दान गरेका छन् । उत्तरगयामा श्राद्ध गर्नेहरुको निकै ठूलो भीड् लागेको थियो ।
उत्तरगया क्षेत्रमा आएर वर्षेनी हजारौ भक्तजनहरूले परलोक भएका आफ्ना आफन्त तथा बाबु आमाको नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्दछन । तप्तनदी अर्थात उत्तरगया क्षेत्रमा आई श्राद्ध गरेमा २० पुस्ता अघिका पितृहरू मोक्ष्य प्राप्ति भई स्वर्ग जाने जन विश्वास रहिआएकाले पनि यहाँ टाढा टाढाबाट भक्तजनहरू आई श्राद्ध गरेका छन् । उत्तरगयामा क्षेत्रमा टाढा टाढादेखि श्राद्ध गर्न आएका भक्तजनहरूको ठूलो भिड् लागेको थियो ।
उत्तरगया क्षेत्रको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन पितृहरूलाई पिण्ड दिएर श्राद्ध गर्नाले सबै पितृहरू मोक्ष हुन्छन् भन्ने विश्वासका साथ मानिसहरूको यहाँ श्राद्ध गर्ने भीड् लागेको हो । भारत वर्षका चार गया मध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक मात्र गया उत्तरगया हो । धार्मिक क्षेत्रकै नामले यस क्षेत्रमा गाँ पालिकाको नाम पनि उत्तरगया नै रहन गयो । बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एक मानिने कालिका गाउँपालिका निवासी खेमराज देवकोटा बताउछन् ।
🔥 तपाईले छुटाउनै नहुने - बेत्रगंगाको बारेमा नालीबेली 🔥
बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम
बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । पुरा नालीबेली ...

पञ्चधाम सेवा केन्द्र नेपालले श्राद्ध गर्न आउने ६ हजार बढि भक्तजनहरूलाइ निःशुल्क भोजन गराएको जनाएको छ । श्रद्धालुहरूका लागि निःशुल्क भोजन गराउनने व्यवस्था पञ्चधाम सेवा केन्द्र नेपाल काठमाडौं, उत्तरगया गाउँपालिका, विदुर नगरपालिका तथा विदुर नगरपालिकाका वडा नम्बर १ र ७ ले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं स्वयम्भू, लायन्स क्लब अफ काठमाडौं ब्लड सोसियल सर्कल नर्थ, लायन्स क्लब अफ काठमाडौं शुभकामना, उत्तरगया क्षेत्र विकास कोष तथा नेपाल स्काउट रसुवाले सहयोग गरेका थिए ।
हालको बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर यहां पितृको नाममा हिन्दू धर्मालम्वीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमाग्रीहरूले मृत्यु भएका आफ्ना आफन्तका नाममा लामाहरूले पनि मन्त्र पढ्ने र बत्ति बाल्ने गर्छन् । पुस्तौदेखिका पितृहरुको संझनामा पिण्डदान गरिन्छ । धार्मिक किवदन्ती अनुसार सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान महादेवले कालकुट नामक विष पिएर विषको डाहा मार्न यही ठाउमा लौरोले खोस्री तप्त नदी उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाँइकुण्ड गएको विश्वास गरिन्छ ।
आफ्ना आफन्त जनको नाममा यहाँ आएर श्राद्ध गर्दा पितृ मोक्ष हुने र पहिलेदेखी नै चलिआएको परम्परालाई धान्नको लागि र आफ्नो धर्म संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मान्यताले गर्दा उत्तरगयामा श्राद्ध गर्न आएको भक्तजनहरू बताउछन् ।
ईतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाईन्छ । यहाँ वालाचर्तुदशी, पौषे औषी, रामनवमी, हरिवोधनी एकादशी, दशहरा, ऋषितर्पणी, कुशे औशी आदी पर्वमा भक्तजनहरूको भव्य मेला लाग्दछ । टाढा टाढाबाट भक्तजनहरू आएर पुजा अर्चना गर्छन् । नेपाल –तिव्वत बीच लडाई हुँदा वि सं १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको स्थल पनि यही क्षेत्र भएकोले यस क्षेत्रको महत्व अझ बढेको छ ।
यसवर्ष लेन्देखोलादेखि आएको बाढीले बिगारेको संरचना सम्याउने पार्ने काम गरेर यहाँ आउने हजारौं भक्तजनहरुलाइ सहज रुपमा श्राद्ध गर्ने ठाउँ तयार गरेको स्थानीय दिलकृष्ण श्रेष्ठले बताए ।
यो क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा उत्तरगया पवित्र धार्मिक क्षेत्रमा पितृ मोक्षको कामना गर्दै तिथी छुटेकाहरूले पनि श्राद्ध तथा पुजा आजा गर्न हजारौं तीर्थ यात्रीहरू आउने गरेको यसको पहिचान मर्न नदिन युवा पुस्ताले योगदान गर्नु पर्ने धारण स्थानीय बुद्धिजिवी गणेश श्रेष्ठले वताउछन् ।
श्राद्ध गर्न टाढा टाढा भक्तजनहरु आएपनि यहाँ पुरोहीतहरुको अभावमा धेरैजसोले सामूहिक रुपमा एउटै स्थलमा बसेर समेत श्राद्ध गरी पिण्डदान गरेका छन् ।
Tuesday, December 9, 2025
जन्मदिनमा विद्यालयलाई एक थान कम्प्युटर प्रदान
रसुवा, उत्तरगया गाउँपालिका– ५ बोगटीटारका एक समाजसेवीले गाउँको विद्यालयलाई कम्प्युटर प्रदान गरेका छन्।
स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा उत्तरगया गाउँपालिका–५ लहरेमा रहेको शिवालय आधारभूत विद्यालयलाई एक थान कम्प्युटर उपलब्ध गराएका हुन् ।
गत वर्ष विद्यालयलाई स्टेशनरी सामग्री सहयोग गरेका श्रेष्ठले यस वर्ष शैक्षिक क्रियाकलापमा टेवा पुग्ने उद्देश्यसहित कम्प्युटर उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक भरत पौडेलले बताए । कम्प्युटर प्राप्तसँगै प्रविधिमूलक शिक्षामा थप सहजता आउने र विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा विद्यालयले राखेको छ ।
श्रेष्ठले आफूहरुले खाजा खाने खर्च कटाएर जम्मा गरेको पैसाले कम्प्युटरका सामग्री विद्यालयलाई प्रदान गरेको बताउनुभयो ।
Monday, July 7, 2025
प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन
रसुवा, उत्तरगया गाउँपालिकामा प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
“प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन कार्यविधि, २०८०” अनुरूप उत्तरगया गाउँपालिकामा स्थानीय स्वयंसेवक ब्यूरो गठन तथा अभिमुखीकरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हाे ।
उत्तरगया गाउँपालिकाको हलमा आयोजित सो कार्यक्रम गाउँपालिकाको आयोजनामा तथा Community Self-Reliance Centre (CSRC) को प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो। कार्यक्रमको संयोजन गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले गरेका थिए ।
कार्यक्रममा जम्मा ५० जनाको सहभागिता रहेको थियो, जसअन्तर्गत २३ सदस्यीय स्थानीय स्वयंसेवक ब्यूरो समिति गठन गरिएको छ।
ब्युराे माधव प्रसाद अर्यालकाे संयोजकत्वमा २३ सदस्य रहेकाे समितिमा गठन भएकाे हाे । सवै वडामा वडा अध्यक्षहरूकाे संयोजकत्वमा वडा समिति पनि गठन भएकाे छ । यी समितिहरूले विपद्को समयमा समस्या पहिचान, समन्वय, उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। विशेषतः बर्षातयाममा सम्भावित जोखिमहरूको पूर्वतयारीका लागि समितिहरू गठन गरिएको हो।
कार्यक्रमको अभिमुखीकरण सत्रमा विपद् जोखिम ब्यबस्थापन अधिकृत विजया तिवारीले सहजीकरण गर्नुभएको थियो। विपदको क्षेत्रमा उत्तरगया गाउँपलिकामा , सामुदायिक आत्मनिर्भर सेवा केन्द्र संस्थाले निरन्तर प्राविधिक र सहायक भूमिका प्रदान गरेकाे छ ।
- वडा नं. १
- अध्यक्ष: मर्सिङ तामाङ
- सहभागी: ३२ जना
- गठन: १६ महिला, ६ पुरुष — जम्मा २२ सदस्य
- वडा नं. २
- अध्यक्ष: टुकु प्रसाद सुबेदी
- सहभागी: २९ जना
- गठन: १० महिला, २० पुरुष — जम्मा ३० सदस्य
- वडा नं. ३
- अध्यक्ष: लालबहादुर तामाङ लामा
- गठन: १९ सदस्यीय समिति
- वडा नं. ४
- अध्यक्ष: अमर बहादुर बुलुना
- सहभागी: ३० जना
- गठन: ४ महिला, १२ पुरुष — जम्मा १६ सदस्य
- वडा नं. ५
- अध्यक्ष: यमनाथ आचार्य
- सहभागी: ३० जना
- गठन: ३ महिला, १३ पुरुष — जम्मा १६ सदस्य
Monday, June 16, 2025
उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण
आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत बायोङ सुले सोमबार गाउँकार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच एम्बुलेन्सको साँचो गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन् । उक्त एम्बुलेन्स गाउँपालिका स्थित स्वास्थ्य चौकीले सञ्चालन गर्ने छ ।
आयोजनाको सामूदायिक सहयोग कार्यक्रमअन्तर्गत विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पु¥याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ । उक्त आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोस्टले सञ्चालन गरिरहेको छ ।
Saturday, June 14, 2025
रसुवाकाे उत्तरगयामा ८२ जनाले गरे रक्तदान
रसुवा, २२औं विश्व रक्तदाता दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका, नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवामा प्रमुख अशाेक कुमार घिमिरेले पहिलाे रक्तदाता उत्तरगया गाउँपालिका अध्यक्ष माधब प्रसाद अर्याललाइ ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमकाे उद्घाटन भयाे ।
उत्तरगया गाउँपालिका अध्यक्ष माधब प्रसाद अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेल , कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकाल, मिडिया पार्टनर रेडियाे लाङटाङका गीता न्याैपाने, उत्तरगया गाउँपािलका ५ का वडाअध्यक्ष यमनाथ आचार्य, उपाध्यक्ष चमेली गुरूङ नेपाल रेडक्रस साेसाइटी रसुवा शाखाका सभापति बाबुलाल तामाङलगायत सहभागि थिए ।
साे अवसरमा जनस्वास्थ्य कार्यालयले रक्तदाता सम्मान कार्यक्रम गरेकाे छ । जनस्वास्थ्य प्रमुख झम प्रसाद आचार्यले मानव जीवनमा महत्वपूर्ण काम रक्तदान भएकाेले रक्तदान गर्ने ८२ जना रक्तदाताहरूलाइ सम्मान गरिएकाे बताए । कार्यक्रममा स्वास्थ्यकर्मी, समाजसेवी, स्थानीयकाे उत्साहजनक सहभागिता रहेकाे थियाे ।
उत्तरगयामा विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी नमुना अभ्यास
रसुवा, नेपाली सेनाको श्रीनाथ गण वाब्रल धुन्चेको समन्वयमा उत्तरगया गाउँपालिका- ४ स्थित पैरेवेसीमा विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी नमुना अभ्यास तथा प्रदर्शन शुक्रवार सम्पन्न गरेको छ ।
मनसुन नजिकिँदै जाँदा नेपाली सेनाले विपद्का बेला गरिने उद्धार तथा क्षती न्यूनीकरण सम्बन्धी नमुना अभ्यास सरोकारवाला र स्थानीय माँझ “अभ्यास मनसुन ५” प्रस्तुत गरेको हो ।
प्राकृतिक प्रकोपको दृष्टिकोणले संवेदनशील जिल्ला रहेकोले यस वर्ष मनसुनको समयमा बाढी, पहिरो, र डुबानका कारण ठूलो जनधनको क्षति न्यूनिकरणको लागि पूर्व तयारी, तालिम, समन्वय, अभ्यास पूर्वतयारी, समन्वय, र साझा कार्ययोजना बनाई अगाडी बढनको लागि यो नमुना अभ्यासले भूमिका खेल्ने कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनकाे ६ नं बाहिनीपति सहायक रथी सुवास जङ थापाले बताए ।
गाउँ बस्तीहरुमा सुरक्षाको पहुँच प्रभाबकारी नहुने हुदा उक्त स्थानहरुमा नजिकका बासिन्दाहरु भुमिका र जिम्मेवारी अग्रसरता बिना जुनसुकै विपद् व्यवस्थापनको प्रभावकारीता सम्भव नहुने हुदा उत्तरगया गाउपालिकाको संमन्वयमा नमूना अभ्यास भएको गाउँ पालिका अध्यक्ष माधव अर्यालले बताए ।
विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि तालिम प्राप्त दक्ष जनशक्तिले बाढीको विपद्का बेला गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन् । उक्त प्रदर्शनमा बाढीको प्रकोपको बेला हुने गरेको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने तत्कालीन उपायहरूबारे प्रदर्शन मार्फत सहभागीलाई जानकारी गराइएको थियो ।
Wednesday, June 11, 2025
उत्तरगया गाउँपालिका अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा
रसुवा, उत्तरगया गाउँपालिकालाइ अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा भयाे ।
गाउँ शिक्षा समितिको बैठकको सिफारिस तथा मिति २०८२/०२/२३ को कार्यपालिका बैठकको निर्णय अनुसार आज मिति २०८२/०२/२८ गते उत्तरगया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख अशोक कुमार घिमिरेको प्रमुख आतिथ्यमा शिक्षा विकास निर्देशनालय बागमती प्रदेश र उत्तरगया गाउँपालिकाको साझेदारीमा उत्तरगया गाउँपालिकालाइ अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा भएको हाे ।
गतवर्ष गाउँापालिका भरकाे टाेल बस्तीमा गरिएकाे सर्बेबाट २५५१ परिवारमा ४ देखि १३ वर्षका ७ जना विद्यालय बाहिर देखिएकाे र उनीअरूलाइ नि:शुल्क पठनपाठान सुरू गराएकाे थियाे । गाउँपालिका अध्यक्षले प्रस्ताव गरेपछि प्रमुख अतिथिले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरेका हुन् ।
शिक्षा शाखा प्रमुख सुनिता खतिवडा, प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ हादाल, उपाध्यक्ष चमेली गुरूङ, स्थानीय राजनीतितक दलका प्रतिनिधि तथा प्रअहरूले मन्तब्य दएका थिए ।
Monday, June 9, 2025
विस्व रक्तदाता दिवसमा खुला रक्तदान कार्यक्रम हुने

रसुवा, उत्तरगया गाउँपालिका, नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र कालिका हिमालय एस्.एल्.सी.२०५६ ब्याच, कालिका–२, रसुवाको संयुक्त आयोजनामा जेठ ३१ गते उत्तरगया गाउँपालिका बेत्रावतीमा रक्तदान हुने भएकाे छ ।
रसुवामा नियमित हुन लागेकाे याे छैठाैं रक्तदान कार्यक्रम हाे । अस्पतालमा उपचाररत बिरामीलाइ रगत अभावले अकाल मृत्यूबाट बचाउन समय समयमा रक्तदान गराउन थालिएकाे हाे ।
त्यस दिन जनस्वास्थ्य कार्यालयले रक्तदाता सम्मान कार्यक्रम पनि आयोजना गरेकाे छ । रक्तदान गर्न इच्छुक सवैलाइ सहभागी हुन आयोजना सूचना जारी गरेकाे छ ।
उत्तरगया गाउँपालिका पूर्णखाेप सुनिश्चित घाेषणा
रसुवा, उत्तरगया गाउँपालिका पूर्णखाेप सुनिश्चित पालिका घाेषणा भयाे ।
उत्तरगया गाउँपालिका अध्यक्ष माधब अर्याल, जन स्वास्थ्य प्रमुख झमप्रसाद आचार्य, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, वडा अध्यक्षहरू तथा जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय प्रमुख हाेमनाथ दाहाललगायत गाउँपालिका टिम, स्वास्थ्य शाखा प्रमुखहरू सहभागी एक कार्यक्रमका बीच पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना गाउँपालिका घाेषणा भएकाे हाे ।
Sunday, June 1, 2025
सामुदायिक वन उपभाेक्ता महासंघकाे स्थापना दिवसमा छलफल तथा तालिम समापन
रसुवा, सामुदायिक वन उपभोक्ता महासंघ नेपालको ३०औं स्थापना दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका- ३ ठूलाेगाउँमा छलफल तथा तालिम समापन भएकाे छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको र गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा उत्तरगया गाउँपालिका-३ को ठूलोगाउँ स्थित भूमेस्थान सामुदायिक वन उपभोक्ता समूहमा जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणाली स्थापनाको लागि कृषक पाठशाला समापन भयो ।
दैनिक ३ घण्टा १८ दिनसम्म सञ्चालन भएको पाठशालामा स्थानीय सहजकर्ता सुजन गुरुङले सहजिकरण गरेका थिए । महिला १६, पुरुष ५ गरी २१ जना सहभागी रहेको तालिम २०८२ जेठ १८ गते समापन भयो । समापन कार्यक्रममा स्थानीय भूमेस्थान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अमर गुरुङको अध्यक्षतामा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा सहभागीहरुलाइ प्रमाण-पत्र बितरण गरियो ।
कार्यक्रममा सहजकर्ता सुजन गुरुङद्धारा सञ्चालित कार्यक्रममा सहभागी शारदा गुरुङले वनमा धेरै खाले मिचाहा प्रजाति रहेको बारे थापा पाएको बताइन् । डुण्डु तामाङले हामीले धेरै मात्रामा वन पैदावर उपभोग गरेको र वनमा वनजन्य उद्यम गरेर आम्दानी लिन सकिने बताए ।
सहभागी यामाकुमारी गुरुङले तालिमबाट पहिलो पटक जलवायु परिवर्तन बारे सुन्न पाएको र चरिचरण, बृक्षारोपण तथा वन डँढेलो नियन्त्रण गरेर सामुदायिक वन संरक्षण गर्नुपर्ने बताए । सहभागी अक्कल बहादुर गुरुङले १८ दिनमा धेरै कुरा सिक्न पाएको र धेरै नयाँ कुराको जानकारी भएको बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको३०औं स्थापना दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका- ३ ठूलाेगाउँमा छलफल तथा तालिम समापनमा सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले समूदायले वनमा आधारित उद्याेग स्थपना गरी आयआर्जन गर्न र तालिममा सिकेका सीप तथा समुदायमा भएका परम्परागत ज्ञानकाे प्रयाेग गरी वन व्यवस्थापन तथा प्रकृतिकाे संरक्षण गर्न सवैले लाग्नु पर्ने बताए । आयोजनामा
Friday, May 30, 2025
विद्यार्थी सुबिताको कृषि यात्रास् पढ्दै, कमाउँदै, रमाउँदै अकबरे खेतीमा
किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन
रसुवा, उत्तरगया गाउँपालिका, सानागाउँकी सुबिता गुरुङ विद्यार्थी जीवनसँगै कृषि कर्ममा होमिएकी एक प्रेरणादायी उदाहरण बनेकी छिन्। स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुबिताले आफ्नो पढाइलाई निरन्तरता दिँदै व्यावसायिक अकबरे खुर्सानी खेतीबाट आफूलाई एक सफल युवा किसानको रुपमा स्थापित गर्ने लक्ष्य राखेकी छिन्।
गाउँमा २/३ जना आमाहरुले अकबरे खुर्सानी खेती सुरु गर्नुभएको थियो, त्यही देखेर मलाई पनि प्रेरणा मिल्यो,ू सुबिताले आफ्नो कृषि यात्राको सुरुवातबारे बताइन्। कृषिमा लाग्नुअघि उनले थ्री जी कटिङ्गु सम्बन्धी तालिम पनि लिएकी थिइन्, जसले उनलाई बिरुवाको उत्पादन बढाउन थप मद्दत पुर्याएको छ। हाल उनले करिब ७०० अकबरे खुर्सानीका बिरुवाबाट आफ्नो खेती सुरु गरेकी छिन्।
सुबिताको खेती प्रणाली पूर्णतया जैविक छ। लाही किराहरुले कहिलेकाहीँ दुःख दिने गर्छन्, त्यसको लागि जैविक झोल मलहरु प्रयोग गर्छु। हाम्रो बारीमा रासायनिक विषादीको प्रयोग हुँदैन, उनी भन्छिन् मलको लागि पनि उनले गाईवस्तुको गोबरमललाई नै प्राथमिकता दिएकी छिन्, जसले माटोको उर्वराशक्ति बढाउनुका साथै उत्पादनलाई स्वस्थ राख्न मद्दत गर्दछ।
पढ्दै गरेकी युवतीलाई कृषि पेसा रोज्नुको कारणबारे सोध्दा उनी भन्छिन्, पढ्दा पढ्दै के गर्ने, आफूलाई खर्च जोहो गर्न पनि सजिलो होस् र परिवारलाई पनि केही सहयोग गर्न सकिन्छ कि भनेर कृषि पेसामा लागेको हुँ। उनको यो सोचले युवाहरुमा उद्यमशीलता र आत्मनिर्भरताको भावना जगाउँछ।
उत्तरगया गाउँपालिकाले निःशुल्क बिरुवा उपलब्ध गराएर सहयोग गरेपछि सुबितालाई थप हौसला मिलेको छ। गाउँपालिकाले हामीलाई बिरुवा निःशुल्क दिनुभएको छ, यसले केही गरौं भन्ने भाव पैदा गरेको छ,उनले कृतज्ञता व्यक्त गरिन्।
आफूलाई किसान भनेर चिनाउन पाउँदा सुबिता गर्व महसुस गर्छिन्। किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन, उनको यो भनाइले कृषि पेसाप्रतिको सम्मान र आत्मविश्वास झल्काउँछ। भविष्यमा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुनेमा उनी आशावादी छिन् र बजारको खासै चिन्ता नभएको बताउँछिन्। सुबिताको यो प्रयासले अन्य युवाहरुलाई पनि कृषिमा लाग्न र आत्मनिर्भर बन्न प्रेरित गर्ने देखिन्छ।
स्राेत : कृषि सूचना
Sunday, April 27, 2025
उत्तरगयामा महिलाका लागि क्षमता विकास तालिम सम्पन्न

तालिम स्थानीय तहको योजना तर्जुमा, १६ औँ पञ्चवर्षीय योजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि रणनीति, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कला, उद्घोषण कला, नागरिक बडापत्र, नेपालकाे संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य कानुनमा महिला अधिकार सम्बन्धी व्यवस्थाहरू, स्थानीय तहमा प्रदान गर्ने सेवा सुविधाहरू र त्यसलाई प्राप्त गर्नको लागि आवश्यक प्रक्रियाहरू विषयमा प्रशिक्षण गरिएकाे थियाे ।
१६ औँ योजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवाल, चुनौतीहरू र त्यसका त्यसलाई सामना गर्नका लागि व्यवस्था गरेको कार्यक्रम तथा याेजना बारे छलफल भएकाे थियाे ।
समापन कार्यक्रममा उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल , उपाध्यक्ष चमेली गुरूङ, टेवाका अनुगमन अधिकृत मुना पोखरेल, सहभागी तर्फबाट ईश्वरी थापा मगर र कमला थापा तथा सहजकर्ता पुष्कर शर्मा रिमालले मन्तब्य दिएका थिए । समापन कार्यक्रम प्रशिक्षार्थी तथा लालीगुराँस महिला सहकारीका अध्यक्ष सीता न्यौपानेले सञ्चालन गरेकी थिइन् ।
Sunday, March 9, 2025
जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण सम्पन्न
रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम फागुन २३ गते उत्तरगया गाउँपालिकामा सम्पन्न भयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ रसुवाले जनाएको छ ।
सहभागीहरूले जलवायु परिवर्तनले अहिले नै पानीको मूल सुक्दै गएकोले पानीको समस्या देखा गर्न थालेको बताए । कार्यक्रमबाट गाउँ कार्यपालिका सदस्य ज्ञानु बिकले जलवायु परिवर्तन बारे नयाँ कुरा थाहा भएको बताइन् ।
गाउँपालिका उपाध्यक्षा चमेली गुरुङ, वडा अध्यक्ष मारसिङ तामाङ, गैसस महासंघ रसुवाका पुर्व अध्यक्ष बिनोद लामिछाने, वडा सदस्य बेन्जु मगर, सहभागी इश्वरी थापा मगरलगायत सहभागीले कार्यक्रममा आफ््नो धारणा राख्दै अहिलेको निकै नै जल्दो बल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने र सरकारले योजना बनाएर काम गर्नुपर्ने बताए । स्थानीय सरकारले विकास निर्माण तथा अन्य काममा सचेत भएर मात्र निर्णय लिएर अघि बढ्नुपर्ने समेत सहभागीहरुले जोड्दिएका थिए ।
जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा समेत छलफल भएको थियो ।
जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताए । अध्यक्ष घलेले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन कोष, मध्यवर्ती तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो ।
जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास , क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा गैसस महासंघ नेपाल जिल्ला शाखा, रसुवाको आयोजनामा भएको कार्यक्रममा सहजकर्ता हेमनाथ खतिवडा र गायत्री लामिछाने रिमालले सहजिकरण गरेका थिए ।
Saturday, March 8, 2025
बालबिबाह गर्न लागेकाे सूचना दिनेलाइ रू ५ हजार पुरस्कार दिने घाेषणा
रसुवा, उत्तरगया गाउँपालिका २ मा बालबिबाह गर्न लागेकाे वा भएकाे सूचना दिनेलाइ रू ५ हजार पुरस्कार दिने वडा अध्यक्षबाट घाेषणा भएकाे छ ।
गाउँपालिकामा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाद्वारा बालविवाह अन्त्यको लागि बालक्लब समुदाय र विद्यालयको भूमिका सम्बन्धी १ दिन जनचेतना मूलक अभिमुखीकरण कार्यक्रम डाडागाउँ माविमा सम्पन्न कार्यक्रममा साे घाेषणा भएकाे हाे ।
गाउँगाउँमा हुने बालबिबाह अन्त्यका लागि घर तथा समुदायमा जागरण ल्याउनु पर्ने कार्यक्रममा सहभागीहरूले बताए । गाउँपालिका गाउँपालिकामा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अमृता पन्तकाे एक प्रस्तुतीपछि कार्यक्रममा वडा अध्यक्ष टुकु सुवेदी बालबिबाह गर्नलागेकाे सूचना दिनेलाइ रू ५ हजार पुरस्कार दिने घाेषणा गरेका थिए ।
प्रधानाध्यपक नबराज घिमिरेका अनुसार बाल बिबाह गरे कानुनी कारबाही के हुने र के कस्ता नीतिगत ब्यवस्था रहेकाे बारे जानकारी समेत दिइएकाे थियाे । कार्यक्रममा डाडागाउँ माविका शिक्षकहरू, अभिभावक, विद्यार्थी सहभागी थिए ।
बालविवाह गर्ने बालबालिकाको स्वयम् स्वास्थ्य, शिक्षादेखि समग्र जीवन पद्धतिमा प्रत्यक्ष नकरात्मक असर पर्ने भएकाले समाजबाट बालविवाह गर्ने कार्य पूर्णरुपमा अन्त्य गर्ने उद्देश्यका साथ बालबालिकाहरु र समुदाय नै लाग्नु पर्ने देखिन्छ ।
होटल तथा पर्यटन व्यवसायी संघ रसुवाकाे अध्यक्षमा विशाल
रसुवा, नेपाल होटल तथा पर्यटन व्यवसायी संघ रसुवाकाे अध्यक्षमा विशाल घले निर्वाचित भएका छन् ।
नेपाल होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष श्री दामोदर नेपालकाे प्रमुख आतिथ्यमा भएकाे होटल तथा पर्यटक व्यवसायी संघ रसुवाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले विशाल घलेलाई अध्यक्ष पदमा निर्वाचित गरी संघको नयाँ नेतृत्व चयन भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि दामोदर नेपालले स्थानीय पर्यटन प्रवर्द्धन, आधारभूत संरचना सुधार तथा होटल व्यवसायको गुणस्तर वृद्धिमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, अधिवेशनले रसुवाको पर्यटन क्षेत्रको दीर्घकालीन विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्। अध्यक्ष रामशरण गजुरेलकाे अध्यक्षतामा भएकाे अधिवेशनमा गजुरेलले जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरूको हकहितका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।






































.jpeg)



