यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Showing posts with label Uttargaya News. Show all posts
Showing posts with label Uttargaya News. Show all posts

मजदुरीकाे पारिश्रमिक घटाएपछि हाइड्रोपावरको कार्यालयमा तोडफोड

Sunday, September 22, 2024 0 Comments

रसुवा, उत्तरगया गाउँपालिका–१ मैलुङ्ग स्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत मजदुरहरूले पाउँदै आएको सेवा सुविधा कटौती गरेपछि सो को विरोधमा मजदुरहरू भदौ २७ गतेदेखि हड्ताल गरी कार्यालयमा तोडफोड भएसँगै निर्माण कार्य अवरुद्ध भएको छ । 

मजदुरीकाे पारिश्रमिक घटाएपछि विषयलाई लिएर रसुवामा निर्माणाधीन २ सय १६ मेगावाटको अपर त्रिशुली(वान हाइड्रोपावरको काम ठप्प भएकाे हाे । 

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीले रसुवाको मैलुङमा बनाइरहेको यो जलविद्युत कम्पनीमा कार्यरत श्रमिकले मजदुरी र पारिश्रमिकको विषयलाई लिएर शुक्रवार साँझ कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माणका काम रोकिएको हो । यहाँ १ हजार २ सय बढि मजदुर कार्यरत छन् । 

कोरियन साझेदार कम्पनी कोरिया ईनर्जी सहित ९० प्रतिशत विदेशी लगानी रहेको आयोजनामा ठेकेदार तथा निर्माण कम्पनी पावर चाइनाले मजदुरको पारिश्रमिक अनपेक्षितरुपमा घटाएको भन्दै तोडफोड भएको हो । आधारभूत तलब १५ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गर्दै आइरहेको पावर चाइनाले त्यसलाई घटाएर १२ हजार ८ सयका दरले भुक्तानी गरेपछि असन्तुष्ट मजदुरहरू आक्रमणमा उत्रिएका हुन् । 

त्यसक्रममा कार्यालयको प्रशासनिक भवनसँगै एकदर्जन गाडी तोडफोड भएको कम्पनीको दाबी छ । घटनापछि निर्माण कार्य ठप्प पारेका श्रमिकहरु घर फर्किएका छन् ।

२ सय १६ मेगावाटको उक्त जलविद्युत आयोजना अन्तर्राष्टिय मुद्राकोष तथा एसियाली विकास बैंकसहित ९ वटा दातृ संस्थाको ऋण तथा लगानीमा निर्माण भइरहेको हो ।

नेपाल वाटर एण्ड इनर्जि डेभेलपमेन्ट कम्पनीले निर्माण सुरु गर्न लागेको आयोजनामा नेपाल र कोरियाको संयुक्त लगानी हुनेछ ।

सर्वपक्षिय बैठक बसेर छलफल गरी सहमतिकाे प्रयास भैरहेकाेछ आयोजनाले जनाएकाे छ । 



स्थानीय तह स्वमूल्याङ्कनमा उत्तरगया पहिलो

Tuesday, September 10, 2024 0 Comments

रसुवा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह बीच गराएको प्रतिस्पर्धामा रसुवा जिल्लाका पाँच पालिकामध्ये उत्तरगया गाउँपालिका पहिलो भएको छ ।

मन्त्रालयले गत बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९लिसा० कार्यक्रमअन्तर्गत देशभरबाट सात सय ४९ वटा पालिकाले अनलाइन आवेदन दिएका थिए । लिसाको गुणस्तर परीक्षणमा उत्तरगया ६७.५० प्रतिशत अङ्क ल्याएर जिल्लाको पहिलो भएको छ । 

त्यसैगरी आमाछोदिङ्मोले ५७, कालिकाले ६१.२५, गोसाइँकुण्डले ६६.७५ र नौकुण्डले ६७.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् । 

प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमार्फत मन्त्रालयले शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, सहकार्य र समन्वय गरी जम्मा १० शीर्षकमा प्रत्येक स्थानीय तहले सम्पादन गरेका कामकारबाही, सेवा प्रवाहका प्रमाणसहितका कागजात अनिवार्य रूपमा अपलोड गर्ने व्यवस्था चार वर्षदेखि लागू भए पनि तीन वर्षदेखि प्रत्येक स्थानीय तहले कार्यान्वयनमा ल्याएका थिए ।

 स्वमूल्याङ्कनका आधारमा नै सम्बन्धित निकायबाट स्थानीय तहका लागि बजेट विनियोजन गर्ने प्रक्रिया अपनाइएको अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

अकबरे खुर्सानी खेतीबाट आम्दानी

Friday, August 09, 2024 0 Comments

रसुवा, उत्तरगया गाउँपालिका १, २, ३ का डाँडागाउँ, ठूलोगाउँ, सिरुचेत अहिले अकबरे खुर्सानीको पकेट क्षेत्र बनेका छन् । अकबरे खुर्सानी खेतीबाटै यस भेगका बासिन्दाले मनग्य आम्दानी लिइरहेका छन् ।

उत्तरगया गाउँपालिका र हेफर प्रोजेक्ट नेपालका साझेदारीमा सिड्स रसुवाबाट सञ्चालित उत्तरगया कृषि तथा पशु उद्यमशीलता विकास परियोजना कार्यक्रमअन्तर्गत यस वर्ष  ८७ जना कृषकले ६० रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरेका छन् । खुर्सानीबाट गत महिनादेखि राम्रै आम्दानी लिन थालेका छन् । 

पिरो खुर्सानीबाट राम्राे आम्दानी हुँदा उनीहरू दङ्ग छन् । उत्तरगयाका तीन वडामा अकबरे खुर्सानी खेती सुरु गरेर उत्पादन भई बिक्री–वितरणको सुरुआत भइसकेको परियोजना संयोजक गौरव सापकोटाले जानकारी दिए । 

गत जेठमा लगाइएको खुर्सानी अहिले बिक्रीका लागि तयारी भएको हो । अकबरेको बजारमूल्य प्रतिकेजी रु। दुई सय ५० देखि तीन सयसम्म रहेको छ । बाहै्र महिना फल्ने सो खुर्सानी एउटा बोटबाट एक वर्षमा चारचोटि बेच्न मिल्ने गरी फल दिने भएकाले एकदमै आयमूलक रहेको गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ बताउँछिन् । 

अहिले पहिलो सरुवाती चरण भएकाले करिब दुई सय केजी बिक्री भएको छ । अब तिजअगाडि पाँच सय केजी र बडादशैं अगाडि एक हजार पाँच सय केजी फल्ने परियोजना संयोजक सापकोटा बताउँछन् ।

यो खुर्सानी काठमाडौँस्थित दरबारमार्गमा रहेको रैथाने बाली बजारमा समेत बिक्री–वितरण भइरहेको छ । यसको बजार सहजीकरणमा गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल आफैँ लागिपरेका छन् । रैथाने बाली बजार दरबारमार्गको बिक्री केन्द्रमा कृषिमन्त्री रामनाथ अधिकारीले समेत अवलोकन गरेर रसुवामा फलेको अकबरे खुर्सानीको प्रशंसा गरेका थिए । 

खुर्सानी खेतीमा लागिपरेकी कृषक मीनकुमारी पौडेल भन्छिन्, ‘हामीलाई गाउँपालिकालगायत संस्थाले प्रेरित गरी आर्थिक स्थिति सुधारमा मद्दत गरेको छ, कसैसँग हात फैलाउन पर्दैन ।’ अर्का कृषकद्वय लालमाया तामाङ, मनिका राई पनि एकै स्वरमा भन्छन्, ‘यस्तो आम्दानी मूलक अकबरे खुर्सानी खेती गर्न अरूले पनि गरे हुन्छ । हामी घरभित्रको कामसँगै पैसा आउने काम पनि गर्न पाउँदा धेरै खुसी छौँ ।’

भाङ्गे झरनामा अस्थायी शौचालय निर्माण

Tuesday, August 06, 2024 0 Comments


रसुवा, पर्यटकीय स्थल उत्तरगया गाउँपालिका -२ भाङ्गे झरनामा अस्थायी शौचालय निर्माण सम्पन्न भयाे । 

आन्तरिक पर्यटकको राेजाइकाे महत्त्वपूर्ण गन्तब्य बन्दै गरेको उत्तरगया-२ स्थित भाङ्गे झरनामा शौचालयको आवश्यकतालाइ महसुस गर्दै पर्यटकहरूका लागि  अस्थायी शौचालय निर्माण राष्ट्रिय युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकाेटीले बताए । 

राष्ट्रिय युवा संघ नेपाल प्रदेश निर्वाचन समन्वय कमिटी ख को आयोजनामा  अस्थायी शौचालय निर्माण सम्पन्न गरेको छ । निर्माण  कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटी सदस्य दावा मिङमार तामाङ, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कुमार नगरकोटी, नेकपा एमाले उत्तरगया गाउँपालिका कमिटीका सचिब रमेश सुबेदी , समाजसेवी दिलकृष्ण श्रेष्ठलगायतका राष्ट्रिय युवा संघ रसुवाका नेता कार्यकर्ताहरू उपस्थिति थिए । 



घिमिरेलाइ आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान

Tuesday, July 30, 2024 0 Comments
घिमिरेलाइ आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान

रसुवा, रसुवाका पत्रकार बलराम घिमिरेलाइ स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ ।

पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको दशौं वार्षिक साधारणसभाको अवसरमा पुरस्कृत एक कार्यक्रमका बीच नगद ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार सहित सम्मान-पत्र र दोसल्ला ओढाएर स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे हाे ।

घिमिरेले सामाजिक संजालमा लेखेका छन् पुरस्कार स्थापना गर्ने आचार्य परिवार, पुरस्कार छनौट समिति तथा रेडियो लाङटाङ परिवारलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु।

पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कान्तिपुर संवाददाता घिमिरेलाई पुरस्कृत एवं सम्मान गरिएको रेडियो लाङटाङका अध्यक्ष सोहम सुवेदी बताए ।

करिब दुइ दशकदेखि पत्रकारितामा क्रियाशील संवाददाता घिमिरे विगत ८ वर्षदेखि कान्तिपुर दैनिकमा आवद्ध रहेका छन् । पर्यटन विकास तथा सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो लाङटाङ कालिका गाउँपालिका स्याउबारीबाट र पर्यटन, कृषि, स्वास्थ्यलगायतका सामुदायिक विषयमा उजागर गर्दै आफ्ना नियमित कार्यक्रमहरू प्रसारण गर्दै आईरहेको छ ।

स्वर्गीय आचार्य रसुवाबाट पञ्चायतकाल समेत गरी ३ पटक प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने पहिले मन्त्री पनि भएका थिए । कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल, रेडियाे लाङटाङकाे टिम तथा अन्य सराेकारवालाहरू सहभागी थिए ।

उत्तरगया गाउँपालिकाकाे २० वर्षे गुरू याेजना सार्वजनिक

Friday, July 05, 2024 0 Comments
रसुवा, उत्तरगया गाउँपालिकाले आफ्नाे २० वर्षे गुरू याेजना सार्वजनिक गरेकाे छ । गाउँपालिकाले तयार गरेकाे रणनीतिक याेजनामा स्थानीय सरकर सञ्चालन ऐनमा भएको प्रदान गरेकाे अधिकार क्षेत्रभित्र रहेर स्थानीय तहले प्रभावकारी सेवा प्रबाहका लागि याेजनावद्ध विकास गर्नुपर्ने मान्यताका आधारमा गुरू याेजना तयार गरेकाे हाे । ०८१ असार १९ गते गाउँपािलका अध्यक्ष माधवप्रसाद अर्याल, उपाध्यक्ष चमेली गुरूङ, प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद अधिकारी तथा कार्यपालिका सदस्यहरूले पुस्तक सार्वजनिक गर्नुभयाे । दाेस्राे आवधकि योजना समेत प्रकाशन गरी सार्वजनिक गरिएको छ ।
सुसंस्कृत सुखी जनता समाजवाद उन्मुख प्रदेशकाे दीर्घकालिन साेचलाइ पूरा गर्ने दिशामा उन्मुख भइ समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयावासी दिर्कािलन साेच सहितकाे एकीकृत गुरू याेजना तयार भएकाे गाउँपालिकाले जनाएकाे छ । हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी स्वाधिन, समुन्नत तथा समाजवाद उन्मुख अर्थ व्यवस्था मार्फत समृद्ध नेपालको निर्माण गर्ने परिकल्पना गरेको छ । यसैगरी संयुक्त राष्ट्र संघद्वारा, सन् २०१६ देखि २०३० सम्मका लागि विश्वव्यापी विकास एजेण्डाको रूपमा विभिन्न १७ वटा दिगो विकासका लक्ष्यहरू निर्धारण गरिएका छन् । यसै सन्दर्भमा संघीय व्यवस्थाको महत्वपूर्ण आधारको रूपमा रहेको स्थानीय सरकारले पनि स्वाभाविक रूपमा माथि उल्लिखित संविधानले निर्देश गरे अनुसारको नीतिसँग समायोजन हुने गरी आफ्नो दिगो विकासका लक्ष्य हाँसिल गर्न आफ्नो योजनावद्ध आवधिक र दिर्घकालीन योजना तर्जुमा गरिएको गाउँपालिका अधयक्ष माधबप्रसाद अर्यालले बताउनुभयो ।
गुरु योजनाका लक्ष्यहरूलाई सफल पार्न हरेक वर्ष योजना तर्जुमा, कार्यान्वयन र समीक्षा गर्दा विगतमा भए गरेका प्रंशंसंनीय कार्यको आत्मबोध गर्ने, अपनत्व ग्रहण गर्ने र समेटेर सँगसँगै लैजाने कार्यमा सहयोग गर्न सवैमा अनुरोध उपाध्यक्ष चमेली गुरुले बताउनुभयो । रणनीतिमा जैविक विविधताले भरिपूर्ण प्रचुर प्राकृतिक सम्पदा र सांस्कृतिक विशेषताहरू भएको उत्तरगया गाउँपालिकामा जनताको सामाजिक न्याय सहितको समृद्धिको तीव्र चाहनाअनुसार योजनाबद्ध विकास गर्न यो प्रतिवेदन मार्गचित्र हुनेछ । हाम्रो स्रोत र साधनहरूलाई आधारभूत तहमा रहेका जनताहरूको पहुँच र लाभ पुग्ने गरी उपयोग र विस्तार होस । आर्थिक, सामाजिक र वातावरणीय पक्षको नकारात्मक प्रभाव न्यून हुने गरी दिगो विकासको सिद्धान्त अनुसार योजनाहरू तय गर्नको निम्ति तयार गरेकाे दस्तावेज धेरै विषय समेटिएकाे छ ।
गाउँपालिकाले दिगो विकासका फ्रेमवर्क निर्माण गर्ने र सोही अनुसार प्रभावकारी रुपमा विकास गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउन याेजन प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद अधिकारीले बताउनुभयाे । हेडलाईट प्रा.लि. नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना छनौट गरी २० वर्षे आवधिक योजना विसं २०८० देखि विस २१०० सम्म निर्माण भएको पुस्तक १६९ पृष्ठकाे रहेकाे छ ।

फलफुलकाे जुस उत्पादन सिप तथा प्रबिधि हस्तान्तरण

Friday, June 14, 2024 0 Comments
फलफुलकाे जुस उत्पादन सिप तथा प्रबिधि हस्तान्तरण

रसुवा, स्थानीय स्रोतको सदुपयोग गरी गाउँमा आयआर्जन गराउने उद्देश्यले उत्तरगया गाउँपालिका-२ मा  फलफुलको जुस तथा जाम उत्पादनका लागि सिप तथा प्रबिधि हस्तान्तरण तालिम सम्पन्न भयो । 

उत्तगया गाउँपालिका शिक्षा विकास तथा खेलकुद शाखाको सहयोगमा डाँडागाउँ सामुदायिक सिकाइ केन्द्रको आयोजनामा भएको स्थानीय फलफुल तथा जडिबुटीबाट जुस र जाम उत्पादन तथा प्रबिधि हस्तान्तरण कार्यक्रम शुक्रबार समापन भयो ।  तालिममा प्रशिक्षक बाबुराम नेवारले सहजिकरण गरेका थिए । 

स्थानीय अभिभावक तथा विद्यार्थी गरी तालिममा २३ सहभागीलाइ प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले प्रमाणपत्र प्रदान गरे । 

गाउँपालिकाकाे सहयाेगमा  विद्यार्थीलाइ पढ्दै कमाउदै गर्नका लागि साे तालिम सञ्चालन गरिएकाे वडा अध्यक्ष टुकुप्रसाद सुवेदीले बताए । आफ्नै करेसा बरLमा उत्पादन हुने फलफुल तथा लालीगुराँस, चुत्रो जस्तो बनस्पतीबाटजुस उत्पादन गर्ने सीप र प्राबिधी विद्यालय र समुदायमा भएकाे उनले बताए ।

फलफुलकाे जुस उत्पादन सिप तथा प्रबिधि हस्तान्तरण




सार्वजनिक सुनुवाइमा महिलाका लागि सीप विकास, स्वास्थ्य र सामुदायिक भवन माग

Tuesday, June 04, 2024 0 Comments
सार्वजनिक सुनुवाइमा महिलाका लागि सीप विकास, स्वास्थ्य  र सामुदायिक भवन माग


रसुवा,  महिलाका लागि आय मुलक ,सीप विकास, स्वास्थ्य  र सामुदायिक भवन बारे महिलाहरूले आवाज उठाएका छन् ।

उत्तरगया–५ कैदलेटारमा भएकाे सार्वजनिक सुनुवाइमा सहभागी महिलाहरूले साे कुरा उठाएका हुन् । 

उत्तरगया–५ की इश्वरी थापाले संस्थाहरूले तालिम गोष्ठीमा मात्र ध्यान नदिइ महिलाको सीप विकास तथा उपलब्धि मुलक काममा ध्यान दिनुपर्ने बताइन् । 

स्थानीय चन्द्रमाया थापामगरले स्थानीय अस्पताल निर्माण चाँढैहुनुपर्ने बताउँदै गाउँमा हिंसात्मक घटना न्युन गर्न मदिराकाे प्रयोग कम गर्नुपर्ने बताइन् । 

अहिले धेरैले बोल्न सक्ने भए तर सवैजना बोल्न सक्ने गरी तालीम दिनुपर्ने स्थानीय रामकुमारी ढकालले बताइन् । 

सहभागीहरुले स्थानीय सरकारले दुःध संकलन थालनी गर्न ढिलाइ गरेको , स्थानीय अस्पताल निर्माणमा ढिलाइ भएको गाउँले बैठक तथा भेलाका लागि आवश्यक सामुदायिक भवन निर्माण हुनुपर्ने जस्ता विषय उठान गरेका थिए । 

सामाजिक सुरक्षा जालोको महिलावादी आन्दाेलन सुदृढिकरण अन्तर्गत टेवा नेपाल र स्वयकसकाे आयोजनामा भएको सार्वजनिक सुनुवाइमा बेत्रावती प्रहरी चाैकीका प्रहरी हवल्दार यमबहादुर गुरुङले सामान्य भै–झगडा बाहेक प्रहरीमा उजुरी नपरेको बताए । अतिथी उत्तरगया–५ का वडा अध्यक्ष यमनाथ आचार्यले महिलाका लागि आत्मनिर्भर बानाउने आयमुलक तथा सीप तथा क्षमत विकासका कार्यक्रम भइरहेकाे तथा थप कार्यक्रम बनाउन आवश्यक रहेको बताए । 

सार्वजनिक सुनुवाइमा महिलाका लागि सीप विकास, स्वास्थ्य  र सामुदायिक भवन माग

प्रमुख अतिथी उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले उत्तरगया धाम धार्मिक क्षेत्र सरसफाइ गरेर तथा सुन्दर बनाउनुपर्ने बताइन् । उनले पालिकाले लैसस नीति पास भएको र पशु तथा कृषिमा महिलाका लागि फोकस कार्यक्रम रहेकोले १ हजार ७ सय महिला समुहमा आवद्ध भएर क्रमश सवैले लाभ पाउने बताइन् ।

 उनले संबिधानले व्यवस्था गरेको कारण आफु उपाध्यक्ष भएको बताउदै सीप तथा नेतृत्व विकासमा जोड्दिनुपर्ने बताइन् । जग्गा अभावने पालिका भवन अस्पताल तथा सामुदायिक भवन निर्माण हुन नसकेको बताउँदै उनले आगामी बजेटमा महिलाको शसक्तिकरणमा जोड्दिने बताइन् । 

महिलाका लागि सीप विकास तथा शसक्तिकरणका कार्यक्रम रहेकाे तथा सहज स्वास्थ्य उपचार सवाका लागि टेलिमेडिसिन सेवा सञ्चारलन गरिएकाे तथा छिट्टै फिजियाे थेरापी सेन्टर सुरूहुने पनि उहाँले बताउनुभयाे । 

कार्यक्रममा स्यएकस रसुवाका गायत्री रिमाल, टेवा नेपालकी निर्मला पुर्काेटी र कविता भण्डारीलगायत पत्रकार र स्थानीयकाे सहभागी थिए । 

सार्वजनिक सुनुवाइमा महिलाका लागि सीप विकास, स्वास्थ्य  र सामुदायिक भवन माग


कुबेतमा हराएकी कमलाकाे खाेजी हुँदै

Friday, May 24, 2024 0 Comments

रसुवा, कुबेतमा ११ दिनदेखि हराइरहेकी उत्तरगया गाउँपालिका -४ की २९ वर्षिया कमला वाइवाकाे खाेजी कार्य जारी रहेकाे छ । 

२१ महिना अघि राेजगारीका लागि कुवेत पुगेकी कमला वाइवा बेपत्ता भएपछि खाेजी कार्य जारी रहेकाे छ । सामाजिक अभियन्ता सावित्री अधिकारीले खाेजी गरिरहेकी छिन् । 

वाइवा समेत २६ जना कुवेतमा हराइरहेकाे सूचना छ । २१ महिनादेखि कुवेत बस्दै छाेरीले अन्यत्र काम  गर्ने वा नेपाल फिर्ता पठाइदिन भनेर पासपाेर्ट मागे पछि सम्पर्क विहीन भएकाे र अधिकारीकाे पहलमा खाेजी भइरहेकाे र खाेजीका लागि सक्दाे सहयाेग  गरिदिन कमलाका बाबु काजीमान वाइवाले सवैलाइ अनुराेध गरेका छन् ।  



आधारभूत खोज उद्धार र प्राथमिक उपचार पुनर्ताजगी तालिम सम्पन्न

Friday, May 24, 2024 0 Comments

रसुवा, उत्तरगया गाउँपालिका र प्रतिवद्ध परियोजनाको सयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको सहजीकरणमा जेठ ४ गतेदेखि कालिका गाउँपालिका वडा न २ भूमिघरमा संञ्चालन भएको आधारभूत खोज उद्धार र प्राथमिक उपचार सम्वन्धी ४ दिने पुनर्ताजगी तालिम ७ गते सम्पन्न भयाे ।

तालिममा सवै वडाको प्रतिनिधित्व हुने गरी १२ महिला र १४ पुरुष गरी कूल २६ जनाको सहभागिता रहेको थियो । ४ दिनसम्मको लगातार सैद्धान्तिक र प्रयोगात्मक अभ्यासले सहभागिहरूको खोज, उद्धार र प्राथमिक उपचार सम्वन्धी अघिल्लो तालिममा सिकेको ज्ञान, सीप र क्षमताको पूनर्ताजगी भएको छ ।

कार्यक्रमको औपचारिक समापन उत्तरगया गाउँपालिकाको उपाध्यक्ष चमेली गुरुङ्गले सहभागिहरुलाई प्रमाणपत्र र First Aid Kit वितरण गरी सम्पन्न भएको थियाे ।

माथिल्लाे त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन

Friday, May 17, 2024 0 Comments
माथिल्लाे त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन

रसुवा, चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाको भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसन समेत उद्घाटन भयाे । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन, युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेञ्जो, जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक की निर्देशक थौउराया ट्रिकीले  संयुक्त रुपमा त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन गरेका हुन् ।

करिब १०४ रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली थ्री बी हब सबस्टेसनको लागत १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ । 

प्रसारण लाइन तथा सबस्टेसनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ। कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटा टावरहरूमध्ये ७० वटाको जग हालिएको छ। बाँकी ५ टावरको आंशिक जग हालिएको छ भने ६० वटा टावर खडा गरिएको छ। 

भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत ४२ करोड ९३ लाख रुपैयाँ रहेको छ । नुवाकोट र रसुवा जिल्लाका प्रसारण लाइन र सबस्टेसनबाट प्रभावित तथा त्यस आसपासका क्षेत्रमा विद्युत् पहुँच विस्तार र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन छिमेकी विद्युतीकरण कार्यक्रममार्फत ३३ तथा ११ केभी लाइन र वितरण सबस्टेसन निर्माण गरिएको हो । 

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, तादी खोलाका विभिन्न आयोजनाहरूको ४२ मेगावाट, ३७ मेगावाट माथिल्लो त्रिशूली थ्री बी, १४.८ मेगावाट माथिल्लो सान्जेन, १४.३ मेगावाट माथिल्लो मैलुङलगायतका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् यही प्रसारण लाइन तथा सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जाेडिने छ । 


पैरेको एकीकृत बस्ती निर्माण हुन सकेन

Monday, April 22, 2024 0 Comments

पैरेको एकीकृत बस्ती  निर्माण हुन सकेन

रसुवा, नेपाल सरकारले २०७२ सालकाे भूकम्पपछि जोखिम बस्तीमा परेका विस्थापितहरूको एकीकृत बस्तीमा लैजाने भने पनि प्रक्रिया नै सुरु हुन नसक्दा उत्तरगया गाउँपालिकामा अझै सुरक्षित आवास निर्माण हुन सकेको छैन ।

०७२ सालको विनाशकारी भूकम्पका कारण विस्थापित भएका १ हजार १ सय ५० परिवार मध्ये अझै १ सय ७४ परिवारको सुरक्षित स्थानमा जग्गा नहुँदा सुरक्षित आवास निर्माण गर्न सकेका छैनन् । उनीहरू अझै उत्तरगया गाउँपालिका–५ स्थित खाल्टे बगरमा जोखिमपूर्ण तरिकाले टिनको छाप्रामा बस्दै आएका छन् ।

खाल्टे क्याम्पमा बस्दै आएका १ सय ७४ परिवारका लागि तल्लो पैरेमा एकीकृत बस्ती बसाउन सरकारले जग्गा अधिग्रहण गरेको तीन वर्ष बित्दा पनि उनीहरूको सुरक्षित आवास निर्माण हुन नसक्दा खाल्टे बगरमा जोखिमपूर्ण तरिकाले टिनको छाप्रामा बस्न बाध्य भएका हुन् । त्यहाँ १ सय २८ परिवारलाई मात्र पुग्ने जग्गा व्यवस्था भएको छ । ४६ परिवारलाई अपुग जग्गा व्यवस्थापन हुन नसकेपछि अन्यौल भएको उत्तरगया गाउँपालिका-१ का पूर्ण घलेले बताए ।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३७ को उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुरक्षित हुने व्यवस्था रहे पनि उनीहरूको अझै सुरक्षित आवास निर्माण कार्य सुरु गर्न सकेका छैनन् । जसका कारण भूकम्पले विस्थापितको सुरक्षित आवासको हक अझै सुरक्षित हुन सकेन भने यहाँ रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बालबालिका, महिला पाँच वर्षसम्म टिनको छाप्रोमै असुरक्षित तवरले बस्न बाध्य भएका छन् ।

गाउँपालिका कार्यालय नजिकै रहेको विस्थापित क्याम्पमा निकै कष्ठकर जीवन बिताउनु परेको विस्थापित समुदायका अगुवा छेकु लामाले भने । चैत, वैशाखकाे गर्गी र पुसको चिसोमा टिनको छाप्रोमा बाँच्न निकै कठिन भयो उनले भने , ‘बस्ती स्थानान्तरण प्रक्रिया नसक्दै रसुवाबाट पुनर्निमार्ण प्राधिकरण कार्यालय हट्यो, हाम्रो लागि सरकार रहे नरहेको कुनै मतलब नै भएन ।’

सरकारले भूगर्भविद गाउँगाउँमा पठाएर भौगर्भिक अध्ययन गरी जोखिम बस्ती पहिचानपछि जोखिम बस्ती स्थानान्तरण गर्न थालिएको पाच वर्ष बित्यो । तिरु, पाङलिङ, लाम्बु र बोगटीटारमा एकीकृत बस्ती निर्माण थालनी हुँदा पनि खाल्टे बगरमा बस्दै आएका विस्थापितहरूको बस्ती माथिल्लो पैरेमा एकीकृत बस्ती स्थानान्तरण गर्ने गरी जग्गा अधिग्रहण गरेर प्लटिङ थालिएको उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले बताइन् ।




उत्तरगया गाउँपालिकामा दूध उत्पादन गर्न उपहार कार्यक्रम लागू

Thursday, April 18, 2024 0 Comments

उत्तरगया गाउँपालिकामा दूध उत्पादन गर्न उपहार कार्यक्रम लागू

रसुवा,  उत्तरगयाँ गाउँपालिकामा दूध उत्पादन वृद्धि गर्न किसानलाई गाइ र भैंसी उपहार कार्यक्रम लागू भएको छ। गाउँपालिकाले दूध उत्पादन बढाउन वडा नं ४ र ५ का किसानलाई गाई भैंसी उपहार अन्तर्गत ५० हजार अनुदान कार्यक्रम लागू गरेको हो। 

कार्यक्रमबाट भैंसीका लागि ५० हजार अनुदान दिने, भैंसी किनेको २ वर्षपछि अर्का सदस्यलाई पहिलो वर्ष पाउनेले ५० हजार रुपैयाँ फिर्ता दिनुपर्ने गाउँपालिका पशु स्वास्थ्य शाखाका प्रमुख सुनबहादुर तामाङले बताए। 

कार्यक्रम अन्तर्गत ५० जना किसानले ५० हजार रुपैयाँ लिएर भैंसी किनेका छन् । अब तत्कालै १० भैंसी र १५ वटा गाईका लागि अनुदान उपलब्ध गराउन लागेको तामाङले बताए। यसपटक भैंसीका लागि ५० हजार रुपैयाँ उपहार पाउनेले २ वर्षमा नयाँ सदस्यलाई सो रकम उपहार फिर्ता गर्नुपर्ने छ। 

गाउँपालिका भरी दूध संकलनको काम चाँढै सुरु हुन लागेको गाउँपालिका पशु स्वास्थ्य शाखा प्रमुख सुनबहादुर तामाङले बताए। संकलित दूधबाट दुग्ध जन्य उत्पादन गरेर बिक्री गर्ने तथा दुग्ध विकास संस्थानमा पठाउने तामाङले बताए। 

सिड्स रसुवामार्रफत हेफरसँगकाे साँझेदारी सुरू भएकाे कार्यक्रमले किसानलाइ दुध उत्दान बढाउन गाइ र भैसी पाल्न र दूध उत्पादन बढाउन प्रयास गरेकाे छ । 

पालिकाले गाउँमा दूध संकलन सुरु गर्ने भएपछि  गाई, भैंसीको संख्या थपेर किसानले दूध उत्पादन गर्न थालेको छन्।

पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धि नमूना घटना अभ्यास सम्पन्न

Saturday, April 13, 2024 0 Comments

पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी नमुना घटना अभ्यास सम्पन्न

रसुवा, उत्तरगया गाउँपालिकामा जिल्ला विपत् व्यवस्थापन रसुवाको आयोजना तथा प्रतिबद्ध परियोजनाको सहयोगमा चैत २० देखि २३ गतेसम्म मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी नमुना घटना अभ्यास सम्पन्न भएको छ ।

कार्यक्रममा जल तथा मौसम विज्ञान विभागले गर्ने मनसुन बुलेटिन सातदिने, तीन दिने र विशेष मौसम तथा बाढीको बुलेटिनमा रही अभ्यास गरिएको थियो । उत्तरगया गाउँपालिकाको उच्च जोखिममा रहेका स्थानलगायत सम्पूर्ण स्थानमा सूचना प्रवाहको विषयमा स्थानीय विपत् व्यवस्थापन समिति, वडा तथा सामुदायिक विपत् व्यवस्थापन समिति, स्वयम्सेवक, युवा क्लब, आमा समूह, रेडक्रसलगायतका सरोकारवालालाई कसरी विपतपुर्व र विपत्पश्चात् परिचालन गर्न सकिन्छ र गर्ने गरिन्छ भन्नेबारेमा अभ्यास भएको थियो । 

विशेष जानकारी दिन र उत्तरगया गाउँपालिकाले तयारी गरेको विपत् पूर्वकार्य तथा प्रतिकार्य योजनाको मूल्याङ्कन गर्न, यस घटना अभ्यासबाट अवगत भएका कमी तथा सुधार्नुपर्ने कुरालाई आगामी आउने वर्षको योजनामा समावेश गर्न सहयोग पुग्ने बताइएको छ । 

मानिसमा सतर्कता कसरी अपनाउने, विपद्काे समयमा गर्नुहुने नहुने कार्यबारेमा जानकारी दिने साथै विपत्को समयमा जनप्रतिनिधिले खेल्नुपर्ने भूमिका, विषय क्षेत्रका कर्मचारी, सुरक्षा निकाय, सामुदायिक विपत् व्यवस्थापन समिति, रेडक्रस, युवा क्लब, आमा समूह, स्थानीयलगायत सम्पूर्ण सरोकारवालाले आ–आफ्नो ठाउँमा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराइएको थियो । 

यस्तै, वडा नम्बर २ डाँडागाउँमा गरिएको कृत्रिम घटना अभ्यासमा जोखिममा रहेको लाम्चेढुङ्गा क्षेत्रका जोखिममा रहेका २१ परिवारलाई स्थानान्तरण, सवारी दुर्घटनाका घाइतेको उद्धार साथै प्राथमिक उपचार गरी अस्पतालसम्म लैजानेलगायतका अभ्याससमेत गरिएको थियो ।

उत्तरगया गाउँपालिका- ५ नौबिसे नयाँ बस्तीका पहिरोबाट जोखिममा रहेका १७ परिवारलाई पनि स्थानान्तरण साथै स्थानान्तरणपश्चात् अस्थायी बसोवासको प्रबन्ध साथै राहत समेत वितरण गरेको थियो । सोही क्षेत्रमा एक कुखुरा खोरमा भएको आगलागीको नियन्त्रण गरिएको थियो । अभ्यास कार्यक्रमका अनुभव साथै कार्यक्रमबारे चर्चा गर्दै गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले समापन गरेका थिए । 

कार्यक्रम गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगी, प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद अधिकारी, वडाध्यक्षलगायत स्थानीयलगायत सरोकारवालाको उपस्थितिमा सम्पन्न भएको हो ।

पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी नमुना घटना अभ्यास सम्पन्न

तीनवटा सामुदायिक वन कार्ययोजना हस्तान्तरण

Friday, April 12, 2024 0 Comments

तीनवटा सामुदायिक वन कार्ययोजना  हस्तान्तरण



रसुवा, उत्तरगया गाउँपालिका वडा नं २ र ३ का तीन वटा सामुदायिक वन उपभोक्ता समूहको वन कार्ययोजना तयार गरी हस्तान्तरण गरिएको छ ।

उत्तरगया गाउँपालिका–३ का वडा अध्यक्ष लालबहादुर लामा तामाङ, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने र दिगो वन विकास संयोजक अर्जुन चापागाईंले संयुक्त रुपमा ३ वटा वन कार्ययोजना हस्तान्तरण गर्नुभएको हो ।

महासंघको सहयोगमा तयार भएको तथा डिभिजन वन कार्यालय रसुवाले प्रमाणीकरण गरेको गणेशढुङ्गा सामुदायिक वनका अध्यक्ष नरबहादुर गुरुङ, कोरेलीगौथली सामुदायिक वनका अध्यक्ष सिंगबहादुर तामाङ र छागाटुप्पा सामुदायिक वन उपभोक्ता समूहका बहादुर तामाङलाई संयुक्त रुपमा वन कार्ययोजना हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरित कार्ययोजना बुझ्दै छागाटुप्पा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुर तामाङले जीवनभर आफुले जतन साथ हुर्काएको वनको अब नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो । ‘विधान संशोधन तथा कार्ययोजना नवीकरण भयो अब नेतृत्व हस्तान्तरण गर्छु ।’ उहाँले भन्नुभयो ।

कार्ययोजना हस्तान्तरणपछि भएको अन्तक्रियामा सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर गुरुङले समुदायकै सहभागीतामा बनेको भएपनि कार्ययोजना सबैले राम्ररी पढ्नु पर्ने बताउनुभयो ।

वडा अध्यक्ष लामाले सामुदायिक वन उपभोक्ता महासंघले बाँकी रहेका म्याद सकिएका अरु वन समुहको पनि कार्ययोजना निर्माणमा सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

प्रमुख अतिथी केन्द्रीय कोषाध्यक्ष न्यौपानेले उपभोक्ता समूहको छाता संगठन भएको नाताले महासंघले स्थानीयको अधिकारका बारे पैरवी तथा आन्दोलन गर्दै आएको बताउनुभयो ।

तीनवटा सामुदायिक वन कार्ययोजना  हस्तान्तरण

दिगो वन विकास कार्यक्रम संयोजक चापागाईंले महासंघले देशभरका १२७ वटा स्थानीय तहका केही सामुदायिक वनमा सानो सहयोग गरेको बताउँदै सामुदायिक वन संरक्षणमा स्थानीय समुदायको ठूलो भूमिका रहेको र दिगो वन व्यवस्थापन तथा वनमा आधारित आयआर्जन मुलक काममा ध्यान दिनुपर्ने बताउनुभयो । 

मकै बाली भित्र्याउँदा यसरी गर्नुस् गोदाम, सबै हिशावले सुरक्षित

Monday, August 28, 2023 0 Comments

 


रसुवाको उत्तरगया गाउँपालिका -३ ठूलोगाउँमा मकैलाइ झुत्तो परेर यसरी थाँक्रोमा भण्डारण गर्ने चलन कायमै छ । पुरानो यो चलन हराउँदै जान थालेपछि अहिले युवाहरूले पुन: यसरी राख्न थालेका छन् ।


किरा नलाग्ने र लामो समयसम्म नबिग्रने भएकोले यसरी राख्नु धेरै उचित भएकोले यसरी राख्न थालेका हुन् ।


स्थानीय उत्तरगया गाउँपालिका -३ ठूलोगाउँकी अम्बिका बिकले भनिन् पहिले काठको हुन्थ्यो अहिले ढलान घरको छतमा फलामे पोल, रड वा पिलरमा यसरी धेरैले थाँक्रो बनाएँ । यस्तो थाँक्रो हेरेर फोटो खिच्चेहरू धेरै झुम्मिने गरेको  पनि बिकले बताइन् । बीउ जोगाउन र सुरक्षित भण्डारका लागि रैथाने चलन मकै जोगाउन धेरै ठिक रहेको स्थानीय भोजमान तामाङ बताउँछन् ।


घर भित्र भन्दा सुरक्षित रहने पहिले भन्दा हल्का मोडिफाइ जस्तो पनि देखिने, राम्रो छ यसमा राखेको मकै सफा बस्छ पुरानो चलनले पनि निरन्तरता पायो, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले भनिन् - यस्तो चलन धेरैले छाडेका थिए, घर भित्रभन्दा बाहिर खुल्लामा हुने र कोठा नचाहिने भएकोले  अहिले फेरि उही चलनलाई निरन्तरता दिन थालियो ।


यो सामग्री हेमनाथ खतिवडाले तयार गरी पठाउनुभएको हो । 


प्रभावित वस्तीमा पहिरो पूर्व चेतना प्रणाली जडान

Saturday, August 19, 2023 0 Comments

 

उत्तरगया, रसुवा, भाद्र २ गते  । रसुवाको उत्तरगया-४ ढुंगेमा पहिरो पूर्व चेतना प्रणाली जडान गरिएको छ ।


एकसयभन्दा बढी घरधुरीहरू पहिरोको उच्च जोखिममा रहेका कारण उक्त प्रणाली वा  सेन्सर र साइरन जडान गरिएको हो ।


गाउँपालिकाभित्र सञ्चालित 'प्रतिबद्द परियोजना' अन्तर्गत उक्त कार्य सम्पन्न भएको बताइएको छ । परियोजनामा पिन, आत्मनिर्भर सेवा केेन्द्र, सेभ द चिल्ड्रेन र कन्सोर्टियमको साझेदारी रहेको छ । परियोजनालाई युरोपियन युनियनको आर्थिक सहयोग गरेको छ । 

 

यो प्रविधि प्रयोगसँगै पहिरोको पूर्व सूचना जानकारी हुने हुनाले पहिरोको जोखिम न्यून गर्न सकिने बताइएको छ ।

 

लामो समयदेखि प्रविधिको क्षेत्रमा कार्य गर्दै आइरहेको रामलक्ष्मण इनोभेसनले उक्त प्रणाली जडान गरेको उत्तरगया-४ का वडा सदस्य वासु न्यौपानेले बताए ।


रामलक्ष्मण इनोभेसनका अनुसार हाल जडान भएको प्रणालीको खर्च ५ लाख हाराहारीमा रहेको छ ।