ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Kalika News. Show all posts
Showing posts with label Kalika News. Show all posts

Thursday, January 1, 2026

सार्वजनिक सुनुवाइमा नाकादेखि बिस्थापित र भूमिहीनका गुनासा जनचासाे कम

 


रसुवा, जिल्ला प्रशासन कार्यालयकाे आयोजनामा कालिकास्थानमा भएको सार्वजनिक सुनुवाइमा ०७२ सालको भूकम्पबाट बिस्थापत भएकाहरुदेखि भूमिहीन, सुकुमवासी र रसुवागढीका नाकामा रहेका समस्याहरुका गुनासो उठान भएका छन् । 

जनचासाे कम भएकाेले नागरिककाे सहभागिता कम रहेकाे थियाे । स्थानीयकाे जनसहभागिता कम भएपछि सार्वजनिक सुनुवाइमा धेरै प्रस्नहरू भने थिएनन् । 



Sunday, December 28, 2025

विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण


रसुवा, क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल (आस्लुन) ले कालिका गाउँपालिका–४ धुसेनी स्थित श्री सेतीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।


“न्यानो माया–२०८२” कार्यक्रमअन्तर्गत विद्यालयका ४७ जना छात्र–छात्रालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग गरिएको संस्थाका कोषाध्यक्ष सुबास देवकोटाले जानकारी दिए । आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका विद्यार्थीहरूलाई लक्षित गरी उक्त सहयोग प्रदान गरिएको हो उनले  भने ।



कार्यक्रममा सहयोग सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए । विद्यालय पक्षले यस्ता सहयोग कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै पठन–पाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।


वर्षेनी असहाय विद्यार्थीहरूलाइ यस्ता सहयाेग गर्दै रसुवाको एक गैरसरकारी संस्था आस्लुनले यसअघि पनि रसुवा जिल्लाको गोसाइँकुण्ड माध्यमिक विद्यालय तथा लोकिल आधारभूत विद्यालयमा स्टेशनरी सामग्री तथा न्यानो कपडा सहयोग गरेका थिए । संस्थाका अध्यक्ष सुशील आचार्यले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताए । 





Monday, December 8, 2025

भालुको आक्रमणबाट २ घाइते


रसुवा, कालिका गाउँपालिका -५ मा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । 

सोमबार बिहान ७:३० बजे बारीमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेर कालिका गाउँपालिका -५ जिवजिवेका ५० वर्षका चेतनाथ गजुरेल र नौकुण्ड गाउँपालिका -५ खाल्चेतका ६० वर्षका मान बहादुर थिङ घाइते भएका हुन् । थिङलाइ जिवजिवेबाट खाल्चेत जाने बाटोमा जङ्गलीभालुले आक्रमण गरेर घाइते भएको लाङटाङ राष्ट्रिय निकुञ्ज कालिकास्थान पोष्टका रेन्जर सुलक्षा श्रेष्ठले बताइन् । 

थिङको शरीर भरी  चोट लागेको छ । घाँटी, टाउको र देब्रे कान नै चुढिएकाे गजुरेल गम्भीर घाइते देखिएको र जिविजिवे ग्रामीण अस्पतालमा उपचार गरी थप उपचारका गरी गँजुरेललाई भने गम्भीर घाईते भएका कारण हेलिकाेप्टरबाट उपचारका लागि काठमाडाै पाठाइएकाे छ । 

Wednesday, December 3, 2025

‘वृतान्त बिर्ता’ को बिमोचन


रसुवा, जिल्ला भूमि अधिकार मञ्च रसुवाद्वारा प्रकाशित पुस्तक ‘वृतान्त बिर्ता’ को बिमोचन एक कार्यक्रमका बीच शुक्रबार कालिका गाउँपालिका–२ कालिकास्थान स्थित भूमिघरमा विमोचन भयाे ।

किसानका दुई दशकको सङ्घर्ष, सफलता र सिकाइको सङ्गालो पुस्तक ‘वृतान्त बिर्ता’ को बिमोचन विमोचन भयोकाे हाे । २०८२ मंसिर १२ गते भूमिघर कालिकास्थानमा आयोजित विमोचन कार्यक्रममा संविधानसभा सदस्य मा.जनार्दन ढकालले गरेका हुन् ।

रसुवा जिल्लाका किसानहरूको विद्रोह, संघर्ष र भूमि आन्दोलनको विस्तृत नालीबेली समेटिएको यो पुस्तक ‘वृतान्त बिर्ता’ को बिमोचन विमोचन समारोहका प्रमुख अतिथि संविधान सभा सदस्य जनार्दन ढकालले जिल्लावासीकाे हर समस्या समाधानका लागि प्रतिवद्द रहेकाे बताउनुभयाे । उहाँले भाेलेमा किसानकाे गुमेकाे भूमि हक फिर्ता भएकाे स्मरण गर्दै मञ्चले गनेर् सवैखाले वकालत र अभियानमा साथ दिने बताउनुभयाे । बागमती प्रदेशसभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक कुमार घिमिरे, उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, नेकपा एमालेका प्रतिनिधि विष्णुप्रसाद पौडेल, नेकपा प्रतिनिधि पुष्पराज न्यौपानेलगायत वक्ताहरूले पुस्तकको महत्व तथा रसुवाको भूमि आन्दोलनको इतिहासबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । हेमनाथ खतिवडाले सञ्चालन गरेकाे कार्यक्रममा भूमिअधिकार मञ्चका अगुवाहरू पुलतीमाया लाे र चित्रकुमारी न्याैपानेले रसुवाकाे भूमि अभियान र पुस्तककाे बारे चर्चा गरेका थिए ।


जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष भवानी प्रसाद न्यौपानेले वृतान्त बिर्ता पुस्तक रसुवाको भूमि आन्दोलनको ऐतिहासिक दस्तावेजका रूपमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

बागमती प्रदेश सदस्य इन्द्र गोतामे, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरे, उत्तरगया गाउँपालिका अध्यक्ष मावधप्रसाद अर्याल, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उपाध्यक्ष मिरा तामाङ, लेखक रघुनाथ लामिछाने, वडाअध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी, भूमि अधिकार मञ्चका अगुवा एवं सदस्यहरु सहभागी थिए । कार्यक्रममा पुस्तक विमोचनसँगै, परिवर्तित अवस्थामा भूमि अधिकार अभियानलाइ सशक्त रुपमा अघि बढाई बिर्ता र गुठी समस्या समाधानमा केन्द्रित हुने छलफल भएको छ ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहयोगमा जिल्ला भूमि अधिकार मञ्च रसुवाले प्रकाशन गरेको पुस्तक ‘वृतान्त बिर्ता’ बिमोचनको लेखन तथा सम्पादन रघुनाथ लामिछाने, विश्वास नेपाली र सुष्मा न्योपानेले गर्नु भएको हो ।



Aamachhodingmo Important Places Aamachhodingmo News Agriculture News Articles Bamsha News Bhajan Book Introduction Budhist Culture Chhatra Nach Culture dhunche Dhunche Important Places Dried up Lakes Economic News Educational News Gadhi Gomba Gosainkunda Important Places Gosainkunda News Health News Historical Places Hydro Rasuwa Important Places Kalika Important Places Kalika News Kalika-2 Important Places Lakes Langtang Culture Langtang Important Places Litarature Natural View Towers Naukunda Important Places Naukunda News Nepal China Boarder News Picnic Spots Poem Political News Rasuwa News Rasuwa Nuwakot Songs /Music Sport News Tamang Related Tamang Village Technology Temples Thuman Important Places Tourism News Tourism Trail Uttargaya Important Places Uttargaya News Water Fall छन्द कविता जिल्ला परिचय शार्दुलबीक्रिडित छन्द
महत्वपूर्ण सूचना
रसुवामा नयाँ पर्यटकीय मार्ग सञ्चालनमा आएको छ।
सावधानी
हिमाली क्षेत्रमा चिसो अत्यधिक रहेकोले आवश्यक तयारी गर्नुहोस्।
मुख्य बुँदा
गोसाइँकुण्डलाई धार्मिक तथा प्राकृतिक दुवै पर्यटनको केन्द्र मानिन्छ।
यात्रा टिप्स
मौसम जाँचेर मात्र पदयात्रा सुरु गर्नु उपयुक्त हुन्छ।
जोखिम सूचना
अत्यधिक हिमपातमा यात्रा नगर्नुहोस्।

Friday, November 7, 2025

मस्तिष्कघातका कारण गम्भीर बिरामी मुरलीबहादुरको उपचारमा सहयोग गर्न अपिल


रसुवा, कालिका गाउँपालिका–३ इटपारेका मुरलीबहादुर नेपाली मस्तिष्कघात (ब्रेन स्ट्रोक) का कारण गम्भीर बिरामी परेका छन् । उनकाे उपचारका लागि सहयाेग जुटाउन सबैलाइ परिवार तथा आफन्तले अपिल गरेका छन् । 

उनको अहिले काठमाडौंस्थित केएमसी हस्पिटल, सिनामंगलमा उपचार भइरहेको छ । चिकित्सकहरुले उनलाई तत्काल शल्यक्रिया (अपरेसन) गर्नु बताएका छन् । तर नेपालीको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा कठिनाइ उत्पन्न भएको परिवारले जनाएको छ । जिल्ला भूमिअधिकार मञ्चका रसुवा संस्थापक सदस्य समेत रहेका नेपाली भूमिहीन हुन् । 

उक्त अवस्थालाई ध्यानमा राख्दै स्थानीयवासी तथा शुभेच्छुकहरूले “जीवन रक्षाका लागि सानो सहयोग, उहाँका लागि ठुलो आशा” भन्ने नारासहित सहयोग अभियान सुरु गरेका छन् ।  अभियान अन्तर्गत इच्छक शुभेच्छुकहरूले बिरामीको उपचारका लागि आर्थिक सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ । सहयोग गर्न इच्छुक महानुभावहरूले ग्लोबल आइएमई बैंक कालिकास्थान शाखामा रहेको संगिता स्याबा (बिरामीको बुहारी) को नाममा रहेको बैंक खाता नम्बर १९३०७०१०००२०७२ प्रयोग गरी सहयाेग प्रदान गर्न सकिने बिरामीका छाेरा शंकरले बताए । 

यस अभियानका सहयोगीहररूले अपिल गरेका छन् “हाम्रो सानो सहयोगले पनि एक जनाको जीवन बचाउन र एक परिवारमा उज्यालो फर्काउन सक्ने छ । मानवताको नाताले सबैलाई सहयोगका लागि आह्वान गर्दछौं ।”

मूरलीबहादुर बचाउ अभियान सुरू गरी सहयाेग जुटाउन  सुरू भएकाे छ । 



Tuesday, October 14, 2025

नीलकण्ठ माविमा शैक्षिक सामग्री वितरण

 


रसुवा, कालिका गाउँपालिका–५ को सहयोगमा निलकण्ठ नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

१ सय ५ जना विद्यार्थीहरूलाई जुत्ता, मोजा, झोला, पानीको बोतल, कपीलगायत शैक्षिक सामग्रीहरू वितरण गरिएको हो। वडा नं। ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप पौडेल, वडा सदस्यहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा इसीडिदेखि कक्षा ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक वर्षभरीका लागि पुग्ने गरी सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले जानकारी दिए।


विद्यालयले यसरी वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीहरूको उत्साह र शैक्षिक सहभागिता अझ बढ्ने विश्वास व्यक्त गरेको छ।


 

Sunday, October 12, 2025

पीडित परिवारलाइ क्षतिपूर्ति दिने सहमति , रसुवा बन्द फिर्ता

 



रसुवा,  पीडितका परिवारलाइ २५ लाख रुपैयाँ क्षतिपूर्ति तथा रोजगारी सुनिश्चित गर्ने सहमति पछि रसुवा बन्द फिर्ता भएको छ । 

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर मृत्यू भएका कालिका गाउँपालिका ३ का स्क्याभेटर चालक ५० वर्षीय शिव पौडेलका आफन्त तथा स्थानीयले जिल्ला बन्द गरेका थिए ।   

रसुवागढी जलविद्युत आयोजना सरकारी सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र पीडितका तर्फबाट कालिका गाउँपालिकामा भएको छलफल पछि मृततका परिवारलाइ २५ लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका १ जनालाइ रोजगारीको सुनिश्चितता गर्ने सहमति पछि बन्द फिर्ता भएको हो । 

प्रहरी, कालिका गाउँपालिकाका जनप्रतिनिधि, रसुवागढी जलविद्युत कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल पछि सो सहमति भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।   


पीडित परिवारबाट क्षतिपूर्ति माग गरी रसुवा बन्द

 


रसुवा,  गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर मृत्यू भएका कालिका गाउँपालिका ३ का स्क्याभेटर चालक ५० वर्षीय शिव पौडेलको परिवारले रसुवा बन्द गरेका छन् ।  

बन्दको अब्हान गरेपछि पासाङल्हामु सढकको रसुवा खण्डमा सवारी साधन चलेका छैनन् । काठमाण्डौका लागि कुनै सवारी चलेनन्। भने राजधानीबाट रसुवातर्फ जाने सवारी पनि बन्द छ । बन्दकर्ताले एम्बुलेन्स र विदेशी पर्यटक बाहेक मोटरसाइकल पनि ठप्प पारेका छन् । बन्दकर्ताहरूले बेतिनी, बनुवालगायत ठाउँठाउँमा सडक अवरुद्ध पारेका छन् । 

रसुवागढी जलविद्युत कम्पनीमा कार्यरत मृतकका परिवारलाइ काजक्रिया र क्षतिपूर्ति वापत ३५ लाख रूपैयाँ , पत्नीलाइ रोजगारी र छोराछेरीको उच्च शिक्षा अध्ययनकाे सुनिश्चित हुनुपर्ने जस्ता माग राख्दै जिल्ला प्रशासन कार्यालय र रसुवागढी जलविद्युत कम्पनीको ध्यानाकर्षण गराएको स्थानीय पुष्पराज न्यौपानेले बताए । उचित माग पुरा नभएसम्म लास बुझेर सदगत गर्ने बताएका छन् भने रसुवा जिल्ला बन्द घोषणा गरेपछि सार्वजनिक यातायात चनेका छैनन् । 

कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल हुन लागेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।   माग पुरा नभए कडा आन्दोलन गर्ने बन्दकर्ताहरुले बताएका छन् । 

Saturday, October 11, 2025

रेडियो लाङटाङकाे ११ औँ वार्षिक साधारणसभा सम्पन्न

 


रसुवा, रेडियो लाङटाङ ९०।३ मेगाहर्जको ११ औँ वार्षिक साधारणसभा शनिबार कालिका गाउँपालिकाको सभाहलमा सम्पन्न भयो । 

पर्यटन विकस तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालति रेडियाे लाङटाङ ९०.३ मेगाहर्जको ११ औँ वार्षिक साधारणसभा कार्यक्रमको अवसरमा जिल्लामा कार्यक्षेत्र बनाई नेपाल टेलिभिजन जिल्ला संवाददाता सुशील कोईरालालाई यस वर्षको स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार २०८२ प्रदान गरियो । 

उनलाइ नगद पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो । यस्तै योगमाया अधिकारी (ईश्वरी) स्मृति महिला स्वयंसेवीका पुरस्कार २०८२ बाट कालिका-३ की महिला स्वास्थ्य स्वयंसेवीका कुलकुमारी न्यौपाने नगद पाँच हजार पाँच सय पचपन्न रुपैयाँ सहित सम्मानित भइन् । साे अवसरमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक श्यामबहादुर पुडासैनी पनि सम्मानित भए । 

जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथिले तामाङले समाज रुपान्तरणको मुख्य आधार पत्रकार रहेको बताउदै समुन्नत, सुसंस्कृत, सभ्य समाज निर्माणमा सामुदायिक रेडियोको निर्णायक भूमिका हुने हुँदा निश्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा कुरामाथि जोड् दिए । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व अधिकारी , कालिका गाउँपालिका अध्यक्ष हरी कृष्ण देवकोटा, रसुवा अस्पताल मेसु डा।अचुत पौडेल, जनस्वास्थ्य कार्यलयका झमप्रसाद आचार्य, नागरिक समाज रसुवाका अध्यक्ष वाबुलाल तामाङलगायत जनप्रतिनिधि, राजनीतिक दल गैरसरकारी संस्था, पत्रकार र स्वास्थ्य स्वयंसेवीक र स्थानीयबासीहरू सहभागी थिए । 


एक सय ८४ औं पटक रक्तदान गर्ने सतक रक्तदाता प्रेमसागर रसुवामा सम्मानीत


रसुवा, नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले कालिका गाउँपालिका–२ मा ०८२ असाेज २५ गते १८४औं पटकको रक्तदान गरे ।  

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याचकाे संयुक्त रुपमा शनिबार आयोजित ७ औं रक्तदान कार्यक्रममा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले १८४औं पटकको रक्तदान गरेका हुन् । 

कार्यक्रममा कर्माचार्यलाई जिल्लावासी तथा कालिका गाउँपालिकाले पनि छुट्टछुट्टै सम्मान पत्र प्रदान गरे । प्रमुख अथिति रसुवा नागरिक समाजका अध्यक्ष तथा नेपाल रेडक्रस साेसाइटीका सभापति बाबुलाल तामाङ, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, जनस्वास्थ्य प्रमुख झमप्रसाद आचार्यलगायका जनप्रतिनिधि तथा स्थानीयले  उनलाइ दोसल्ला तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए । 

सम्मान ग्रहण गर्दै कर्माचार्यले याे सम्मानले अभियानमा अझै बढी लाग्ने र रक्तदानका क्षेत्रमा काम गर्न जिम्मेवारी थपिएको महसुस गरेको बताए । 

सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यललाइ देशब्यापी रूपमा रक्तदान अभियान सञ्चालन गरेकाे भन्दै कालिका गाउँपािलकाले सम्मानपत्र तथा दाेसल्लाले सम्मान गरेका थिए । रक्तदान आयोजक दुवै संस्था तथाले रसुवामा याे अभियानलाइ जाेड्ने कार्यमा कर्माचार्यले र संस्थापक जिल्ला अध्यक्ष प्रमिला लामाकाे पनि याेगदान रहेकाे चर्चा गरियाे । कर्माचार्य नेपालका रेकर्डेट रक्तदातामा हालसम्मका धेरै पटक रक्तदान गर्ने हुन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याचले नियमित रूपमा ७ औं पटक रक्तदान आयोजना गरेक हुन् । 

जिल्लाका बिभिन्न स्थानबाट आएर ८६ जनाले रक्तदान गरी ८६ पिन्ट रगत संकलन गरिएको रक्तदाता समाज रसुवाका अध्यक्ष रामशरण गजुरेलले बताए । संकलन भएको रगत केन्द्रीय रक्तसञ्चार केन्द्रमा पठाइएको छ । 











Sunday, August 24, 2025

दुइ बालिका बेपत्ता


रसुवा, कालिका गाउँपालिका–३ धारापानीका २ बालिका २ सातादेखि हराएका छन् । 

१४ वर्षिया सलिना तामाङ र १८ वर्षिया सञ्जिता तामाङ साउन २४ गतेदिख हराएका हुन । 

सलिनाका बाबु लारी तामाङ मलेसियामा छन् । छोरी हराएको खबर पाएपछि २५ गते बेत्रावती, काठमाण्डौ कोटेश्वर, कालिकास्थान, धुन्चेलगायतका प्रहरी चौकीमा जानकारी गरेको र मानव बेचविखन तथा अनुशन्धान ब्युरोमा समेत निवेदन उनका बाबुले दिएको बताए । ’हराएको छोरी खोजी गरिदिन मैले संचार माध्यम तथा प्रहरीमा अनुरोध गरेको छु तर दुइ सातामा पनि कुनै खबर आएन‘ तामाङले भने । 

सञ्जिताका दाजु सञ्जय तामाङका हराएकी बहिनीको खोजी गरिदिन जिल्ला स्थित प्रहरी चौकीहरुमा तथा संचार माध्यममा अनुरोध गरेको तर कुनै सूचना नपाएको बताए । खोजी कार्य भइरहेको 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए । 

त्यसै गरी नौकुण्ड गाउँपालिका–५ र ६ को सिमानामा पर्ने माङसे खोलाले बगाउँदा एक बालक २ सातादेखि बेपत्ता भएका छन् । 

विद्यालयको छुट्टीपछि नौकुण्ड गाउँपालिका–६ का सुनिल लोप्चन आमासँगै घर फर्कने क्रममा आकस्मिक रूपमा बढेको खोलाको पानीले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए । 


Tuesday, July 15, 2025

रसुवा पूर्ण खोप तथा दिगोपना जिल्ला घोषणा



कालिकास्थान ,रसुवा 

जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । कालिकास्थानमा आयोजित एक कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो ।


रसुवाका पाँच वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा , नौकुण्ड गापा अध्यक्ष नुर्बु साङ्बो घले, उत्तरगया गाउँपलिकाको उपाध्याक्ष चमेली गुरुङ पत्रकार, नागरिक समाजका अध्यक्षलगायतको उपस्थितीमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले रसुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरी जिल्ला स्थित जनस्वास्थ्य कार्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरे । 

समारोहमा जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यले जिल्लाको समर्पण, खोप पहुँचको विस्तार, सेवा सुधार, तथा स्थानीय सरोकारवालाको भूमिकालाई उजागर गर्दै यस सफलतालाई दिगो स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे । 

कार्यक्रममा जिल्लाका पाँचवटै गाउँपालिका तथा खोप सुनिश्चित घोषणामा योगदान पुर्‍याउने संघसंस्थाहरूलाई सम्मान गरिनुका साथै उत्कृष्ट खोपकर्तहरूलाई पनि प्रशंसा गरिएको थियो। 

जिल्ला समन्वय समिति रसुवाका प्रमुख घिमिरेले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

जिल्लाका १६ देखि २३ महिनासम्म उमेर समूहका १२६७ बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप १५ महिनाको उमेरभित्र लगाएको प्रमाणित भएपछि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेको हो । यसअघि जिल्लाका सबै ५ वटा स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा भएको जनस्वास्थ्य कार्यालय प्रमुख झम प्रसाद आचार्यले बताए । 


कार्यालयका अनुसार खोप सुनिश्चितता गर्न स्थानीय स्वास्थ्य स्वयंसेविकाका र स्वास्थ्यकर्मीले घरदैलो गरेका थिए । कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता तथा जनस्वास्थ्यकर्मीलाई सम्मानसमेत गरियो । सो अवसरमा पूर्णखोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो । 











Sunday, June 29, 2025

२२ औ राष्ट्रिय धान दिवस : रसुवाकाे रोपाइँ (शब्द तस्वीर )

 रसुवा , कालिका गाउँपालिका -५ जिवजिवेमा भएकाे २२ औ राष्ट्रिय धान दिवस अवसरमा सामुहिक राेपाइँ सम्पन्न भयाे । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्य, जिल्ला समन्वय समिति प्रमुख अशाेक कुमार घिमिरे, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटालगायत जनप्रतिनिधिहरू, सरकारी र्कमचारी, विदेशी पर्यटक,  किसान, समाजसेवीहरू तथा सामाजिक संस्थाहरूकाे सहभागिता रहेकाे थियाे । 

 मेलाका तस्वीरहरू ः 













Monday, June 23, 2025

डेंगु नियन्त्रण बारे सचेतना


रसुवा, कालिका गाउँपालिकामा  डेंगु राेगकाे  प्रकोप हुन नदिन राेग नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।

सोमबार जनस्वाथ्य कार्यालयले स्वास्थ्यकर्मी विच डेंगु रोगको विषयमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा डेंगु रोगका लक्षण यसबाट हुने खतरा र यसबाट जोगिने उपायका बारेमा जनस्वाथ्य अधिकृत झम प्रसाद आचार्यले जानकारी दिनुभएको थियो । 

कार्यक्रममा आचार्यले डेंगु रोगको प्रकोप बढदै गएको हुँदा यसबाट सबै सचेत हुन आग्रह गर्नुभएको थियो । डेंगुको लक्षण देखिना साथ चिकित्सकलाई देखाउन स्वास्थ्यकर्मीको सुझाव थियो । घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।

अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले कालिकास्थानमा ¥याली गदै पानी जमेको ठाउँ सरसफाई गरेको थिए । साे अवसरमा कालिका बजार नेपाल स्वयंसेवी रक्तदाता समाज, स्थानीय समाजसेवीहरू सहभागी थिए । 

Wednesday, June 11, 2025

कालिकास्थानमा बजार अनुगमन सम्पन्न


रसुवा, जिल्ला कालिका गाउँपालिका वडा नं २ मा संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन गरी ५ वटा पसलमा कारबाही गरेकाे छ । 

बजारमा हुन सक्ने कृत्रिम अभाव तथा कालो बजारी र न्यून गुणस्तरको खाद्यान्न बिक्री गर्ने पसलहरुलाई नियन्त्रण गर्न अनुगमन गरिएको हो । टोलीले ३१ वटा पसलमा स्थलगत रुपमा अनुगमन गरेकाे थियाे । जसमा खाद्यन्न तथा किराना पसल ११, होटेल तथा खाजा घर ९, फार्मेसी २, एग्रेभेट २ र अन्य पसलहरू ७ वटा रहेका छन् । 

अनुगमनका क्रममा  ५ वटा पसलमा कैफियत देखिएकोले प्रति पसल ५ हजार रुपैयाँ जरिवाना गरेको छ भने धेरै मुनाफा लिने,लेबल नभएका तथा केरमेट गरेको खाद्यन्न वस्तु बिक्री गर्ने र विल विजक एवम दर्ता प्रमाणपत्र देखाउन नसक्ने पसलहरुलाई समेत कारवाही गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए । 

सुन्धरा माध्यमिक विद्यालयको ४८ औं वार्षिकउत्सव सम्पन्न


रसुवा, रसुवाको कालिका गाउँपालिका- ३ धारापानीमा रहेको सुन्धरा माध्यमिक विद्यालयको ४८ औं वार्षिकाेत्सव सम्पन्न भएको छ ।

वार्षिकाेत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिलप्रसाद आर्चायले प्रगति प्रतिवेदन र आगामी भावी योजना तथा रणनीति प्रस्तुत गरे । कार्यक्रमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले नृत्य , कविता, गजल, मनाेरन्जनात्मक प्रस्तुति र विभिन्न विषयमा भनाई राखेका थिए । साे अवसरमा विद्यालय सेवा क्षेत्रका जेष्ठ नागरिक तथा सामुदायिक विद्यालय प्रति उत्प्रेरित अभिभावक, विद्यालयका लागि सहयाेग दाताहरूलाइ सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटले हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपूर्ण हुने बताए । 

शैक्षिक सुधारका लागि गाउँपालिकाले महत्वपुर्ण काम गर्दै आएको छ र हाम्रो क्रम जारी नै छ। त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको अध्यक्ष देवकोटाले बताए । कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण-पत्र वितरण गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य खिलबहादुर न्याैपाने, वडा अध्यक्ष फणिन्द्र प्रसाद न्याैपाने, वडा सदस्य, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विकको अध्यक्षतामा भएको थियो ।

साे अवसरमा विद्यार्थीहरूलाइ पुरस्कार प्रदान गरिएकाे थियाे । 

Tuesday, June 10, 2025

'सनातन सम्पदा' पुस्तक बिमाेचन


रसुवा,  बिश्व हिन्दु माहासघं नेपाल जिल्लाकार्य समिति रसुवाले कालिका गाउँपालिका भित्रका सनातन सम्पदाहरुको अभिलेखीकरण भएको धार्मिक पुस्तक बिमाेचन भयाे । 

बिश्व हिन्दु माहासघं नेपाल केन्द्रिय अध्यक्ष्य डा रामचन्द्र अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रवीण घिमिरेलगायत अतिथिहरूले संयुक्त रुपमा भएको बिमोचन गरेका हुन् । 

६६ पृष्ठ रहेकाे पुस्तकमा कालिका गाउँपालिका भित्रका ६६ मठ, मन्दिर, गाेम्बा तथा धार्मिक स्थल परिचय समेटिएका छन् । कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अध्यक्ष्य डा रामचन्द्र अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रवीण घिमिरे, ठाकुर देवकाेटालगायत अतिथिहरूले मन्तब्य दिएका थिए । 




Monday, June 9, 2025

महिला प्रशिक्षण सम्पन्न


 

रसुवा , अखिल नेपाल महिला संघ रसुवाकाे आयोजनामा २ दिने जिल्ला स्तरिय प्रशिक्षण सम्पन्न भयो । 

जेठ २४ र २५ गते कालिकास्थानमा केन्द्रीय अध्यक्ष टुका हमालकाे प्रमुख आतिथ्यतामा  भएकाे प्रशिक्षणमा ७० जना सहभागी थिए । केन्द्रीय सचिव पेम्बा लामा, प्रदेश इन्चार्ज शारदा कुमाल सहभागी प्रशिक्षणमा  प्रशिक्षण बिभागका सचिव याेगमाया सापकाेटाले प्रशिक्षण दिएका थिए । 

Wednesday, May 28, 2025

राम्चेमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न


रसुवा, कालिका गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा महिनावारी मैत्री समाजका लागि सहकार्य भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता  दिवसको अवसरमा महिनावारी स्वस्थ्य तथा व्यवस्थापन विषयक वक्तृत्वकला प्रतियोगिता राम्चेमा सम्पन्न भयो । 

कालिका-१ स्थित सेतीभूमे माविका भएको सो कार्यक्रम ५१ जना विद्यार्थीले भाग लिएका थिए । जसमा सञ्जीला तामाङ  प्रथम, पुष्प तामाङ द्वितीय , चमेली तामाङ तृतीय, सागुना तामाङ र सोनाम बुट्टी तामाङले सान्त्वना पुरस्कार हात परेका थिए ।  

सेतीभूमे माविका प्रधानाध्यपक शिला मगरको अध्यक्षतामा स्वास्थ्यकर्मी रामप्रसाद ढकालद्वारा सञ्चालित कार्यक्रममा विशेष अतिथि का बा वडा अध्यक्ष कल्पना तामाङ र राम्चे स्वास्थ्य चौकी प्रमुख सबिना माझी लगायत सहभागी रहेका थिए ।  






Tuesday, April 22, 2025

नेकपाकाे ७६ औं स्थापना दिवसमा ५ जना अगुवालाइ सम्मान


रसुवा, नेकपा एमाले जिल्ला कमिटीद्वारा आयोजित ७६ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम ९ वैशाख गते कालिकास्थानमा सम्पन्न भयाे ।

कार्यक्रममा पार्टीमा निरन्तर योगदान गर्नुभएका अगुवाहरू उत्तरगया गाउँपालिका ३ का नरबहादुर गुरुङ, कालिका गाउँपालिका ३ का पदमबहादुर झारीमगर, नौकुण्ड गाउँपालिका ३ का टिकानाथ नेउपाने, गोसाईकुण्ड गाउँपालिकाबाट कामी याङजेन तामाङ र आमाछोदिङमो गाउँपालिका १ वाट गोण्डा तामाङलाइ सम्मानीत गरिएको छ, साथै राष्ट्रिय युवा संघ, नेपाल रसुवा जिल्ला कमिटीले गरेको राजनीतिक, सांगठनीक र रचनात्मक गतिविधिहरूकाे मूल्याङ्कन सहित प्रशंसा पत्र प्रदान गरिएकाे जनाइएकाे छ । उनिहरूलाइ सम्मानपत्र तथा खादा लगाएर प्रमुख अतिथी पार्टी केन्द्रीय नेता इश्वरी रिजालले सम्मान गरेका हुन् ।

छलफलमा उर्केन लामा, रामशरण कुइकेल, लाक्पा तामाङ, बलराम घिमिरे, गाैतम तामाङ लागयत ५ जनाले जिज्ञासा राखेका थिए ।

स्थापना दिवसकाे अवसरमा केक काटेर सुरू भएकाे अन्तक्रिया कार्यक्रममा नेकपा एमालेका नेताहरूले धारणा राखेका थिए । केन्द्रिय नेताहरू अशेक घिमिरे, प्रेम तामाङ, इश्वरी रिजाललगायतले नेकपा स्थापनामा अग्रजहरूले ठूलाे भूमिका खेलेकाे र त्यसकाे जगमा एमालेले मुलुकमा समृद्धि ल्याउने बताए ।