यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Showing posts with label Kalika News. Show all posts
Showing posts with label Kalika News. Show all posts

अनेरास्ववियु सागर लामा

Sunday, February 02, 2025 0 Comments

कालिकास्थान, अनेरास्ववियु रसुवा जिल्ला कमिटीको १४ औं जिल्ला अधिबेशनबाट सर्वसम्मत रूपमा सागर लामा अध्यक्ष पदमा निर्वाचित भएका छन्। यसै अधिबेशनबाट अन्य पदाधिकारीहरूको चयन पनि गरिएको छ।

उपाध्यक्ष पदमा रोजिना तिमिल्सिना, राजकुमार लामा र पासाङ तामाङ चयन भएका छन् भने सचिव पदमा किप्पा छिरिङ गलन, सहसचिव पदमा सुजन डंगोल, रुस्तम गुरुङ र मुकेश पौडेल चयन भएका छन्। कोषाध्यक्ष पदमा पुष्पा तामाङलाई मनोनयन गरिएको छ।

प्रेस चौतारी रसुवाकाे अध्यक्षमा पुन: घिमिरे

Saturday, February 01, 2025 0 Comments


कालिकास्थान, प्रेस चौतारी नेपाल रसुवा शाखाकाे चौथाे जिल्ला अधिबेशनले पुन : अध्यक्षमा बलराम घिमिरेलाई चयन गरेकाे छ ।

शनिबार कालिकास्थानमा सम्पन्न अधिबेशनबाट नव निर्वाचित कार्यसमितिकाे उपाध्यक्ष विजया तिवारी, सचिव सरस्वती न्यौपाने सचिव, उपसचिव मञ्जु तामाङ, र काेषाध्यक्ष गंगाकुमारी मिजार निर्वाचित भए । सदस्यहरूमा सूर्यबहादुर थाेक्रा, साेममाया तामाङ , सुष्मा न्यौपाने र राकेश लामा रहेका छन् ।

त्यस्तै, केन्द्रीय प्रतिनिधिमा दिपक लामा, गंगा कुमारी मिजार चयन भएका छन्। प्रदेश प्रतिनिधिमा विजया तिवारी र मञ्जु तामाङ निर्वाचित भएका छन्। नयाँ नेतृत्वलाई सपथ ग्रहणसँगै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अधिवेशन समापन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेकाे केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा जिल्ला समन्वय प्रमुख अशाेककुमार घिमिरे, बागमती प्रदेश कमिटी सचिवालय सदस्य कुलप्रसाद भट्ट, प्रेस चाैतारी केन्द्रीय सदस्य तिर्थ नेपाल, जिल्ला इन्चाज दिपक लामा, नुवाकाेट जिल्ला अध्यक्ष श्रीराम अधिकारी, नेपाल पत्रकार महासंघ रसुवाका संस्थापक अध्यक्ष ज्ञानेन्द्रनाथ न्याैपानेले शुभकामना दिएका थिए ।

बन्दसत्रमा केन्द्रीय निर्वाचन कमिटी उपाध्यक्ष नबराज ढकाल लगायतले निर्वाचन प्रक्रिया बारे जानकारी दिएका थिए ।




लायन्स क्लबद्धारा असहाय बालबालिकालाइ न्यानो कपडा तथा स्टेशनरी बितरण

Friday, January 10, 2025 0 Comments

रसुवा, कालिका गाउँपालिका–१ राम्चे स्थित सेतीभूमे माविका अशहाय बालबालिकाहरुलाइ लायन्स क्लबले न्यानो कपडा तथा स्टेशनरी वितरण भयो । 

लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्ध Lions Club of Kathmandu Laughing Buddha ले ३० जना टुहुरा तथा अशहाय बालबालिकाहरूलाइ न्यानो कपडा तथा स्टेशनरी बितरण गरेकाे क्लबका अध्यक्ष जानुका आचार्य देवकोटाले बताइन् । 

लायन्स क्लबकाे निस्वार्थ सामाजिक सेवामा अनवरत यात्रा अन्तर्गत आफ्नै गृह जिल्लाका अशहाय बालबालिकालाइ न्यानो कपडा एवम् शैक्षिक सामग्री बितरण गर्ने कार्यक्रम गरेकाे उनले बताइन् । 

कार्यक्रममा लायन्स क्लबका सदस्यहरू सेतीभूमे माविका प्रधानाध्यापक शीला मगर, शिक्षकहरूलगायत सहभागी थिए । 



माओवादी केन्द्र कालिका गाउँपालिकामा शिबराम

Saturday, January 04, 2025 0 Comments



रसुवा, नेकपा (माओवादी केन्द्र ) कालिका गाउँपालिकाको तेस्रो सम्मेलनबाट निर्वाचित शिवराम लामिछानेकाे अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएकाे छ ।

शनिबार कालिकास्थानमा भएकाे सम्मेलनबाट वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद लामिछाने, उपाध्यक्ष राजन न्यौपाने
उपाध्यक्ष माधव प्रसाद पौडेल, उपाध्यक्ष :पेम्बा तमाङ, सचिव दावा तामाङ, सहसचिव बलराम लामिछाने
कोषाध्यक्ष सरिता घिमिरेलगायत भएका छन् ।

धैबुङ्ग कालिका साना किसान सहकारी १४ लाख नाफामा

Monday, December 30, 2024 0 Comments

 


रसुवा, धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्थाले गत वर्ष १३ लाख  ९१  हजार रूपैयाँ खुद नाफा गरेकाे छ । 

संस्थाकाे १३ औं वार्षिक साभारण सभामा अध्यक्ष विष्णु पाैडेलले आब ०८०/०८१ मा १३ लाख  ९१  हजार रूपैयाँ खुद नाफा कमाएकाे बताए । उनले ५ कराेड १७ लाख रूपैयाँ लगानीमा रहेकाे बताए । 

संस्थाका नि प्रबन्धक पुर्णप्रसाद न्याैपानेले १७८ वटा समुह मा १०४४ जना सेयर सदस्य रहेका छन् । २९९ पुरूष र ७४५ महिला सेयर सदस्य रहेका छन् ।  संस्थाकाे ३ कराेड १९ लाख रूपैयाँ बचत रहेकाे बताए । सेयर पुँजी ६२ लाख १३ हजार रूपैयाँ रहेकाे छ । यस वर्ष ४ कराेड ६९ लाख ९४ हजार रूपैयाँ लगानीमा रहेकाे उनले बताए । 

साधारणसभामा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाले धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्था लि नमुना रहेकाे र यस संस्थालाइ स्थानीय सरकाले सहयाेग गर्ने बचन दिए । सहकारीका सेयर सदस्य रामकुमार देवकाेटा, कालिका-३ का वडा अध्यक्ष फणिन्द्रप्रसाद न्याैपाने, भाेर्ले साना किसान सहकारी संस्था लि का अध्यक्ष रामहरि देवकाेटा, लेखा समिति संयाेजक विष्णु प्रसाद देवकाेटा, साना किसान विकास बैंक गजुरीका सूर्य अधिकारीलगायतले साधारणसभामा शुभकामना दिएका थिए । 

सभामा सहकारी संस्थाका उत्कृष्ठ बाल बचत, उत्कृष्ठ ऋणी, उत्कृष्ठ बचत सदस्य, उत्कृष्ठ समुह, उत्कृष्ठ ब्यवसायीहरूलाइ नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएकाे थियाे । 






आगलागी पीडितलाइ जस्तापाता प्रदान

Wednesday, December 18, 2024 0 Comments

रसुवा,राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू रसुवाले अभियानकै रूपमा सहयाेग जुटाएर कालिका गाउँपालिका-१ ग्राङगाउँमा आगलागीबाट पीडित ३ घरलाइ राहत बितरण गरेकाे छ ।

स्थानीयवासी नेमा नुर्बु तामाङको घरमा जडान गरेको बिजुलीको मिटर बक्समा विद्युत सर्ट भएर सल्केको आगोले निजको एउटा घर, छिमेकी दुई जनाको  छिरिङ पेम्बा तामाङ र मान बहादुर तामाङको घर जलेर नष्ट भएको  थियाे । पीडित ३ परिवारलाइ युवा संघले संकलन गरेकाे रकमबाट २/२ बण्डल जस्तापाता खरिद गरी एक कार्यक्रम गरी प्रदान गरेकाे युवा संघ रसुवाले जनाएकाे छ ।   बण्


लैङ्गिक हिसा बिरुद्ध हस्ताक्षर संकलन अभियान

Saturday, December 07, 2024 0 Comments




रसुवा , लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत रसुवामा बिभिन्न सामाजिक संस्थाहरुले संयुक्त रुपमा कालिका गाउँपालिकामा हस्ताक्षर संकलन अभियान थालेका छन् । 

‘हामी सबैको प्रतिवद्धता : लौङ्गिक हिंसा अन्त्यको लागि एक्यवद्धता’ भन्ने नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सामाजिक संस्थाहरुले आज कालिका गाउँपालिकामा हस्ताक्षर संकलन अभियान थालेका हुन् । 

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला तथा स्थानीय महासंघ, गैसस महासंघ, मानव अधिकार एलाइन्स, कालिका हिमालय एसएलसी २०५६ ब्याच, मानव अधिकार तथा सामुदायिक विकास स्राेत केन्द्र, नेपाल स्वयमसेवी रक्तदाता समाजलगायतका सामाजिक संस्थाहरुले लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत हस्ताक्षर संकलन गरेका हुन् । 




सरकारी विद्यालयलाई बोर्डिङ सरह बनाउन लागेकी प्रधानाध्यापक शिला मगरको संघर्षपूर्ण यात्रा

Sunday, November 17, 2024 0 Comments

सरस्वती न्यौपाने

गरे जे हुने एक उदारण देखिएकाे छ । नेपालको पहाडी गाउँहरूमा गुणस्तरीय शिक्षा प्राप्त गर्न बालबालिकाका लागि ठूलो चुनौती रहँदै आएको छ। तर, यो चुनौतीलाई अवसरमा बदल्न एक दृढ नारीले आफ्नो जीवनको सपना बनाइन्। त्यो नारी हुन्– शिला मगर । 

एक सरकारी विद्यालयकी प्रधानाध्यापक, जसले आफ्नो विद्यालयलाई अब्बल (बोर्डिङ स्कूल सरह) बनाउने अठोटका साथ ठूलो यात्रा तय गरिन् । कालिका गाउँपालिका -१ राम्चे स्थित एकमात्र विद्यालय हाे सेतीभूमे मावि यहाँका विद्यार्थी पढाइमा अघि बढ्दै  जिल्ला स्तरिय खेलहरूमा उत्कृष्ट प्रस्तुती गर्दै छन् । उनकाे प्रेरणले धेरैले जन्मदिनकाे अवसरमा सहयाेग पनि प्रदान गरेका छन् । 

चुनौतीहरूको सामना



प्रअ शिला मगरको पहिलो कदम सरकारी विद्यालयमा प्रधानाध्यापकको रूपमा नेतृत्व लिएर जब उनले हात हालिन्, तब विद्यालयको अवस्था अत्यन्तै कमजोर थियो। विद्यार्थीहरूको संख्या कम, शिक्षकहरूमा प्रेरणाको अभाव र शैक्षिक गुणस्तर न्यून थियो। स्थानीय समाजमा सरकारी विद्यालयहरूलाई ‘गुणस्तरहीन’ को रूपमा लिइन्थ्यो । जहाँ अभिभावकहरूले आफ्ना बालबालिकालाई पढाउन उत्साहित हुँदैनथे। धेरैजसो विद्यार्थी निजी बोर्डिङ स्कूलमा पढ्न जान्थे, किनभने त्यहाँ राम्रो वातावरण र शैक्षिक गुणस्तरको ग्यारेन्टी हुन्थ्यो।

हिजाे घरघरमा भेटिने बालबालिका अहिले सबै विद्यालय भर्ना भएका छन् । नियमित विद्यालय पुग्छन् । पढ्ने मात्र नभइ जिल्लाभरका अतिरिक्त क्रियाकलापमा जित्छन् । पालिकामा त धेरै ठूला पुरस्कार हात परेका छन् । उत्कृष्ट विद्यालयकाे लयमा गति लिन लागेकाे सराेकारवालाहरू बताउँछन् । 

तर शिला मगरले यी चुनौतीहरूलाई आफ्नो प्रेरणा बनाएर काम गर्न थालिन्। उनले आफ्नो विद्यालयलाई बोर्डिङ सरह बनाउन योजनाबद्ध तरिकाले अघि बढ्न थालेकी थिइन्।

शैक्षिक सुधारको पहल

शिलाको पहिलो कदम भनेको शैक्षिक गुणस्तर सुधार गर्नु थियो। उनले नयाँ शिक्षण सिकाइ विधि अपनाउन प्रेरित गरिन्। स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै उनले विद्यालयमा आवश्यक स्रोतसाधन जुटाउन थालिन्। पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षाको सुरुवात गरिन्, जसले गर्दा विद्यार्थीहरूको पढाइमा ठूलो परिवर्तन देखिन थाल्यो। समन्वय र सहकार्यकाे कला जानेकी शिलाले जनप्रतिनिधि तथा सवै सराेकारवाकाे हातेमालाेमाट सवै कुरा सम्भव देख्छिन् । 

विद्यार्थीमैत्री वातावरणको सिर्जना

शिलाको दोस्रो महत्वपूर्ण कदम भनेको विद्यालयको वातावरण सुधार गर्नु थियो। उनले विद्यालयलाई विद्यार्थीमैत्री बनाउन काम गरिन्। विद्यालयको भौतिक संरचना सुधार गरिन्, सफा शौचालयको व्यवस्था र खानेपानीको राम्रो सुविधा सुनिश्चित गरिन्। विद्यालय परिसरमा बगैंचा स्थापना गरी विद्यार्थीहरूलाई प्रकृतिको नजिक राखेर अध्ययन गर्न उत्प्रेरित गरिन्। यसले विद्यालयलाई बोर्डिङ स्कूलको वातावरण जस्तै बनाउनेतर्फ ठूलो मद्दत पुर्‍यायो।

आर्थिक चुनौतीहरूको सामना

विद्यालयलाई सुधार्नका लागि आर्थिक स्रोत जुटाउनु शिलाका लागि ठूलो चुनौती थियो। तर उनले यो समस्यालाई पनि समाधान गर्ने प्रयास गरिन्। उनी स्थानीय जनप्रतिनिधि, संघसंस्था र गैरसरकारी संगठनहरूसँग मिलेर आर्थिक सहयोग जुटाउन लागि परिन्। यसबाट विद्यालयले खेल मैदान, अतिरिक्त गतिविधि कार्यक्रमहरू र पोषणयुक्त खाजाको व्यवस्था गर्न सकेको थियो।

प्राविधिक शिक्षाको सुरुवात

सिर्जनशील सोच राख्ने शिलाले परम्परागत शिक्षाबाट अगाडि बढ्दै प्राविधिक शिक्षाको सुरुवात गरिन्। उनले आफ्नो विद्यालयमा प्राविधिक शिक्षा र व्यवसायिक तालिम पनि सुरु गरिन्। कम्प्युटर विज्ञान, कृषि, सिलाइ बुनाइजस्ता सीप विकास कार्यक्रमहरूले विद्यार्थीहरूलाई अध्ययनसँगै सीप सिक्न प्रेरित गर्‍यो। यसले गर्दा विद्यार्थीहरू निस्केको बित्तिकै रोजगारीको अवसर पनि पाउन थाले।

नतिजामा उदाहरणीय सफलता



शिला मगरको अथक मेहनत र दूरदर्शी नेतृत्वले विद्यालयलाई सम्पूर्ण रूपमा परिवर्तन गर्‍यो। विद्यालयको वातावरण बोर्डिङ सरह भएपश्चात् अभिभावकहरू आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न उत्साहित हुन थाले। विद्यालयको शैक्षिक नतिजा उल्लेखनीय सुधार भएको छ र विद्यार्थीहरूमा आत्मविश्वास बढेको छ। 

तामाङ वस्ति भएकै कारण पढाइमा अशुद्ध हुन्थो । सवैले हेला गर्दथे । अहिले सवैको वाहवाहि भएको छ । यसैमा गर्व गर्ने ठाउँ रहेको उनी बताउँछिन् ।

‘शिला मगर बहिनी प्रधानअध्यापक भएकै कारण शैक्षिक सुधार भएकोमा हर्षविभोर भएको छु’, रसुवा नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले भने, ‘उहाँको उदाहरणीय काम गरेर अरूले पनि सिक्नु पर्छ।’

अहिले उनको विद्यालयमा निजी बोर्डिङ सरहको स्तर छ, जहाँ विद्यार्थीहरू राम्रोसँग पढ्न, खेल्न, र अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाउँछन्। विद्यार्थीहरुको संख्यामा पनि वृद्वि भएको छ । विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन शिला मगरको यो यात्रा प्रेरणादायी छ। 

उनको यो संघर्षपूर्ण यात्राले न केवल विद्यालयलाई परिवर्तन गर्‍यो, तर सम्पूर्ण गाउँमा शिक्षा प्रतिको दृष्टिकोणलाई पनि परिवर्तन गर्न सफल भयो।

सानै देखि केही गर्नुपर्छ दुरदराज का सवै अभिभावक सम्पन्न हुदैनन वोडिङ स्कुल पढाउन  मासिक शुल्क हुदैन । त्यसलाई पनि मध्येनजर गरेर गरे सम्भावना छ भनेर लागि पर्दा नतिजा राम्रो रहेको उनी वताउछिन् ।

शिला मगरको कथा नेपालभरका सरकारी विद्यालयहरूका लागि एउटा प्रेरणाको स्रोत हो। उनीजस्ता दृढ इच्छाशक्ति भएका प्रधानाध्यापकहरूले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने र सरकारी विद्यालयको छवि परिवर्तन गर्ने सक्ने प्रमाण हुन्। शिलाको यात्राले देखाउँछ कि सही योजना, सामुदायिक सहयोग र नेतृत्वले असम्भव जस्तो देखिने परिवर्तनहरू सम्भव हुन्छन्।

सरकारी स्कूलको परिभाषा दिने एक असल उदाहरणीय शिक्षिका हुन् भन्ने कुरालाई प्रमाणित गरेकी छन् । आफू पनि सरकारि स्कुल नै पढेर दुख संर्घष गरेर यहाँसम्म आएकाले पनि अलि धेरै नै सरकारि स्कलको शैक्षिक गुणस्तर होस भनेर लागि परेकी छन् ।

सवै राम्रो सोच्ने पनि हुदैन, नराम्रो सोच्ने पनि हुदैन परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भनेर अगाडि वढेपछि सिङ्गो विधालय परिवार, अभिभावक र विधार्थिहरूले सहयात्री वनेका छन् । 

उनी साँचिकै ‘बोर्डिङसरहको सरकारी स्कूल’ को परिभाषा दिने एक असल उदाहरण हुन्। इमान्दार र निस्वार्थभावकी शिला भन्छिन समुदाय र विद्यालय परिवारकाे टिमले गरेकाे हामी सफलता चुम्न सक्छाैं । 



नौ वर्षपछि विद्यालय भवन सिलान्यास

Wednesday, November 13, 2024 0 Comments


रसुवा, कालिका गाउँपालिका–५ जिवजिवेमा रहेको निलकण्ठ नमुना मावि भवन भवन निर्माण सुरु भएको छ । भूकम्पले ध्वस्त भएको ९ वर्षपछि मित्रराष्ट्र चिन सकारले विद्यालय भवन निर्माण सुरु गरेको हो । 

प्रतिनिधि सभा सदस्य तथा प्रमुख अतिथि मोहन आचार्यले उक कार्यक्रमका बीच उक्त भवनको सिलान्सास गरेका हुन् । जग्गा खोजेर अस्थायी कक्षा कोठा निर्माण गरेपछि पुरानो विद्यालय भवन भत्काएर निार्माण सुरु भएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताए । 

‘टिएलसी (अस्थायी कक्षाकोठा) पनि भत्केपछि पुनःजस्तापाताले बारेर निकै दुःख गरेर पढाइयो बल्ल नयाँ भवन बन्ने भो प्रअ देवकोटाले भने यसमा चीन सरका तथा सवै सरोकारवालाहरूले साथ दिएका छन् ’। 

यो विद्यालय सहित देशभरका १० विद्यालय निर्माण गर्ने गरी आव ०६८÷०६९मा संझौता भएको थियो । तर एक दशकसम्म विद्यालय निर्माण नहुँदा पठन पाठनमा समस्या परेको थियो । ढिलै भएपनि गुणस्तरिय तथा सुविधा सम्पन्न ६० कोठा भएको विद्यालय भवन निर्माण हुने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कालिका ५ का वडा अध्यक्ष सन्दिप पौडेलले बताए । ७ रोपानी जग्गामा चीन सरकारले ८८ करोड रुपैयाँमा टेण्डर आब्हान गरी निर्माण सुरु भएको उनले बताए । भवन China Jiangsu International ETCC कम्पनीले निर्माण सुरू गरेकाे हाे ।


०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पका कारण पूर्ण रुपले क्षतिभएको भवन हालसम्म निर्माण हुन नसक्दा असुरक्षित टहरामा कक्षा सञ्चालन गर्नु परेको थियो । विद्यालयमा ४ सय ६० जना विद्यार्थी अध्ययनरत छन्् । 

विद्यालय भवन सिलान्यास कार्यक्रममा दलका प्रतिनिधिहरू, संबिधानसभा सदस्य प्रेम तामाङ, जनार्दन ढकाल, प्रमुख जिल्ला अधिकारी केष्ण पौडेल, जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे, बागमती प्रदेश सभा सदस्य प्रभात लामा, प्रतिनिधि सभा सदस्य मोहन आचार्य, स्थानीय तहका जनप्रतिनिधिहरूले समयमा भवन निर्माण सकेर शैक्षिक गुणस्तर अभिबृद्धिमा जोड् दिनुपर्ने बताए ।

विद्यालयका लागि जग्गा दान गर्ने स्थानीय समाजसेवी जीतबहादुर तामाङलाइ सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीयले पञ्चेबाजा, भजन तथा छत्रनाच प्रस्तुत गरी स्वागत गरेका थिए ।  



विद्यालय निलकण्ठ नमुना मावि भवन सिलान्सासमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मोहन आचार्य तगायत बिशेष अतिथिहिरू 

तस्वीर हेमनाथ खतिवडा रसुवा 






चाडपर्व लक्षित गरी बजार अनुगमन

Tuesday, October 29, 2024 0 Comments

रसुवा, संयुक्त बजार अनुगमन टोलिले चाडपर्व लक्षित गरी बजार अनुगमन गर्दा ५ वटा पसललाई कारवाही गरेको छ ।चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव,कालोबजारी,मूल्यवृद्धि र न्यून गुणस्तरको खाद्यान्न बिक्री गर्ने पसलहरुलाई नियन्त्रण गर्न , अनुगमन गरिएको हो। 

बजार टोलिले खाद्यान्न पसलहरुलाई संयुक्त बजार अनुगमन टोलिले संयुक्त बजार अनुगमन टोलीद्धारा रसुवाको कालिका गाउँपालिकाका १४  वटा पसलको अनुगमन क्रममा ५ वटा पसललाई कारवाही गरेको हो ।

अनुगमनको क्रममा कालिका गाउँपालिकाका वडा नम्वर २ र ५ वडाको  १४ वटा पसलहरुमा अनुगमन हुँदा ५ वटा पसलहरुलाई कैफियत देखिएकोले २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

उक्त जरिवाना उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गरिएको तथा अखाद्य वस्तुहरुलाई नष्ट गरिएको अनुगमन टोलिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीको नेतृत्वमा बजार अनुगमन भएको थियाे ।

धेरै मुनाफा लिने,लेबल नभएका तथा केरमेट गरेको खाद्यान्न वस्तु बिक्री गर्ने र विल विजक एवम दर्ता प्रमाण पत्र देखाउन नसक्ने पसलहरुलाई समेत कारवाही गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले जानकारी दिए । 

अनुगमनको क्रममा कारवाई र जरिवाना गरिएको पसलहरु ढकाल किराना पसल ५०००, उजित किराना पसल ५०००, भोर्ले जिवजिवे साना किसान सहकारी संस्था ५०००, कृष्ण एग्रो कन्सर्न ५०००, रविन्द्र किराना पसल ५०००, 

संयुक्त बजार अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय रसुवा, कालिका गाउँपालिकाका उपाध्यक्ष मिरा तामाङ, उद्योग तथा वाणिज्य कार्यालय रसुवाका प्रतिनिधि,उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिहरु एवं सन्चारकर्मीलगायतको सहभागिता रहेको थियोे ।

संविधान दिवस २०८१ मा दिपावली

Thursday, September 19, 2024 0 Comments

रसुवा, संविधान दिवस तथा राष्ट्रिय  दिवस २०८१ को अवसरमा अनेरास्ववियु,अनेरास्ववियु क्रान्तिकारी र नेपाल विध्यार्थी संघ संयुक्त रुपमा कालिकास्थानमा दिपावली तथा काेण सभा गरे । 

संविधान दिवसका अवसरमा असाेज ३ गते साँझ दिपावली तथा सभामा अवसरमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उद्द्ब रिजाल, नेपाली काङ्ग्रेस कालिका गाउँपालिका सभापति ज्ञानु तमाङलगायत विद्यार्थी नेताहरूले आफ्नो बिचार राखेका थिए । 


सन्दर्भ संविधान दिवस : रसुवामा सत्तरी जनाले गरे रक्तदान

Thursday, September 19, 2024 0 Comments


रसुवा, संविधान दिवस ०८१ काे अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरे । 

कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपलिका उपाध्यक्ष मिरा तामाङ, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय काेषाध्यक्ष तथा रसुवा जिल्ला अध्यक्ष प्रमिला लामा, कालिका शाखाका अध्यक्ष तारा कार्कीलगायत सहभागी थिए । 

प्रमुख अतिथि तामाङले ब्लड ब्याग हस्तान्तरण तथा कार्यक्रम सञ्चालक नेपाल स्वयंसेवी रक्तदाता समाजका सचिव हेमनाथ खतिवडाले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे रचना रसुवा कविता वाचन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।  कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको थियो ।


 “रसुवा” शीर्षककाे कबिता 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा ७० जनले रक्तदान गरेका थिए । रगतकाे अभाव हुन नदिन दुवै संस्थाले संविधान दिवस असाेज ३ र प्रजातन्त्र दिवस फागुन ७ गते नियमित रक्तदान गर्ने जनाएकाे छ । 




कविता “रसुवा”

उत्प्रेरणा कार्यक्रम पश्चात् उत्साहित रसुवा !
स्वयंसेवी रक्तदाताहरूको उर्वरभूमि रसुवा !
रगतको मर्म बुझ्दै नित्य रक्तदान गर्ने रसुवा !
हिमाली भेगमा रक्तदान अब्बल गर्ने रसुवा !
रक्तदान कार्य मार्फत पुनर्जीवन दिने रसुवा !
जीवनकाे पर्याय रगत,रक्तदान बुझ्ने रसुवा !
रक्तदानलाई नै सदासर्वदा धर्म ठान्ने रसुवा !
रक्तदान गर्दै मानव सेवा गर्ने यहि हो रसुवा !
स्वयंसेवी रक्तदाताबाट रगत पूर्ति गर्ने रसुवा !


सदस्य सुरक्षण कार्यक्रम तथा तीज बिशेष कार्यक्रम सम्पन्न

Saturday, August 31, 2024 0 Comments

रसुवा, तीजको अवसरमा कालिका गाउँपालिका -२ स्थित धैबुङ्ग कालिका साना किसान कृषि सहकारीको आयोजनामा सदस्य सुरक्षण कार्यक्रम तथा तीज बिशेष दरखाने कार्यक्रम सम्पन्न भयो । 

कार्यक्रम कालिका गाउँपालिका उपाध्यक्ष मिरा लामा, वडा अध्यक्ष उमेश न्यौपाने सहकारी सञ्चालक समिति, सेयरधनीहरू, कर्मचारीलगायत स्थानीयकाे सहभागी थिए । 

सहकारीले सञ्चालन गरेकाे सदस्य सुरक्षण कार्यक्रम बारे जानकारी तथा तीज बिशेष साँस्कृतिक गीत तथा नृत्य र दरखाने कार्यक्रम सम्पन्न भएकाे थियाे  । 

तीज नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।  हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन्। 

यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ुचिताएको कुरा पुगोस्ु भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।



ट्र्रेड यूनियन महासंघ र भूमि अधिकार तथा श्रमिक संगठन भेला सम्पन्न

Saturday, August 31, 2024 0 Comments


रसुवा, नेपाल ट्र्रेड यूनियन महासंघ जिफन्ट रसुवाकाे भेला सम्पन्न भयाे । जिल्लाभरका सवै गाउँपालिकाबाट भएकाे भेलाले कालिका, नाैकुण्ड, उत्तरगया र आमाछोदिङमो गाउँपालिका कमिटी गठन भएकाे स्थानीय कालिका गाउँपालिका कमिटी अध्यक्ष नुरेन्द्र बहादुर न्याैपानेले बताए । 

भूमि अधिकार तथा श्रमिक संगठनकाे जिल्ला कमिटीको भेला तथा प्रथम अधिबेशन पनि सम्पन्न भएकाे छ । छेकु लामाकाे अध्यक्षतामा भूमि अधिकार तथा श्रमिक संगठनकाे जिल्ला कमिटी गठन भएकाे हाे ।



कालिकास्थानमा ७७ जनाले गरे रक्तदान

Saturday, August 31, 2024 0 Comments

रसुवा, कालिका गाउँपालिका–२ कालिका हिमालय क्याम्पसमा शनिबार भएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । 

रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरेको आयोजक युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले बताए । बिकल्प रहित रगत दान गर्ने र रगत पाउने दुबैले फाइदा लिने भएकोले रक्तदान महत्व रहेको र रक्तदान जीवन दान भएको सहभगीहरूले बताए । 

राष्ट्रिय युवा संघ नेपाल रसुवाको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठको प्रमुख आतिथ्यमा तथा  नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, नेकपा एमाले जिल्ला अध्यक्ष जनार्दन ढकालको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी रक्तदाताहरूलाइ सम्मान पत्र प्रदान गरिएको थियो । 



 




परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र भवन निर्माण सम्पन्न

Thursday, July 25, 2024 0 Comments

 

परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र भवन  निर्माण सम्पन्न

रसुवा, कालिका गाउँपालिका ५ काे ज्याङलाङमा परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्रकाे भवन निर्माण समपन्न भएकाे छ ।

भवन निर्माणका लागि वागमती प्रदेश सरकार, भौतविकास पूर्वाधार मन्त्राालय, शहरी विकास तथा भवन कार्यलय, नुवाकोट र कालिका गाउँपालिकाबाट २७ लाख ५१ हजार तीन सय ११ समुदायको योगदान तीन लाख ६० हजार आठ सय रूपैयाँ गरी कुल ३१ लाख १२ हजार रूपैयाँकाे लागतमा भवन निर्माण सम्पन्न भएकाे हाे ।


विगत ४ वर्षदेखि निर्माणाधिन भवनको लागत विवरण यस्तो रहेको छ





रसुवामा रहेको छत्र, बालुन तथा भजन नाँचलाई संरक्षण, प्रवर्दन र उत्थान गर्न, संस्कृति संरक्षणार्थ युवाको सहभागिता बृद्दि गर्नका लागि परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र निर्माण गरिएको बताइएको छ ।
परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र भवन  निर्माण सम्पन्न








लेखा ब्यवस्थापन तथा सिप विकास तालिम सम्पन्न

Saturday, June 15, 2024 0 Comments
लेखा ब्यवस्थापन तथा सिप विकास तालिम सम्पन्न

रसुवा, लाङटाङ राष्ट्रिय निकुञ्जकाे आयोजनामा  लेखा ब्यवस्थापन तथा सिप विकास तालिम सम्पन्न भयो । 

मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा उपभोक्त समितिका पदाधिकारीहरूलाइ लेखा ब्यवस्थापन बारे सचेत गराउने उद्देश्यले आयोजना गरिएकाे रेन्जर शुलक्षा श्रेष्ठले बताइन् । 

लाङटाङ राष्ट्रिय निकुञ्जका बरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले प्रकृतिकाे संरक्षणमा उपभाेक्ताहरूले ध्यान दिनुपर्ने बताए । 

लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर शुलक्षा श्रेष्ठले लेखा ब्यवस्थापन तथा सिप विकास सहजिकरण गरेका थिए । कार्यक्रममा श्रीनाथ गणका मेजर यादवराज पाैडेल, मध्यवर्ती उपभाेक्ता समितिका पदाधिकारीहरू तथा सामुदाियक वन उपभाेक्ता समुहका सहभागी थिए । 

मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको कोष, बैंक खाता  सम्वन्धी जानकारी, आय व्ययको विवरण सम्बन्धी, समूहलेको लेखा राख्ने प्रणाली, वार्षिक कार्यक्रम र बजेटको तयारी, धरौटी सम्बन्धी व्यवस्था, वन पैदावार र अन्य माल सामानको बिक्री, उपभोक्ता समूहको सम्पत्तीको जिम्मा त्यसको लगत, संरक्षण र बरबुझारथ, सार्वजनिक सुनुवाई तथा सार्वजनिक लेखापरीक्षण र वार्षिक प्रतिवेदन बारे सहजिकरण गरिएकाे थियाे । 

सहभागीहरूले मध्यवर्ती क्षेत्र ब्यवस्थापनका समयमा कार्यक्रम समुदाय तहमा लैजानु पर्ने बताए । 

करेन्ट लागेर युवककाे मृत्यू

Saturday, June 15, 2024 0 Comments


रसुवा,  धादिङ जिल्ला सिद्घलेक गाँउपालिका -५ का २२ बर्षिय युवक टेकबहादुर घलेकाे गुम्बुचेत नजिक मैलुङ स्याफ्रुबेसी सडकमा करेन्ट लागेर मृत्यू भएकाे छ । 

ठाडे खोलामा स्काभेटरमा तेल हाल्ने क्रममा करेन्ट लागेर घलेको मृत्यु भएको हो । स्काभेटरका सह चालक रहेका घले आज बिहान स्काभेटरमा तेल हाल्न लाग्दा स्काभेटरको बकेट त्रिशुली जलबिधुत आयोजनाको बिद्युत प्रसारण लाईनमा छुँदा उनलाई करेन्ट लागेको  जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

वेहोस अबस्थामा रहेका उनलाई प्रहरीको सहायताबाट उपचारका लागि त्रिशूली अस्पताल लगिएकोमा अस्पतालले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक केशब भट्टराईले बताए । 

रसुवामा अभिभावक संघ गठन

Saturday, June 15, 2024 0 Comments

 


रसुवा, नेपाल राष्ट्रिय अभिभावक संघ जिल्ला तदर्थ समिति रसुवा गठन भएकाे छ । 

कालिकास्थानमा भएकाे भेलाबाट गठन भएकाे  समितिकाे अध्यक्षमा हरिप्रसाद ढकाल,  उपाध्यक्ष विष्णुप्रसाद न्याैपाने, सचिव मानसिंङ बुलुन, काेषाध्यक्ष गीता न्याैपाने, सदस्यहरूमा चित्रप्रसाद देवकाेटा, किप्पछिरिङ तामाङ, निमादर्के तामाङ, तारा कार्की र माेहनप्रसाद नेपाल रहेका छन् । 

समितिले पहिलाे जिल्ला अधिबेशन यसै महिना भित्रमा सम्पन्न गर्ने निर्णय भएकाे नेपाल राष्ट्रिय अभिभावक संघका बागमती प्रदेश उपाध्यक्ष झंकनाथ न्याैपानेले बताए । 

दृष्टिविहीन सावित्रीकाे अब्बल क्षमता

Monday, June 03, 2024 0 Comments
दृष्टिविहीन सावित्री अब्बल क्षमता

रसुवा, समाजमा बिभिन्न प्रतिभाहरू हुन्छन् । यस्तै एक भिन्न क्षमता भएकी शिक्षिका हुन् सावित्री पौडेल । दृष्टिविहीन  मान्छेले के सक्छ र ? भन्ने सोचलाइ चुनौती दिएकी छिन् । 

धादिङ जिल्लाकाे थाक्रे -१० मा जन्मेकी सावित्रीले ०७४ सालमा रसुवाकाे सेती भूमे विद्यालय राम्चेमा राहत दरबन्दीमा पढाउन थालेकी उनले  ०८० चैत २५ गतेसम्म त्यहाँ पढाइन् । 

उनले शिक्षा सेवा आयोगमा  परीक्षामा  ०८० असोज १३ गते परीक्षा दिएकी थिइन् । परीक्षामा  ‘एक नम्बरमा नाम निस्कयो, अब छानेको विद्यालयमा पढाउने हो,’  जहाँ रोज्यो त्यहीं पाउनुहुन्छ ।’ उनले कालिका हिमालय माध्यमिक विद्यालय रोजिन् । तर कोटा नभएको भन्दै रोजेको ठाउँ पाइनन् । 

शिक्षा विकास तथा समन्वय इकाईले कालिका गाउँपालिका पठायो । कालिका गाउँपालिकाले पहिलेकै विद्यालयमा पढाउन भन्यो । वडाध्यक्ष, अभिभावक, विद्यार्थीले रुचाएका छन् भन्दै कालिका गाउँपालिकाले आफ्नो मान्छे राख्ने गरी उतै बस्न भनेको उनको आरोप छ । ‘आफ्ना–आफ्ना मान्छे राख्न कोटा राखिन्छ, म उनीहरूको मान्छे परिनँ । 

कालिका हिमालय मावि र नीलकण्ठ मावि जिवजिवे राेजाइमा परेकाे थियाे ।  म अपांगलाई वडा २ र ५ ले राख्न नमानेको कुरा सुनें,’ उनी भन्छिन्, ‘गाउँपालिकाले राम्चेमै बस्न भनेपछि म शिक्षा मन्त्रालय धाएँ, शिक्षा मन्त्री सुमना श्रेष्ठले तपाईंको पक्षमा कार्यविधि बन्छ । भोलि फेरि तपाईंको जागिर माथि प्रश्न चिह्न आउन सक्छ, त्यसैले यस्तो नगर्नू, गएर नियुक्ति बुझेर काम गर्नू भनेपछि फर्किएँ ।’

अहिले कालिका गाउँपालिका -३ काे मनकामना प्राविमा पढाउदै छिन् । अब्बल क्षमता प्रस्तुत गरेकी सावित्रीलाइ स्थानीय सरकारले गरेकाे व्यबहार चित्त बुझेकाे छैन । उनले यस्ताे असमान ब्यबहारकाे बिरूद्ध लड्ने बताउछिन् ।

उनलाइ न्याय नभएकाे विषयमा बिभिन्न संचार माध्यममा खबर पाए पछि रसुवामा अहिले याे विषयकाे निकै चर्चा चलेकाे छ । समाजमा अपाङ्गता भएका मानिसलाइ सरकार किन यस्ताे ब्यवहार गरिरहेकाे छ ? स्थानीयले अचम्म मानेका छन् ।