ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Aamachhodingmo News. Show all posts
Showing posts with label Aamachhodingmo News. Show all posts

Friday, November 29, 2024

सामुदायिक वन उपभोक्तासमूहहरूको लेखा परीक्षण तथा सुशासन अभिवृद्धिका लागि सहजिकरण


 

रसुवा, डिभिजन वन कार्यालयको सहयोगमा “वनको दिगो व्यवस्थापनको लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त सङ्गठन समृद्धिको आधार” भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता समूहहरूको लेखा परीक्षण तथा सुशासन अभिवृद्धिका लागि सहजिकरण तथा सचेतना कार्यक्रम आमाछोदिङमो गाउँपालिका–५ थाम्बुचेतमा सम्पन्न भयो । 

आमाछोदिङमो गाउँपालिका–५ चिलिमेमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहहरू बिधी र नीति अनुसार समयमा बिधान तथा कार्ययोजना अनुरुप चल्नुपर्ने डिभिजनल वन अधिकृत शम्भु तामाङले बताउनुभयो । उहाँले समुहसँग वनका कुरा, समुहका मनका कुरा (सुन्ने, सुनाउने, मन्थन गर्ने, निचोडमा पुग्ने, कार्यान्वयन गर्ने, समीक्षा गर्ने) अभियान सुरु गरेको बताउनुभयो । यस अन्तर्गत समुहका अगुवाले अब समुहले गरेका राम्रो कुरा सुनाउने, कमजोरी केलाउने र समस्याको उजागर गर्ने पनि उहाँले बताउनुभयो । उहाँले आफ्नो प्रस्तुतीमा समुहले बिधान र कार्ययोजना अनुरुप वार्षिक साधारणसभा, आय व्याय सार्वजनिक गर्ने तथा नियमित बैठक गरी नियमानुसार सञ्चालन हुनुपर्नेमा जोड्दिनुभयो । 

सव डिभिजन कार्यालय थाम्बुचेतका सन्तोष तिम्सिनाले सामुदायिक वनको परिचय र तथा विकासक्रम बारे प्रस्तुती गर्नुभयो । उहाँले सामुदायिक वन समुह गठन तथा परिचालन र हस्तान्तरण प्रक्रिया बारे बताउदै वन विकासका लागि गर्नुपर्ने खर्च र नीतिगत व्यवस्था बारे बताउनुभयो । 

डिभिजन वन कार्यालयका लेखापाल दिलिपकुमार दासले सामुदायिक वनको आर्थिक कार्यबिधि बारे प्रस्तुति गर्नुभयो । उहाँले वन समुहले हर हिसाव सार्वजनिक गर्नुपर्ने तथा सरकारी नीतिगत व्यवस्था बारे बताउनुभयो । उहाँले कोष तथा खाता सञ्चालन बिधि, लेखा प्रणाली तथा प्यान नं लिने, बजेट तथा कार्यक्रम स्विकृति, आर्थिक बिबरण तथा लेखा परीक्षण र वन नियमावली २०७९ अनुसार वार्षिक प्रतिवेदन पेस गर्नुपर्ने बारे सहभागीहरुलाई सहजिकरण गर्दै जानकारी दिनुभयो । 

कार्यक्रममा वनलाइ जीवन र जनजिविकासँग जोडेर आयमुलक काममा गर्नुपर्ने बताउँदै सवै उपभोक्ता समुहले समयमा वार्षिक प्रतिवेदन, साधारण सभा, लेखा परीक्षण र आयव्याय सार्वजनिक गर्नुपर्ने बताए । डिभिजन वन कार्यालय रसुवाको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवा र आमाछोदिङमो स्थानीय महासंघको समन्वयमा भएको छलफलमा सामुदायिक वन उपभोक्ता समुहको सुशासनका लागि समयमा प्रतिवेदन, वार्षिक साधारण सभा तथा लेखा परीक्षण समयमा हुनुपर्ने, समुहमा लेखा परीक्षणको महत्वलगायत विषयमा सामुदायिक वन उपभोक्ता महासंघका हेमनाथ खतिवडाले जानकारी दिए । 

कार्यक्रममा सहभागीहरु चितोङ लामा, लायुल तामाङ काले तामाङ, निमाबाङ्मो तामाङ, निमादर्के तामाङ, बिरेन्द्र घले, स्थानीय महासंघका दुकर तामाङलगायतका सहभागीहरुले वन व्यवस्थापनमा देखा परेका समस्या हल हुन नसकेकाे, वन डँडेलो नियन्त्रण, उद्यम र सीप तथा क्षमता अभिबृद्धि, बृक्षरोपण तथा संरक्षणको काममा सहयोग गर्नुपर्ने बताएका थिए । 



Saturday, August 31, 2024

रैथाने स्याउ खेती



आमाछाेदिङमाेे गाउँपालिका -४ काे ७४ मा फलेकाे रैथाने स्याउ यहाँ स्याउ खेती गरेेर किसान दैनिक खर्च चलाउछन् । याे स्याउ निकै स्वादिलाे छ । 
तस्बिर : हेमनाथ खतिवडा रसुवा ।


Tuesday, August 20, 2024

गोसाइँकुण्ड र पार्वतीकुण्डमा मेला सम्पन्न


रसुवा, वर्षेनी जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका भक्तजन मेला सकेर फर्केका छन् । यसवर्ष पार्वतीकुण्ड र लाङटाङको लाङसिसामा पनि भब्य मेला लागेको छ । 

जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । 

नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको खनालले बताए ।

लाङटाङ राष्ट्रिय निकुञ्जले २४ सैं घण्टा आफ्नो आधार इलाकाको मोटरबाटो खुला गरेका कारण राति अवेरसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा आएका थिए । 

तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुन्चे, हिमालय उद्धार संघ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पुर्याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । 

अत्यावश्यक वस्तु बिक्री गर्ने व्यवसायीले निर्धारित मूल्यभन्दा बढी असुलेका कारण आफूहरू ठगिएको यात्रुको गुनासो गरे । 

समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाइमा रहेको धार्मिक पर्यटकीय क्षेत्र आमाछोदिङमो अर्यात पार्वतीकुण्डमा जनैपूर्णिमा मेला भर्न ४ हजार तीर्थयात्रीहरू पुगेका थिए । 

पार्वतीकुण्डमा रसुवाको नौकुण्ड, कालिका, हाकु, ग्रे, टिमुरे, स्याफ्रु, वृद्विम, धुन्चे भार्खु, चिलिमेलगायत गत्लाङबासी, धादिङ, काठमाडौँ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक स्थानबाट तीर्थयात्री पुगेका थिए । 

आमाछोदिङमो गाउँपालिका वडा नम्बर-३ मा पर्ने उक्त कुण्ड पौराणिक कथन अनुसार भगवान शिवले कालकुट विष सेवन गरेपछि पानीको खोजी गर्ने क्रममा पार्वती गोसाईंकुण्ड नजिकैको यही कुण्ड पुगेर स्नान गरेको किंवदन्ती रहेको छ । 

जनैपूर्णीमाको दिन प्रकृतिको पूजा गर्ने र धामी झाँक्रीहरू आफ्नो तन्त्रमन्त्र कला देखाएर पूजा गरे । कालिकाबाट कलश यात्रा टोली कुण्डमा पुगेर भजन तथा छत्रनाच गरेका थिए । 


स्थानीय वडा अध्यक्ष सुरेन्द्र तामाङका अनुसार हामीले जनैपूणिर्मा मेला आउनु एक सातादेखि नै कुण्ड लगायत वरपर सरसफाइदेखि मेलामा आउने तिर्थालुका लागि सहज होस भनेर गाँस वासको व्यवस्थापन चुस्तदुरूस्त बनाएका थियौ । पुर्णिमाको दिन र रातभर गीत गाएर नाच्ने चलन रहेको छ । 

यसवर्ष कालिका गाउँपालिकाबाट कलश यात्रा सहित छत्र भजन टोली उत्तरगयादेखि कालिका, गोसाइकुण्डहुँदै पार्वतीकुण्ड यात्रा गरे । उनीहरूले कुण्डमा पुजाआजा र तथा छत्र भजन र नाच प्रस्तुत गरेका थिए । 

पर्यटकीय क्षेत्र लाङटाङको लाङसिसामा पनि भब्य मेला लागेको छ । वरिपरिका गाउँबाट त्यहाँ पनि १ हजार भन्दा धेरै यात्री पुगेको स्थानीयले बताए ।  




तस्वीर पार्वतीकुण्डमा कलश यात्रा तथा छत्र भजन टोली रमाइलो गर्दै 

हेमनाथ खतिवडा 



Friday, August 16, 2024

पार्वतीकुण्ड जाने सडक खुल्यो


रसुवा, जनैपूर्णिमाका दिन आमाछोदिङमो गाउँपालिका–३ को पार्वर्तीकुण्डमा लाग्ने मेलालाइ लक्ष्य गर्दै स्थानीय सरकारले अवरुद्ध सडक खुलाएको छ ।   

वर्षातको कारण गएको पहिरोले ३ सातादेखि ठाउँठाउँमा अवरुद्ध सडक मर्मत थालेको आमाछोदिङमो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले बताए । 

‘पार्वतीकुण्ड मेला तथा गाउँपालिकाको भित्रको सडक सुचारु गर्न गाउँपालिकाले स्क्याभेटर प्रयोग गरेर रोङ्गा थाम्बुचेत सडक सुचारु गरेका छौं ।’ अधिकृत दुलालले भने ।  स्थानीयकाे अनुराेधमा स्थानीय सरकारले समन्वय गरेर सडक सुचारू गरेकाे हाे । 

मेलाको समयमा बिभिन्न स्थानबाट आउने यात्रीहरुलाइ सहज हुने स्थानीय बताउछन् । वर्षातको पहिरोले रोङ्गा–केरावारी, रोङ्गा थाम्बुचेत र तातोपानी सडक अवरुद्ध पारेको थियो । सडक सुलेपछि गाउँबाट सिधै काठमाडौं तथा स्थानीय सवारी चल्ने भएपछि पार्वतीकुण्ड मेलामा आउने यात्रीहरुलाइ सहज हुने स्थानीय बताउछन् । 

थाम्बुचेतबाट गत्लाङहुँदै पार्वतीकुण्ड जाने र थाम्बुचेतबाट गोल्जुङ–चौहत्तरहुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ । यी दुवै मार्ग वर्षातको पहिरोले मर्मत गरेर सुचारु गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

जनैपूर्णिमा मेलाको समयमा बिभिन्न गाउँबाट लामा, झाँक्री तथा भक्तजनहरु पार्वतीकुण्ड मेलाका लागि आउने गर्दछन् । 

समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाईमा रहेको धार्मिक पर्यटकीय क्षेत्र आमाछोदिङमो अर्थात पार्वतीकुण्डमा विगतका वर्ष जस्तै जनैपूर्णिमाको अवसरमा पन यस वर्ष जनैपूणिर्मा मेला लाग्ने गर्दछ । 

आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त कुण्डमा  जनैपूणिर्माको दिन प्रकृतिको पुजा गर्ने र धामीझाक्रिहरू आफ्नो तन्त्रमन्त्र कला देखाएर पुजा गर्ने गरिन्छ । 

पार्वतीकुण्डको सम्बन्ध भारतको हिमालचलको बुद्वागयको छोपेमाकु्ण्डसँग र गोसाइँकुण्डसँग धार्मिक सम्बन्धसँग जोडिएको जनबिश्वास रहेको छ । यदि भारतको बुद्वागयको छोपेमा कु्ण्डको दर्शन गर्न नसकेमा पार्बती कुण्डको दर्शन गरे आफ्नो मनोकँक्षा पूरा हुने किम्वधन्ती छ भने गोसाइँकुण्डको दर्शन गरे पश्चात अनिवार्य पार्बतीकुण्डको दर्शन गरेमा मनका ईच्छा पूरा हुने जनबिश्वास रहेको स्थानीय समाजसेवी फुर्पुसिङ्गी तामाङले बताए ।

यस क्षेत्रबाट साञ्जेन खर्क, जागेश्वर कुण्ड, साञ्जेन हिमाल, गणेश हिमाल, सोमदाङलागायत धादिङको रुवीभ्यालीलगायतका क्षेत्रहरु पुग्न सकिन्छ ।  

पार्वतीकुण्ड पुग्नका लागि काठमाण्डौंबाट त्रिशूली, धुन्चे, स्याफ्रु, थाम्बुचेत, गतलाङ हुँदै पुग्न सकिन्छ । गतलाङ गाउँबाट करीब १ घण्टाको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ । यहाँ तीर्थ आउँदा लेक लाग्ने वा उचाईबाट हुने समस्या हुँदैन । 

Wednesday, August 14, 2024

गाउँपालिका भवन निर्माण हुन सकेन

 


रसुवा,  कहाँ बनाउने ? भन्ने विषयकाे विवदले आमाछोदिङमो गाउँपालिका भवन निर्माणमा ढिलाइ भएकाे छ । 

नेपाल सरकारले राजपत्रमा आमाछोदिङमो गाउँपालिकाकाे केन्द्र गाेल्जुङबेशी उल्लेख गरेपनि हाल गाेल्जुङमा रहेकाे छ  । 

मुलुकमा संघीयता लागू भएकाे  सात वर्ष बित्दा पनि गाउँपालिकाकाे भवन निर्माण हुन नसक्दा सेवा प्रबाहमा समस्या रहेकाे छ । 


तस्वीर ः केही समय अघि प्रतिनिधि तथा प्रदेश  सभा सदस्य,  जिल्ला समन्वय समितिका  प्रमुखलगायत दलका नेताहरू अनुगमनमा सहभागी हुँदै ।  

Wednesday, June 12, 2024

स्वास्थ्य आमा समूहलाई मौरीघार बितरण

स्वास्थ्य आमा समूहलाई मौरीघार बितरण

रसुवा, आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखाले ५ वटै वडा भित्र रहेका स्वास्थ्य आमा समूहलाई पोषण तथा जिबिकोपार्जनमा सुधार गर्नको लागि मौरीघार बितरण गरेको छ । 

स्वास्थ्य आमा समुहको छलफलमा भएको माग अनुसार स्वास्थ्य संस्थामार्फत हाकु स्वास्थ्यचौकीमा १४, थाम्बुचेत स्वास्थ्यचौकी २१, गोल्जुङ स्वास्थ्यचौकी ११ र गतलाङ स्वास्थ्यचौकीमा २० वटा गरी ६६ वटा मौरी समेतको घार वितरण गरिएको आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमानुर्पू तामाङले बताए ।




 

Sunday, June 9, 2024

आमाछोदिङमोका महिलालाइ कुक तालीममा

कुक तालिममा महिला

रसुवा, सीप सिकेर आत्मनिर्भर बन्नका लागि आमाछोदिङमो गाउँपालिका–५ का महिलाहहरू कुक तालीममा लागेका छन् । 

गाउँमै प्रशिक्षक आएर तालीम दिने भएपछि कुक तालिममा सहभागी भएकी एक सहभागी प्रमिला तामाङले भनिन् धेरै प्रकारका सुप, मम, चाउमेन, बर्गर, तरकारीका परिकार तथा बिभिन्न देशका परिकारको खाना बनाउन सक्ने आँट बढेको छ । बागमती प्रदेश युवा परिषदले दिएको तालीमबाट धेरैले रुचिका साथ सिकेको प्रशिक्षक सुजन श्रेष्ठले बताए । 

पर्यटकीय क्षेत्र आमाछोदिङमो गाउँपालिका -५ को थाम्बुचेत बजारमा धेरै होटल खुलेका छन् । पर्यटकीय स्थल भएकाेले सीप सिकेर खेर नजाने तामाङले बताइन् । जेठ १३ गतेदेखि सुरु भएको तालीम १ महिना चल्ने र सहभागीहरूले ध्यान दिएर सिकेको ब्यवस्थापक सुजिता तामाङले बताइन् । 

कुक तालिममा महिला


Friday, May 24, 2024

राष्ट्रिय प्रशारण लाइनकाे पर्खाइमा सान्जेन आयोजना

राष्ट्रिय प्रशारण लाइनकाे पर्खाइमा सान्जेन आयोजना

रसुवा, आमाछोदङमो गाउँपालिका क्षेत्रमा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न राष्ट्रिय प्रशारण लाइन कुरिरहेको छ। 

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको राष्ट्रिय प्रशारण लाइन निर्माणमा ढिलाइ भएपछि उत्पादित विद्युत खेर जान नदिनका लागि आयोजनाले प्रशारण लाइनको प्रतीक्षा गरिरहेका हुन्। 

कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन आयोजनाले गत पुसमा विद्युत उत्पादन गर्ने गरी काम गरे पनि प्रसारण लाइन समयमा नबनेपछि आयोजनाको विद्युत उत्पादन गर्न समस्या परेको हो। 

गत साउनमा १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन आयोजनाबाट विद्युत उत्पादन भइसकेको छ। प्रसारण लाइन समयमा नबनेपछि आयोजनाबाट उत्पादित विद्युत वैकल्पिक प्रसारण लाइनमार्फत चिलिमेको विद्युत प्रवाह हुने संरचनामा जोडिएको थियो। 

डा डम्बर नेपालीकाे डिजाइन तथा नेतृत्वमा निर्माण भएकाे चिलिमे जलविद्युत आयोजनाको सफल उत्पादनपछि सहायक कम्पनीको रुपमा सान्जेन आयोजना सुरु भएको हो। नेपाल विद्युत प्राधिकरणले समयमा प्रशारण लाइनकाे काम समयमा सम्पन्न गर्न कन्ट्याक्टरलाइ दवाव दिन नसकेर ढिलाइ भएकाे सराेकारवालाहरू बताउछन् । 

नेपाल विद्युत प्राधिकरणले चिलिमे हब सबस्टेशन ९२२ केभी र चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा रसुवागढी जलविद्युत आयोजनाले उत्पादन गर्न  पाएकाे छैन । 

चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा समस्या भएको हो। ‘प्रशारण लाइनको काम भइरहेकोले सोही अनुसार काम भइरहेको छ। 

प्रशारण लाइन अभावले टेस्टिङ र कमिसनिङको काम बाँकी छ,’ आयोजना प्रमुख अर्पण बहादुर सिंहले भने १५ जुनसम्म हामीले विद्युत उत्पादन गरिसक्छौं त्यसबेलासम्म प्राधिकरणले प्रशारण लाइन पनि सम्पन्न गर्नेछ।’ वेट कमिसनिङ प्राप्त हुनुअघिको काम सम्पन्न भएको हुन लागेको सिंहले बताए। नाका बन्दीका कारण भएको 

सान्जेन खोलाको पानी तिलुचे बगरमा बाँध बाँधेर एक हजार ४ सय मिटर लामो सुरुङ तथा ४ सय ८० मिटर लामो पेनष्टक पाइपबाट विद्युत उत्पादन गर्ने योजना रहेको छ। त्यसै विद्युत गृहबाट निस्कने पानी र सिम्बुखोलाको पानी समेत थपेर अर्को सान्जेन आयोजना निर्माण भएको हो। 

Sunday, May 12, 2024

मलेखुबाट तिप्लिङ स्याफ्रुबेंसी वैकल्पिक मार्गकाे चर्चा

मलेखुबाट तिप्लिङ स्याफ्रुबेंसी वैकल्पिक मार्गकाे चर्चा


रसुवा, पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोड्ने सडकको वैकल्पिक बाटो निर्माणमा निर्माणकाे चर्चा चल्न थालेकाे छ । 

रूवीभ्याली तथा पछि परेका पर्रयटकीय क्षेत्रकाे प्रचार गरी पर्यटन प्रवर्धन गर्न सांसद बुद्धिमान तामाङको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग माग गरे पछि  यस्ताे चर्चा चलेकाे हाे । गल्छी धुन्चे– स्याफ्रुबेंसीको वैकल्पिक मार्गका रुपमा धादिङको मलेखु, रुबीभ्याली हुँदै केरुङ जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । 

धादिङतर्फको बाटो निर्माण हुँदा कुनै कारणले वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै केरुङ सडक अवरुद्ध हुँदा विकल्प खुला हुने छ ।  यो सडक काठमाडौँलाई चीनसँग जोड्ने सडक मात्र नभएर नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हुने देखिन्छ । 


Wednesday, April 24, 2024

गुठी रैतानी गर्न हाकुका पीडित किसान भेला


गुठी रैतानी गर्न हाकुका गुठी पीडित किसान भेला


रसुवा, वैशाख १२ गते 

आमाछोदिङ्मो गाउँपालिका वडा नं. १ ठूलो हाकुगाउँमा  गुठी रैतानी गर्न किसान भेला भएका छन् । भेलामा गुठी पीडित किसानलगायत जनप्रतिनिधिहरू सहित ७३ जना सहभागी थिए । 

हाकुमा किसानहरूले पुस्तौंदेखि जोतभोग गरी जीविकाचलाउँदै आएको जग्गा जमिनपछि किसानले थाहानपाउने गरी पुरानो स्यम्भु घ्याङ गुठीको नाममादर्ता भएपछि किसानहरू समस्यामा छन् । उनीहरूसँग जोतभोग गरेको जग्गाको लालपुर्जा छैन । 

विगत १८ वर्षदेखि किसानहरूले आन्दोलनमार्फत जग्गा रैकर गराउनप्रयास गरेपनिहालसम्मत्यो पूरा हुन सकेको छैन ।गुठी जग्गाबाट यहाँको ठूलोहाकु, सानो हाकु, हाकुबेसी, फुलबारी, थाङ्कु, गोर्सुम्बा र लुम्बुडाँडा गाउँकाकरिव ७०० घरधुरी प्रभावित छन् । हालसम्मकरिव २०० घरधुरीले मात्रै मोहीपुर्जा बनाइलिन सकेका छन् भने ठूलो सङ्ख्याको किसानहरूसँग मोहीपुर्जा समेत नहुँदा समस्या भोगिरहेका छन् । 

छलफलमा स्थानीय अगुवा लाक्पा तामाङले भने, पुस्तौंपुस्ता खेतीपातीगर्दै आएको, सबैको घरवाससमेत भएको जग्गाको कानुनी स्वामित्व नहुँदाहामीले दुःखपाएका छौँ । हामी सुकुम्बासी सरह जीवन विताउनु पर्दा ज्यादै दुःखलागेको छ । 

छलफलमा किसानहरूले गुठी जग्गा हुँदाभोग्नु परेको पीडा सुनाएकाथिए । केही किसानहरूले अहिले पनि गुठी जग्गा जोतभोग गरेवापत कुत तिरीरहेको भएपनि अधिकाशं किसानहरू कुततिर्न छाडेका छन् । किसानहरूले काठमाडौं स्थित पुरानाे स्यम्भु घ्याङ गुठीलाई प्रति रोपनी वार्षिक २०० रुपैयाँ नगद तिर्नुपर्ने बाध्यता छ । भीर, पाखा, पखेरो, झाडी भएको क्षेत्र बढी छ । उव्जनी हुँदैन, तैपनि मँहगो तिरो तिर्न कठिन भएको गुठी पीडित किसान काल्साङ तामाङले बताए । 

कार्यक्रममा सहभागी वडा नं. १ का अध्यक्ष साङ लामा तामाङले भने, हामी सबै वडाबासी भूमिहीन सरह छौँ । कसैको पनि आफ्नो नाममा एक टुक्रा जग्गा छैन । गुठी समस्या भएकाले किसानहरूले दुःख कष्ठ भोगिरहनु परेको छ । अव, हामी सबै एकैसाथ सङ्गठित भएर नै लाग्नुपर्ने अवस्था छ । 

हामी प्रभावित गाउँगाउँमा सङ्गठन बनाएरै सङ्गठित आन्दोलन गर्नुपर्ने आवश्यकता भइसकेको छ । उनले भने, यो गुठी समस्या समाधानको लागि जिल्ला भूमिअधिकार मञ्चको सहयोग जरुरी छ । अव जसरी पनिकिसानको समस्या समाधानको लागिपहल लिन्छु । 

आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले नापीको समयमा रैकर हुनुपर्ने जग्गा गुठीमा राखिएकाले विना ढिलाई सबै जग्गा रैकर हुनुपर्ने तर्फ स्थानीय सरकारले पहललिनु पर्ने बताए ।  । किसान जुट्न सके पुर्जा लिन सकिन्छ । अहिलेको तिरो बढि भएकाले रैकर सरह हुनेगरी माग गर्ने र वडामा तिरो बुझाउन पाउने व्यवस्था हुन आवश्यक छ । 

उनले भने, सरकारले गुठीको नयाँ कानुन ल्याउँदैछ, यही सन्दर्भमा हामी पनियहाँको गुठी किसानको समस्याबारे सुझाव दिन्छौँ, समस्या समाधानको लागि सहजीकरणको भूमिका निर्वाह गर्छौँ । तपाईंहरू पनि सङ्गठित हुनुहोस्, समस्याको समाधान खोजौँ ।  

राष्ट्रिय भूमिअधिकार मञ्च, नेपालका कोषाध्यक्ष पातली थामीले भने, यहाँको किसानले गुठी जग्गाको लालपुर्जा नहुँदाभोग्न परिररहेको समस्या पीडादायी रहेछ । अव, सङ्गठितरुपमा आन्दोलन गरौँ, राज्यबाट लालपुर्जा लिनदबाबदिउँ । उनले भने, अहिले दाङलगायत देशैभरी गुठी समस्या समाधानको लागि किसानहरू आन्दोलनमा छन्, यहाँ (हाकु) बाट पनि किसानहरू एक पनि फेरी हाम्रो गाउँमञ्चहरूलाई बलियो बनाएर आन्दोलनमा जुट्न आवश्यक छ ।  

कार्यक्रममा जिल्ला भूमिअधिकार मञ्च, रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपानेले लामो समय धेरै सङ्घर्ष गरेर यहाँका १५० भन्दा बढी किसानहरूलाई मोहीपुर्जा दिलाएर आफ्नो हक सुरक्षित गराउन सफलभएको बताए । फिल्डबुकमा सिसा कलमले लेखिएको हकमाकिसानहरूलाई मालपोत कार्यालयले लालपुर्जा बनाएर दिन मानेको छैन । 

त्यसको लागिहामी सबै फेरी पनि सङ्गठित दबाबदिनुजानुपर्ने अवस्था छ । १८वर्षदेखि हामी सँगै आन्दोलनमा छौँ, अव छिट्टै यो समस्या समाधानको लागि सङ्घीय सरकारसँग छलफल गर्न जाउँ र समस्या समाधानको लागि पहल गरौ उनले भने । 


Saturday, April 13, 2024

तेश्रो जूनतारा कप भलिबल सुरू

तेश्रो जूनतारा कप  भलिबल सुरू

रसुवा, आमाछोदिङमो गाउँपालिका वडा नं २ ग्रे मा तेश्रो जूनतारा कप रसुवा खुल्ला पुरुष भलिबल प्रतियगिता सुरु भएको छ ।

नयाँ वर्ष २०८१ सालको अवसरमा आयोजित तेश्रो जूनतारा कपमा रसुवा खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा स्थानीय गायन प्रतियोगिता साथै बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

प्रतियगितामा भलिबल तर्फबाट १३ टीम सहभागी  छन् ।  प्रथम हुनेलाई रू.८१,१११ ट्रफी, मेडल र प्रमापत्र क्रमशः दोश्रो हुनेलाई रू. ४१, १११ ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो हुने टीम खेलाडीहरूलाई रू .२१,१११ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने जनाइएकाे छ । 

साथै बृहत सांस्कृतिक सांझमा राष्ट्रिय स्तरको कलाकार हरू, गायक विशाल कल्तान , गायिका जितु लोप्चन, गायक सुमन घले साथै मिस तामाङ २०८० तेश्रो रनर अप पेमा डोल्मा छेकपलको विशेष प्रस्तुती पनि रहने छ।

Thursday, April 11, 2024

वनमा लागेकाे डँढेलोले बाख्रा फार्ममा क्षति

वनमा लागेकाे डँढेलोले  बाख्रा फार्ममा  क्षति

रसुवा, आमाछोदिङमो गाउँपालिका–१ लुम्बुडाँडा सामुदायिक वनमा लागेको डढेलोको कारण नजिकै रहेको बाख्रा फार्ममासमेत क्षति पुगेको छ। उत्तरगाया गाउँपालिका–१ को दक्षिणकाली सामुदायिक वनबाट लागेको आगोले एनआर एग्रो फर्ममा पुगेर त्यहाँको गोठ दाना, दाना बनाउने मेसिन तथा गोठ भित्रको सबै सामान पूर्ण रुपमा क्षति गरेको छ। 

'गोठमा बाख्रा भने अन्यत्र लगेकोले क्षति भएन। घुम्ती गोठ हुने भएकोले अहिले बाख्रा थिएन जंगल र बाख्रा फार्ममा ठूलो क्षति भयो',  स्थानीय एनआर एग्रो फर्म प्रालिका पासाङदे तामाङले भने। 

३ दिनदेखि उत्तरगया र आमाछोदिङमो गाउँपालिका क्षेत्रका सामुदायिक वनहरुमा डढेलो नियन्त्रण हुन सकेको छैन। अहिले पनि दक्षिणकाली सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न सकेको छैन। आगलागीको खबर पाएपछि हाकु प्रहरी चौकीबाट प्रहरीले अनुगमन गरेको हाकुबेशी प्रहरीले चौकीले जनाएको छ। 

Wednesday, August 9, 2023

माथिल्लो सान्जेन (१४.८) ले सुरू गर्‍यो उत्पादन


साउन २५। रसुवामा निर्माण सम्पन्न  भएको माथिल्लो सान्जेन (१४.८) ले उत्पादन सुरू गरेको छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको काम पूरा गरी उत्पादन परीक्षण सुरु गरिएको हो ।

आयोजना प्रमुख सुदन सिंहका अनुसार साउन २० गतेबाट उत्पादन परीक्षण सुरू गरिएको हो । राष्ट्रिय प्रणालीमा जोडिएको उक्त आयोजनाले २ सातासम्म प्राधिकरणलाई निःशुल्क विद्युत दिनेछ । व्यापारिक उत्पादनलाई चिलिमेको प्रवाह हुने प्रसारण लाईनमार्फत् जोड्ने आयोजनाले बताएको छ ।

 

दुई अर्ब २१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाबाट वार्षिक ८५.८७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमा सुख्खायाममा ११.०२ र बर्खायाममा ७४.८५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।  

 

यही कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन पनि अन्तिम चरणमा पुगेको छ । यस आयोजनाको सबै काम पुरा गरी आगामी पुसदेखि उत्पादन थाल्ने कम्पनीले जनाएको छ ।