रसुवा, लेन्दे हुँदै भोटेकोसीको बाढी पहिरोपछिको क्षतिको स्थलगत अवलोकनका लागि रसुवा पुग्नु भएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र जिल्लाका सरोकारवालाहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति रसुवाको आयोजनामा सदरमुकाममा आयोजित उक्त छलफल कार्यक्रममा बाढीपहिराका कारण जिल्लामा भएको भौतिक तथा मानवीय क्षति, विस्थापित नागरिकको अवस्था र आगामी पुनर्निर्माणका प्रयासबारे छलफल भएको थियो ।
बाढी प्रभावितहरुको सहजताका लागि तत्काल बाकी सडक सञ्जाल तत्काल जोड्नुपर्ने र सडक नजोडिएको ठाउमा राहत तथा पुनस्थापन चाँढो हुनुपर्ने धुन्चेमा भएको एक छलफल कार्यक्रम पुर्व प्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डले बताए ।
छफफलमा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बाढी पछिको जिल्लाका अवस्था बारे जानकारी दिएका थिए । साे अवसरमा बिभिन्न स्थानमा बाढी पीडित तथा कार्यकर्ताहरू भेटघाट सकेर पूर्वप्रधानमन्त्री 'प्रचण्ड' फर्केका छन् ।


No comments:
Post a Comment